समाचार

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज परिसूचक ५१ दशमलव ३७ अङ्कले घटेर दुई हजार छ सय ३० दशमलव ९१ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ९१ प्रतिशतको गिरावट हो । आज तीन सय चार कम्पनीको एक करोड २७ लाख ४५ हजार सात सय ७७ कित्ता शेयर ६७ हजार छ सय ४८ पटक खरिदबिक्री भएको छ । आज नेप्सेमा रू पाँच अर्ब ९३ करोड ५६ लाख चार हजार आठ सय ४७… पुरा पढौ

प्रहरीले लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइयो

गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आज सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको प्रहरीका प्रवक्ता वसन्तकुुमार शर्माले जानकारी दिए । सहकारी ठगीसम्बन्धी मुद्दामा कात्तिक २ गते काठमाडौँबाट प्रक्राउ गरी उनलाई पोखरा ल्याइएका थियो ।रासस पुरा पढौ

गाउँमा सडक सुविधा पुगेपनि रोकिएन बसाइसराइ

गलेश्वर । तीन वर्षअघि जोडिएको सडकबाहेक म्याग्दीको कुइनेखानी गाउँमा अन्य विकासका पूर्वाधार पुगेको छैन । आधुनिक विकासका पूर्वाधार नपुगेकैले यस गाउँलाई जिल्लाकै कुमारी गाउँ पनि भनिन्छ । रघुगंगा गाउँपालिका–८ मा पर्ने यही कुइनेखानी गाउँ पछिल्लो समय उजाड र कुरुप देखिन थालेको छ । पाँच वर्ष अघिसम्म ९६ घर परिवारको बसोबास रहेको यस गाउँमा हाल ४३ घर परिवारको मात्रै बसोबास रहेको स्थानीय तबहादुर छन्त्यालले बताए ।  तीन वर्षअघि सडक सञ्जाल जोडिएर साना सवारीसाधन गुड्न थालेसँगै गाउँ रित्तिन थालेको हो । “मोटरबाटो… पुरा पढौ

काठमाडौँ महानगरपालिकाका पूर्वमेयर सिंहको निधन

काठमाडौँ महानगरपालिकाका पूर्व मेयर पिएल सिंहको निधन भएको छ । उनको आज ८७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।नेपाली कांग्रेसका नेता सिंह पेटसम्बन्धी रोगको उपचारमा थिए । उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज बिहान ११ सम्म निवास चक्सिबारीमा राखिने र त्यसपछि कांग्रेस केन्द्रीय कार्यालयमा दुई घन्टासम्म राखिने बताइएको छ । उनको आजै अन्त्येष्टि गरिनेछ । रासस पुरा पढौ

एनपिएलः पोखरालाई पाँच रनले हराउँदै सुदूरपश्चिम प्लेअफमा

मंसिर ३० काठमाण्डौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई पाँच रनले हराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सुदूरपश्चिमले दिएकोे एक सय ५४ रन लक्ष्य पछ्याएको पोखराले १९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ४८ रनमा समेटियो । पोखराका लागि एन्ड्रिज गौसले सर्वाधिक ३६ रन बनाए । उनले २१ बलमा दुई छक्का र चार चौकाको मद्दतले ३६ रन बनाएका हुन् । त्यस्तै, रेमन रेफरले ३३, किरण ठगुन्नाले ३२, दिनेश खरेलले… पुरा पढौ

पेट्रोलको मूल्य बृद्धि, डिजेल र मट्टितेल घट्यो

मंसिर ३० काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बृद्धि गरेको छ । निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलको मूल्य बढाएको हो । त्यस्तै, डिजेल र मट्टितेलको मूल्य भने घटाएको छ । इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलमा २ रुपैयाँ २८ पैसा बढेर र डिजेलमा १ रुपैयाँ ४८ पैसा घटेर आएको निगमले जनाएको छ । निगमको संचालक समितिको निर्णयअनुसार पेट्रोलमा २ रुपैयाँ बढाइएको छ भने डिजेल र मट्टितेलमा २ रुपैयाँ घटाइएको छ । पुरा पढौ

प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता

मंसिर ३० काठमाण्डौं । प्रधानसेनापति अशोकराज सिग्देल छिमेकी मुलुक भारतको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको निमन्त्रणामा छिमेकी मुलुकको भ्रमण सम्पन्न गरी फर्किएका प्रधानसेनापति सिग्देललाई बलाध्यक्ष रथी प्रदीपजङ्ग केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । भारत भ्रमणका क्रममा प्रधानसेनापति सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा आयोजित सुशोभन समारोहमा भारतीयस्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गरे । भारत भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले त्यहाँका रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल,… पुरा पढौ

पोखरा महोत्सवको स्टल बुकिङ खुल्ला

पोखरा । १३ औं संस्करणको पोखरा महोत्सवको लागि स्टल बुकिङ खुल्ला गरिएको छ । युनाईटेड क्लबको आयोजनामा आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवका लागि स्टल बुकिङ खुल्ला गरिएको हो । महोत्सव सम्पन्न गर्न आयोजित विभिन्न उपसमिति संयोजक तथा महोत्सव सल्लाहकारहरुको बैठकको निर्णय अनुसार महोत्सव आयोजक युनाईटेड क्लबले महोत्सवको स्टल पुष १ गते दिनको दुई बजे देखि स्टल बुकिङ खुल्ला गरिएको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए… पुरा पढौ

अङ्ग्रेजी शिक्षकका लागि नेल्टा गण्डकीको कार्यशाला

मंसिर ३० पोखरा । नेपालका अङ्ग्रेजी भाषा शिक्षकहरुको पेशागत संगठन नेल्टा गण्डकी प्रदेशल शाखाको आयोजनामा पोखरामा दुई दिने कार्यशाला सम्पन्न भएको छ । कार्यशाला पोखराको ताल बाराही माध्यमिक विद्यालयमा शनिबार र आइतबार गरि दुई दिन सञ्चालन भएको थियो । कार्यशालामा गण्डकी प्रदेश भित्रका प्रत्येक जिल्लाबाट ३ जनाको दरले जम्मा ३० जनाको सहभागीता रहेको उक्त कार्यशालामा शैक्षिक अनुसन्धानमा रुचि राख्ने, अनुसन्धान विधिहरूको आधारभूत ज्ञान भएका, अंग्रेजी भाषामा दख्खलता भएका, अनुसन्धानमा सक्रिय सहभागीताको प्रतिबद्धता जनाएका, सहयोग र विचारको आदान प्रदान गर्न इच्छुक… पुरा पढौ

उपकार सहकारीको अध्यक्षमा पुनः पहारी

मंसिर ३० पोखरा । उपकार बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सूर्यनाथ पहारी चयन भएका छन् । पोखराको छैठौ अधिवेशनले अध्यक्षमा पुन पाहारीलाई निर्विरोध चयन गरेको हो । शनिबार सम्पन्न अधिवेशनले संस्थाको उपाध्यक्षमा सुन्दरराज पहारी, सचिवमा कृष्ण कुमारी पौडेल, कोषाध्यक्षमा बैकुण्ठ ढुङ्गाना चयन भएका छन् । यस्तै संस्थाको सदस्यहरुमा राम खाण, कृष्ण प्रसाद बास्ताकोटी, भगिरथी क्षेत्री, हरि प्रसाद पहारी र रश्मिता बराल छन् । अधिवेशनले लेखा समिति संयोजकमा अर्मत भुजेल सदस्यहरु हेरम्व राज अधिकारी र हेमराज चालिसेलाई जिम्मेवारी दिएको छ… पुरा पढौ