पोखरा । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा बसुन्धरा रिसोर्टको पञ्चकन्याद्वारा बिहिबार उद्घाटन गरिएको छ। रिसोर्ट प्रकृतिप्रेमी पर्यटकहरूलाई लक्षित गर्दै निर्माण गरिएको हो। लटरम्म फलेका रुद्राक्षका बोट, आफ्नै हातले टिप्न सकिने अम्बा र एभोकार्डो, रंगीचंगी फूल, र चराचुरुङ्गीका आवाजले यहाँको वातावरणलाई विशेष बनाएको छ। रिसोर्टभित्र अमला, बेलपत्र, तुलसीजस्ता आयुर्वेदिक जडीबुटी र एभोकार्डो, लिच्ची, आँप, र रुखकटहरजस्ता फलफूलका बगैंचा रहेका छन्। एसी र टिभि जडित उज्यालो र सफा कोठाहरूबाट हरियाली वातावरण र हिमालको दृश्य अवलोकन गर्न सकिन्छ। फेवातालबाट २०० मिटर दूरीमा रहेको यस…
पुरा पढौ