समाचार

सम्पदा सरसफाई अभियानः केदारेश्वर महादेव मन्दिर परिसर सरसफाई

पोखरा, ५ मङ्सिर । कर्मचारी मिलन केन्द्र कास्कीको आयोजनामा हरेक महिना गर्दै आइएको सम्पदा सरसफाई अभियान अन्तर्गत आज फेवाताल किनाराको केदारेश्वर महादेव मन्दिर परिसरमा सरसफाई गरिएको छ । प्रत्येक महिनाको ५ गते गर्दै आइएको सरसफाई अभियान अन्तर्गत यसपटक केदारेश्वर मन्दिर परिसर छनौट गरिएको कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष लोकनाथ आचार्यले बताए । राष्ट्रसेवक कर्मचारीहरूले सार्वजनिक सेवा प्रवाहका साथै सामाजिक उत्तरदायित्व समेत बहन गर्नुपर्ने कुरालाई आत्मसात गर्दै महिनाको एक दिन पोखरा क्षेत्र भित्रका सम्पदास्थलहरू सरसफाई गर्ने अभियान सञ्चालन गरिएको उनले बताए… पुरा पढौ

पोखराबाट नियमित अन्तराष्ट्रिय उडानका लागि प्रधामन्त्रीलाई ध्यानाकर्षण

पोखरा । पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट नियमित अन्तराष्ट्रिय उडान हुनुपर्ने माग सहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराइएको छ । गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल नेतृत्वमा पोखरा उद्योग वाणिज्य संघ, पर्यटनसम्बद्ध संघसंस्था, निजी क्षेत्रका प्रतिनिधिले मंगलबार काठमाडौंमा प्रधानमन्त्रीलाई भेट गरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न आग्रह गर्दै ध्यानाकर्षण गराएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रदेशका पर्यटन मन्त्री बस्यालले पर्यटन राजधानी पोखरामा पर्यटक बृद्धिका लागि अन्तर्राष्ट्रिय उडान हुनुु आवश्यक भएको… पुरा पढौ

खुमा अर्याल फाउण्डेसनद्वारा महिला यू १९ विश्वकपका लागि छनौटमा परेका स्याङ्जाका ३ खेलाडीलाई जनही एक लाख सहित सम्मान

स्याङ्जा । खुमा अर्याल फाउण्डेसनले आईसीसी महिला यू १९ विश्वकपका लागि छनौटमा परेका स्याङ्जाका ३ खेलाडीलाई जनही एक लाख सहित प्रमाणपत्रले सम्मान गरिएको छ । फाउण्डेसनको स्थापनाको अवसर पारेर भीरकोट ७, बलमाटामा आयोजना गरिएको बृहत बिशेषज्ञ सहितको स्वास्थ्य शिविरमा ३ खेलाडीलाई एक लाख नगद, प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको हो । प्रतिनिधिसभा सांसद राजु थापा, फाउण्डेशनका संरक्षक खुमा अर्याल, डा लुना अर्याल र अध्यक्ष लेखनाथ शर्माले तीनै जना खेलाडीलाई जनही एक लाख नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।… पुरा पढौ

शान्ति सम्झौताको १८ वर्षसम्म न्याय नपाएका द्वन्द्व पीडित भन्छन् : न्याय पाउने आशा नै हरायो

पोखरा, मंसिर ५ गण्डकी प्रदेशका द्वन्द्व पीडितहरुले आफूहरुले कहिले न्याय पाउने भनेर प्रश्न गरेका छन् । शान्ति प्रक्रियाको १८ वर्ष बित्दासमेत न्याय नपाएको भन्दै उनीहरुले भने,‘न्याय प्राप्ती कहिले ? ।’ शान्ति प्रक्रियामा प्रत्यक्ष संलग्न संस्थाहरु एड्भोकेसी फोरम, अपाङ्गता भएका द्वन्द्व पीडितहरुको राष्ट्रिय सञ्जाल, न्यायका लागि द्वन्द्व पीडित समाज, बेपत्ता योद्धा परिवार समाज, ईन्सेक गण्डकी, जागृति बाल तथा युवा सरोकार केन्द्र, गैरसरकारी संस्था महासंघ, नेपाल रेडक्रस सोसाईटी, मानव अधिकार एलाईन्स, कोपिला नेपाल, द्वन्द्व पीडित राष्ट्रिय सञ्जाल, यातना पीडित सरोकार समाजलगायतका संघसंस्थाहरुले… पुरा पढौ

शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित

द्वन्द्वका कारणहरुको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ मुलुकमा शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ । सम्झौताअनुसार सशस्त्र द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा शान्ति कायम गर्नका लागि मानवताविरुद्धको अपराधमा संलग्नको सत्य अन्वेषण गरी दोषीलाई कारबाही गर्ने उद्देश्य राखिएको थियो । लामो राजनीतिक रस्साकस्सीका बीच सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ माघ २७ गते गठन ग¥यो । सरकार र द्वन्द्वरत पक्षबीच सम्झौता भएको साढे… पुरा पढौ

प्रतिभामा प्रतिभा प्रस्फुटन कार्यक्रम

विद्यार्थीहरूको पढाइका सँगसंगै उनीहरूमा रहेको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयले त्रिदिवसीय प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका विशेष अतिथि तथा विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाले विद्यार्थीहरूको प्रतिभालाई उजागर गर्नका लागि विद्यालयले समय समयमा यस्ता कार्यक्रम गर्दै आइरहेको बताउदै विद्यार्थीहरूबाट विभिन्न सांस्कृति झल्कने नृत्यबाट आफू अत्यन्त हर्षित भएको बताए । विद्यालयका हरेक छोराछोरीहरू प्रकृतिका अनुपम उपहार भएको बताउँदै बगैँचारुपी फूलहरूले बारबार स्याहार सुसार र हेरचाह पाएर फक्रने र फुल्ने मौका पाएकोे बताए ।… पुरा पढौ

खुमा अर्याल फाउण्डेसनले स्याङ्जामा ३ नेपाली महिला क्रिकेटरलाई जनही एक लाख नगद सहित सहित आज सम्मान गर्ने

स्याङ्जा । शिक्षा, स्वास्थ्य, रोजगार तथा खेलकुदको क्षेत्रमा सक्रिय रहँदै आएको खुमा अर्याल फाउण्डेसनले स्याङ्जामा ३ नेपाली महिला क्रिकेटरलाई जनही एक एक लाख नगद सहित सहित आज बुधबार सम्मान गर्ने भएको छ ।युएईमा भएको यू १९ टि २० महिला विश्वकपको एसिया छनोटको उपाधि विजेता एवं सन् २०२५ मा मलेसियामा हुने विश्वकप खेलमा पुग्ने नेपाली टिमका स्याङ्जाका ३ क्रिकेटरलाई फाउन्डेसनले जनही एक लाख नगदसहित सम्मान गर्ने निर्णय गरिएको सस्थाका सचिव ध्रुब शर्माले जानकारी दिए।स्याङ्जा पुतलीबजार नगरपालिका १ का ज्योत्सिना मरासिनी, १३… पुरा पढौ

लेक लाग्नबाट जोगाउने कोरियन अक्सिजन मास्कको पोखरामा डेमोस्ट्रेसन

पोखरा, कात्तिक ४ कोरियामा बनेको लेक लाग्नबाट जोगाउने अक्सिजन मास्कको पोखरामा डेमोस्ट्रेसन गरिएको छ । कोरियन कम्पनी सेभिङ स्टोरीले उत्पादन गरेको अभिनव मास्कको प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा डेमोस्ट्रेसन गरिएको हो । ट्रेकिङ एजेन्सिज एशोसियन अफ नेपाल (टान) गण्डकीको आयोजनामा भएको कार्यक्रममा मास्क उत्पादन गर्ने कम्पनीका सञ्चालक हा ग्वाङ होले समुन्द्री तहबाट २ हजार ५ सय मिटर भन्दा बढी उचाईमा लेक (हाई अल्टिच्यूड) लेक लागेको अवस्थामा प्रयोग गरिने यो मास्क नासाबाटपनि प्रमाणित भइसकेको दाबी गरे । आगलागीको समयमापनि अक्सिजनका कारण निसासिएकालाई… पुरा पढौ

गुरुङ र मगर भाषा गण्डकी प्रदेशमा तुरुन्त सरकारी काम काजको भाषा बनाउ : तमु धिं नेपाल

पोखरा । तमु धिं नेपालले गण्डकी प्रदेशमा गुरुङ भाषा(तमु क्युइ) र मगर भाषालाई सरकारी कामकाजको भाषाका रुपमा छिटो भन्दा छिटो कार्यन्वयन गराउन माग गरेको छ । आज मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ज्ञापनपत्र पेश गर्दै भाषा कार्यान्वयनका आवाश्यक प्रकृया अगाडि बढाउन माग गरिएको हो । तमु धिं नेपालका अध्यक्ष हुम तमु र महासचिव तथा अधिवक्ता जुनाकुमारी गुरुङद्धारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल सरकारले सरकारी कामकाजको भाषाको रुपमा नेपाली देवनागरी लिपीलाई मान्यता दिएको भन्दै प्रदेशमा बाहुल्यता भएको जातिको मातृभाषालाई पनि गण्डकी प्रदेश सरकारले सरकारी कामकाजको… पुरा पढौ

“व्यवसायिक सीप,रोजगारी र आत्मनिर्भरता तर्फको कदम”:गण्डकी प्रदेशमन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले व्यवसायिक सीप रोजगारी र आत्मनिर्भरता तर्फको कदम भएको बताएका छन् । सोमबारबाट व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराद्वारा आयोजित ३ महिने सीपमुलक तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यवसायिक सीपले व्यक्तिलाई रोजगारीमा प्रतिस्पर्धी बनाउन योगदान दिने बताए । “आत्मनिर्भर जीवनशैलीको लागि सीपको आवश्यकता छ । दक्ष जनशक्ति उत्पादनका लागि प्रदेश सरकारले सोहि बमोजिम लगानी गरिरहेको छ ।”, उनले भने । मन्त्री थापाले काम गरेर कोहि… पुरा पढौ