समाचार

रैथाने उत्पादनको ब्राण्डिङमा प्रदेश सरकार प्रतिबद्ध :मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले रैथाने उत्पादनको ब्राण्डिङमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । साना तथा मझौला व्यवसायी महासंघ नेपाल कास्कीले आयोजना गरेको औद्योगिक मेलामा बोल्दै उनले अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न रैथाने उत्पादनलाई ब्राण्डिङ गर्नुुपर्ने बताएका हुन् । “गुणस्तरियतामा ख्याल राख्दै रैथाने उत्पादनको बजारीकरण गर्नुपर्ने आवश्यकता देखिन्छ । जसका लागि प्रदेश सरकार यहाँहरु सँगै छ ।”, उनले भने । मन्त्री थापाले साना तथा मझौला व्यवसायीहरुको आत्मबल बढाउने गरी प्रदेश सरकारले नीतिगत निर्णय… पुरा पढौ

एसइइ उत्र्तीण विद्यार्थीलाई विन्ध्यवासिनी माविको सम्मान

पोखरा । पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविले माध्यमिक शिक्षा परिक्षा उत्र्तीण विद्यार्थीलाई सम्मान गरेको छ ।विद्यालयवाट एसइइ परिक्षामा सफलता प्राप्त गरेका ७६ जना विद्यार्थी र उनका अभिभावकलाई सम्मान गरिएको हो । विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गुरुदत्त भट्टराई, विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य, सहायक प्रअ रामवहादुर वानियाँ, भेषराज पौडेल, समितिका सदस्य विमला अधिकारी, सन्दीप थापा, मेहरमान नेपाली, शिक्षक महेन्द्रमणि पौडेल,कृष्णप्रसाद पौडेल ,अभिभावक प्राध्यापक डा श्रीधर न्यौपाने लगायतले सम्मान गरे । कार्यक्रममा प्रधानाध्यापक आचार्यले सामुदायिक विद्यालय तर्फ विद्यालयले प्राप्त गरेको नतिजा अव्वल… पुरा पढौ

स्थानीय उत्पादन प्रवर्द्धन गर्न बेनीमा स्थापित कोसेलीघर सञ्चालनमा

म्याग्दी । म्याग्दी भित्रने प्रमुख नाका कालीपुलमा स्थानीय उत्पादनको बिक्री कक्ष (कोसेली घर)आजदेखि सञ्चालनमा आएको छ । जिल्लामा उत्पादन भएको कृषि, वन, पशुजन्य उत्पादनको बजारीकरण गर्ने उद्देश्यले जिल्लास्थित उद्योग वाणिज्य सङ्घ र महिला उद्यम विकास समितिले बेनी नगरपालिकासँगको समन्वयमा बिक्री कक्ष सञ्चालन गरेका हुन् । उक्त कक्षमा जिल्लामा उत्पादित सिमी, भागो, आलु, टिम्मुर, अल्लो र ढाकाका कपडा, मुडा, मह, मकै, अचार, भागोलगायत स्थानीय परिकार राखिएको महिला उद्यम विकास समितिका अध्यक्ष अम्बिका श्रेष्ठले जानकारी दिए । “म्याग्दी भित्रने र मुस्ताङ जाने–आउने… पुरा पढौ

व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत गर्दै चन्द्रबहादुर

गलकोट । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–६ अर्जेवाका चन्द्रबहादुर थापाले व्यावसायिक बाख्रापालनबाट वार्षिक रु चार लाख बचत गरिरहेका छन् । मलेसियामा पाँच वर्ष रोजगारी गरेर स्वदेश फर्केपछि ४१ वर्षीय थापाले ‘चन्द्रबहादुरको जिमिरे बाख्राफार्म’ मार्फत व्यावसायिक बाख्रापालन गर्दै आएका छन् । आमा मनरुपा थापाले गाउँलेको अधियाँ लिएर बाख्रापालन गरी घरखर्च गर्दै आएको देखेकाले विदेशबाट फर्किएर फार्म दर्ता गरी व्यावसायिक बाख्रापालन सुरु गरेको थापाले बताए। चार वर्षदेखि उक्त व्यवसायमा लागेको भन्दै उनले सबै खर्च कटाएर वार्षिक रु चार लाख बचत भइरहेको जानकारी दिए… पुरा पढौ

आमाहरुको पढने धोको पुरा, प्रभावकारी बन्यो  शैक्षिक सहजता कार्यक्रम

पोखरा । झोला बोकेर स्कुल पढन् जाने ठूलो रहर थियो, तर स्कुल जान पाइनन् ।  गोरखाको दुुर्र्गम गाँउमा जन्मेकी सुन्ती घलेलाई घर परिवारले पढन्को लागि किताव कापीको झोला भन्दा घरको काम धन्दा गर्न बोझ थपी दिए । पोखरा महानगरपालिका वडा नम्वर २९ भण्डाढिकको नयाँ बस्तीमा आएपछि सुन्तीको पढने धोको पुरा भयो । पोखरा महानगरपालिकाले विगतमा शिक्षा आर्जनबाट बञ्चित भएका महिलाका लागि उपप्रमुखसंग महिला कार्यक्रम अन्र्तगत शैक्षिक सहजता कार्यक्रम सञ्चालन गरेपछि सुुन्ती लगायतका आमाहरुको पढ्न् धोको पुरा भएको छ । सुुरु… पुरा पढौ

पर्वतीय संग्रहालयमा सगरमाथा आरोहणको इतिहासबारेको नयाँ डकुमेन्ट्री

पोखरा । पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा सगरमाथा आरोहणको इतिहास समेटिएको नयाँ डकुमेन्ट्री प्रर्दशन थालिएको छ । अल्पाइन क्लबले माउन्ट एभरेष्ट फाउण्डेसनसँगको सहकार्यमा तयार पारेको ‘एभरेष्ट बाइ दोज हु वेयर दियर’ डकुमेन्ट्री प्रदर्शन गरिएको हो । संग्रहालयमा आउने पर्यटकलाई यो डकुमेन्ट्री नियमित देखाइने संग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानेले बताइन् । जोन पोर्टर र डन बुसले निर्माण गरेको डकुमेन्ट्री ३४ मिनेट लामो छ । सगरमाथा आरोहणका निम्ति सन् १९२१, २२ र २४ मा तिब्बततर्फबाट भएका प्रयासबारे डकुमेन्ट्रीमा उतारिएको छ । एक सय… पुरा पढौ

पिसिएमका विद्यार्थीहरुले गरे नमूना पत्रकार सम्मेलनको अभ्यास

पोखरा, असार १७ पोखरा नदीपुरस्थित पोखरा कलेज अफ म्यानेजमेन्टका विद्यार्थीहरुले नमूना पत्रकार सम्मेलनको अभ्यास गरेका छन् । कलेजको बिबिए आठौं सेमेस्टरका विद्यार्थीहरूले आइतबार नमुना पत्रकार सम्मेलन अभ्यास गरेका हुन् । पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजित नमूना पत्रकार सम्मेलनमा दुई सेक्सनका ७२ जना विद्यार्थीहरूले ६ वटा समूहमा बाँडिएर अभ्यास गरेका थिए । बिबिए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीहरूलाई कार्यक्षेत्रको प्रत्यक्ष अनुभव गराउने उद्देश्यले नमूना पत्रकार सम्मेलनको अभ्यास आयोजना गरिएको कलेजका बिबिए कार्यक्रम संयोजक हरी अधिकारीले जानकारी दिए… पुरा पढौ

एसओएस गण्डकीमा राष्ट्रिय सेवा दलको अभिमुखीकरण

पोखरा । पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीबाट राष्ट्रिय सेवा दल (एनसिसी) को प्रशिक्षणमा सहभागी विद्यार्थीहरूको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको सभाकक्षमा आयोजित एक विशेष समारोहका बीचमा उक्त अभिमुखीकरण कार्यक्रमअन्तर्गतको प्रथम प्रवचन समारोह आयोजना गरिएको हो । पोखरा महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका सहप्रधानाध्यापक प्रभास पौडेलले प्रशिक्षण अवधिभरि विद्यार्थीहरू राष्ट्रभक्तिको भावनाले ओतप्रोत रही राष्ट्रिय सेवा दलको मर्म र भावनाअनुसार कार्य गर्न सक्षम रहने विश्वास व्यक्त गर्दै उपस्थित अतिथिगणलाई… पुरा पढौ

बिहीबारसम्म मनसुन थप सक्रिय हुने, सतर्क रहन अनुरोध

देशभर बिहीबारसम्म मनसुन थप सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखाका कारण यो सक्रिय हुन थालेको हो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय रेखा आगामी केही दिन नेपालको दक्षिणी भाग÷सिमाना आसपास रहने भएकाले मनसुन थप सक्रिय हुने सम्भावना कायमै रहेको हो । यही असार २० गतेसम्म आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । मनसुन अवधिमा देशभर साधारणतयादेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । सो अवधिमा… पुरा पढौ

‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटमा मार्ग खुलेको डेढ दशकपछि सडक कालोपत्र र ढलान भएको छ । बेनी नगरपालिकाको अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक आयोजनाअन्तर्गत बाँसबोट क्षेत्रमा ट्र्याक खुलेको १७ वर्षपछि सडक कालोपत्र र ढलान भएको हो । गण्डकी प्रदेश सरकारको रु ५० लाख सशर्त अनुदान र बेनी नगरपालिकाले रु ३० लाख बजेट विनियोजन भएको यस सडक आयोजना निर्माणका लागि श्रमजिवी निर्माण सेवाले रु ५६ लाख ५२ हजार ४५ मा ठेक्का सम्झौता गरेको थियो । बाँसबोटमा तीन सय ३० मिटर सडक प्रिमिक्स कालोपत्र… पुरा पढौ