समाचार

कालीगण्डकी नदी कटानले औद्योगिक ग्राम जोखिममा

बागलुङ नगरपालिकाले औद्योगिक ग्रामका लागि आवश्यक संरचना बनाउन नपाउँदै कालीगण्डकीले जमिन बगाउन थालेको छ । औद्योगिक ग्राम बनाउने भन्दै नगरपालिकाले चार वर्षअघि काम थालेको थियो । नदीले धेरै जमिन कटान गरेपछि औद्योगिक ग्राम निर्माणस्थलनै जोखिममा परेको हो । कालीगण्डकी नदी र करिडोरको नजिकै रहेको सय रोपनीभन्दा बढी जमिनमा औद्योगिक ग्राम बनाउने प्रयास भए पनि कटान रोक्न नसक्दा नगरपालिकाले काम अगाडि बढाउन नसकेको हो । सुरुआती समयमा जमिन सम्याउने, घेराबार लगाउने र केही उद्योग स्थापित गरिहाल्ने गरी संरचना निर्माणको ठेक्का लगाए… पुरा पढौ

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

पोखरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । निगमले आइतबार मध्यरातदेखि लागु हुनेगरि पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको छ । मूल्य बढेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १६७ र डिजेलको मूल्य १५७ रुपैयाँ कायम भएको छ । यस्तै हवाई इन्धन र खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ । निगमले… पुरा पढौ

उद्धार र राहतमा गण्डकी सरकार जिम्मेवार भएन : पूर्व मुख्यमन्त्री अधिकारी

असार १६ पोखरा । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिमा परेका जनताको उद्धार र राहत लगायतमा गण्डकी प्रदेश सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको बताएका छन् । आइतबार प्रदेश सभा बैठकमा बोल्दै नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता समेत रहेका अधिकारीले संसदमा सांसदहरुले उठाएका महत्वपूर्ण विषयलाई सरकारले वास्ता नगरेको गुनासो गरे । संसदमा उठेका कुरालाई सम्बोधन नगर्ने खालको निष्प्राण सरकार संसदले परिकल्पना नगरेको उनको प्रष्टोक्ति थियो । हालै अविरल वर्षाको कारण आएको बाढी, पहिरो तथा… पुरा पढौ

सरकारलाई सांसद केसीको प्रश्न : योग सिकाउन एक करोड २१ लाख छुट्याएर कस्तो समृद्धितिर जाने ? 

पोखरा । गण्डकी प्रदेश सभा सदस्य प्रकाशबहादुर केसीले आगामी आर्थिक वर्षको बजेटमा प्रतिपक्षी सांसदलाई पेलेर जान नीति तथा योजना आयोग सक्रिय बनेको दाबी गरेका छन् । आइतबार अर्थ र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयअन्तर्गतको छलफलमा नेकपा एमालेका सांसद केसीले प्रतिपक्षीलाई पेलिएको भन्दै असन्तुष्टि जनाए ।  सरकारले गर्दा धेरै सांसदलाई निर्वाचन क्षेत्रका जनतासामु जानै नसक्ने अवस्था बनेको सांसद केसीले गुनासो गरे । ‘बजेट हेर्दा जनतालाई उत्पादनसँग कसरी जोड्ने, रोजगारी सिर्जना, पर्यटनको विकास कसरी गर्ने भन्नेमा सरकार गम्भीर बनेको देखिएन,’ उनले भने,… पुरा पढौ

प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित

असार १६ काठमाण्डौं । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको ‘आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो । उक्त विधेयकमाथिको छलफलमा सांसदहरु प्रेम सुवाल, डा प्रशाकशरण महत, दीलेन्द्रप्रसाद बडू र किरणकुमार साहले भाग लिएका थिए । छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले करका कानुनलाई वैज्ञानिक एवं लगानीमैत्री र पारदर्शी बनाउन आर्थिक विधेयकमा सामान्य हेरफेरको प्रस्ताव गरिएको बताए । त्यसअघि उक्त विधेयकमाथि सांसद सुवाल… पुरा पढौ

एकीकृत समाजवादीप्रति जनताको विश्वास बढेको छ : अध्यक्ष नेपाल

असार १६ काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी संविधान र गणतन्त्रको रक्षाका लागि स्थापना भएकाले देशभरका जनतामा विश्वास बढेको बताएका छन् । दशौँ राष्ट्रिय महाधिवेशनलाई आज सम्बोधन गर्दै उन्ले अहिले पनि लोकतन्त्र खतरामा रहेको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले जनताको अधिकार स्थापित गर्न आत्मविश्वासका साथ पार्टीलाई जनतामा केन्द्रित गर्नुपर्नेमा जोड दिए । रासस पुरा पढौ

जनअपेक्षा पूरा गर्न सम्पूर्ण लोकतन्त्रवादी राष्ट्रिय शक्ति एकताबद्ध हुनुपर्छः प्रधानमन्त्री प्रचण्ड

असार १६ काठमाण्डौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका आशा एवम् अपेक्षा पूरा गर्न सम्पूर्ण लोकतन्त्रवादी राष्ट्रिय शक्ति एकताबद्ध हुनुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा उनले देशका अगाडि देखापरेका समस्या समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए । प्रधानमन्त्री प्रचण्डले परिवर्तनको आन्दोलनमा योगदान गरेका नेताले जनअपेक्षा पूरा गर्न फेरि एकपटक सङ्कल्प लिने जरुरी रहेको बताए । उनले भने, “आन्दोलनका नेताले अझ ठूलो परिवर्तनका… पुरा पढौ

कालिका बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र

असार १६ पोखरा । कालिका बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र (क्युएए) प्राप्त गरेको छ । क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोगले शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिसमा असार १२ गते एक समारोहका बीच क्याम्पसलाई प्रमाणपत्र हस्तान्तरण गरेको हो । लामो समयदेखिको मेहनत र प्रयास पछि सबै चरण पार गरी क्याम्पसलाई क्युएए प्राप्त भएको क्याम्पस प्रमुख विरन्जी गौतमले बताए । क्युएए शैक्षिक गुणस्तरका निम्ति अन्तर्राष्ट्रिय मापन भएकाले सो प्रमाणपत्र पाएका क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय क्षेत्रमा सहज हुने उनको भनाइ छ… पुरा पढौ

धादिङ समाजको रक्तदानमा १ सय ३७ युनिट रगत संकलन

पोखरा । धादिङ–पोखरा सम्पर्क समाजद्वारा आयोजित २१औं खुला रक्तदान कार्यक्रममा एक सय ३७ युनिट रगत संकलन भएको छ । समाजले २६औं स्थापना दिवसको अवसर पारेर शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले रक्तदान जत्तिको पवित्र कार्य अन्य हुन नसक्ने बताए । उनले धादिङवासीलाई पोखरामा एक्लो महसुस हुन नदिने भन्दै प्रत्येक गतिविधिमा सहयोग गर्ने प्रतिवद्धता जनाए । समाजका अध्यक्ष रामप्रसाद पाण्डेले रक्तदान समाजको सबैभन्दा उत्कृष्ट कार्यक्रम भएको भन्दै रगत संकलनमा प्रत्येक वर्ष… पुरा पढौ

गार्डेन दर्पण लोकार्पण

पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनको आवधिक प्रकाशन गार्डेन दर्पण एक समारोहका बीच लोकार्पण गरिएको छ । दर्पणको लायन वर्ष २०२३÷२४ का जोन २८ का चियर पर्सन पूर्णमान लालचन, क्लब अध्यक्ष तुलबहादुर रानाभाट, समाजसेवी यमबहादुर गुरुङ, रमा पराशर र इलेक्ट अध्यक्ष ई. सुजित बिजुक्छेले संयुक्तरूपमा लोकापर्ण गरे । कार्यक्रमका प्रमुख अतिथि पूर्णमान लालचनले क्लबले क्लबका गतिविधिसहित प्रकाशित गरेको गार्डेन दर्पणलाई आफ्नो कार्यकालको महत्वपूर्ण प्राप्तिका रूपमा लिएको बताए । अतिथि लालचनले सेवाका स्तरीय कार्यक्रम गर्न संख्या धेरै आवश्यक नपर्ने… पुरा पढौ