समाचार

आज विश्व स्वतन्त्रता दिवस मनाइँदै

आज विश्व स्वतन्त्रता दिवस । प्रत्येक वर्ष नोभेम्बर ९ तारिखमा यो दिवस मनाइन्छ । यो दिवस स्वतन्त्रता र मानव अधिकारको मूल्य र महत्वको सम्मान गर्दै मनाउने चलन छ । सन् १९४७ देखि मनाउन थालिएको यो दिवस स्वतन्त्रताको मूल्य, लोकतन्त्र र मानवको आधारभूत अधिकार प्रत्याभूतिसँग जोडिएको छ । विश्वभरका नागरिकलाई स्वतन्त्रताको मौलिक अधिकारबारे सचेत गराउनु तथा शान्ति, सहिष्णुता र आपसी सम्मानको सन्देश प्रसारित गर्नु दिवसको उद्देश्य रहको छ । रासस पुरा पढौ

लेखनाथ जेसीजको जेसीज सप्ताह सुरु

कार्तिक २३ पोखरा । पाँच दिनमा सात वटा कार्यक्रम गर्ने गरि लेखनाथ जेसीजले आजदेखि यस वर्षको जेसीज सप्ताह–२०२४ सुरु गरेको छ । हरेक वर्ष नयाँ नयाँ कामका साथ जेसीज सप्ताह गर्दै आएको लेखनाथ जेसीजले जुनियर जेसीजको सहकार्यमा कार्तिक २३ देखि २७ गते सम्म सप्ताह ब्यापी कार्यक्रम मार्फत जेसीज सप्ताह सुरु गरेको हो । जेसीज सप्ताहको पहिलो दिन पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङले लेखनाथ जेसीजको सचिवालय पोखरा २७ को तालचोक परिसरमा राष्ट्रिय झण्डा र जेसीजको झण्डा झण्डोत्तलन… पुरा पढौ

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा फोटो प्रदर्शनी

कार्तिक २३ पोखरा । पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड र हिमालयन टुरिजम फोरम पोखराको संयुक्त आयोजनामा भोलि हुने तेस्रो पोखरा अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिताको पूर्वसन्ध्यामा आज पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा तस्बिर प्रदर्शनी गरिएको छ । खेलकुदका माध्यमबाट दुुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन आयोजित प्रतियोगिताका अवसरमा दुई देशमा भएका विभिन्न खेलकुदलगायत गतिविधि समेटिएका तस्बिर प्रदर्शनीमा राखिएको हो । प्रदर्शनीको उद्घाटन समारोहमा चीनको युनान प्रान्तिय खेलकुद ब्युरोका निर्देशक याङ झोङहुआले दुई देशबीच युगौँदेखि कायम सम्बन्धलाई अझै बलियो… पुरा पढौ

पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयमा झडप, छ घाइते

कार्तिक २३ ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण पक्षधर र विरोधीबीच झडप हुँदा छ जना घाइते भएका छन् । आज भएको झडपमा केबलकार बनाउने पक्षका दुई, विपक्षका एक, अन्य स्थानीय एक र सुरक्षाकर्मी दुई गरी छ जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा केवलकार पक्षधर फुङ्लिङ नगरपालिका—४ का ४० वर्षीय दामोदर अधिकारी, मेरिङदेन गाउँपालिका–४ का २६ वर्षीय कुमार शेर्पा, विपक्षका फुङ्लिङ नगरपालिका–४ बस्ने ४५ वर्षीय चन्द्र मादेन घाइते भएका छन् । पाथीभरामा भरिएका रूपमा काम… पुरा पढौ

महिला जागरण केन्द्रको अध्यक्षमा गुरुङ

कार्तिक २३ पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटन, भयरथानमा रहेको महिला जागरण केन्द्रको २६ औं बार्षिक साधारण सभा तथा १३ औं अधिबेशनले सकुन्तला गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । केन्द्रको उपाध्यक्षमा दुर्गा बराल, सचिवमा शोभा विश्वकर्मा, सहससचिवमा सुनु तामाङ, कोषाध्यक्षमा उर्मिला भुजेल र सदस्यहरुमा देबु वस्याल, शशी आले, विन्दु केसी, सविना राना, सावित्री बराल, विष्णु पहारी र विजय बराल सर्बसम्मत चयन भएका छन् । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले उद्घाटन… पुरा पढौ

सिम्पानी साँझबाट ७ लाख संकलन

कार्तिक २३ पोखरा । पोखरामा क्रियाशिल त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको तेस्रो संस्करणको सिम्पानी साँझबाट करिब ७ लाख संकलन भएको छ । पोखरा महानगरपालिका १ सिम्पानी चोकमा तिहारको अवसरमा (भाइटिकाको अघिल्लो दिन) आयोजित विविध सांस्कृतिक साँझबाट ७ लाख संकलन भएको क्लबका सहसचिव तथा कार्यक्रम संयोजक प्रविण सुवेदीले जानकारी दिए । सो कार्यक्रममा तरेली साँस्कृतिक परिवार र स्थानीय कलाकारहरुले विभिन्न समुदायमा प्रचलित नृत्यहरु प्रस्तुत गरेका थिए । भने, क्रिस्टल क्लजले विविध आइटन डान्सहरु प्रस्तुत गरेको थिए । यस्तै ‘मिलन एण्ड… पुरा पढौ

सालझण्डी-ढोरपाटन सडक: १६ वर्षमा ३० प्रतिशत मात्रै प्रगति

बलेवा । निर्माण थालेको १६ वर्ष पुग्दा पनि राष्ट्रिय गौरवको आयोजना सालझण्डी ढोरपाटन सडकको बागलुङ खण्डमा ३० प्रतिशत मात्रै प्रगति भएको छ । निर्माण कम्पनीको सुस्त कामका कारण गतिलिन नसकेको आयोजनाले आरोप लगाउने गरेको छ । आयोजनाले पनि एक दुई स्थानमा मात्र ठेक्का लगाएर अन्य स्थान अलपत्रै छाडेको छ । सडक अलपत्र पर्दा याममा ढोरपाटन हिँडेका पर्यटकले सास्ती खेप्दै आएका छन् । अझैपनि बागलुङभित्रको ६१ किमीमध्ये अधिकांश ट्र्याक मात्रै खुलेको छ । त्यो पनि यसअघि नै ग्रामीण सडकको रुपमा खुलेको… पुरा पढौ

सहकारी बचत पीडितको गुनासो : रास्वपाले सहकारी बचत पीडितको पक्षमा उभिनुको सट्टा उल्टै बदनाम गर्यो

पोखरा, कात्तिक २३ पुरानालाई ‘नो नट अगेन’ भन्दै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछिल्लो समय एकपछि अर्को नाममा बदनाम भइरहेको छ । अझ सभापती तथा पूर्व गृहमन्त्री रवि लामिछाने सहकारी ठगी मुद्धामा पक्राउ परेपछि त झनै आलोचनामा फसेको छ रास्वपा । सहकारी पीडितको न्यायको पक्षमा उभिएको भन्दै बेलाबेला उनीहरुको पक्षमा नारापनि लगाउँछ । तर सहकारी पीडितको नाम भजाउँदै तिनै पीडितको बदनाम गरिरहेको आरोप लागेको छ । सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति तथा सहकारी बचत पीडित समितिले शुक्रबार पोखरामा… पुरा पढौ

मन्दिरको पर्खाल सारेर खेलमैदान विस्तार

म्याग्दी । जिल्ला सदरमुकाम बेनी स्थित खेलमैदानलाई विस्तार गरिएको छ । खेलमैदान परिसरमा रहेको बेनी भगवति मन्दिरको पर्खाललाई स्थानान्तरण गरेर खेलमैदानको लम्बाइ बढाएर मापदण्ड अनुसारको बनाइएको हो । बेनी नगरपालिका–७ का वडा अध्यक्ष रमेश श्रेष्ठले ११÷११ जना फुटबल खेलाउन मिल्ने बनाउन मन्दिरको पर्खाललाई तीन मिटर पछि सारेर खैलमैदानको लम्बाई एक सय मिटर बनाइएको जानकारी दिए । “यसअघि ९७ मिटर भएको बेनी खुल्ला मञ्चको खेलमैदानको लम्बाई विस्तार गरेर एक सय मिटर बनाएका छौ,” उनले भने “३८ मिटर चौडाई भएको खेलमैदानलाई ४५… पुरा पढौ

हिमाल हेर्दै घरबासमा रमाउदै विदशी पर्यटक

गलकोट । पछिल्लो सयम चर्चामा रहेको घरबास हो बागलुङ भकुण्डेको अतिथि सत्कार घरबास– घरबासमा पछिल्लो समय स्वदेशी मात्रै नभएर विदेशी पर्यटकसमेत आउने गरेका छन् । प्रकृतिकरुपमा विधिकिरणका कारण भकुण्डेले विदेशी पर्यटकलाई मोहनी लगाएको छ । घरबासमा पुगेका विदेशी पर्यटकले अर्गानिक खानाका परिकारसँगै हिमाल हेर्न पाउने भएपछि भकुण्डे पुग्ने जो कोही पर्यटकले घरबासको प्रशंसा गरेकै हुन्छन् । केही पर्यटक हेलिकप्टरमार्फत घरबासमा आएका छन् । तर पाँच वर्षदेखि नियमित रुपमा भकुण्डे आइरहने विदेशी पर्यटक भने विश्व भेगन अर्गनाइजेशनमा आबद्ध छन् । बागलुङ… पुरा पढौ