समाचार

रास्वपा कार्यकर्ता तितरबितर पार्न प्रहरीले हान्यो अश्रु ग्याँस र पानीको फोहरा

पोखरा, कात्तिक ४ निशेधित क्षेत्र सहिदचोकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले प्रदर्शन जारी राखेपछि प्रहरीले अश्रु ग्याँस र पानीको फोहरा हानेको छ । पूर्व गृहमन्त्रीसमेत रहेका रास्वपा सभापती रवि लामिछानेको समर्थनमा रास्वपा कार्यकर्ताले निशेधित क्षेत्र सहिदचोकमा प्रदर्शन जारी राखेपछि नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याँस र पानीको फोहरा हानेको हो । रविलाई जिल्ला अदालत कास्कीमा म्याद थपका लागि उपस्थित गराउने समय पारेर रास्वपा कार्यकर्ताले सहिदचोकमा प्रदर्शन गरेका थिए । दिउँसो १२ः३० बजेबाट प्रदर्शन गर्ने भनिएपनि विहान ११ बजेबाटै रास्वपाका कार्यकर्ता भेला… पुरा पढौ

सुनको मूल्य हालसमम्मकै उच्च बिन्दुमा

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु छ सयले वृद्धि भइ रु एक लाख ६५ हजार कायम भएको छ । महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला रु एक लाख ६४ हजार चार सयमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य तोलामा रु ९५ ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार नौ सय ८० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु दुई… पुरा पढौ

तनहुँ जलविद्युत् आयोजनाको आधा काम सकियो

दमौली । निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५८ दशमलव एक प्रतिशत प्रगति भएको छ । तीन ‘प्याकेज’मा काम जारी छ भने ५२ दशमलव शून्य सात प्रतिशत वित्तीय प्रगति भएको छ । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्याकेज–१ अन्तर्गत बाँधलगायत संरचना निर्माणमा ३५ प्रतिशत प्रगति भएको छ । प्याकेज–२ अन्तर्गत विद्युत्गृह निर्माणमा ५९ प्रतिशत प्रगति भएको छ । प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणमा ७३ दशमलव पाँच प्रतिशत काम पूरा भएको छ । आयोजना २०८३ असारभित्र सम्पन्न गर्ने… पुरा पढौ

देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जनाएको छ । कोशी, मधेश, बागमती र कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही… पुरा पढौ

पूर्वगृहमन्त्री लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै

गण्डकी । सहकारीको रकम अपचलनको अभियोगमा अनुसन्धानका निम्ति प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा सङ्गठित अपराधमा शुक्रबार पक्राउ परेका निजलाई सोही दिन राति पोखरा ल्याएर जिल्ला प्रहरी कार्यालय कास्कीमा हिरासतमा राखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई आज अदालत उपस्थित गराइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए । पुरा पढौ

पोखराको शहिद चोक र गैह्रापाटनका आसपास निषेधित क्षेत्र घोषणा

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले शहिद चोक र गैह्रापाटनका आसपास निषेधित क्षेत्र घोषणा गरेको छ । कास्की प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ पछि प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप आदि हुने भएका कारण प्रतिकुल अवस्था सिर्जना हुन सक्ने भएकाले निषेधाज्ञा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । सार्थै निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जना भन्दा बढी व्यक्ति भेला जम्मा भएर अनसन, धर्ना, घेराउ, जुलुस,… पुरा पढौ

खसीबोका बेचेर आत्मनिर्भर बन्दै तङ्ग्रामका महिला

ढोरपाटन । काठेखोला गाउँपालिका–४ तङ्ग्रामका महिला खसीबोका बेचेर आत्मनिर्भर बन्दै गएका छन् । सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारी र वसन्त सहकारीमार्फत यहाँका महिलाले खसीबोका पाल्ने र बच्दै व्यवसाय गर्दै आएका हुन् । महिला समूह स्थापना गरी सोही सहकारीमार्फत महिलाले वार्षिक करिब रु चार करोड गाउँ भित्राउँदै आएका छन् । पछिल्लो समय युवा शिक्षा तथा रोजगारीका लागि विदेश जान थालेपछि गाउँ रित्तिन थालेको थियो । यहाँका महिला एकताबद्ध भएर बाख्रापालनमा व्यवसायमा लागेका हुन् । महिलाले उत्पादन गर्ने खसीबोका सहकारीले बिक्री गर्ने… पुरा पढौ

नेसपाको विधान महाअधिवेशन पोखरामा, तयारी पूरा

कार्तिक ३ पोखरा । नेपाल समाजबादी पार्टी नेसपा को विधान महाअधिवेशनको तयारी पुरा भएको छ । नेपाल समाजबादी पार्टीले आज (शनिबार) पोखरामा पत्रकार भेटघाटको आयोजना गरेर विधान महाधिवेशनको तयारीको बारेमा जानकारी दिएको हो । पोखरामा यही कार्तिक ५ र ६ गते हुने बिधान अधिवेनमा ४ सय भन्दा बढी देशभरबाट प्रतिनिधिहरु सहभागि हुने पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले जानकारी दिए । वैकल्पिक राजनीतिक शक्ति निमार्णको औचित्य र वैचारिक आधार, वैकल्पिक शक्तिको मूल वैचारिक–राजनीतिक प्रतिवद्धता, वैकल्पिक शक्तिको संगठनात्मक सिद्धान्त र… पुरा पढौ

सहारा क्लब अष्ट्रेलियामा पौडेल

कार्तिक ३ पोखरा । साहारा क्लब अष्ट्रेलियाको अध्यक्षमा सिद्धार्थ पौडेल निर्विरोध निर्वाचित भएका छन् । सहारा क्लब अष्ट्रेलियाको विशेष अधिवेशनले पौडेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निरविरोध निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्षमा सन्तोष पाण्डे र पुस्कल थकाली, कोषाध्यक्षमा कल्याण खड्का, गौरव बराल, सचिवमा जेसिका तामाङ, सहसचिवमा अनन्त गुरुङ तथा कार्यकारी सदस्यमा निराजन श्रेष्ठ, राजन रजनी गुरुङ, सुर्य खनाल र प्रवक्तामा मदन कोइराला र सहप्रवक्तामा अवानी पौडेल निर्विरोध निर्वाचित भएको सहारा पोखराका पूर्व अध्यक्ष विरभद्र आचार्यले जानकारी दिए । यसैगरी… पुरा पढौ

नेपाल र चीनबीच भएका समझदारी कार्यान्वयन गर्नुपर्नेमा अध्यक्ष प्रचण्डको जोड

कार्तिक ३ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको बताएका छन् । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलसँग आज आफ्नो निवास खुमलटारमा भएको भेटवार्तामा उनले चीनले गरेको विकास नेपालका लागि ठूलो सिकाइ भएको बताए । अध्यक्ष प्रचण्डले नेपालको विकास प्राथमिकतामा चीनले गर्दै आएको सहयोगका लागि चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिङपिङलाई धन्यवाद ज्ञापन गरे । उनले सन् २०१९ मा चीनबाट भएको उच्चस्तरीय भ्रमणका क्रममा… पुरा पढौ