समाचार

पोखराको ॐकारेश्वर मन्दिरमा रु १ लाख ५५ हजार बराबरका सिसिटिभी क्यामेरा हस्तान्तरण

पोखरा । लायन्स क्लब अफ पोखरा इन्फर्मेशन टेक्नोलोजीले पोखरा–१७ स्थित धार्मिक तथा पर्यटकीय स्थल ॐकारेश्वर महादेव मन्दिर परिसरमा जडान गरिएका सिसिटिभी क्यामेरा मन्दिर सञ्चालक समितिलाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ ।बिहीबार मन्दिर परिसरमै आयोजित एक कार्यक्रमका बीच लायन्स क्लब इन्टरनेश्नल डिष्ट्रिक ३२५ आई नेपालका डिष्ट्रिक गभर्नर लायन सूर्य बहादुर केसीको प्रमुख आतिथ्यतामा रु १ लाख ५५ हजार लागतमा जडान गरिएका ८ वटा उच्च प्रविधियुक्त सिसिटिभी क्यामेरा हस्तान्तरण गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक गभर्नर लायन सूर्य बहादुर केसीले लायन्सको यो… पुरा पढौ

मुख्य न्यायाधिवक्ताको कार्यालयद्वारा वार्षिक प्रतिवेदन पेस

पोखरा, २८ साउन । गण्डकी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पेस गरेका छन् ।प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले मुख्य न्यायाधिवक्ता मुख्यमन्त्रीका कानुनी सल्लाहकार भएकाले प्रदेश सरकारको न्यायिक कामकारबाहीमा सहयोग गर्नु प्रमुख दायित्व रहेको बताए । प्रदेश सरकारलाई कानुनी सल्लाहसँगै न्यायिक कामकारबाहीमा सहायता प्रदान गर्ने जिम्मेवारी मुख्य न्यायाधिवक्ताको रहेको उनले बताए ।मुख्य न्यायाधिवक्ता पौडेलले कानुनी व्यवस्थाअनुसार कार्यालयले प्रत्येक वर्ष वार्षिक प्रतिवेदन पेस गर्दै आएको बताए । उनले गत… पुरा पढौ

माउन्ट अन्नपूर्णमा नेपाली निबन्ध लेखन प्रतियोगिता

पोखरा ३, नदीपुरमा भिसी मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीलाई लक्षित गरी नेपाली निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ। ‘सामाजिक सञ्जालले मानव जीवनमा पारेको प्रभाव’ विषयमा आयोजित प्रतियोगितामा विद्यार्थीहरूले उत्कृष्ट प्रतिभा तथा सिर्जनशीलता प्रस्तुत गरेका थिए । प्रतियोगितामा कक्षा ११ का निसान तिलिजा प्रथम भएका छन्.त्यस्तै कक्षा १२ की कञ्चन पुर्जा पुन द्वितीय तथा कक्षा ११ की अनिला गौचन र खुसी कुमारी सर्राफ तृतीय हुन सफल भएको विद्यालयका प्रिन्सिपल सइन्द्रराज श्रेष्ठले बताए । प्रतियोगिताबारे… पुरा पढौ

नेपाली कांग्रेसका पूर्व सभापति देउवा स्वदेश फिर्ता, विमानस्थलमा नेता, कार्यकर्ताद्वारा भव्य स्वागत

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन् । गत फागुन १३ मा श्रीमती आरजु राणासहित सिंगापुर उडेका देउवा करिब ६ महिनापछि बिहीबार नेपाल फर्किएका हुन् । उनी उपचारका लागि भन्दै सिंगापुर गएका थिए । उनलाई विमानस्थलमा बाजागाजा र झाँकीसहित भव्य स्वागत गरिएको छ ।देउवाको स्वागतमा पुगेका कार्यकर्ताले उनको समर्थनमा नाराबाजी समेत गरेका छन् ।उनको स्वागतमा कांग्रेस संस्थापन इतरका नेताको विमानस्थलमा भिड लागेको थियो । राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौं पुगेका देशभरका कार्यकर्ता पनि उनको स्वागतका लागि विमानस्थल पुगेका थिए… पुरा पढौ

कागबेनी छुसाङ सडक निर्माण सुरु

मुस्ताङको छुसाङ कागबेनी १० किलोमिटर सडक निर्माण सुरु भएको छ । बेनी जोमसोम(कोरला सडक आयोजनाले रु २८ करोड ८७ लाखमा सम्झौता गरी उक्त सडक निर्माण थालेकोे हो । विसं २०८४ साल असार २४ गतेसम्म उक्त खण्डको निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको आयोजनाका प्रतिनिधि सागर सुवेदीले जानकारी दिए । आयोजनाले जोमसोम(कोरला सडकखण्डको छुसाङदेखि घमीसम्मको ४२ किलोमिटर सडकको कालोपत्र पुरा गर्न टेण्डर आव्हान गरी सकेको छ । उक्त खण्डको लागद रु दुई अर्ब रहेको छ । रासस पुरा पढौ

जनताका चाहना असीमित छन्, स्रोत भने सीमित छः अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा आज मतदातासँगको भेटघाटमा उनले सीमित स्रोतसाधनकाबीच जनताका अपेक्षा पूरा गर्न सरकार क्रियाशील रहेको जानकारी दिए । अर्थमन्त्री वाग्लेले भने, “बजेटका सीमाहरु छन्, रकम थोरै छ । जनताका अपेक्षा धेरै छन् । जुन बस्तीमा पुगेपनि जनताले खानेपानी, सडक, विद्यालय, स्वास्थ्यचौकी, तटबन्धन, खेलमैदानका माग गर्नुहुन्छ, सरकारले सक्दो त्यसलाई सम्बोधन गर्न प्रयास गरिरहेको छ ।” उनले तनहुँको विकासका लागि आफू प्रतिबद्ध रहेको बताउँदै यसपटकको… पुरा पढौ

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर बेपत्ता भएका १० मध्ये एक जनाको शव फेला परेको छ । घटनास्थलबाट स्थानीय ७१ वर्षीया मनरखी पुन मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी कार्यालयका अनुसार पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । उक्त पहिरोमा परी बेपत्ता हुनेमा ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन… पुरा पढौ

मानव सेवा आश्रमलाई खौलालाँकुरी सम्पर्क समाजको सहयोग

खौलालाँकुरी पोखरा सम्पर्क समाजले छोरेपाटनस्थित मानव सेवा आश्रममा आश्रितलाई खाना सहयोग गरेको छ । समाजले आठौं बर्ष प्रवेशको अवसरमा त्यहाँ आश्रित ९० जनालाई मंगलबार बेलुकाको खाना खुवाएको छ । उक्त कार्यक्रमको उद्घाटन गर्दै समाजका अध्यक्ष लालप्रसाद शर्माले समाजको आठौ वर्षको यात्रा केवल वर्ष गन्तीको मात्र यात्रा नभई सामाजिक भावना, आपसी एकता, सहकार्य र सेवाको यात्रासमेत रहेको बताए । ‘समाज परिवर्तन ठूलो कामबाट मात्र हुँदैन । कहिलेकाहीँ एउटा व्यक्तिलाई दिएको सहयोग, एक छाक खाना, एक थोपा रगत वा आवश्यक परेको बेला… पुरा पढौ

सरकारी कार्यालयमा दिइने निवेदनको ढाँचामा एकरूपता ल्याइने, सरकारद्वारा मागर्दशन जारी

सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि प्रयोग हुने निवेदनको ढाँचामा एकरूपता ल्याउने उद्देश्यले मागर्दशन जारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ जारी गर्दै सबै सरकारी कार्यालयमा यसको कार्यान्वयन गर्न निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिए । सरकारी कार्यालयबाट प्रदान गरिने समान प्रकृतिका सेवाका लागि फरक–फरक निवेदन ढाँचा प्रयोग भइरहेको अवस्थालाई अन्त्य गर्दै सेवा प्रवाहलाई सरल, सहज, प्रभावकारी, सेवाग्राहीमैत्री तथा सूचना प्रविधिमा… पुरा पढौ

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राष्ट्रिय खेलकुद परिषद्को बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व भएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पछिल्लोपटक धनीराम चौधरी र ललिता नाथलाई मनोनयन गरेपछि बोर्डमा खेलाडीको उपस्थिति बढेको हो ।राष्ट्रिय खेलकुद विकास ऐनबमोजिम रिक्त सदस्य पदमा मन्त्री पोखरेलले मन्त्रीस्तरीय निर्णयबाट उनीहरुलाई मनोनयन गरेका हुन् । हाल प्रशिक्षकका रूपमा कार्यरत धनीराम पूर्वराष्ट्रिय धावक हुन् भने ललिता नाथ पूर्वराष्ट्रिय भलिबल खेलाडी हुन् । हाल राखेपको उपाध्यक्षमा विशाल श्रेष्ठ छन् । उनी पूर्वफुटबल खेलाडी, बोर्ड सदस्य सिक्का सुवाल श्रेष्ठ पनि पूर्वटेबल टेनिस खेलाडी, र… पुरा पढौ