समाचार

बिपीले अघि सरेका विचार अहिलेपनि उत्तिकै सान्दर्भिक छन् : मुख्यमन्त्री पाण्डे

साउन ६ पोखरा । ४२औँ बिपी स्मृति दिवसका अवसरमा बिपी स्मृति पुुस्तकालय, गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित कार्यक्रममा बिपी विचार वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेकामा जोड दिइएको छ । ‘नेपाल, बिपी कोइराला, वर्तमान राजनीति र पठन संस्कृति’ विषयक गोष्ठीमा वक्ताहरूले युगजयी विचारका माध्यमबाट बिपी कोइरालाले पुु¥याएको योगदान अतुलनीय रहेको बताए । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तत्कालीन समयमा बिपीले अघि सार्नुुभएका विचार अहिले पनि उत्तिकै सान्दर्भिक भएको बताए । त्यही विचार र दूरदृष्टिका कारण स्व कोइरालाको छवि राष्ट्रिय एवं… पुरा पढौ

मोहरियामा भएको निःशूल्क रक्त परीक्षण शिविरमा २ सय बढीको जाँच

साउन ६ पोखरा । करुणा बचत तथा ऋण सहकारी पोखरा ३ मोहरियाटोलको आयोजनामा आइतबार भएको निशुल्क रक्त परीक्षण शिविरमा २ सय २५ जनाको निःशूल्क जाँच गरिएको छ । पोखराको न्युरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा सहभागीको मधुमेह, लिपिड प्रोफाइल र मृगौलासम्बन्धी रक्त जाँच निःशूल्क गरिएको हो । सहकारीले १४ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सहकारी र युआएलबिच सहकारीका सेयर सदस्य र कर्मचारी र उनीहरुको परिवारलाई सबै रक्तजाँचमा ३० प्रतिशत छुट दिने सम्झौतासमेत भएको… पुरा पढौ

भ्रष्टाचारका मुद्दामा निष्पक्ष छानबिन हुनेमा आशङ्का : सभापति लामिछाने

साउन ६ काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विगतमा भएका भ्रष्टाचार काण्डको अनुसन्धान गर्न सरकारसँग आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलका क्रममा उनले बजेट पास भएको दुई महिनाभित्र विगतका विभिन्न २५ वटा काण्डको फाइल अनुसन्धान गर्न शक्तिशाली आयोग गठन गर्ने अघिल्लो सरकारको निर्णयलाई निरन्तरता दिन आग्रह गरे । उनले भने, “जहाँ जहाँ हामीले भ्रष्टाचारका विषय उठायौँ त्यहाँ त्यहाँ पुरस्कार दिएको देखियो । त्यसैले भ्रष्टाचारका मुद्दामा निष्पक्ष छानबिन हुनेमा हामीलाई… पुरा पढौ

बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

साउन ६ बागमती । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि साउन ८ गते साँझ ५ बजेसम्मको समय तोकेका छन् । नयाँ राजनीतिक समीकरणअनुसार सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भन्दै मुख्यमन्त्री जम्कट्टेलले आज दिउँसो प्रदेश प्रमुख शर्मालाई राजीनामा पत्र बुझाएका थिए । प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री जम्कट्टेलको राजीनामा स्वीकृत गरी अर्काे सरकार गठन… पुरा पढौ

नदीजन्य पदार्थ उत्खनन् र ओसार पसार गर्ने १२ सवारी कारवाहीका लागि सिफारिस

साउन ६ पोखरा । नदिजन्य तथा खानीजन्य पदार्थको उत्खनन्, संकलन र बिक्री सम्बन्धि प्रक्रियाको अनुगमन गर्न गठित जिल्ला अनुगमन समिति कास्कीले निषेधित अबधिमा खोला तथा नदीमा गएर नदीजन्य पदार्थ उत्खनन् र ओसार पसार गर्ने सवारी साधनलाइ कारबाहीको लागि सिफारिस गरेको छ । समितिको शुक्रबार बसेको बैठकले ढुंगा गिटी,बालुवा उत्खनन्, बिक्री तथा ब्यबस्थापन सम्बन्धि संसोधन सहितको मापदण्ड २०७७ को दफा ३ (ख ) बमोजिम प्रचलित ब्यबस्था अनुसार अबैध र गैर कानुनि रुपले उत्खनन् र ओसार पसार गर्ने बिभिन्न ११ वटा टिपर… पुरा पढौ

प्रधानमन्त्री ओली प्रतिनिधि सभाबाट विश्वासको मत लिन सफल

साउन ६ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीको पक्षमा १ सय ८८ जना सांसदले मत दिए । यस्तै ७४ जना सांसदले ओलीको विपक्षमा मत दिए भने १ जना सांसदले ‘मत दिन्नँ’ भन्ने पक्षमा आफ्नो मत जाहेर गरे । आजको बैठकमा २ सय ६३ जना सांसद उपस्थित थिए । २ सय ७५ सदस्यीय तल्लो सदन प्रतिनिधि सभामा बहुमतका लागि १ सय ३८ सिट आवश्यक पर्छ । प्रधानमन्त्री… पुरा पढौ

रहरले नभई आवश्यकताले संविधान संशोधनः प्रधानमन्त्री ओली

साउन ६ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनीय दस्तावेज रहेको र जनताको आवश्यकतालाई मध्यनजर गर्दै परिमार्जन गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले विश्वासको मत प्राप्त गर्न राखेको प्रस्तावको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आवश्यकता र औचित्य पुष्टि हुनेगरी सकभर सर्वसम्मतिबाट संविधान संशोधन हुने बताएका हुन् । “संविधान संशोधनीय, गतिशील र जीवन्त दस्ताबेज हो । यो आवश्यकता र जनताको मागअनुसार संशोधन हुन्छ । संशोधन रहरको विषय होइन । आवश्यकताको विषय हो”, प्रधानमन्त्री ओलीले… पुरा पढौ

नेप्से परिसूचक ६१ अङ्कले बढ्यो

यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक उच्च अङ्कले बढ्दा कारोबार रकम रु १५ अर्ब नाँघेको छ । आज नेप्से परिसूचक ६१ दशमलव ६१ अङ्क अर्थात् दुई दशमलव ५४ प्रतिशतले बढेर दुई हजार चार सय ८५ दशमलव ९४ को विन्दुमा कायम भएको हो । आज तीन सय १५ कम्पनीको चार करोड ११ लाख ९५ हजार पाँच सय ३४ कित्ता शेयर एक लाख ७७ हजार चार सय ६७ पटक खरिदबिक्री हुँदा रु १५ अर्ब २३ करोड ८२… पुरा पढौ

तनहुँका तीन लाख पशुमा पूर्ण खोप

दमौली । तनहुँमा एक वर्षको अवधिमा तीन लाख बढी पशुमा पूर्ण खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले गत आर्थिक वर्ष २०८०र८१ मा जिल्लाका दश पालिकामा तीन लाख ७७ हजार २४ पशुलाई पूर्ण खोप लगाएको हो । रोगका कारण हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि तनहुँका सबै पालिकाका पशुमा खोप लगाइएको केन्द्रका प्रमुख डा राजेश चौधरीले जानकारी दिए । गण्डकी प्रदेश सरकारले प्रदेशलाई पूर्ण खोपयुक्त बनाएर सङ्क्रामक रोग निमूल… पुरा पढौ

बुद्ध शान्ति सामुदायिक वनमा बृक्षारोपण

लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको श्री बुद्ध सामुदायिक वन उपभोत्ता समितिले वन पैदावरलाई आय आर्जनमा जोड्ने गरि बृक्षारोपण गरेको छ । सामुदायिक वन उपभोक्ता समितिको क्षेत्रधिकार भित्र रहेको पटनेरी क्षेत्रको करिव १२ सय हक्टरको जिमनमा स्थानियको आय आर्जनमा सहयोग पुग्ने गरि फलफुल,डाले घाँस,आर्युवेदिक लगाएत अन्य मानव उपयोगि रत्तचन्दन,अगरउड र एवोगार्डका विरुवा लगाईएको हो । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २९ का वडासदस्य क्षेत्र बहादुर गुरुङले बन पैदावरको सहि प्रयोग तथा संरक्षण गर्न सक्ने हो भने देशको… पुरा पढौ