समाचार

नेकपा माओवादी केन्द्र अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा भेषराज

पोखरा, मंसिर ३० नेकपा माओवादी केन्द्र अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा भेषराज पौडेल चयन भएका छन् । माओवादी अन्नपूर्ण गाउँपालिकाको हालै भएको तेश्रो अधिवेशनले पौडेलको अध्यक्षतामा ३५ सदस्यीय गाउँपालिका समिति सर्वसम्मत चयन गरेको हो । अधिवेशनले उपाध्यक्षहरुमा शोभाखर अधिकारी, चिजकुमारी परियार र सूर्य परियार, सचिवमा शरणसिंह बि.क., सह–सचिवमा टेकप्रसाद अधिकारी र कोषाध्यक्षमा दिपशिखा गिरीलाई चयन गरेको छ । खबरदारी सभाका रुपमा गरिएको अधिवेशनलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज दिननाथ शर्माले वर्तमान सरकारका कारण देशमा भ्रष्टाचार मौलाउनुका… पुरा पढौ

हिसान गण्डकीको अध्यक्ष शर्मा निर्विरोध निर्वाचित

पोखरा, मंसिर ३० उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) गण्डकी प्रदेशको दोस्रो अधिवेशनले डा.रामजी शर्माको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । हिसान गण्डकी प्रदेशको हालै सम्पन्न अधिवेशनले कास्कीका शर्मालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । हिसान गण्डकीको बरिष्ठ उपाध्यक्षमा छविलाल कंडेल ( नवलपुर), उपाध्यक्षमा बालकृष्ण शर्मा (बागलुङ), सचिवमा डिल्लीराम अधिकारी (कास्की), कोषाध्यक्षमा टुवराज बास्तोला (कास्की), सह सचिवमा अशोक शाही (कास्की) र सह–कोषाध्यक्षमा दीपक शर्मा मरासिनी (स्याङ्जा)लाई चयन गरेको छ । त्यस्तै, सदस्यहरुमा लक्ष्मण कँडेल (नवलपुर), पम्फा गुरुङ… पुरा पढौ

उपकार सहकारीको अध्यक्षमा सुर्यनाथ दोहोरीए पहारी

पोखरा महानगर पालिका वडा नं– ६ बैदाममा स्थित उपकार बचत तथा ऋण सहकारी संस्था पोखराको छैठौ अधिवेशनबाट अध्यक्षमा सुर्यनाथ पहारी निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिवेशनले सुर्यनाथ पहारी अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा समिति निर्वाचित गरेको छ ।संस्थाको उपाध्यक्षमा सुन्दरराज पहारी, सचिव कृष्ण कुमारी पौडेल, कोषाध्यक्ष बैकुण्ठ ढुङ्गाना चयन भएका छन् । सदस्यहरुमा राम खाण, कृष्ण प्रसाद बास्ताकोटी, भगिरथी क्षेत्री, हरि प्रसाद पहारी र रश्मिता बराल सर्वसम्मत निर्वाचित भएका हुन् । लेखा समितिको संयोजकमा… पुरा पढौ

डुम्रे भन्सार नयाँ सहरः जनसङ्ख्या आकर्षित गर्न चुनौती

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर र भानु नगरपालिकामा अवस्थित डुम्रे भन्सार नयाँ सहर आयोजनाका रूपमा रहेको छ । आन्तरिक बसाइँसराइलाई व्यवस्थित गर्न मध्यमहाडी लोकमार्गको वरिपरि दश नयाँ सहर स्थापना गर्ने सरकारको नीतिअनुरूप विसं २०९० सम्ममा व्यवस्थित बस्तीसहितको पूर्वाधार तयार गर्न तनहुँमा साविकको भानु गाउँ विकास समिति–१, २, ३, ४ र साविकको बन्दीपुर गाउँ विकास समिति–१, २, ३ र ४ समेटी नयाँ सहर आयोजना डुम्रे भन्सारको सुरूवात भएको हो । तीव्र रूपमा विकास भइरहेका तनहुँ सदरमुकाम दमौली पोखरा र भरतपुर नजिक… पुरा पढौ

तनहुँ जलविद्युत् आयोजनाको एक हजार चार सय ९३ मिटर लामो सुरूङ निर्माण

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक) बाट सुरू भई पेनस्टक पाइप रहने स्थानसम्मको एक हजार चार सय ९३ मिटर लामो सुरूङ ‘ब्रेक थ्रो (छिचोलेको) छ । मुख्य सुरूङबाट गएको पानीलाई दुई सय १३ मिटर लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युतगृहमा खसाली विद्युत् उत्पादनका लागि कङ्क्रिट लाइननिङ कार्य भइरहेको छ । उक्त कार्यका लागि पेनस्टक पाइप जडानकार्य अन्तिम चरणमा पुगेको आयोजनाका सञ्चारविज्ञ सचिन गौतमले जानकारी दिए । आयोजनाको सुरूङ, विद्युतगृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान… पुरा पढौ

नेपाल प्रिमियर लिग : विराटनगर काठमाण्डौसंग एक विकेटले स्तब्ध

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डौ गुर्खाजले विराटनगर किङ्ग्सलाई एक विकेटले हराएको छ । विराटनगरले दिएको एक सय १८ रनको लक्ष्य पछ्याएको काठमाण्डौले १८ ओभर एक बलमा नौ विकेट गुमाएर भेटायो । काठमाण्डौका प्रतिक श्रेष्ठले सबैभन्दा धेरै ३९ रन बनाए । विराटनगरका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए । यस्तै अनिल खरेल, बसिर अहमद र क्रिस सोलले समान दुई विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको विराटनगरले १९ ओभर पाँच बलमा सबै विकेट गुमाएर एक सय १७… पुरा पढौ

कुखुरा पालेर मासिक एक लाख पचास हजार बचत

गलकोट । बागलुङ नगरपालिका–७ कालिमाटीको ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्ममा पाँच हजार कुखुरा पालेर एक उद्यमीले मासिक रु एक लाख ५० हजार बचत गर्र्दै आएका छन् । स्थानीय ओमराज शर्माले सञ्चालन गरेको कुखुरा फार्मबाट दैनिक पाँच हजार अण्डाको बजारीकरण भइरहेको छ । बाह्र बर्ष कतार बसेर फर्किएका शर्माले कुखुरापालनमा आम्दानी र जोखिम बराबर रहेको बताए । “तीन हजार कुखुरा पाल्दै आएको थिएँ, हाल थप दुई हजारले अण्डा दिन सुरु गरेका छन्, दैनिक पाँच हजार अण्डा बजार बेच्ने गरेको छु”, उद्यमी… पुरा पढौ

म्याग्दीको मराङखोलामा पक्कीपुल निर्माण सुरु

म्याग्दी । बेनी–दरवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडक आयोजनाअन्तर्गत मालिका गाउँपालिका–७ भएर बग्ने मराङखोलामा पक्कीपुल निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको रु पाँच करोड ९६ लाख ६४ हजारको लागतमा आगामी १८ महिनाभित्रमा निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले बताए । पुल निर्माणपछि धवलागिरि, मालिका गाउँपालिकाका बासिन्दाका साथै म्याग्दीबाट बागलुङको ढोरपाटन हुँदै पूर्वीरुकुमसम्म बाह्रै महिना यातायातका साधन सञ्चालन हुनेछन् । रासस पुरा पढौ

तनहुँको आँबुखैरेनीमा चितुवाको त्रास

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ का पानीघट्टा, आपचौतारा, चोकचिसापानी क्षेत्रमा दिनहुँ चितुवा देखिन थालेपछि यहाँका स्थानीय त्रसित भएका छन् । पानीघट्टा क्षेत्रमा साँझपख चितुवा देखिएपछि स्थानीयवासी त्रसित भएका वडाध्यक्ष दिनेश केसीले बताए । स्थानीयलाई आक्रमणबाट जोगाउन डिभिजन वन कार्यालयसँगको सहकार्यमा ती स्थानमा खोर राख्ने प्रयास थालिएको उनले जानकारी दिए । साथै उनले ती क्षेत्रका स्थानीयलाई सतर्क रहन आगह गरेका छन् । यसअघि चोकचिसापानीमा एउटा खोर राखिएको थियो । गत शुक्रबार चोकचिसापानीमा दुईवटा चितुवा देखिएका थिए । एउटा चितुवालाई लामो समयसम्म… पुरा पढौ

जनताको भरोसालाई टुट्न दिँदैनौँः अध्यक्ष प्रचण्ड

मंसिर २९ रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको भरोसालाई टुट्न नदिने बताएका छन् । रुपन्देहीको तिलोत्तमामा आज आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रममा उनले पार्टीलाई थप एकताबद्ध बनाउँदै जनताको बीचमा लैजान र जनताको भावनालाई समेट्ने काममा लाग्न कार्यकर्तालाई निर्देशन समेत दिए । अध्यक्ष प्रचण्डले जनता र परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र भएको उल्लेख गर्दै देशमा सुशासनका लागि अब समाजवादी नयाँ आन्दोलन गरिने बताए । “माओवादी केन्द्रको नेतृत्वमा बनेका सरकारले गरेका काम… पुरा पढौ