समाचार

सरकार जनताप्रति उत्तरदायी छः मन्त्री गुरुङ

पुस १ काठमाण्डौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले वर्तमान सरकार जनताप्रति सधै उत्तरदायी रहेको बताएका छन् । आज दि राइजिङ नेपालको ५९औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका गुरुङले जनताका समस्या सम्बोधन गर्न सरकार सधै प्रयत्नरत रहेको उल्लेख गर्दै जनताप्रति सधै उत्तरदायी रहेको बताएका हुन् । उनले सहकारीमा भएको बेथितीलाई समाधान गर्न, दुग्ध किसानको रकम भुक्तानी गर्न, ऊखु किसानका समस्या सुल्झाउन वर्तमान सरकार प्रयन्तर रहेको बताए । दसैँ अगाडि दुग्ध किसानलाई केही रकम भुक्तानी… पुरा पढौ

सुनौलो सहकारीको १७ औँ वार्षिक साधारणसभा सम्पन्न

पुस १ पोखरा । पोखरा महानगरपालिका वडा नं ६ बैदाममा मुख्य कार्यालय रहेको सुनौलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको एक कार्यक्रमका बीच पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि रविरमण तिवारी उद्घाटन गरेका थिए । सहकारी क्षेत्र चलायमान नभएसम्म देशको अर्थतन्त्र सुधार हुन नसक्ने बताउँदै उनले केही सहकारीमा समस्या भएपनि वित्तीय अनुशासनमा चलिरहेका सहकारीहरूमा बाहिर प्रचार भए जस्तो समस्या नरहेको उल्लेख गरे । समुदायमा आधारित सहकारीमा तरलता बढी… पुरा पढौ

सहारा क्लब हङकङमा सरोज गुरुङ

पोखरा । सहारा क्लब हङकङको चौथो अधिवेशनले सरोज गुरुङ (खम) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार हङकङमा भएको अधिवेशनले आगामी ३ वर्षका लागि १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको निवर्तमान अध्यक्ष दीपक गुरुङले जनाए । कार्यसमिति उपाध्यक्षमा सुमित्रा गुरुङ र तिलक गुरुङ, महासचिवमा ओमप्रसाद गुरुङ, सचिवमा अनिल गुरुङ, कोषाध्यक्षमा प्रवीण गुरुङ, सहकोषाध्यक्षमा उर्मिला घले छन् । सदस्यमा सरिता गुरुङ, विकास गुरुङ, राजु गुरुङ (सुपर), प्रदीप गुरुङ, राजु गुरुङ, गमन घले, कपिल गुरुङ, शरद ज्वारचन, पूर्ण गुरुङ (प्रेम),… पुरा पढौ

२६ औं पोखरा सडक महोत्सव सफल पार्न विभिन्न उपसमितिहरुको बैठक, स्वास्थ्य तथा सुरक्षालाई विशेष जोड

पुष १ पोखरा । रेवान पोखराको आयोजनामा यही पुष १३ देखि १७ गतेसम्म पोखराको लेकसाइडमा आयोजना हुन लागेको २६ औँ पोखरा सडक महोत्सव सफल पार्न आयोजकले विभिन्न उप–समितिहरूसँग छलफल गर्दै तयारी तीव्र पारेको छ । यसै क्रममा रेवान पोखराले सुरक्षा परिषद् बैठक, स्वास्थ्य समितिको बैठक, सांस्कृतिक समूहको बैठक, लगायतका बैठकहरू सम्पन्न गरेको छ । सुरक्षा परिषद् बैठकका सहभागीहरूले रेवान पोखराले आयोजना गरेको पोखरा सडक महोत्सवमा दर्शकहरुको अत्यन्तै भिड लाग्ने भएकाले सुरक्षाको विषयमा गम्भीर बन्नुपर्ने औल्याए । उनीहरूले विगतका संस्करणहरूमा जस्तै… पुरा पढौ

लेखनाथ महोत्सवका ७५ प्रतिशत स्टल बुकिङ

पुस १ पोखरा । लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष १८ गते देखि माघ १ गते सम्म आयोजना गरेको २०औं संस्करणको लेखनाथ महोत्सवका लागी हालसम्म ७५ प्रतिशत स्टल बुकिङ भएका छन । महोत्सवमा रहने तिन सय ३६ वटा स्टल मध्ये सोमबारसम्म दुई सय ५५ वटा स्टल बुकिङ भएको स्टल निर्माण तथा व्यवस्थापन समितिका संयोजक भरत थापाले जानकारी दिए । पहिलो चरणमा संघका सदस्यहरुका लागी लक्षित गरि मंसिर १७ गतेबाट स्टल बुकिङ खुल्ला गरिएको थियो भने अन्य व्यवसायीहरुका लागी समेत स्टल… पुरा पढौ

पोखरा महोत्सवको प्रयोजकमा स्टारसिड टेक्नोलोजीस

पोखरा । पोखरा महोत्सव र स्टारसिड टेक्नोलोजिस प्रालि बीच सहकार्य हुने भएको छ । भारत र चिनबाट बिजुलीका सामाग्री आयात गरी नेपालमै एसेम्बल गर्दै आइरहेको स्टारसिड प्रालि र पोखरा महोत्सव आयोजक युनाईटेड क्लब पोखरा वीच पोखरा महोत्सवलाई सहयोग गर्ने गरी सम्झौता भएको हो । स्टारसिड टेक्नोलोजिस प्रालिका प्रवन्ध निर्देशक चन्द्र बहादुर थापा र पोखरा महोत्सव आयोजक युनाईटेड क्लब पोखराका अध्यक्ष लोक बहादुर थापा बीच १३ औं पोखरा महोत्सवमा एक अर्काबीच सहकार्य गर्ने गरी सम्झौता भएको हो । सम्झौता पत्रमा हस्ताक्षर… पुरा पढौ

स्व. गुरुङको आदर्श र योगदानलाई पछिल्लो पुस्ताले अनुसरण गर्नुपर्छ : मन्त्री थापा

पुस १ पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले स्व. डिल बहादुर गुरुङको आदर्श र योगदानलाई पछिल्लो पुस्ताले अनुसरण गर्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस कुश्मा नगरपालिका वडा नं १४ द्धारा पोखरामा सोमबार आयोजित स्व. गुरुङ्गको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै मन्त्री थापाले सो कुरा बताएका हुन् । उनले स्व.गुरुङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै समाज र पार्टीको विकासका लागि पु¥याएको योगदानको चर्चा गर्दै राजनीतिलाई पद र प्रतिष्ठा भन्दा पनि समाजको परिर्वतनको मुल नीतिका रुपमा लैजानुपर्छ भन्ने स्व. गुरुङको… पुरा पढौ

पोखरामा व्यवसायीक खेलकुदको अर्को रौनक, पौष १० गते देखि थाई–बक्सिङ हुँदै

पोखरा । व्यवसायीक खेलकुदमा विश्वमानै आकर्षक खेल मध्येको ‘कन्टेन्डर सिरिज–२’ थाई–बक्सिङ यहि पौष १० गते देखि पोखरामा हुने भएको छ । शक–यान मुवाँथाई क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धनमा उक्त प्रतियोगिता यहि पौष १० गते देखि १२ गते सम्म हुने भएको हो । खेलकुद मार्फत व्यवसायिक खेलकुदको विकास संगै खेल पर्यटन प्रवद्र्धनका लागि आयोजित प्रतियोगिता पोखराको मुख्य आकर्षणको केन्द्र लेकसाइडस्थित बाराही घाट खेल मैदानमा हुनेछ । प्रतियोगितामा विभिन्न ५ प्रदेशका ८४ जना फाइटरहरुको सहभागिता हुने भएको आयोजक… पुरा पढौ

सूर्यदर्शन सहकारी प्रकरण : रवीसहित ६५ जना प्रतिवादी, १ अर्ब ५१ करोड बिगो

पोखरा, पुस १ पोखराको सूर्य दर्शन सहकारी ठगी सम्बन्धि मुद्धामा ६५ जनालाई प्रतिवादी बनाउन कास्की प्रहरीले राय दिएको छ । उक्त सहकारी ठगी मुद्धामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापती रवि लामिछाने, सहकारीका संस्थापक गितेन्द्रबाबु राई (जिवी)सहित ६५ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित सोमबार जिल्ला सरकारी वकीलको कार्यालयमा प्रतिवेदन बुझाएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी श्यामबहादुर ओलीयाले जानकारी दिए । उनले भने,‘कास्कीमा अनुसन्धान सकेर ६५ जना प्रतिवादी बनाउन राय दिएका छौं । उनीहरुमध्ये ५१ जनाको… पुरा पढौ

मदरल्याण्डमा साहित्य मेलाः एआईको बढी प्रयोगले सिर्जनात्मक क्षमता घटाउँछ

पोखरा, पुस १विद्यार्थीले आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) लाई कुन रुपमा उपयोग गर्न सक्छन् ? विज्ञ भन्छन्, ‘अध्ययनको क्रममा समस्या समाधानदेखि नयाँ सिकाईमा यो प्रविधि निकै सहयोगी छ । तर, अधिक प्रयोगले केही सिर्जनात्मक क्षमता भने घटाउँछ ।’पोखराको मासबारस्थित मदरल्याण्ड माविमा सोमबार आयोजित पहिलो साहित्य मेलामा च्याट जिपिटीको बारेमा बोल्दै इन्जिनियर सन्दीप आचार्यले भने, ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का कारण केही सहज भएको पनि छ । कृत्रिम बुद्धिमता, विद्यार्थीको सिकाई अवसरबारे विद्यार्थीसँग गफिँदै इन्जिनियर आचार्यले भने, ‘च्याट जिपिटीका कारण कतिपय कुरा सहज भएको… पुरा पढौ