समाचार

पोखरा महानगरले गुमाएको राजश्वबारे अध्ययन गर्न लेखा समितिले बनायो अध्ययन उप–समिति

पोखरा, असार २० पोखरा महानगरपालिकाको सार्वजनिक लेखा समितिले पोखरा महानगरपालिकाले गुमाएको राजश्वबारे अध्ययन गर्न उप–समिति बनाएको छ । लेखा समितिको हालै बसेको बैठकले मणिपाल शिक्षण अस्पताल, घाटहरु र पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट हुने उडानलाई सहज बनाउन रिठ्ठेपानी डाँडा कटान गर्दा गुमेको राजश्व अध्ययन गर्न समितिका सदस्य रामजीप्रसाद पौडेलको संयोजकत्वमा ४ सदस्यीय अध्ययन उप–समिति गठन गरेको हो । महालेखा परीक्षकको प्रतिवेदनले यी तीनै विषयमा महानगरले राजश्व गुमाएको बताएको छ । साथै प्रतिवेदनमा गुमेको राजश्व असुलउपर गर्न भनेर टिप्पणीसमेत महालेखा परीक्षकले लेखेपछि त्यस… पुरा पढौ

विद्यार्थीका लागि सेनाको जुनियर डिभिजन तालिम

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–१, कुहुँको दिपशिखा माध्यमिक विद्यालयमा विद्यार्थीका लागि जुनियर डिभिजन तालिम आयोजना गरिएको छ । नेपाली सेनाको राष्ट्रिय सेवा दलद्वारा शत्रुभञ्जन गुल्म अर्थुङ्गे ब्यारेक म्याग्दीमार्फत बुधबारदेखि सो तालिम सञ्चालन गरिएको हो । दुई महिनाभन्दा बढी समयसम्म चल्ने सो तालिममा सैन्यज्ञानका साथै अन्य कुरा पनि सिकाइने विद्यालयका प्रधानाध्यापक डा नन्दबहादुर खत्रीले बताए । खोज, राहत, उद्धार र प्राथामिक उपचारमा सेवा जस्ता व्यावहारिक ज्ञानसमेत प्राप्त हुने भएकाले म्याग्दीमा सञ्चालित तालिममा विद्यार्थीको आकर्षण बढेको छ । गत वर्ष सो कार्यक्रम… पुरा पढौ

‘घरघरमा स्वास्थ्यकर्मी’ कार्यक्रमबाट एक हजार सात सय ज्येष्ठ नागरिक लाभान्वित

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले ७० वर्षभन्दा माथि उमेर समूहलाई लक्षित गरेर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच र उपचारका लागि सुरु गरेको ‘घरघरमा स्वास्थ्यकर्मी’ कार्यक्रमबाट एक हजार सात सय ज्येष्ठ नागरिक लाभान्वित भएका छन् । नगरका प्रत्येक वडाका घरघरमै स्वास्थ्यकर्मी पुगेर उपचार गर्ने कार्यक्रमबाट ज्येष्ठ नागरिकसँगै अन्य पनि लाभान्वित भएका छन् । ज्येष्ठ नागरिक, शारीरिक रुपमा अपाङ्गता भएका तथा अशक्त तथा दीर्घरोगीलाई लक्षित गरेर सञ्चालित ‘घरघरमा स्वास्थ्यकर्मी’ कार्यक्रम प्रभावकारी बन्दैगएको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताए । विसं २०७९ वैशाख ३०… पुरा पढौ

कास्की पूर्ण खोप सुनिश्चित जिल्ला घोषित

पोखरा । कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । यस अगाडि जिल्लाका पाँचवटै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको थियो । जिल्लास्तरीय खोप समन्वय समिति र स्वास्थ्य कार्यालयद्वारा बिहिबार आयोजित कार्यक्रममा १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप जिल्ला घोषणा गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री बिन्दु कुमार थापाले उक्त घोषणा गर्दै सरकारले लिएको स्वस्थ नागरिक सम्बृदीको… पुरा पढौ

मणिपाल, घाट र डाँडा कटान गर्दा गुमेको राजश्वबारे अध्ययन गर्न लेखा समितिले बनायो अध्ययन उप–समिति

पोखरा । पोखरा महानगरपालिकाको सार्वजनिक लेखा समितिले पोखरा महानगरपालिकाले गुमाएको राजश्वबारे अध्ययन गर्न उप–समिति बनाएको छ । लेखा समितिको हालै बसेको बैठकले मणिपाल शिक्षण अस्पताल, घाटहरु र पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट हुने उडानलाई सहज बनाउन रिठ्ठेपानी डाँडा कटान गर्दा गुमेको राजश्व अध्ययन गर्न समितिका सदस्य रामजीप्रसाद पौडेलको संयोजकत्वमा ४ सदस्यीय अध्ययन उप–समिति गठन गरेको हो । महालेखा परीक्षकको प्रतिवेदनले यी तीनै विषयमा महानगरले राजश्व गुमाएको बताएको छ । साथै प्रतिवेदनमा गुमेको राजश्व असुलउपर गर्न भनेर टिप्पणीसमेत महालेखा परीक्षकले लेखेपछि त्यस विषयमा… पुरा पढौ

भिमादको वानटाङ खोलामा पक्की पुल निर्माण हुने 

दमौली । जिल्लाको भिमाद नगरपालिका–५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माण हुने भएको छ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने वानटाङ खोलामा पक्की पुल निर्माण प्रक्रिया सुरु गरेको हो । वर्षौँदेखि खोलामा पुल नहुँदा समस्या भोग्दै आएका यस क्षेत्रका बासिन्दालाई पुल बनेपछि आवागमनमा सहजता हुने भएको छ । आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत यहाँ पुल निर्माण गर्न लागिएको आयोजना प्रमुख श्यामजी भण्डारीले बताए । उनका अनुसार रु २५ करोड लागत अनुमानसहित यही असार १४ गते… पुरा पढौ

रास्वपा महामन्त्री एवं प्रवक्ता डा. ढकाल निलम्बित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाललाई एक हप्ताका लागि निलम्बन गरेको छ । पार्टीको अनुशासन आयोगको सिफारिसमा उनलाई पार्टीको केन्द्रीय समितिले निलम्बन गरेको हो । बुधबार राति अबेरसम्म बसेको पार्टीको केन्द्रीय समितिको बैठकले डा ढकाललाई बैठकमा अमर्यादित र अनुशासनहीन काम व्यवहार गरेको भन्दै कारबाहीका लागि निर्णय गरेको थियो । “केन्द्रीय समितिको बैठकमा उनले पार्टीको अनुशासनविपरीत अभद्र, अमर्यादित व्यवहार प्रस्तुत गर्नुका साथै पार्टीको छवि प्रतिकूल पार्ने अभिव्यक्ति दिँदै हिँड्काले उनलाई निलम्बन गर्ने निर्णय गरिएको हो”, केन्द्रीय… पुरा पढौ

तनहुँमा सवारी चालक अनुमतिपत्रको ‘ट्रायल’ परीक्षा पुनः सञ्चालन हुँदै

यातायात व्यवस्था कार्यालय तनहुँले यही असार २३ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित तथा प्रयोगात्मक परीक्षा पुनःसञ्चालनमा ल्याउने भएको छ । गत चैत १ गतेदेखि कार्यालयले परीक्षा स्थगन गरेको थियो । सवारी चालक अनुमतिपत्रका लागि फारम भरेका सेवाग्राहीको ‘बायोमेट्रिक’ सुरु गरिने कार्यालयका निमित्त प्रमुख कमला द्वारेले जानकारी दिए । तीन महिनासम्म दुई पाङ्ग्रे, चार पाङ्ग्रे, अटोरिक्सा र ट्र्याक्टरको सवारी चालक अनुमतिपत्रका लिखित तथा प्रयोगात्मक परीक्षासम्बन्धी सम्पूर्ण कार्य बन्द थियो । सार्वजनिक जग्गा मिचेर ‘ट्रायल सेन्टर’ बनाएको जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान… पुरा पढौ

पोखरा – २६ का महिलालाई क्षमता विकास तालिम प्रदान

पोखरा । पोखरा महानगरपालिका वडा नं. २६ का महिला तथा आमा समूहमा आवद्ध महिलाका लागि क्षमता विकाससम्बन्धी ३ दिने तालिम दिएको छ ।मंगलबार आयोजित तालिम समापनमा पोखरा २६ का अध्यक्ष नरेन्द्र थापाले सीप र ज्ञानको हस्तान्तरणले महिलाको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । अध्यक्ष थापाले आगामी आर्थिक वर्षका लागि वडा नं. २६ मा महिलाले नै योजना तर्जुमा गरेको उल्लेख गर्दै आगामी दिनमा वडामा हुने सार्वजनिक सरोकारका कार्यक्रम चलाउने गरी तयारी गर्न आग्रह गरे ।क्षमता विकासका लागि अन्यत्रसँग डुप्लिकेसन… पुरा पढौ

प्रधानमन्त्रीलाई सामुहिक राजीनामा बुझाउँदै एमाले सरकारबाट बाहिरियो

असार १९ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिएको छ । उक्त दलबाट नेतृत्व गरेका सबै आठजना मन्त्रीले प्रधानमन्त्री प्रचण्ड समक्ष राजीनामा बुझएका हुन् । त्यसअघि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा रहेका उनीहरुलाई सामूहिक राजीनामा दिन निर्देशन दिएका थिए । मङ्गलबार अध्यक्ष ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले २४ घण्टाभित्र पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको थियो । उक्त अवधिमा प्रधानमन्त्री प्रचण्डले राजीनामा नगरेपछि एमालेका… पुरा पढौ