समाचार

पोखरा उद्योग वाणिज्य संघ रियाक्टिभ होईन, प्रोएक्टिभ बनोस् ? पोखरेल

पोखरा, भदौ २० नेपाल पर्यटन वोर्डका कार्यकारिणी सदस्य सन्तोष पोखरेलले पोखरा उद्योग वाणिज्य संघलाई रियाक्टिभ नभई प्रोएक्टिभ बन्न सुझाव दिएका छन् । संघको ३६ औं महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले भने,‘पोखरा उद्योग वाणिज्य संघ समस्या आएपछि समस्या आयो भनेर खबरदारी गर्दै बस्ने होईन, त्यो समस्या आउनुअघि नै समाधानको उपायका लागि सरकारसँग नीति बनाउन टेबलटकमा बस्नुपर्छ ।’ पोखरेलले संघले पोखराको अर्थतन्त्र बदल्न भूमिका खेल्नुपर्ने बताए । पोखराको अर्थतन्त्रको खाका बदल्ने बेला आएको छ,उनले भने,‘अहिलेको सरकार व्यवसायमैत्री छ, यस्तो बेला संघको नेतृत्वले… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन शुरु, बाढी पीडितको पुर्नस्थापनाका लागि अन्र्तराष्ट्रिय समुदायलाई गुहारेका छौं : अध्यक्ष श्रेष्ठ

सन्देश श्रेष्ठ पोखरा, भदौ २० नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले भोटेकोशी बाढी प्रभावित जनताको राहत तथा पुर्नस्थापनाका लागि मन फुकाएर सहयोग गर्न आग्रह गरेका छन् । पोखरा उद्योग वाणिज्यको ३६ औं अधिवेशनको उद्घाटन गर्दै उनले भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोटदेखि धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपुरसम्मका नागरिक प्रभावित भएको भन्दै उनीहरुको पुर्नस्थापनाका लागि मन फुकाएर सहयोग गर्न उद्योगी, व्यवसायीहरुलाई आग्रह गरेका हुन् । बाढीका कारण त्यस क्षेत्रको जनजीवन कहालीलाग्दो रहेको बताउँदै उनले भने,‘पुर्ननिर्माणका लागि सरकारसँग मिलेर काम… पुरा पढौ

युनाइटेड क्लब पोखराको अध्यक्षमा गणेश तिमिल्सिना

युनाइटेड क्लब पोखराको अध्यक्षमा गणेश तिमिल्सिना निर्वाचित भएका छन । क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशनबाट आगामी दुई वर्षे कार्यकालका लागि गणेश तिमिल्सिना अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन ।क्लबको वरिष्ठ उपाध्यक्षमा शान्त बहादुर थापा, प्रथम उपाध्यक्षमा सूर्य बहादुर बानियाँ, द्धितिय उपाध्यक्षमा दिनेश सुनार, महासचिवमा सन्तोष कार्की, कोषाध्यक्ष जयराम आचार्य, सचिवमा विष्णु कुमार गुरुङ, सह कोषाध्यक्षमा शिव थापा निर्वाचित भएका छन ।त्यसैगरी कार्यसमिति सदस्यहरुमा पूर्ण कुमार श्रेष्ठ, शान्ति सुवेदी, बुद्ध कार्की, पदम बहादुर कार्की ९बिजय०, गणेश बहादुर खड्का,… पुरा पढौ

प्रतिभा माविमा शैक्षिक बहसः सिकाई तरिका परिवर्तन गर्न सुझाव

विद्यार्थीको सिकाई प्रभावकारिता र कक्षाकोठा व्यवस्थापनका बिषयमा पोखरामा गहन छलफल गरिएको छ । विकसित प्रविधि अनुसार शिक्षण सिकाईलाई कसरी अघि बढाउने भन्ने विषयमा पछिल्लो समय अन्योल उत्पन्न हुँदै गएको अवस्थामा त्यही अन्योललाई चिर्न सकिने उपायबारे पोखरामा शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाले छलफल गरेका हन् । काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेशन र पोखराको प्रतिभा माविको आयोजनामा भएको छलफलमा पोखरा क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक सहित शिक्षा क्षेत्रमा सक्रिय पदाधिकारी सहभागि छन् । दुईदिनसम्म चल्ने छलफलले शिक्षण विधिलाई अगाडि बढाउने तरिकाबारे छलफल… पुरा पढौ

फेवातालमा डुबेका युवकको सशस्त्र प्रहरीद्वारा उद्धार

पोखराको फेवातालमा कायकिङ गर्ने क्रममा डुबेका एक युवकको सकुशल उद्धार भएको छ । उदयपुर घर भएका २१ वर्षीय आयुष तामाङको सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको हो। पोखरा महानगरपालिका–६ स्थित तालबाराही मन्दिर पछाडि फेवातालमा घुम्न आएका तामाङ कायकिङ गर्ने क्रममा डुबेको सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल नंं २४ गण हेड क्वाटर, कालिका फेवा रेस्क्यु टावरबाट टोली परिचालन गरिएको थियो। सशस्त्र प्रहरी सहायक निरीक्षक राम प्रसाद शर्माको कमाण्डमा रहेको विपद् उद्धार टोली आवश्यक उद्धार सामग्री सहित खोजतलासका लागि खटिएको… पुरा पढौ

कास्कीमा जलविद्युत् आयोजनामा पहिरो खस्दा दुई कामदारको मृत्यु

कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको पहुँचमार्ग एक्सेस रोड खन्ने क्रममा पहिरो खस्दा गम्भीर घाइते भएका दुई कामदारको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटाको पाख्रीबास नगरपालिका–८ घर भई आयोजनामा कार्यरत २६ वर्षीय आयुष राई र खोटाङको केपिलासगढी गाउँपालिका–१ का २७ वर्षीय किसान राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार दुवै जनाको नेपाल मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनामा परी इलाम… पुरा पढौ

एमाले पोखरा ५ ले बाढीपीडितका लागि जुटायो १ लाख १ हजार

नेकपा एमाले वडा कमिटी, पोखरा ५ ले भोटेकोशी बाढी पिडितका लागि १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । कमिटीले तीज विशेष कार्यक्रम स्थगित गरी त्यसका लागि छुट्याइएको रकमसमेत विपद् राहतमा जोडेर शनिबार एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीलाई हस्तान्तरण गरिएको हो । वडा कमिटीले वार्षिक क्यालेन्डरमा समावेश गरेको तीज विशेष कार्यक्रमसमेत स्थगित गरी त्यसका लागि संकलित रकमलाई विपद् राहत कोषमा थप गरेको कमिटीका अध्यक्ष लक्ष्मण बरालले बताए । राष्ट्रिय विपद्का कारण नागरिक शोक र पीडामा… पुरा पढौ

दोस्रो हेमजा राष्ट्रिय साहित्य महोत्सव मंसिर पहिलो साता हुने,पौडेलको संयोजकत्वमा २१ सदस्यीय समिति गठन

पोखराको हेमजामा दोस्रो हेमजा राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने भएको छ । हेमजा साहित्य प्रतिष्ठानले शनिबार आयोजना गरेको कार्यक्रममा आगामी मंसिर ४ देखि ६ गतेसम्म बिभिन्न कार्यक्रमसहित राष्ट्रिय साहित्य महोत्सव गर्न लागेको जानकारी दिईएको छ । महोत्सवका लागि कृष्ण प्रसाद पौडेलको संयोजकत्वमा २१ सदस्यीय मुल समारोह समिति चयन गरिएको प्रतिष्ठानका अध्यक्ष सुनिल गायकले जानकारी दिए । समितिको सह संयोजकमा बलराम पौडेल, उप संयोजकमा शिव पोखेल, दुर्गादेवी बस्नेत ,अम्बिका भण्डारी र परशुराम अधिकारी छन् । त्यस्तै महासचिवमा… पुरा पढौ

बाढी प्रभावित क्षेत्रबाट एक विदेशीसहित २ जनाको जीवितै उद्धार

बाढी प्रभावित क्षेत्र नुवाकोटबाट एक विदेशीसहित २ जनाको जीवितै उद्धार गरिएको छ । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको हो । नेपाली सेना र कोरियाको ‘डिजास्टर’ टोलीले आज दिउँसो आयोजनाको अडिट–४ टनेलबाट चिनियाँ नागरिकको उद्धार गरेको नेपाली सेनाले जनाएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको भीषण बाढीका कारण उक्त आयोजनामा ठूलो क्षति पुगेको थियो । त्यस्तै नुवाकोटको बेत्रावतीमा एक महिलाको पनि सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ । स्थानीय आनन्द श्रेष्ठको… पुरा पढौ

पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्षमा लक्ष्मण थापा

पोखराको अग्रणी साहित्यीक संस्था पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्षमा लक्ष्मण थापा चयन भएका छन् । परिवारको शनिबार पोखरामा सम्पन्न ४३ औं साधारण सभा तथा अधिवेशनले थापाको नेतृत्वमा १० सदस्यीय समिति चयन गरेको हो । परिवारको उपाध्यक्षमा कौशलचन्द्र जिसी,सचिवमा एम.डि. काफ्ले,कोषाध्यक्षमा अमृत क्षेत्री र सहसचिवमा केशु शर्मा चयन भए । त्यस्तै परिवारको सदस्यमा हसिना बस्नेत,रोशन तिमिल्सीना,अव्यग्र अस्मित, आकास लामा र जय चापागाईं रहेका छन् । संस्थाको साहित्य संयोजकमा ढाकामोहन बराल,कला संयोजकमा हेमकान्ति गुरुङ र संगीत संयोजकमा टी. आर. पौडेल छन् । पुरा पढौ