समाचार

घार्मीमा परम्परागत भुमे पुजा सम्पन्न, भुमे मन्दिर र भवन निर्माण हुन सकेन

पोखरा । पोखरा महानगरपालिका वडा नं। १९ मा वसोवास गर्ने वा्रम्हण समुदायले सामुहिक रुपमा परम्परागत भुमे पुजा सम्पन्न गरेका छन् । साविकको लामाचौर गा।वि।स वडा नं। ५, ६, ७, ८, र ९ मा रहेका करिव ५ सय घरधुरिका ब्राह्मण समुदायले घार्मीमा रहेको भुमेपुज्ने सामुदायिक वनमा पुगी त्यहाँ रहेको भुमी देवता स्थलमा विधीपुर्वक पुजा अर्चना गरेका थिए । परापुर्वकाल देखिनै वर्षको दुई पटक वाली लगाउने र भित्रयाउने समयमा भुमे देवताको विधी पुर्वक पुजा गर्ने प्रचलन रहेको छ । सहभागी भक्तजनले भुमी… पुरा पढौ

विन्ध्यवासिनी मा.विमा पुर्व प्र.अ अधिकारीको सम्मान सहित विदाई

पोखरा । विन्ध्यवासिनी माध्यमिक विद्यालय बाटुलेचौरका पुर्व प्रधानाध्यापक एवं शिक्षक खिमलाल अधिकारीलाई सम्मान सहित विदाई गरिएको छ । करिव ३८ वर्ष लामो शिक्षण पेशामा आवद्घ अधिकारीले अनिवार्य अवकास पाउनु भन्दा एक वर्ष अघि नै स्वेच्छिक अवकास लिएका हुन् । विद्यालयले विहीवार एक कार्यक्रमका विच माध्यमिक तह प्रथम श्रेणी, अँग्रेजी विभागका प्रमुख अधिकारीलाई सम्मान सहित विदाइ गरेको छ । सो विद्यालयमा लामो समय अध्यापन गराएका पोखरा १६, निवासी अधिकारीलाई विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गुरुदत्त भट्टराई,पुर्व अध्यक्ष नरनाथ भट्टराइ, गोविन्द वहादुर… पुरा पढौ

एनपिएल : सुदूरपश्चिम रोयल्सले दियो काठमाडौँलाई १६८ रनको लक्ष्य

मंसिर २० काठमाण्डौं । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाई जितका लागि १६८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १६७ रन बनाएको हो । सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनको अर्धशतक प्रहार गरे । उनले ३६ बलमा चार छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ५४ रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले ४२ रन बनाए । ऐरीले २५ बलमा दुई छक्का… पुरा पढौ

झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै

मंसिर २० झापा । विर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५० हजार क्विन्टल धान खरिद गर्ने भएको छ । कम्पनीका कार्यालय प्रमुख चुलमाया लोवाका अनुसार पहिलो चरणमा १५ हजार क्विन्टल सोनामन्सुली र पाँच हजार क्विन्टल रञ्जितमन्सुली धान खरिद गर्न लागिएको हो । “कम्पनीले धानको समर्थन मूल्य प्रति क्विन्टल रु तीन हजार पँच सय ८० दशमलव ६२ तोकेको छ”, उनले भने, “कम्पनीले तोकेको मूल्य बजार भाउभन्दा माथि रहेकाले किसानले धान बिक्री गर्नेछन् ।” तीन लाख ८५ हजार मेट्रिक टन धान… पुरा पढौ

एक करोड बढीको लगानीमा बाख्रापालन

मंसिर २० बागलुङ । केही वर्षअघिसम्म काठेखोला गाउँपालिका–५ कर्लिममा १८० घर थिए । बसाइँसराइका कारण यहाँका ३५ घरमा मात्रै बसोबास छ । अन्य घर खण्डहर बनेका छन् भने खेतीयोग्य खेतबारी बाँझै छ । यहाँका अधिकांश मानिस रोजागरीका लागि जापान गएका छन् भने बसाइँ सरेर चितवन पुगेका छन् । चौध वर्ष जापानमा काम गरेका एक युवक भने हाल गाउँमा बाख्रापालनमा व्यस्त छन् । काठेखोला–५ कर्लिमका ४८ वर्षीय प्रेम कँडेलले ठूलाघरे बाख्रा फार्म खोलेर तीन सय ५० पालेका छन् । उनले २०७९… पुरा पढौ

एनपिएलः जनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित

मंसिर २० काठमाण्डौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पोखरा एभेन्जर्सलाई सात विकेटले पराजित गर्दै जनकपुरले तेस्रो जित निकालेको हो । पोखरा एभेञ्जर्सले जितका लागि दिएको एक सय ३९ रनको लक्ष्य जनकपुरले १७ दशमलव एक ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेको हो । जनकपुरले यसअघि विराटनगर किङ्ग्स र कर्णाली याक्सलाई पराजित गरेको थियो । जनकपुरको जितमा लाहिरु मिलन्थाले सर्वाधिक ४५ रन बनाए । यस्तै, आशिफ सेखले ३२,… पुरा पढौ

पाल्पामा सुन्तला महोत्सव हुँदै

पाल्पा जिल्लामा सुन्तलाखेती प्रवद्र्धन गर्न रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाको आयोजनामा यही मङ्सिर २२ र २३ गते सुन्तला महोत्सव हुने भएको छ । महोत्सव सञ्चालनका लागि रैनादेवीछहरा र रिब्दीकोट गाउँपालिकाले रु पाँच लाखका दरले रु १० लाख प्रदान गरेका महोत्सव आयोजक समितिका संयोजक दानबहादुर कुँवरले जानकारी दिए ।महोत्सव सुन्तलाको बजार, प्रविधिबारे बुझ्ने र सीप सिक्ने अवसर हुने उनले बताए । सुन्तलाका दाना, जुस, जाम तथा अन्य वस्तु महोत्सवमा प्रदर्शन गरिनेछ । महोत्सव रैनादेवी छहरा गाउँपालिका–५ कनौजेपानी खेलमैदानमा हुनेछ । गत… पुरा पढौ

आज देशभरको मौसम सफा रहने पूर्वानुमान

हाल देशमा कुनै किसिमको विशेष मौसम प्रणाली नरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सामान्यतया देशभरको मौसम सफा रहने बताएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम… पुरा पढौ

एनटिएचएमसिको अन्तर कलेज वक्तृत्वकलामा गण्डकी बोर्डिङकी समता प्रथम

मंसिर १९ पोखरा। नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज एनटिएचएमसि, छिनेडाँडा पोखरामा पर्यटनसम्बन्धी अन्तर कलेज वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । पोखराका विभिन्न १७ वटा कलेजका विद्यार्थीहरुबीच भएको “किन किशोर किशोरीहरु विदेश भ्रमण जानु अघि स्थानिय पर्यटन अन्वेषण गर्नुपर्छ” विषयक प्रतियोगितामा गण्डकी बोर्डिङ स्कुलकी विद्यार्थी समता थापा प्रथम भएकी छन् । एनटिएचएमसिकी मेलिना पाठक दोश्रो हुन सफल भएकी छन् भने डायमण्ड बोर्डिङ स्कुलका ऋतिक गुरुङ तेश्रो हुन सफल भएका छन् । विद्यार्थीहरुलाई अंग्रेजी र नेपालीमध्ये कुनै एक भाषामा बोल्न दिइएकोमा उनीहरु… पुरा पढौ

सहारा बाल आधारभूत विद्यालयमा शुद्ध पिउने पानीको व्यवस्था, बुधबार समुद्घाटन

पोखरा । पोखरा- ९ शिवटोल बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहित तातोचिसो पिउने पानीको सुविधा भएको धारा हस्तान्तरण गरिएको छ। समाजसेवी अमर गुरुङ र अर्जुन मैनालीको संयुक्त पहलमा युभी प्रविधिसहितका धाराहरु निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको हो। धारा शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले सरकारले निःशुल्क शिक्षाको अवधारणा ल्याए पनि कार्यान्वयनमा कमजोरी रहेको उल्लेख गरे। सहारा विद्यालयले विभिन्न अभावका बावजुद शैक्षिक तथा भौतिक उन्नति गर्दै गएकोमा प्रशंसा गर्दै विद्यालय व्यवस्थापन समितिका सबैलाई धन्यवाद… पुरा पढौ