समाचार

पोखरामा कर सप्ताह जारी, आईतबार पहिलो सेवाग्राहीलाई सम्मान

पोखरा, मंसिर २ पोखरामा कर सप्ताह जारी छ । आन्तरिक राजश्व कार्यालयको आयोजनामा ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने नाराका साथ शनिबारदेखि शुरु भएको कर सप्ताह आईतबार दोश्रो दिनपनि जारी रह्यो । जस अन्तर्गत आईतबार आन्तरिक राजश्व कार्यालय पोखराले पहिलो सेवाग्राहीलाई सम्मान गरेको छ । कार्यालयले आईतबार सेवा लिन पुगेका पहिलो सेवाग्राही यमबहादुर हमाललाई सम्मान गरेको हो । हमाल पोखरा–४ गैह्रापाटनस्थित राधा खाजा घरका सञ्चालक हुन् । खाजा घरको स्थायी लेखा दर्ता नम्बरको प्रमाण पत्र लिन आन्तरिक राजश्व कार्यालय पोखरा… पुरा पढौ

बागलुङका योजना निरीक्षणमा गण्डकीका भौतिकमन्त्री

मंसिर २ पोखरा । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले बागलुङमा सञ्चालित योजनाहरुको निरीक्षण गरेका छन् । मन्त्री केसीसहित मन्त्रालयको टोलीले शुक्रबार र शनिबार बागलुङका चार वटा योजनाको निरीक्षण गरेको हो । टोलीले शुक्रबार गल्कोट–हरिचौर–हिल्ल्तार–म्याग्दी सडक, शनिबार बुर्तिबाङ–तमानखोला–लमेला सडक र गाडीखोला– ढोरपाटन सडकसँगै चक्ती खोलामा बनेको पुलको निरीक्षण गरेको हो । गल्कोट–हरिचौर–म्याग्दी १०.८९४ किलोमिटर सडक स्तरोन्नतीका लागि २०७६ साल कात्तिक २७ मा २८ करोड १५ लाख ७ हजारमा एमएस एपेक्स खड्का कृष्ण जेशीसँग सम्झौता… पुरा पढौ

वौद्द धर्मगुरु रिन्पोचेद्वारा सहारा बाल आधारभूत विद्यालयमा खाजा वितरण

पोखरा, मंसिर २ ।जन्गचोब चोइलिङ गुम्बा, हेम्जाका वौद्द धर्मगुरु दुपसिङ रिन्पोचेको जन्मदिनको अवसरमा पोखरा ०९, बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा विद्यार्थीहरूलाई खाजा वितरण गरिएको छ। विद्यालयका २६० विद्यार्थीहरूको लागि दुई दिनकालागि खाजाको व्यवस्था गरिएको हो। विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले गुरु रिन्पोचेलाई हार्दिक धन्यवाद व्यक्त गर्दै, गुरु स्वयम् उपस्थित नभए पनि विद्यालयलाई माया गरेर मिठो खाजाको कोसेली पठाएकोमा आभार प्रकट गरिन्। साथै, उनले गुरु रिन्पोचेको जन्मदिनको शुभकामना समेत व्यक्त गरिन्। कार्यक्रमका प्रमुख अतिथि पोखरा ९ का वडा अध्यक्ष… पुरा पढौ

शुक्लागण्डकी कोटी होम २०८१ को तयारी तिव्र

पोखरा । अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिको आयोजना र पोखरा महानगरपालिका वडा नम्वर १५ को समन्वयमा मंसिर १७ देखि २७ गते सम्म हुन गईरहेको ऐतिहासिक शुक्लागण्डकी कोटी होम २०८१ को तयारी तिव्र पारिएको छ । तयारीकै अवसरमा पोखरा महानगरपालिका वडा नम्वर १५ ले वडा भेला सम्पन्न गरेको छ । भेलाको सम्बोधन गर्दै वडा नम्वर १५ का वडा अध्यक्ष तोरण बहादुर बाँनियाले वडा कार्यालयको तर्फबाट कोटीहोम सफल बनाउन कुनै पनि कसर बाँकी नराख्ने बताए । उनले… पुरा पढौ

बेनी–दरबाङ सडकः ठेक्का लागेको पाँच वर्षमा पनि भएन कालोपत्र

म्याग्दी । जिल्लाको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्ने योजनाले पाँच वर्षसम्म पनि पूर्णता पाएको छैन् । रणनीतिक महत्वको रूपमा रहेको उक्त खण्ड मङ्गला गाउँपालिका–२ रणवाङबाट मालिकाको केन्द्र दरवाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न विसं २०७६ जेठ ३१ गते म्याग्दीको रणनीतिक महत्वको निर्माण कम्पनी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच रु २२ करोड ५७ लाख नौ सय ३२ मा ठेक्का सम्झौता भएको थियो । विसं २०७८ जेठमा सकिनुपर्ने योजनाको हालसम्म भौतिक प्रगति करिब ८० प्रतिशत रहेको कार्यालयले जनाएको छ… पुरा पढौ

प्रतिभा माविमा विज्ञान प्रदर्शनी

पोखरा । पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा आइतबार एकदिने विज्ञान प्रदर्शनी आयोजना गरिएको छ । विद्यार्थीमा नयाँ ज्ञान र खोज सहितको प्रतिभा बाहिर ल्याउनका लागि विज्ञान प्रदर्शनी आयोजना गरिएको विद्यालयले बताएको छ । विद्यालय संचालक समितिका अध्यक्ष नारायण पौडेल र राष्ट्रिय परीक्षा बोर्डका गण्डकी प्रमुख गोबिन्दराज पोखरेलले उक्त प्रदर्शनीको उद्घाटन गरेका थिए । विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यार्थीमा लुकेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले एकदिने प्रदर्शनी आयोजना गरिएको बताए । सापकोटाका अनुसार कक्षा ४ देखि १२ सम्मका विद्यार्थी उक्त प्रदर्शनीमा सहभागि थिए… पुरा पढौ

टेलिकमको अवरुद्ध सेवा सञ्चालन

काठमाडौँ । नेपाल टेलिकमको मोबाइल सेवा आज बिहान केहीसमय अवरुद्ध भएको थियो । बिहान १०ः४५ देखि ११ः३० बजेसम्म मोबाइल सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई असुविधा भएको छ । कार्यालय समयमा सेवा अवरुद्ध हुँदा सञ्चार सम्पर्कमा कठिनाइ बेहोर्नुपरेको थियो । नेपाल टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार प्राविधिक कारणले बिहान ११ः४५ बजेसम्म मोबाइल सेवा अवरुद्ध भएको थियो । “बिहान ११ बजेको आसपासमा केही समय आंशिक रूपमा सेवा अवरुद्ध भएको थियो । अहिले सबै सेवा नियमित सञ्चालन भइसकेका छन् । खास गरी पोष्टपेड र… पुरा पढौ

गाउँपालिकाले सञ्चालन गरेको अस्पतालबाट एक वर्षमा एक सय १७ लाई प्रसूति सेवा

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको आँबुखैरेनी अस्पतालले एक वर्षको अवधिमा एक सय १७ जनालाई प्रसूति सेवा प्रदान गरेको छ । विसं २०८० मङ्सिर १ गतेदेखि २०८१ मङ्सिर १ गतेसम्म अस्पतालले एक सय १७ महिलालाई प्रसूति सेवा दिएको हो । अस्पतालका प्रमुख डा डिबी क्षेत्रीले अस्पतालले स्थानीय र आसपासका महिलालाई सुरक्षित प्रसूति सेवा प्रदान गरेको जानकारी दिए । उनका अनुसार अस्पतालबाट नौ सय ९३ जनाको आकस्मिक अवस्थाका बिरामीको उपचार गरिएको छ भने ३२ हजार नौ पटक प्रयोगशाला परीक्षण गरिएको… पुरा पढौ

पहिरो नियन्त्रणपछि गाउँ फर्किए बारपाकका विस्थापित परिवार

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ स्थित खारुङगाउँ विसं २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले तहसनहस बन्यो । गाउँका सबैजसो घर क्षतिग्रस्त भए । भूकम्पले थिलोथिलो बनाएको आफ्नो थातथलोमा खारुङवासी फेरि जसोतसो घर मर्मत र पुनःनिर्माण गरेर बसे तर भूकम्पको पीडा भुल्न नपाउँदै सोही असारमा अविरल वर्षाले सिङ्गो गाउँ नै पहिरोको जोखिममा पर्यो । पहिराले गाउँ नै भासिने अवस्था आएपछि खारुङका केही परिवार विस्थापित भएर कोही चितवन, कोही गोरखाबजार र कोही छेवेटारलगायतका ठाउँमा बसाइँ सरे । पहिराले सिङ्गो गाउँ नै… पुरा पढौ

स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन

काठमाडौँ । यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिए। उम्मेदवारको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको र आजै साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ । उपनिर्वाचनका लागि शुक्रबार ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन् । उपनिर्वाचन हुने… पुरा पढौ