समाचार

१४ औ एन प्याव्सन खेलकुद महोत्सव जारी

पोखरा । एन प्याव्सन कास्कीले आयोजना गरेको १४ औ एन प्याव्सन खेलकुद महोत्सव जारी रहेको छ । आइतबार खेलकुद महोत्सव अन्तर्गत छात्र छात्र फुटबल, छात्र छात्र बास्केटबल, क्रिकेट प्रतियोगिता जारी रहेका छन् । आइतबार भएको छात्र फुटबल प्रतियोगिता तर्फ गण्डकी एकेडेमी कास्कीले विरेन्द्र मेमोरियल वोर्डिङ स्कुललाई ४–१, फेवा वोर्डिङ स्कुलले कान्तिपुर एकेडेमीलाई १–०, पुष्पसदन एकेडेमीले साइनिङ स्टार वोर्डिङ स्कुललाई टाइबेकरमा ४–३, एल पि देवकोटा मेमोरियल स्कुलले मर्निङ ग्लोरी एकेडेमीलाई टाइबेकरमा ५–४ ले पराजित ग¥यो । यता त्रिवेणी पब्लिक स्कुलले ओम… पुरा पढौ

कानुनका विद्यार्थीले सुने कान्छा न्यायाधीशको अनुभव

मंसिर २३ पोखरा । जिल्ला न्यायाधीशका लागि लोकसेवा आयोगले गत वैशाखमा लिएको खुला प्रतिस्पर्धात्मक परीक्षामा ८ जनामातै उत्तीर्ण भएका थिए । जब कि ४३ जिल्लाका लागि न्यायाधीशको दर्खास्त खुलेको थियो । आवेदन २०३ जनाले दिएका थिए । तर लिखित परीक्षा उत्तीर्ण गर्नेमात्रै ८ भए । तिनैमध्ये एक थिए नीतिज राई । त्यसो त उनी अहिले देशभरका तीनै तहका अदालतहरुमा भएका न्यायाधीशमध्ये सबैभन्दा कान्छा हुन् । अहिलेमात्रै नभई २०४७ सालको संवैधानिक व्यवस्थापछि सबैभन्दा कान्छो उमेरमा न्यायाशीश बन्न सफल भएका हुन् राई… पुरा पढौ

गण्डकी अटो मेकानिक्सको अध्यक्षमा अधिकारी

मंसिर २३ पोखरा । गण्डकी अटो मेकानिक्स वक्र्स एशोसिएसजको २५ औँ वार्षिक साधारण तथा १५ औँ अधिवेशनले विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको निवर्तमान अध्यक्षमा सन्तोष कुमार मिश्र, वरिष्ठ उपाध्यक्षमा नवराज सुनार, उपाध्यक्षमा जगन्नाथ गर्तौला, महासचिवमा विजेन्द्र चौधरी, कोषाध्यक्षमा निहाल अन्सारी , सचिवमा सन्तोष राउत कर्मी र सहकोषाध्यक्षमा प्रकाश गिरी चयन भएका छन । यस्तै, समितिको सदस्यहरुमा डिल बहादुर तुलाधर, एक बहादुर बानिँया, विन्दु पावे, गंगा बहादुर कुँवर, भिमसेन शाह रहेका छन । निर्वाचित समितिलाई निर्वाचन… पुरा पढौ

पत्रकार महासङ्घ निर्वाचन : शर्मा नेतृत्वको प्यानल घोषणा

मंसिर २३ काठमाण्डौं । नेपाल पत्रकार महासङ्घको निर्वाचनका लागि निर्मला शर्माको नेतृत्वमा नयाँ प्यानल घोषणा गरिएको छ । काठमाडौँमा एक कार्यक्रमबीच आज शर्माको नेतृत्वमा प्यानल घोषणा गरिएको हो । शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालका साझा उम्मेदवार छन् । शर्माको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, महिला उपाध्यक्षमा नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द र महासचिवमा रामप्रसाद दाहालले उम्मेदवारी दिएका छन् । यस्तै, खुल्ला सचिवमा रमेश खतिवडा, महिला सचिवमा सोनी शर्मा, आदीवासी जनजाति सचिवमा सविन प्रियासन, मधेसी सचिवमा अशोककुमार… पुरा पढौ

प्याब्सन स्पोर्टस् मिट : हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन

मंसिर २३ पोखरा । पोखरामा आयोजित १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ मा दुई स्कुल च्याम्पियन बनेका छन् । ५ दिनसम्म चलेको स्पोर्टस् मिटमा घारीपाटनको हिमालयन बोर्डिङ स्कुल र लामाचौरको सरस्वती आदर्श विद्याश्रम समान अंकका साथ च्याम्पियन बनेका हुन् । रनिङ शिल्ड भने पहिलो वर्ष हिमालयनले लिएको प्रिन्सिपल डा. टेकनारायण पौडेलले बताए । आइतबार पोखरा रंगशालामा स्पोर्टस् मिट समापनमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले हिमालयनका डा. पौडेल तथा सरस्वतीका स्वागतमान सिंह भण्डारीलाई संयुक्तरुपमा रनिङ शिल्ड प्रदान गरेका हुन् । टिम इभेन्टतर्फ… पुरा पढौ

शुक्ला साहित्य प्रतिष्ठान पोखराद्धारा पत्रकार र सहयोगीलाई सम्मान

पोखरा । शुक्ला साहित्य प्रतिष्ठान, पोखराले पत्रकार सहित सहयोगीलाई सम्मान गरेको छ । प्रतिष्ठानले आयोजना गरेको समिक्षा तथा रचना वाचन कार्यक्रममा प्रतिष्ठानको उन्नयन र विकासमा योगदान पुर्याएकोमा पत्रकार शिशिर पौडेल, सराङ्गकोट साप्ताहिकका सम्पादक यदुनाथ बञ्जरा, परिवर्तन न्युजका सम्पादक प्रकाश अधिकारी, प्रमुख खबर डट कमका सह सम्पादक संजय थापा र रेडियो अकलाका स्टेशन म्यानेजर विराज शर्मा सहित पुर्व अध्यक्ष कुल वहादुर खत्री र मानार्थ सदस्य मदन वहादुर खत्री क्षत्रीलाई सम्मान गरेको हो । उनीहरुलाई प्रतिष्ठानका अध्यक्ष हरिवहादुर बरुवाल, संरक्षक प्राध्यापक कुञ्जराज… पुरा पढौ

वार्षिक पाँच करोडसम्म सुन्तालाको कारोबार

वालिङ । स्याङ्जाका सुन्तला व्यवसायी एवं अगुवा किसान फणिनारायण अर्यालले बर्सेनि रु पाँच करोडसम्म सुन्तालको कारोबार गदै आएका छन् । जिल्लाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकमा त्रिपुत्र बागवानी कृषि फार्ममार्फत उनले बर्सेनि करोडौँको सुन्तलाको कारोबार गर्दै आएका हुन् । अर्यालले आफ्नै बगैँचामा उत्पादन गरे सुन्तला र अन्य किसानबाट खरिद गरेर ल्याएको सुन्तला बिक्रीबाट यसवर्ष पनि रु पाँच करोडभन्दा बढी कारोबार हुने अनुमान गरिएको बताए । उत्पादन बढी हुँदा र बजार मूल्य राम्रो भएको अवस्थामा वार्षिक रु पाँच करोडसम्मको करोबार हुने उनले जानकारी… पुरा पढौ

तप्राङ्मा स्वास्थ्य शिविर

पोखरा । इनर व्हिल क्लव अफ पोखराको आयोजना तथा नेपाल परिवार नियोजन संघ कास्की शाखाको प्राविधिक सहयोगमा निःशुल्क यौन तथा प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ । मादी गाउँपालिका वडा नं ६ तप्राङ्मा आयोजित यौनजन्य संक्रमणको परामर्श तथा परिक्षण र पाठेघरको मुखको क्यान्सर परिक्षण शिविरबाट झण्डै एक सय जना लाभान्वित भएका छन् । कार्यक्रमका लागि अमेरिका निवारी देवीरमण सापकोटाले सहयोग गरेका थिए । शिविरमा स्त्री रोग विशेषज्ञ डा चुम माया पुनले सहजिकरण गरेका थिए । शिविर उद्घाटन गर्दै मादी गाउँपालिका… पुरा पढौ

तनहुँका ४५ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आवद्ध

दमौली । तनहुँ जिल्लामा ४५ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आवद्ध भएका छन् । जिल्लास्थित स्वास्थ्य बिमा बोर्डका अनुसार जिल्लाका तीन लाख २१ हजार एक सय ५३ जनामध्ये एक लाख ४५ हजार सात सय ९८ जना स्वास्थ्य बिमामा आवद्ध भएका हुन् । विपन्न नागरिकतर्फ दुई हजार पाँच सय ८९ परिवार र साधारणतर्फ २४ हजार आठ सय ८६ परिवारको स्वास्थ्य बिमा गरिएको कार्यालयका संयोजक सिर्जना पोख्रेलले जानकारी दिए । उनका अनुसार १९ हजार नौ सय ३३ ज्येष्ठ नागरिक, एक सय ८७ एचआइभी… पुरा पढौ

सुनिएको शरीर लिएर विद्यालय पुग्छन् महेन्द्र विक : उपचार गर्ने पैसा छैन

बलेवा । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ स्थित जनकल्याण माध्यमिक विद्यालयमा अध्ययनरत २० वर्षीय महेन्द्र विक अहिले दुखेको र सुनिएको शरीर लिएर विद्यालय आउने गर्छन् । आर्थिक अवस्था कमजोर भएकाले उपचारबाट बञ्चित उनी पढ्ने रहर पूरा गर्न सुनिएको शरीर लिएर विद्यालय पुग्छन्। जन्मेको तीन महिनामा उनी बिरामी परे । शरीरमा साना गिर्खा देखिए पनि आर्थिक अवस्था कमजोर भएकाले परिवारले उपचार नगराएका विक बताउछन्। विस्तारै उहाँको शरीरका गिर्खा बढ्दै गए । घाँटी, पेट, छाती, खुट्टा र हातमासमेत गिर्खा बढ्दै गएपछि असहज बन्दै… पुरा पढौ