समाचार

स्थानीय तहका मुद्दा समाधानमा मेलमिलापलाई प्राथमिकता

दमौली । तनहुँका स्थानीय तहले मेलमिलापबाटै मुद्दाको समाधानमा जोड दिएका छन् । न्यायिक समितिमा दर्ता हुने मुद्दालाई मेलमिलापका माध्यमबाट समाधान गर्ने नीति जिल्लाका स्थानीय तहले प्राथमिकतामा राखेका हुन् । संविधानले पालिकाका उपप्रमुख वा उपाध्यक्षको नेतृत्वमा रहने न्यायिक समितिलाई विभिन्न प्रकृतिका मुद्दाको छिनोफानो गर्ने अधिकार दिएको छ । सोही अधिकार बमोजिम स्थानीय तहले मुद्दा फछ्र्यौट गर्दै आइरहेको छ । स्थानीय तहमा आउने मुद्दा मिलाउन विभिन्न पालिकाले वडास्तरमा पनि मेलमिलाप केन्द्र गठन गरिसकेका छन् । व्यास नगरपालिकाले गत आर्थिक वर्षमा ६९ मुद्दा… पुरा पढौ

पातञ्जल योग प्रशिक्षक पुर्नताजगी तालिम सम्पन्न

पोखरा । पातञ्जल योग समिति नेपाल, गण्डकी प्रदेश प्रशिक्षण विभाग उपसमितिको आयोजनामा १५ दिने योग प्रशिक्षक पुर्नताजगी कार्यक्रम समापन भएको छ । प्रमुख अतिथि गण्डकी प्रदेश निति तथा योजना आयोगका सदस्य माननीय दिपक भण्डारीले कार्यक्रमको उद्घाटन गर्दै आफु भित्र अनन्त प्रशन्नता, सुख, शान्ति र ज्ञानको अनुभव गर्नु नै योग हो र आफ्नै स्वासमा अन्तरमुखि हुनु, जिवनलाई बुझ्नु, शुद्ध धर्मलाई बुझि, मन र चित्तलाई निर्मल बनाउनु नै साधना भएको वताए । साथै उनले यो सन्सारमा हामीले भोगिरहेको सुख, दुख, राग द्धेस,… पुरा पढौ

विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न गण्डकी प्रदेशको प्रधानमन्त्रीलाई प्रस्ताव

गण्डकी । गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा पोखरामा क्यान्सर, मुटु, मिर्गौला, जलन, मातृ तथा बाल रोगसहितको विशिष्टीकृत अस्पताल निर्माणको एजेण्डा समावेश गर्न प्रस्ताव गरेको छ । प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मन्त्रीस्तरीय निर्णय र प्रदेश मन्त्रिपरिषद्को सफारिससहितको उक्त प्रस्ताव आइतबार सङ्घ सरकारका मुख्यसचिव एकनारायण अर्यालसमक्ष पेस गरेका हुन् । स्रोतसाधन र बजेटको अभावमा एक हजार शय्याको विशिष्टीकृत अस्पताल निर्माणको काम अगाडि बढ्न नसकेकाले भौतिक पूर्वाधार निर्माण, शय्या, औँजार, उपकरणलगायतमा चीन सरकारको सहयोगको अपेक्षासहित उक्त प्रस्ताव… पुरा पढौ

महिला मृत्युदर घटाउन निशुल्क ‘एचपीभी’ खोप

काठमाडौँ । आगामी माघ २२ गतेदेखि देशैभर पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको ‘एचपीभी खोप’ निःशुल्क दिइने भएको छ । पछिल्लो समय पाठेघरको मुखमा हुने क्यान्सरका कारण अकालमा मृत्यु हुनेको सङ्ख्या बढ्दो छ । उक्त जोखिम न्यूनीकरण गर्ने उद्देश्यले करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले विश्व क्यान्सर दिवस ९फेब्रुअरी ४० को सन्दर्भ पारेर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष… पुरा पढौ

अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा गत कात्तिक महिनामा ३३ हजार तीन सय १० विदेशी पर्यटक भित्रिएका छन् । जसमध्ये दक्षिण एसियाली मुलुकका ११ हजार छ सय ७८ र अन्य मुलुकका २१ हजार छ सय ३२ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । आयोजना प्रमुख डा रविन कडरियाका अनुसार गत साउनयता ८३ हजार ३१ विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका हुन् । गत वर्ष सोही अवधिमा ६७ हजार चार सय ४२ जना पर्यटकले ‘एक्याप’को भ्रमण… पुरा पढौ

पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउरालीसडकखण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ । निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्डमा कामलाई तीव्रता दिन यही मङ्सिर २३ गतेसम्म दैनिक साढे चार घण्टा सडकमा सवारी आवगमन बन्द गर्न लागिएको हो । उक्त सडकखण्ड दुई चरणमा बन्द गरी काम गरिने मुग्लिन पोखरा सडक योजना ९पूर्वी खण्ड० का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार आज राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण रुपमा बन्द… पुरा पढौ

पूर्वसभामुख ढुङ्गानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले पूर्वसभामुख दमननाथ ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकले ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टी गर्ने र उनको निधनको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । “पूर्वसभामुख ढुङ्गानाको सम्मानमा आज सार्वजनिक बिदा दिने र स्वदेश तथा विदेशस्थित सबै कार्यालयमा आज दिनभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ”, प्रवक्ता गुरुङले भने, “राजकीय सम्मान व्यवस्थापनको जिम्मेवारी… पुरा पढौ

पूर्व गर्भनरको प्रश्न : उत्तरी र दक्षिणी ध्रुव मिल्दा पनि किन लगानी बढेन ?

पोखरा,२ मंसिर । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चीरञ्जीवी नेपालले राज्यका नीति स्थिर नहुँदासम्म निजी क्षेत्रको उत्साहित नहुने र देशमा वैदेशिक लगानी पनि नभित्रने बताएका छन् ।उनले नीतिगत अस्थिरताकै कारण बैंकमा तरलता बढे पनि निजी क्षेत्रले ऋण लिने हिम्मत नजुटाएको पनि जिकिर गरे । सिंगापुर र चीनको दृष्टान्त दिँदै उनले जहाँ आर्थिक नीतिहरु छिनछिनमा बदलिँदैनन्, त्यहाँ विदेशी लगानी पनि बढ्ने तर्क गरे ।पोखरा उद्योग वाणिज्य संघले आइतबार मुलुकको वर्तमान आर्थिक अवस्थाबारे आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले भने,‘नीतिपछि बल्ल सरकार… पुरा पढौ

रामबजार टि ग्रुपद्वारा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना

पोखरा, मंसिर २ ।रामबजार टि ग्रुपले दशैं, तिहार, नेपाल सम्बत, म्ह पूजा, छठ, र ल्होछार पर्वको सन्दर्भमा विशेष चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रम ९१ वर्षीय ज्येष्ठ अभिभावक मनबिर गुरुड (ढासा) को प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रमको अध्यक्षता श्रीकृष्ण मन्दिर ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष बिश्व तण्डुकारले गरेका थिए भने कार्यक्रमको संचालन कार्यक्रमका परिकल्पना अभियन्ता महेश गुरुडले गरेका थिए। संयोजन भने कमल गुरुडले गरेका थिए। कार्यक्रममा बोल्दै अध्यक्ष बिश्व तण्डुकारले भने, “यो कार्यक्रमले हामीलाई एक आपसमा नजिक… पुरा पढौ

‘पोखरा महानगरमा आफूखुशी कर्मचारी भर्ना गर्ने कार्य बन्द गर्न कर्मचारी संघ संगठनहरुको माग

पोखरा, मंसिर पोखरा महानगरपालिकाका कर्मचारी संघसंगठनहरुले आफूखुशी करारमा कर्मचारी भर्ना गर्ने प्रक्रिया बन्द गर्न माग गरेका छन् । महानगरका कर्मचारी संघ संगठनहरुले आज संयुक्त रुपमा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यलाई २९ बुँदे ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन् । ज्ञापन पत्रमा भनिएको छ,‘ पोखरा महानगरपालिकाको कार्यालयमा हालसम्म पनि आफुखुशी करार÷सेवा करार÷ज्यालादारीमा कर्मचारी नियुक्ति गर्ने प्रकृया निरन्तर जारी रहेकोले उक्त कार्य तत्काल रोकिनुपर्छ ।’ साथै करारका कर्मचारीलाई ६÷६ महिनामा म्याद थप गर्दा अन्योल हुने भएकाले म्याद सकिन १५… पुरा पढौ