समाचार

नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धीं कास्की जिल्लाले “साँस्कृतिक साँझ–२०८१” गर्ने

नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धीं, जिल्ला कार्यसमिति कास्कीले कार्तिक १३ गते मंगलबार “साँस्कृतिक साँझ–२०८१” कार्यक्रम पोखरा–१०, अमरसिंह चोक अवस्थित लेकाली चुल्हो घरमा आयोजना गर्ने भएको छ । यस कार्यक्रममा गण्डकी प्रदेश सरकार, आर्थिक मामिला मन्त्रालयका माननीय मन्त्री डा. टकराज गुरुङ ज्यूको प्रमुख अतिथ्यता रहने जानकारी सचिव प्रितम गुरुङ ज्यूले जानकारी गराए । “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक विविधतायुक्त नेपाली समाजमा नेपालको संविधानको मर्मलाई हित हुने कार्यक्रम नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धीं, जिल्ला कार्यसमिति, कास्कीले ल्याएको छ । प्रथम चरणमा… पुरा पढौ

एभरेस्ट एफएमको आकस्मिक रक्तदान कार्यक्रममा २५१ यूनिट रगत संकलन

पोखरा, कात्तिक १० एभरेस्ट एफएम ९३ मेगाहर्ज पोखराले शनिबार आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रमबाट २५१ यूनिट रगत संकलन भएको छ । पोखरामा रगतको अभाव भएपछि त्यसको पूर्ति गर्न पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमको आयोजनामा भएको रक्तदान कार्यक्रममा २०३ जना पुरुष र ४८ जना महिला गरेर कुल २५१ जनाले रक्तदान गरेका हुन् । रक्तदान कार्यक्रममा पहिलो रक्तदाता उल्लेख्य मात्रामा सहभागी भएका थिए । रक्तदान कार्यक्रममा सशस्त्र प्रहरीको कालिका गण, तमु धिँ नेपाल तमु युवा समिति, नेवा ल्याम्ह पुचः, जिफण्ट गण्डकी, सिटिजन… पुरा पढौ

एभरेस्ट एफएमको आकस्मिक रक्तदान कार्यक्रम शुरु

कात्तिक ९ पोखरा । एभरेस्ट एफएमले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रम शुरु भएको छ । पोखरामा रगतको अभाव भएपछि पोखरामा देखिएको रगतको अभावलाई पूर्ति गर्न एभरेस्ट एफएमको आयोजनामा भएको रक्तदान कार्यक्रमको एफएमका कार्यकारी अध्यक्ष कर्मकुमारी गुरुङले पहिलो रक्तदाता गण्डकी प्रदेश उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री फडिन्द्र देवकोटालाई ब्लड व्याग हस्तान्तरण गरेर उद्घाटन गरिन् । एभरेस्ट एफएमको प्राङ्गणमा विहान ७ः३० बजेदेखि ‘स्वस्थ जीवनका लागि रक्तदान, पुण्यका लागि रक्तदान’ भन्ने नाराका साथ शुरु भएको रक्तदान कार्यक्रम मध्याह्न १२ बजेसम्म जारी रहने एभरेस्ट… पुरा पढौ

काठमाडौँबाट गोरखा जाँदै गरेको माइक्रोबस दुर्घटना, ११ जना घाइते

मलेखु । काठमाडौँबाट गोरखाको मनकामनातर्फ जाँदै गरेको माइक्रोबस धादिङमा दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन् । पारिवारिक भ्रमणमा निस्कएका यात्रु बोकेको बागमती प्रदेश ०१–०३०–च ७६५९ नम्बरको विद्युतीय माइक्रोबस धादिङको थाक्रे गाउँपालिका–६ स्थित १० किलो भन्ने ठाउँमा दुर्घटनामा परेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । घाइते सबैको महादेवबँेसी अस्पतालमा उपचार भइरहेको छ । उनीहरु एउटै परिवारको रहेको बताइएको छ । दुर्घटनाको कारण तथा यात्रुको ठेगाना खुल्न… पुरा पढौ

सिटामोल अभाव छैन: औषधि लिमिटेड

काठमाडौँ । बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र रहेको नेपाल औषधि लिमिटेडले जनाएको छ । लिमिटेडका प्रबन्ध निर्देशक कैलाशकुमार पनेरुले सिटामोलको कुनै अभाव नरहेको र यसको नियमित उत्पादन पनि भइरहेको बताए । उनले भने, “हामीले नियमित उत्पादन गरिरहेका छौँ । दैनिक दुई सिफ्टमा काम भइरहेको छ । सिटामोलसँगै जीवनजललगायत अन्य औषधि पनि उत्पादन भइरहेको छ ।” उनका अनुसार दैनिक तीन लाख सिटामोल उत्पादन भइरहेको छ । “डेङ्गीका बेला पनि सिटामोल पाइएन भन्ने सुनिएपछि सूचना निकालेका छौँ । हामीसँग जति… पुरा पढौ

एमाले वडा कमिटी पोखरा १६ को शुभकामना आदान प्रदान सम्पन्न

पोखरा । नेकपा एमाले वडा कमिटी पोखरा १६ ले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । नेपालीनजका पर्वको अवसरमा आयोजित कार्यक्रमको उट्घाटन गर्दै एमालेका पुर्व स्थायी कमिटीका सदस्य सोमनाथ अधिकारी प्यासीले पार्टीलाई विभिन्न शक्तिले घेरावन्दीमा पार्न खोजेको वताउँदै, यसलाई तोडेर जनपक्षीय काम गर्नुपर्नेमा जोड दिए । उनले सुखी नेपाली र समृद्घ नेपाल एमाले नेतृत्वले मात्र पुरा गर्न सक्ने उल्लेख गर्दै, त्यसका लागि नेता कार्यकर्ता एक ढिक्का भएर लाग्नुपर्ने बताए । एमालेका केन्द्रिय सदस्य प्रभा कोईरालाले पार्टीले अगींकार गरेको… पुरा पढौ

मुस्ताङको घरपझोङ चक्रपथ कालोपत्र सुरु

म्याग्दी । मुस्ताङको सदरमुकाम जोमसोम बजारसहित घरपझोङ गाउँपालिकाका पाँचवटा वडालाई समेट्ने चक्रपथ सडक कालोपत्र गर्न थालिएको छ । गण्डकी प्रदेश सरकारले प्राथमिकताका साथ सञ्चालन गरेको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रममार्फत पूर्वाधार विकास कार्यालयले घरपझोङ चक्रपथको जोमसोम– ठिनी– ढुम्बा खण्डमा कालोपत्र गर्न थालेको हो । कार्यालयका प्रमुख अजय श्रेष्ठका अनुसार निर्माण व्यवसायीले बिहीबारदेखि जोमसोमतर्फबाट प्रिमिक्स प्रविधिको कालोपत्र गर्न थालेका हुन् । पहिलो दिन एकतर्फी तीन सय मिटर कालोपत्र भएको छ । जोमसोम–ठिनी–ढुम्बा–छैरो खण्डको १२ किलोमिटरमध्ये पहिलो चरणमा पाँच किलोमिटर कालोपत्र… पुरा पढौ

‘जेठोबुढो’सहित कास्कीका कृषि उपज खाद्य कम्पनीले किन्ने

गण्डकी । पोखरेली जेठोबुढो धान संरक्षण तथा प्रवद्र्धनमा किसानसँगै कृषिसम्बन्धी निकाय पनि निकाय जुटेका छन् । पोखराको परिचय बनेको लोपोन्मुख जेठोबुढोको उत्पादन र बजारीकरणमा पोखरा महानगरपालिका लागिपरेको छ । जेठोबुढो रोप्ने किसानलाई बिउ अनुदान तथा प्रोत्साहनका अन्य कार्यक्रम सञ्चालन गर्दै आएको महानगरले खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग कृषि उपज खरिद गरेको छ । यसले जेठोबुढो बिक्रीको बाटो खुलेको छ । सम्झौताअनुसार महानगर क्षेत्रका किसानले उत्पादन गरेको धान खाद्य कम्पनीले खरिद गर्नेछ । जेठोबुढो न्यूनतम समर्थत मूल्य प्रतिक्विन्टल रु। नौ हजार… पुरा पढौ

गाजा दह क्षेत्रमा पर्यटकीय पूर्वाधार बनाउन महायज्ञ

गलकोट । प्रचारप्रसार र पूर्वाधार अभावले ओझेलमा परेको बागलुकोे पर्यटकीयस्थल गाजा दहको संरक्षण गर्न स्थानीय एकजुट भएका छन् । सरकारीस्तरमा दुई वर्षयता पूर्वाधारका लागि बजेट प्राप्त नभएपछि स्थानीयले श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना गरेर अर्थ सङ्कलनको प्रयास थालेका छन् । जैमिनी नगरपालिका–३ स्थित गाजाको दहको संरक्षण, प्रचारप्रसार र सिद्ध बराहको पुनःनिर्माणका लागि ‘गाजा दह सिद्ध बराह श्रीमद्भागवत ज्ञान महायज्ञ’ हुन लागेको वडाध्यक्ष कृष्ण भुजेलले जानकारी दिए । आगामी मङ्सिर ८ देखि १४ गतेसम्म महायज्ञ हुनेछ । “प्राकृतिक र धार्मिक रूपमा महत्त्वपूर्ण… पुरा पढौ

पोखरामा रगतको अभाव भएपछि एभरेस्ट एफएमको आकस्मिक रक्तदान भोलि, तयारी पूरा

पोखरा, कात्तिक ९ एभरेस्ट एफएमले आयोजना गर्ने आकस्मिक रक्तदान कार्यक्रम भोलि शनिबार हुँदैछ । पोखरामा रगतको अभाव भएपछि पोखरामा देखिएको रगतको अभावलाई पूर्ति गर्न एभरेस्ट एफएमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भोलि कात्तिक १० गते शनिबार आकस्मिक रक्तदान कार्यक्रम गर्न लागेको हो । रक्तदान कार्यक्रम भोलि विहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म एभरेस्ट एफएमको प्राङ्गणमा चल्ने एफएमले जनाएको छ । विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रम नहुँदा पोखरामा रगतको अभाव देखिएको रक्तसञ्चार केन्द्र पोखराले जनाएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको… पुरा पढौ