समाचार

पठाओको आग्रह: जरिवाना काट्ने र थुन्ने नगरियोस्

पोखरा । गण्डकीमा राईड सेयरिङको कानून छ तर कार्यविधी र मापदण्ड बनेको छैन । त्यसैले यहाँ राईड सेयरिङ वैधानिक छैन । यसैलाई टेकेर यातायात व्यवस्था (सवारी) कार्यालय पोखराले राईड सेयरिङ चलाउन रोक लगाएको छ । गत असार ८ गते एक सूचना जारी गर्दै कार्यालय प्रमुख डिल्लीराम रिज्यालले राईड सेयरिङ एपमार्फत सेवा सञ्चालन गरेको पाइए कारवाही गर्ने जनाएका छन् । राईड सेयरिङको मापदण्ड नबन्दा भाडादर तोकिएको छैन भने यात्रु वीमाबारे अन्यौल छ । यसका बाबजुद पोखरामा राईड सेयरिङ एपमार्फत सेवा सञ्चालन… पुरा पढौ

मुस्ताङमा पर्यटन तथा पर्वतारोहण विषय पढ्नेलाई अनुदान

मनाङ । जिल्लाको नासों गाउँपालिकाले पर्यटन तथा पर्वतारोहण विषय लिएर अध्ययन गर्ने विद्यार्थीलाई अनुदान उपलब्ध गराउने भएको छ । गाउँपालिकालले यस विषयमा अध्ययन गरिरहेका विद्यार्थीलाई अवलोकन भ्रमण तथा स्थलगत अध्ययनका लागि रु ५० हजार अनुदान दिने नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले प्रकाशज्योति माध्यमिक विद्यालयमा कक्षा १२ मा पर्यटन तथा पर्वतारोण विषय अध्यापन भइरहेको र त्यहाँका विद्यार्थीलाई अनुदानको व्यवस्थापन गरिएको बताए । उनका अनुसार प्रतिविद्यार्थी रु ५० हजार गाउँपालिकाले उपलब्ध गराउनेछ । उनले भने, “हिमाली जिल्ला… पुरा पढौ

एनआईसी एसिया बैंकको मास्टर कार्ड पोखराबाट लञ्चिङ

पोखरा । एनआईसी एसिया बैंकले मास्टर कार्ड पोखराबाट लञ्चिङ गरेको छ । एनआईसी एसिया बैंकले गण्डकी प्रदेशको राजधानी पोखराबाट आइतबार नेपालका लागि मास्टर कार्ड लञ्चिङ गरेको हो । कार्यक्रममा बैंकका गण्डकी शाखा प्रमुख दीपेन्द्र शर्मा र आस्था प्रियादर्शीले संयुक्त रुपमा मास्टर कार्डको लञ्चिङ गरे । पर्यटनको राजधानी पोखराबाट मास्टर कार्ड लञ्चिङ गरेर डिजिटल क्षेत्रमा एनआईसी एसिया बैंक अग्रणी भएको सन्देश दिएको बैंकका गण्डकी शाखा प्रमुख दीपेन्द्र शर्माले बताए । पोखरामा सबै देशबाट पर्यटकहरु आउँछन्,उनले भने,‘उनीहरुलाई मास्टर कार्डबाट बैंकिङ कारोबार सहज… पुरा पढौ

कोरोना भाइरसविरुद्धको ४६ हजार ८० हजार मात्रा खोप ल्याइयो

काठमाडौँ । सरकारले कोरोना भाइरसको कोरोनाविरुद्ध खोप ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप आज कतार एयरवेजमार्फत ल्याएको हो । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले आज ४६ हजार ८० हजार मात्रा खोप ल्याइएको जानकारी दिए । नेपालमा गत जेठमा नयाँ भेरियन्ट ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी४’ देखिएसँगै सरकारले खोप ल्याएको हो । उनले आजदेखि नियमित रुपमा पाँच दिनसम्म कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइने… पुरा पढौ

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १४ दशमलव ८३ अङ्कले घटेर दुई हजार ३७ दशमलव ०९ को विन्दुमा कायम भएको छ । आज विभिन्न तीन सय २० कम्पनीको ९१ लाख ७८ हजार आठ सय ९५ कित्ता शेयर ५० हजार नौ सय ५२ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ६० करोड ७१ लाख ९८ हजार चार सय सात बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा… पुरा पढौ

पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल

गण्डकी । पर्यटकीय राजधानी पोखरा केबल मानव समुदाय घुम्ने पर्यटकीय गन्तव्य मात्रै होइन यो त स्वदेश एवं विदेशका चरा पनि घुम्ने र विचरण गर्ने स्थल हो । तालैतालको सहरको उपमा पाएको पोखरामा नौ ताल रामसार सूचीमा समेत सूचीकृत भइसकेका छन् । यिनै तालतलैयाका कारण पोखरा चरा पर्यटनका लागि पनि आकर्षक गन्तव्य बनेको छ । पोखराका तालतलैयामा बर्सेनि झण्डै तीन सय प्रजातिका विदेशी चरा चीन, साइबेरिया लगायतका देशबाट आउने गरेको पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए । प्रत्येक वर्षको हिउँद… पुरा पढौ

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन अभ्यास आयोजना

पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा बिबिए आठौं सेमेस्टरका विद्यार्थीहरुले आइतबार नमूना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन् ।पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुईवटा सेक्सनका ७२ जना विद्यार्थीहरुले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतिकरण गरेका थिए ।बिबिए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीहरुलाई कार्यक्षेत्रको प्रत्यक्ष अनुभव गराउने सन्दर्भमा यो कार्यक्रम आयोजना गरिएको कलेजका बीबीए कार्यक्रम संयोजक हरी अधिकारीले बताए ।कार्यक्रममा क्याम्पस प्रमुख लिना श्रेष्ठ नेगीले विद्यार्थीहरुले यस्ता कार्यक्रमबाट आफ्नो व्यवसायीक जीवनमा अत्यन्त काम लाग्ने सीप… पुरा पढौ

गण्डकी लगाएत तीन प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । कोशी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा जनाइएको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम… पुरा पढौ

म्याग्दीको हाँडेभिर–बगरफाँट–भकिम्ली कृषि सडकको स्तरोन्नति सुरु

गलेश्वर । ट्रयाक खुलेको १८ वर्षपछि म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभिर–बगरफाँट–भकिम्ली जोड्ने सात किलोमिटर कृषि सडकको स्तरोन्नति सुरु भएको छ । विसं २०६३ मा ट्रयाक खुलेको सात किलोमिटर लामो उक्त सडकको बगरफाँट–दूधेखोला खण्डको तीन किलोमिटर सडक ग्राभेल र दुधेखोलाबाट भकिम्लीतर्फको तीन सय ९० मिटर सडक ढलान गर्न थालिएको हो । भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयले रु पाँच करोड ५९ लाखको लागतमा सडक निर्माण पूरा गरिने जनाएको छ । जिल्ला पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर रविन चोखालका अनुसार हाँडेभिरबाट बगरफाँटको बुद्ध… पुरा पढौ

बागलुङमा २० प्रतिशत मात्रै धान रोपाइँ,परम्परागत बीउले धान उत्पादन बढेन

बलेवा । यस वर्षको असार १५ सम्ममा बागलुङमा २० प्रतिशत मात्रै धान रोपाइँ भएको छ । वर्षात ढिला हुँदा रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुनले बताए। अझैपनि अधिकांश स्थानमा मुल नै नफुटेको, सिँचाइका लागि कुलो तथा नहर सञ्चालनमा आउन नसकेका कारण रोपाइँ कम भएको उनको भनाइ छ । लामो समयको खडेरीका कारण मकै लगाउन पनि ढिलाइ भएको उनले बताए । गलकोट नगरपालिका बाहेकका पालिकामा धान रोपाइँ न्यून भएको पुनले जानकारी दिए । एक दशकअघि जिल्लाका… पुरा पढौ