युआरएलको सित्तैमा मधुमेह र टिजी जाँच, १२० जना लाभान्वित


     एभरेस्ट आवाज    
     भाद्र २० गते २०८३ मा प्रकाशित




पोखरा, २० भदौ
निशुल्क स्वास्थ्य शिविरलाई अभियानकै रुपमा अघि बढाएको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को प्राविधिक सहयोगमा शनिबार पोखरामा रगतमा हुने खराब बोसो (टिजी) र मधुमेह जाँच सित्तैमा गरिएको छ ।
सयपत्री बचत तथा ऋण सहकारी पोखरा–८ को १६ औँ साधारणसभामा भएको शिविरमा एक सय २० जनाको सित्तैमा जाँच गरिएको हो । कार्यक्रममा डा पेट तथा कलेज रोग विशेषज्ञ डा शंकर बराल आन्द्राको क्यान्सर, ग्याष्ट्रिक र यसबाट आउन सक्ने समस्या र कलेजोका रोगहरुबारे प्रकाश पारे । उनले भने, ‘कलेजो ९०सम्म बिग्रिदा पनि केही लक्षण नदेखिन सक्छ । त्यसैले बेला बेलामा जाँच गर्नैपर्छ ।’ उनले पेटका समस्या बढ्दै गएको जनाउँदै सकेसम्म रोग लाग्नै नदिन र लागिहाले विशेषज्ञको सल्लाहमा उपचार गर्न आग्रह गरे ।

सहकारीका ज्येष्ठ सदस्य मोतिराम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका अधयक्ष दिलीप शर्माले पनि बोलेका थिए । १३ वर्षअघि स्थापना भएको युआरएल गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब हो । प्रदेशको एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त युआरएलले स्थापनादेखि नै विभिन्न संघ, संस्थासँग सहकार्य र आफ्नै आयोजनामा निशुल्क रक्त जाँच शिविर गर्दै आएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।