समाचार

सहारामा शुद्दिकरण सहितको पिउने पानी हस्तान्तरण

मंसिर १९ पोखरा । पोखरा–९, शिवटोल बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा सआधुनिक प्रविधि सहितको तातो चिसो पानीको सुविधासहितको धारा हस्तान्तरण भएको छ । पोखरा ९ का समाजसेवीहरु अमर गुरुङ र अर्जुन मैनालीको संयुक्त पहलमा युभि प्रविधिसहित तातो चिसो पानि आउने धाराहरु गरि निर्माण पश्चात विद्यालयलाई हस्तान्तरण भएको थियो । कार्यक्रममा स्वागत मन्तव्यका क्रममा विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले कुल ३ ओटा धाराहरुमार्फत विद्यार्थीहरुले सुविधा लिन सक्ने धाराहरु बनाई पानी जस्तो पुनित कार्यमा विद्यालयलाई माया मानेर हस्तान्तरण गर्नेे दाताहरुलाई धन्यवाद व्यक्त… पुरा पढौ

२६ औं पोखरा सडक महोत्सवको तयारी शुरु

मंसिर १९ पोखरा । ‘सडकमै खाउँ,सडकमै रमाउँ, सडकमै नाचौँ¨ भन्ने मूल नाराका साथ पोखरा सडक महोत्सवको आयोजना गर्दै आएको रेवान पोखरा यतिबेला २६ औँ संस्करणको पोखरा सडक महोत्सव गर्ने तयारीमा जुटेको छ । यसपटकको सडक महोत्सव सफल पार्न आयोजकले आफ्नै संस्थामा आबद्ध रेस्टुरेन्टका सञ्चालकहरूसँग सल्लाह सुझाव लिँदै महोत्सवको तयारी थालनी गरेको छ । रेवान पोखराले बुधबार संस्थामा आबद्ध सदस्य तथा पोखरा सडक महोत्सवका मुख्य प्रायोजक, सह प्रायोजक एवं सहयोगीहरूसँग अन्तरक्रियात्मक छलफल सम्पन्न गरेको हो । छलफलमा सहभागीहरूले पोखरा सडक महोत्सव… पुरा पढौ

नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्धः मन्त्री पौडेल

मंसिर १९ काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै यसका लागि देशव्यापी खोप कार्यक्रम कार्यान्वयनको चरणमा रहेको बताएका छन् । इन्डोनेसियाको बालीमा आयोजित विश्वव्यापी खोप सहकार्य गाभीको बैठकमा सम्बोधन गर्दै मन्त्री पौडेलले पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि नेपालले आगामी माघ २२ गतेदेखि दुई सातासम्म किशोरीहरुलाई खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिए । “यो खोप अभियान नेपालका लागि मात्र होइन सर्भाइकल क्यान्सर अन्त्यको वैश्विक रणनीतिमा महत्वपूर्ण उपलब्धि हुनेछ”, मन्त्री… पुरा पढौ

एनपिएल : विराटनगर किङ्ग्सद्वारा लुम्बिनी लायन्स पराजित

मंसिर १९ काठमाण्डौं । काठमाण्डौंमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किङ्ग्सले लुम्बिनी लायन्सलाई पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज सम्पन्न खेलमा विराटनगरले लुम्बिनीलाई दुई विकेट हराएको हो । यसअघि दुई खेलमा पराजित भएको विराटनगरको यो पहिलो जित हो । लुम्बिनी लायन्सले जितका लागि दिएको एक सय ९२ रनको लक्ष्य विराटनगरले १९ दशमलव पाँच ओभरमा आठ विकेट गुमाउँदै पूरा गरेको हो । विराटनगरको जितमा लोकेश बमले अर्धशतकीय पारी खेले । उनले ४७ बलमा ६… पुरा पढौ

गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउन पहल गरिनेछ : गृहमन्त्री लेखक

मंसिर १९ बारा । गृहमन्त्री रमेश लेखकले गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउन सरकारले पहल गर्ने बताएका छन् । बाराको बरियारपुरस्थित गढीमाई मन्दिरमा पूजाअर्चना गर्दै गृहमन्त्री लेखकले विश्वप्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पु¥याएको उल्लेख गरे । उनले गढीमाई मन्दिरको संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताए । गढीमाई मेलालाई व्यवस्थित बनाउन सुरक्षाको दृष्टिकोणले कुनै कसर बाँकी नराख्ने र यसका लागि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको उनले बताए । गृहमन्त्री लेखकले मेलामा दर्शनार्थीको चाप बढी भएमा आवश्यक परेको… पुरा पढौ

प्रधानमन्त्री ओलीद्वारा नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग आग्रह

मंसिर १९ चीन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग आग्रह गरेका छन् । चीनको औपचारिक भ्रमणमा रहेका उनले बेइजिङमा आज आयोजित ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन गर्दै नेपालमा लगानी वातावरण बन्दै गएको र धेरै क्षेत्र अझै पनि पर्याप्त लगानी भइनसकेकाले लगानीका लागि आग्रह गरे । नेपाल उद्योग वाणिज्य महासङ्घ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दूतावासले संयुक्त रुपमा आयोजना गरेको सम्मेलनमा उनले भने, “नेपालमा विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधारका काम भइरहेका… पुरा पढौ

पचास वर्षका लागि उपयुक्त शिक्षा नीति तय गर्नुपर्छ : सभापति देउवा

मंसिर १९ ललितपुर । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ४० देखि ५० वर्षका लागि प्रभावकारी हुने शिक्षा नीति तय गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस केन्द्रीय शिक्षा विभागद्वारा आज यहाँ आयोजित ‘शिक्षा नीति बहस’ विषयक कार्यक्रममा बोल्दै सभापति देउवाले शिक्षा र स्वास्थ्य पहिलो आवश्यकता भएको भन्दै नेपाललाई उच्च शिक्षाको गन्तव्य बनाउनुपर्ने बताए । “शिक्षा प्रणालीको गुणात्मक विकासदेखि विश्वविद्यालय तहसम्मको शिक्षालाई समयसापेक्ष र विश्वस्तरीय बनाइनु आवश्यक छ, सबै तह र क्षेत्रका उत्कृष्ट शिक्षा नीति तय गर्न यो बहस… पुरा पढौ

पोखरा आइटिएफ जे३० जुनियर टेनिस : सिंगल्सतर्फ क्वार्टर र डबल्सतर्फ सेमीफाइनल समिकरण पुरा

मंसिर १९ पोखरा । जूनियर आईटीएफ वल्र्ड टेनिस टूर अन्तर्गत पोखरा सर्किट १ को तेस्रो दिनका खेलहरु निकै उत्साहजनक रुपमा सम्पन्न भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा सिंगल्स गल्र्स÷ब्वाइजतर्फ प्रिक्वार्टर र डबल्स गल्र्स÷ब्वाइजतर्फ क्वाटरफाइनलका खेलहरु सम्पन्न भएको टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले जानकारी दिएका हुन् । तेस्रो दिनको खेलबाट ब्वाइजतर्फ नेपाली खेलाडी आरभ सम्राट हाडाले हाफ्नो जितको लयलाई कायम गर्दै क्वार्टरफाइनल प्रवेश गरेका छन् । आारभले भारतका वीर मदमलाई ६–३, ६–१ को सोझो सेटमा पराजित गरेका हुन्… पुरा पढौ

आर्थिक अभावमा पोखरामा १९ वर्ष मुनिको महिला विश्वकप क्रिकेट खेलाउन रोकिदैन : खेलकुद मन्त्री चौधरी

पोखरा, मंसिर १९ युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आर्थिक अभावका कारण पोखरामा १९ वर्ष मुनिको महिला विश्वकप क्रिकेट खेलाउन नरोकिने बताएका छन् । पोखरा रंगशालास्थित क्रिकेट मैदानको निरीक्षणपछि पत्रकारसँग बोल्दै मन्त्री चौधरीले रकम अभावका कारण १९ वर्ष मुनिको महिला विश्वकप क्रिकेट खेलाउन नपाईने हो कि भन्ने चिन्ता नलिन पोखरेलीलाई आग्रह गरे । १९ वर्ष मुनिको महिला विश्वकप क्रिकेट सन २०२७ मा नेपाल र बंगलादेशले संयुक्त रुपमा आयोजना गर्दैछन् । प्रत्येक आयोजक राष्ट्रले कम्तिमा दुई वटा रंगशालामा खेल खेलाउनुपर्ने हुन्छ… पुरा पढौ

आदर्श कपको तयारी पूरा, उद्घाटन खेलमा आयोजक र तनहुँ खेल्ने

पोखरा, मंसिर १९ पोखराको लेखनाथमा यहि मंसिर २२ गतेदेखि आदर्शक कप फुटबल प्रतियोगिता हुने भएको छ । आदर्श युवा क्लव लेखनाथको आयोजनामा ‘निरन्तरता हाम्रो प्रतिबद्धता, फुटबल खेलको विकास हाम्रो दृढता’ भन्ने मूल नाराका साथ हुने प्रतियोगिता मंसिर २८ गतेसम्म सञ्चालन हुने बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । ६ वर्षपछि हुन लागेको यो प्रतियोगिता आदर्श कपको २५ औं श्रृंखला हो । २०७५ सालमा २४ औं आदर्श कप भएपश्चात कोभिड–१९, मन्दीलगायतका कारणले हुन नसकेको अवस्थामा यस वर्षदेखि पुनः निरन्तरता… पुरा पढौ