समाचार

एन प्याब्सन कास्कीको अध्यक्षमा मनकाजी निर्विरोध

नेसनल प्याब्सन, कास्कीको अध्यक्षमा मनकाजी गुरुङ निर्विरोध चयन भएका छन् । आइतबार सम्पन्न नवौं जिल्ला अधिवेशन एवम् १८ औं वार्षिक साधारण सभाले गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।समितिको वरिष्ठ उपाध्यक्षमा प्रेमराज अधिकारी, उपाध्यक्षमा राजु केसी, सचिवमा शिवराज पौडेल, कोषाध्यक्षमा राजु कायस्थ, सहसचिवमा रमेशराज पौडेल, सहकोषाध्यक्षमा अर्जुनप्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।त्यसैगरी समितिको सदस्यहरुमा अर्जुनप्रसाद पाण्डे, ज्ञानेन्द्रबहादुर थापा, तोलाकान्त न्यौपाने, दिपु भारी, रुद्रप्रसाद अधिकारी, देव क्षेत्री, माधव शरण पौडेल निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सोमनाथ पौडेल… पुरा पढौ

सन्तानेश्वरमा जारी महायज्ञमा १ करोड ६० लाख संकलन

पोखरा महानगरपालिका–५ प्रस्याङस्थित सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि जारी श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा १ करोड ६० लाख रुपैयाँ संकलन भएको छ। महायज्ञको छैटौँ दिन सोमबार करिब ७ लाख रुपैयाँ सहयोग संकलन भएको प्रस्याङ बगैँचा पार्क व्यवस्थापन समितिका सचिव लक्ष्मण कोइरालाले जानकारी दिए।उनका अनुसार महायज्ञ सुरु हुनुअघि नै मन्दिर पुनःनिर्माणका लागि ७७ लाख रुपैयाँ संकलन भइसकेको थियो। महायज्ञ सुरु भएपछि भक्तजन तथा दानवीरको सहभागिता र सहयोग निरन्तर बढिरहेको आयोजकले जनाएको छ।देशका विभिन्न क्षेत्रमा परेको प्राकृतिक विपद्का कारण महायज्ञको प्रारम्भिक दिनमा… पुरा पढौ

बाढीपीडितका लागि लामाचौर नेवाः खलद्वारा ५५ हजार ५५५ रुपैयाँ सहयोग

लामाचौर नेवाः खलः गुठी कास्कीले रसुवा भोटेकोशी बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ । गुठीले आफ्ना ४० घरधुरी सदस्यहरूबाट संकलित ५५ हजार ५५५ रुपैयाँ कोषको हिमालयन बैंकमा रहेको खातामा सोमबार जम्मा गरेको गुठीका अध्यक्ष भीमबहादुर श्रेष्ठले जानकारी दिए । गत भदौ १० गते रसुवा भोटेकोशीमा आएको बाढीका कारण सयौं मानिसको ज्यान गएको, हजारौं प्रभावित तथा बेपत्ता र ठूलो मात्रामा भौतिक क्षति पुगेपछि देश नै शोकमा रहेका बेला सामाजिक उत्तरदायित्वस्वरुप गुठीले सहयोग गरेको हो ।परम्परा र… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको निर्वाचन : महासचिवमा प्रधानाङ्गको जित सुनिश्चित

पोखरा उद्योग वाणिज्य संघको महासचिवमा सुदिप प्रधानाङ्गको जित सुनिश्चित भएको छ । आईतबार मतदान भई सोमबार भइरहेको मतगणना अन्तिम चरणमा पुग्दा प्रधानाङ्गले १ हजार ८० मत ल्याएर जित सुनिश्चित गरेका हुन् । ढुंगानाले ९ सय १४ मत प्राप्त गरेका छन् । दुई हजार मतगणना सकिएकाले अब १ सय ८ मत मात्रै गणना बाँकी छ । पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको निर्वाचन : कोषाध्यक्षमा प्रजुको जित सुनिश्चित

पोखरा उद्योग वाणिज्य संघको कोषाध्यक्षमा देवेन्द्र प्रज (देवेन्सन)को जित सुनिश्चित भएको छ । आईतबार मतदान भई सोमबार भएको मतगणनामा प्रजुले प्रतिष्पर्धी जीवनप्रकाश श्रेष्ठलाई झण्डै दोब्बर मतले पछि पार्दै कोषाध्यक्षमा जित सुनिश्चित गरेका हुन् । जित सुनिश्चित गरेका प्रजुले १ हजार २ सय ८२ मत प्राप्त गरेका छन् भने प्रतिष्पर्धी जीवनप्रकाश श्रेष्ठले ६ सय ८५ मत प्राप्त गरेका छन् । मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन समितिले जनाएको छ । पुरा पढौ

वरिष्ठ साहित्यकार चन्द्रमणि अधिकारीलाई गण्डकी प्रज्ञा साहित्य सम्मान-२०८३

गण्डकी प्रज्ञा प्रतिष्ठानले वरिष्ठ साहित्यकार ८चन्द्रमणि अधिकारी ‘अविचल आस्थामणि’लाई गण्डकी प्रज्ञा साहित्य सम्मान-२०८३’ अर्पण गरेको छ। नेपाली साहित्यको श्रीवृद्धिमा पुर्‍याउनुभएको विशिष्ट योगदानको उच्च कदर गर्दै प्रतिष्ठानले नगद रु २५,००० (पच्चीस हजार) सहित सम्मान अर्पण गरेको हो। स्वास्थ्य अवस्था कमजोर रहेका अधिकारीलाई उनकै निवास तनहुँ जिल्ला, म्याग्दे गाउँपालिका–४, जफदीमा पुगेर सम्मान अर्पण गरेको प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । स्रष्टा अधिकारीको सम्मानमा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा. डा. कुसुमाकर न्यौपाने, सदस्य–सचिव मनकुमार श्रेष्ठ, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, आदिकवि… पुरा पढौ

सुनगाभा बचत तथा ऋण सहकारीको निक्षेप सवा ७ करोड

पोखरा १८ मा रहेको सुनगाभा बचत तथा ऋण सहकारी संस्थाले ७ करोड बढी निक्षेप संकलन गरेको छ । सहकारीको सम्पन्न साधारण सभाका अवसरमा दिईएको जानकारी अनुसार आ.व ०८२÷८३मा ७ करोड २२ लाख ७ हजार ८ सय ७८ रुपैया निक्षेप संकलन गर्ने सफल भएको हो । १ करोड १६ लाख १३ हजार ५ सय शेयर पुँजी रहेको सहकारीले ५ करोड १० लाख १३ हजार ५ सय रुपैया कर्जा लगानी गरेको जनाईउको छ । यस्तै, २५ लाख ३८ हजार ५ रुपैया कर्जा… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको निर्वाचन : उप-महासचिवमा प्रदीपको जित सुनिश्चित

पोखरा उद्योग वाणिज्य संघको उप-महासचिव पदमा प्रदीप राजभण्डारीको जित सुनिश्चित भएको छ । आईतबार सम्पन्न मतदानको आज भइरहेको मतगणनामा उप-महासचिव पदमा प्रदीप राजभण्डारी दोब्बर मतले अगाडि छन् र अब मतगणना गर्न थोरै मात्र बाँकी छ । २ हजार मत गणना सकिदा प्रदीपले १ हजार २४ मत प्राप्त गर्दै जित सुनिश्चित गरेका छन् । उनलाई यादवप्रसाद पोखरेलले ५ सय ७७ र रामचन्द्र तिमिल्सिनाले ३ सय ८७ मत ल्याएर पछ्याईरहेका छन् । पुरा पढौ

रसुवा बाढीपीडितका लागि सृष्टि क्रिएसनको टी–सर्ट सहयोग

रसुवामा बाढीबाट प्रभावित परिवारहरूको सहयोगार्थ सृष्टि क्रिएसन प्रा.लि, पोखराले नयाँ टी–सर्ट सहयोग गरेको छ। बाढीबाट प्रभावित बालबालिकादेखि युवा तथा ज्येष्ठ नागरिकसम्मका लागि विभिन्न साइजका टी–सर्टहरू राहतस्वरूप पठाइएको हो।करिब ३ लाख रुपैयाँ बराबरका ३ सय २८ थान टी–सर्ट त्यस तर्फ पठाईएको क्रिएसनका सञ्चालक शान्ता श्रेष्ठले जानकारी दिईन् । सो सामाग्री प्रा.लि।की अध्यक्ष शान्ति श्रेष्ठ उदासले कास्की क्षेत्र नं. २ का सांसद उत्तम पौडेललाई हस्तान्तरण गरिन् । त्यस क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी, पोखरा महानगरपालिका सभापति योगेन्द्र केसीको पनि उपस्थिति रहेको थियो। उक्त… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघ : १५ सय मत गणना गर्दा कसको कति ?

पोखरा, भदौ २२ पोखरा उद्योग वाणिज्य संघको मतगणना जारी छ । आईतबार सम्पन्न मतदानको आज मतगणना भइरहेको हो । शुरुमा खुल्ला सदस्यहरुको मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ । जस अन्तर्गत १ हजार ५ सय मत गणना सम्पन्न भएको निर्वाचन समितिका संयोजक दामु अधिकारीले जानकारी दिए । उनका अनुसार हालसम्मको मत गणनामा दुर्गा बरालले १ हजार २ सय ५५, अमृत पोखरेलले १ हजार २ सय ५१, निर्मला चापागाईंले १ हजार १ सय ४३, भानुभक्त अधिकारीले १ हजार ६२ र गोविन्दबहादुर… पुरा पढौ