समाचार

सभामुख घिमिरेलाई सांसद लामिछाने पक्राउको जानकारी

कार्तिक ३ काठमाण्डौं । सभामुख देवराज घिमिरेलाई प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुखलाई त्यससम्बन्धी जानकारी लेखीपठाएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा उल्लेख छ । चितवन निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित लामिछानेलाई कास्की जिल्ला अदालतको पक्राउ अनुमतिबमोजिम फौजदारी कसूरको अनुसन्धानका क्रममा पक्राउ गरिएको सूचनामा जनाइएको छ । नेपालको संविधानको धारा १०३ को उपधारा ६ मा ‘सङ्घीय संसद्को कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित… पुरा पढौ

‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक पर्दैन : प्रधानमन्त्री ओली

कार्तिक ३ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी चालक अनुमतिका लागि ‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक नपर्ने व्यवस्था गरिएको बताएका छन् । सामाजिक सञ्जालमा आज उनले ‘पोष्ट’ गरेको सामग्रीमा नागरिक ‘एप’ मार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने उल्लेख गरेका छन् । सवारी नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै ‘डिजिटल पेमेन्ट’ गर्ने व्यवस्था पनि सरकारले गरेको छ । “यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ भने सवारी नियम उल्लङ्घनमा जरिवाना तिर्दा हुने झन्झट… पुरा पढौ

माओवादी पार्टीहरूबीच छिट्टै एकता हुन्छ : अध्यक्ष प्रचण्ड

कार्तिक ३ भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छरिएर रहेका माओवादी पार्टीहरूबीचको एकता प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने बताएका छन् । चितवनको भरतपुर महानगरपालिका–१३ मा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरिएको जनसांस्कृतिक कार्यक्रममा उनले हिजो एउटै ‘स्कुलिङ’बाट आएका तर हाल विभक्त रहेका माओवादीहरू एकताबद्ध भएर जानुपर्नेमा जोड दिए । अध्यक्ष प्रचण्डले सबै एकीकृत भएर मात्रै समाजवादी क्रान्तिको तयारीमा लाग्न सकिने उल्लेख गरे । “शान्ति सम्झौतामा आउँदा गणतन्त्रमा जाने सहमति भए पनि त्यसलाई… पुरा पढौ

रविको आग्रह : मलाई सामान्य व्यवहार गरियोस्

कार्तिक ३ पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापती रवि लामिछानेले आफूलाई सामान्य व्यवहार गर्न प्रहरीलाई आग्रह गरेका छन् । अनुसन्धानका लागि काठमाडौंबाट पोखरा ल्याइएपछि उनले कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलीयालाई उनले आफूलाई भिआईपीको सुविधा र त्यस अनुसारको व्यवहार नगर्न आग्रह गरेको कास्की प्रहरीका सूचना अधिकारी वसन्तकुमार शर्माले जानकारी दिए । रविलाई उद्धृत गर्दै उनले भने,‘मलाई सामान्य व्यवहार गरियोस्, अरुले जे खान्छन् त्यहि दिईयोस्, अरुलाई जस्तो व्यवहार हुन्छ त्यस्तै व्यवहार गरियोस्, मलाई भिआईपीको सुविधा चाहिंदैन ।’ पक्राउ… पुरा पढौ

रबि पक्राउ परेसँगै समर्थन र विरोधमा उत्रियो पोखरा

कात्तिक ३ पोखरा । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापती रवि लामिछाने पक्राउ परेसँगै पोखराको माहोल एकाएक तातिएको छ । पूर्व गृहमन्त्रीसमेत रहेका रास्वपा सभापतीलाई पोखराको सूर्यदर्शनसहित विभिन्न ६ वटा सहकारीको रकम गोरखा मिडियामा लगेर अपचलन गरेको आरोपमा शुक्रबार काठकाडौंबाट पक्राउ गरेर पोखरा ल्याइएसँगै पोखरामा उनको समर्थन र विरोधमा पोखरा उत्रिएको छ । रविको पक्राउको समर्थन गर्दै सहकारी पीडितहरुले थप दवाब सिर्जना गरिरहेका छन् भने रास्वपा कार्यकर्ताले रविको समर्थनमा दिनभरी नै नाराबाजी तथा कोणसभालगायतका कार्यक्रम गरे । काठमाडौंमा… पुरा पढौ

सहकारी पीडित भन्छन् : रविलाई समातेपछि न्याय पाएको अनुभूति भो

कार्तिक ३ पोखरा । सहकारी पीडितहरुले रविलाई समातेपछि आफूहरुलाई न्याय पाएको अनुभूति भएको बताएका छन् । सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले सहकारीको रकम अपचलन गर्ने मध्येका एक रवि लामिछानेलाई पक्राउ गरेपछि आफूहरुले न्यायको अनुभूति गरेको बताए । उनले भने,‘भर्खरै पैसा नपाइएला तर न्याय पाईन्छ कि भन्ने आशा पलाएको छ ।’ उनले आफूहरुको अपचलन भएको रकम फिर्ता गरे मुद्धा फिर्ता गर्न तयार रहेको बताउँदै भने,‘हाम्रो अपचलन भएको रकम फिर्ता हुनुप¥यो । हामीले बचत रकम पाउनु प¥यो । त्यसपछि हामीपनि… पुरा पढौ

बेनी-मालढुङ्गा सडक: ठेक्का अवधि सकिँदा दुई तिहाइ मात्र प्रगति

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि सञ्चालित आयोजनाको ठेक्का अवधि सकिएपनि करिब दुुई तिहाई मात्र भौतिक प्रगति भएको छ । गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित यस आयोजनाको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत छ । तेह्र किलोमिटर दुरीको बेनी–मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर डिबिएसडी प्रबिधिको कालोपत्र र… पुरा पढौ

कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने २८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहका अनुसार कावासोती–१ बालुवाडाँडास्थित भित्री सडकखण्डमा बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जीप दुर्घटना उक्त हताहति भएको हो । अनकन्टार पहाडमा दुर्घटना भएको तथा भर्खरै उद्धार सकिएको छ । घाइतेलाई नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पताल पु¥याइएको छ । क्षमताभन्दा बढी यात्री बोकेकाले दुर्घटना भएको प्रहरीको अनुमान छ । मृतक तथा घाइतेको विवरण प्राप्त भएको छैन ।… पुरा पढौ

महिलाद्वारा डेरी उद्योग सञ्चालन, मासिक रु १० लाखको कारोबार

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ स्थित चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाले सञ्चालन गरेको डेरी उद्योगले डेरी पसल विस्तार गरेको छ । डेरी उद्योगमा सङ्कलन भएको दुग्धजन्य पदार्थ बिक्रीवितरणका लागि सोही वडाको टाउनचोकमा डेरी पसल सञ्चालनमा ल्याइएको हो । डेरीबाट उत्पादित दुग्धजन्य वस्तुहरु आफ्ना नियमित उपभोक्ता तथा सर्वसाधारणको सहजताका लागि टाउन चोकमा पसल सञ्चालन गरिएको सहकारीका व्यवस्थापक सङ्गीता ओझाले जानकारी दिइन् । सहकारीले सञ्चालन गरेको डेरीबाट उत्पादित दुग्धजन्य पदार्थहरु दूध, दही, घ्यु, पनिर, कुल्फी, आइसक्रिम र खुवा अबदेखि उक्त पसलबाट… पुरा पढौ

सडक अभावले गोरखामा कुहिँदै करोडौँको स्याउ, बजार ल्याइदिन सरकारसँग माग

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिकामा ३० हजार बोटमा फलेका करोडौँ मूल्य बराबरको स्याउ कुहिने अवस्थामा पुगेको भन्दै जनप्रतिनिधि र व्यवसायीले सरकारसँग बजारसम्म स्याउ ल्याइदिन माग गरेका छन् । उत्पादन महाअभियान नेपालका अध्यक्ष रमेश पण्डितले सडक अभावले गाउँमै अलपत्र परेको स्याउलाई अनुदानमा बजारसम्म ल्याउने व्यवस्था गरिदिन सरकारसँग माग गरे। उनले भने “कृषि र पर्यटनको अथाह सम्भावना रहेको गोरखाको चुमनुब्री गाउँपालिकामा करोडौँको स्याउ बाटो नहुँदा बजारसम्म ल्याउन नसकेर कुहिने अवस्थामा पुगेको छ, सरकारले ती स्याउलाई बजारसम्म ल्याउने व्यवस्था गरिदिनुपर्छ ।” गत महाअष्टमीको… पुरा पढौ