समाचार

भ्रष्टाचारको निष्पक्ष र स्वतन्त्र छानबिनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

साउन ७ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न समयमा चर्चामा आएका भ्रष्टाचार र अकूत सम्पत्ति आर्जनका आरोपहरुको निष्पक्ष र स्वतन्त्र रुपमा छानबिन गर्ने प्रतिबद्ध जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा उनले सहकारी क्षेत्रका बचतकर्ताले भोग्नुपरेका समस्याहरू सम्बोधन गर्न विगतमा गठित कार्यदलबाट प्राप्त सुझाव कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।प्रधामन्त्री ओलीले सहकारी पीडितहरुसँग पटक–पटक गरिएका सहमति कार्यान्वयन प्रक्रिया भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अगाडि अगाडि बढाएको जानकारी गराए “समस्याग्रस्त घोषणा भएका… पुरा पढौ

प्रतिभा माविमा विद्यार्थीका लागि भव्य स्वागत

पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तिर्ण भई हालैमात्र कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई भविश्यबारेको दिइने सुझाव के हुन सक्छ ? राम्रो पढ्नु, उचित विषय छानेर अध्ययन थाल्नुु, भविश्य हेरेर विषय छनोट गर्नु । यस्तै यस्तै सुझाव धेरैले दिन्छन । तर, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले भर्खरै ११ कक्षा अध्ययन थालेका विद्यार्थीलाई दिएको सुझाव छ–जिन्दगीमा कति जनालाई रोजगारी दिने हो, त्यो योजना डायरीमा कोर्नुस र अध्ययन थाल्नुस, त्यसले तपाँइलाई गन्तव्यमा पु¥याउन सघाउनेछ ।’ पोखराको पालिखेचोकस्थित प्रतिभा माविले सोमबार नवआगन्तुक… पुरा पढौ

पोखरामा बोलबम धार्मिक यात्रा शुरु, केदारेश्वरमा जल चढाउनेको दिनभर घुइँचो

पोखरा । आज साउन महिनाको पहिलो सोमबार । पर्यटकिय नगरी पोखरामा बोलबम धार्मिक यात्रा सुरु भएको छ । साउन महिनाभर पोखराको बैदामस्थित केदारेश्व महादेवमणि सेवाश्रम समितिको आयोजनामा प्रत्येक सोमबार सञ्चालन हुँदै आएको बोलबम धार्मिक यात्रा शुरु भएको हो । विगत २३ वर्षदेखि पोखरा महानगरपालिका वडा नम्बर–१, वगर शुक्लागण्डकी गाइघाटबाट जलयात्रा शुरु गरि पोखरा–६ वैदाममा रहेको केदारेश्वर महादेवको मन्दिरसम्म सञ्चालन हुँदै आएको छ । ‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ शुरु भएको बोलबम धार्मिक यात्रामा भक्तजनले गाईघाटबाट जल लिएर… पुरा पढौ

प्रतिनिधिसभाको संशोधन सर्वसम्मतिले अनुमोदन

राष्ट्रियसभाले प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको अभिलेख संरक्षणसम्बन्धी (पहिलो संशोधन) विधेयक २०७७, सर्वसम्मतिले अनुमोदन गरेको छ । बैठकमा ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रतिनिधिसभाबाट आएको संशोधनलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्णयार्थ प्रस्तुत गर्दै प्रतिनिधिसभाबाट आएको संशोधनलाई सर्वसम्मतिले अनुमोदन भएको जानकारी गराए । मन्त्री पाण्डेले अभिलेखहरुको महत्वपूर्ण सामग्री, बहुमूल्य अभिलेखको संरक्षण गर्ने, सहज ढङ्गले उपयोग गर्ने र विद्युतीय माध्यमबाट पनि यसको ‘रेकर्ड’ हुने व्यवस्थालाई विधेयकबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे। राष्ट्रियसभाको… पुरा पढौ

गण्डकीमा हालसम्म ८४ प्रतिशत धान रोपाई सम्पन्न

पोखरा । गण्डकी प्रदेशमा साउनको पहिलो सातासम्म करीब ८४ प्रतिशत धान रोपाई सम्पन्न भएको छ । गण्डकी प्रदेशमा साउन ६ गतेसम्ममा ८४.२६ प्रतिशत मात्र धान रोपाई सकिएको कृषि विकास निर्देशनालय गण्डकीले जनाएको छ । गण्डकीमा ९६ हजार ५३ हेक्टर जमिन धान रोपाई गर्न योग्य रहेकोमा हालसम्म ८० हजार ९ सय ३२ हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको निर्देशनालयका सूचना अधिकारी तथा कृषि प्रसार अधिकृत विनोद शर्माले जानकारी दिए । गण्डकीमा कास्की र बागलुङमा सबैभन्दा धेरै समान ९५ प्रतिशत धान रोपाई… पुरा पढौ

विधायन व्यवस्थापन समितिमा सांसद श्रेष्ठ मनोनीत

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसद नारायणकाजी श्रेष्ठलाई राष्ट्रियसभा नियमावलीको नियम १४९ बमोजिम विधायन व्यवस्थापन समितिमा मनोनयन गरेका छन । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले समितिमा सांसद श्रेष्ठको मनोनयनलाई सहमति जनाएका थिए । आजको बैठकमा अध्यक्ष दाहालले आकस्मिक समय, शून्य समय, विशेष समय र प्रादेशशिक सरोकार समयमा सांसदहरुले उठाउनुभएका विषयको राष्ट्रियसभा नियमावली २०७५ मा तोकिएको समयावधिभित्र सभामा आई पूर्वनिर्धारित तालिका अनुसार जवाफ दिन सम्बन्धित मन्त्रीहरुलाई ध्यानाकर्षण गराएका थिए। अध्यक्ष दाहालले भने, “जवाफका लागि यसअघि तयार गरिएको कार्यतालिका सम्बन्धित मन्त्रालयमा पुनःपत्राचारमार्फत उपलब्ध गराउन… पुरा पढौ

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको सुधार देखिएको छ । आज परिसूचक दुई दशमलव १५ अङ्कले बढेर दुई हजार चार सय ८८ दशमलव ०९ अङ्कमा कायम भएको हो । आज तीन सय नौ कम्पनीको तीन करोड ९७ लाख ५४ हजार सात सय ११ कित्ता शेयर एक लाख ७० हजार पाँच सय ५९ पटक खरिदबिक्री हुँदा रु १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार चार सय ४० बराबरको कारोबार भएको छ । बैङ्किङ एक दशमलव २३, विकास बैङ्क… पुरा पढौ

गङ्गापूर्ण हिमताल जोगाउने योजना अलपत्र

गण्डकी । अस्तित्व सङ्कटबाट गुज्रिरहेको मनाङको गङ्गापूर्ण हिमताल जोगाउने योजना बजेट अभावमा अलपत्र परेको छ । एकातिर हिमनदीको कटान, अर्कातिर माटोको लेदो र गेग्र्यान थुप्रिँदा बर्सेनि तालको सौन्दर्य खस्किरहेको छ । बेलैमा संरक्षण योजना अगाडि नबढे ताल नै नामेट हुने अवस्था रहेको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए । उनका अनुसार तीन वर्षअघि सुरु भएको ताल संरक्षण योजनाले गति नलिँदा तालको अस्तित्व झन्झन् सङ्कटमा परेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मनाङ ङिस्याङ गाउँपालिकाको साझेदारीमा ताल… पुरा पढौ

लमजुङ अदालतले लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट गर्‍यो

लमजुङ । बेँसीसहर नगरपालिका–८ मा रहेको जिल्ला अदालत लमजुङले लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट गरेको छ । अदालतले आर्थिक वर्ष २०८०र८१ मा लक्ष्यभन्दा एक सय पाँचवटा मुद्दा बढी फछ्र्यौट गरेको हो । अदालतका श्रेस्तेदार भेषराज पौडेलका अनुसार वार्षिक फछ्र्यौट लक्ष्य पाँच सय ७४ मुद्दा रहेकामा गत आवमा छ सय ७९ फछ्र्यौट गरिएको छ । गत आवमा अदालतले लक्ष्यको आधारमा एक सय १८ दशमलव २९ प्रतिशत प्रगति गरेको उनले बताए। एक हजार २४ यथार्थ लगत रहेकामा छ सय ७९ वटा मुद्दा फछ्र्यौट… पुरा पढौ

तनहुँको आदिकवि क्याम्पसमा मगर भाषासम्बन्धी प्रशिक्षण

डुम्रे । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसमा मगर भाषा प्रशिक्षक प्रशिक्षणसम्बन्धी प्रशिक्षण सुरु भएको छ । अध्ययन तथा कामकाजी भाषामा मगर भाषा सहभागी गराउन सहज बनाउने उद्देश्यले पुरक पाठ्यक्रममा मगर भाषा समावेश गरी क्याम्पसले प्रशिक्षण सुरु गरेको हो । पुरक पाठ्यक्रमको प्रशिक्षण कक्षा आइतबार बिहान ६ बजेदेखि बेलुकी ४ बजेसम्म एक सातामा ४८ घण्टा सञ्चालन हुने क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए । उनका अनुसार छ जना मगर भाषाका विज्ञहरूले प्रशिक्षार्थीलाई प्रशिक्षण दिनुहुनेछ । उनले भने, “तनहुँको… पुरा पढौ