समाचार

आठ वर्षमा पनि बनेन पर्वतको शीत भण्डार

पर्वत । पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा निर्माणाधीन कोल्डस्टोर (शीत भण्डार) विगत आठ वर्षदेखि अलपत्र बनेको छ । आर्थिक वर्ष २०७३्/७४ मा रु पाँच करोडको लागतमा निर्माण सुरु भएको उक्त कोल्डस्टोरले पूर्णता पाउन नसकेको हो । बेमौसममा सुन्तला र आलुलगायत फलफूल तथा तरकारीलाई बजारमा पठाउने गरी रु पाँच करोड लागत अनुमान गरी कोल्डस्टोर निर्माणको अवधारणा ल्याइएको थियो । दुई तलाको कोल्डस्टोर निर्माण योजना तीनै तहका सरकारबाट पर्याप्त बजेट निकासा नहुँदा अलपत्र बनेको शीत भण्डार निर्माण समितिका अध्यक्ष गङ्गा तिमिल्सिनाले बताए ।… पुरा पढौ

स्वर्गीय कुँवरको नौ दिनको पूज्य तिथिमा काँग्रेस वडा नम्बर ६ द्वारा श्रद्धाञ्जली सभा

पोखरा । नेपाली काँग्रेसले क्रियाशील सदस्य तथा नेपाली काँग्रेस वडा इकाई ६ का उपसभापति शिवजी कुवँरकोे निधन भएकोमा दुःख व्यक्त गरेको छ । नेपाली काग्रेस वडा इकाई ६ बदामले कुवँरकोे निधन भएको आज नवौं दिन श्रद्धाञ्जली सभा आयोजना गरेर श्रद्धाञ्जली व्यक्त गरेको हो । श्रद्धाञ्जली सभामा बाल्दै नेपाली काग्रेसकी केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य शारदा पौडेलले नेपाली काग्रेसले एउटा असल लोकतान्त्रिक योद्धा लाई गुमाउनु परेकोमा दुःख व्यक्त गरेकी छन । उनले शिवजीको निधनले काँग्रेसले एक असल योग्य कार्यकर्ता गुमाए… पुरा पढौ

नेपाल कुष्ठरोग निवारण संघद्वारा पोखरा आरोग्य आश्रममा विविध कार्यक्रम सम्पन्न

पोखरा । नेपाल कुष्ठरोग निवारण संघ पोखराको समन्वयमा पोखरा आरोग्य आश्रम पोखरा १५, टुटुङ्गामा शिलालेख अनावरण, भान्छाकोठा निर्माण र लत्ताकपडा वितरण गरिएको छ । पोखरा १५ निवासी समाजसेवी दानवीर नेपाल कुष्ठरोग निवारण संघ पोखराका सदस्य खरिलाल विश्वकर्माले कुष्ठरोग प्रभावित व्यक्तिहरुको सहयोगार्थ वि.सं. २०४३ सालमा ०–१२–१–१ क्षेत्रफल जग्गा दान गरेका थिए । सोही जग्गामा विश्वकर्माले शनिबार शिलालेख अनावरण गरिएका हुन् । विश्वकर्माले कुष्ठप्रभावित व्यक्तिको लागि सहयोग गर्न पाएकोमा खुसी लागेको बताउँदै यसबाट प्रभावित हुन नदिन सबैले जनचेतना फैलाउनु पर्ने बताए । कार्यक्रममा… पुरा पढौ

वालिङमा ‘कृषि विकास परियोजना’ सञ्चालन

वालिङ । स्याङ्जाको वालिङमा आर्थिक अवस्था कमजोर भएका नागरिकलाई उद्यमशील बनाउने उद्देश्यले ‘कृषि विकास परियोजना’ सञ्चालन गरिएको छ । वालिङका विपन्न र न्यून आय भएका परिवारलाई आयआर्जनसँग जोड्दै गरिबी निवारण गर्ने उद्देश्यसहित परियोजनाको सुरुआत गरिएको हो । वालिङ नगरपालिका, हेफर प्रोजेक्ट नेपाल र दियालो संस्थाको सहकार्यमा परियोजना गत वैशाख अन्तिम सातादेखि सुरु भएको हो । कृषि विकास परियोजनामार्फत विशेषगरी कृषि र पशुका माध्यमबाट नगरवासीको आर्थिकस्तरमा सुधार ल्याउने योजना पालिकाको रहेको नगरप्रमुख कृष्ण खाँणले बताए । “कृषि विकास परियोजनामार्फत कृषि र… पुरा पढौ

बुर्तिबाङ बजारलाई नमुना शहर बनाउने काम सुस्त

ढोरपाटन । बागलुङको बुर्तिबाङ बजारलाई नमूना बनाउने गरी काम सुरु भएको नौ वर्ष भइसकेको छ । विसं २०७२ मा दश नमूना सहर बनाउने सरकारको योजनाअनुसार आर्थिक वर्ष २०७२/७३ देखि बजेट विनियोजन गरेर काम सुरु भएको थियो । बुर्तिबाङ बजारमा नयाँ सहर आयोजना कार्यालय स्थापना गरी काम हुँदै आए पनि काम अपेक्षाअनुसार हुन नसकेको स्थानीय बताउँछन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग छेउमै पर्ने बुर्तिबाङ बजार जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र हो । साँघुरो बजारमा साँघुरै सडक हुँदा पनि नयाँ सहर… पुरा पढौ

गण्डकी प्रदेश लगाएतका स्थानमा आंशिक बदली हुने

काठमाडौँ । देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुने छ । कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा देशका बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हुरी चल्ने सम्भावना पनि… पुरा पढौ

म्याग्दीको दग्नाममा खेलमैदान निर्माण

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा खेलमैदान निर्माण भएको छ । दग्नामको एकता युवा क्लबले गाउँपालिका, प्रदेश सरकार, जलविद्युत् आयोजना र स्थानीयवासीको सहयोग जुटाएर प्यारापिटसहितको खेलमैदान निर्माण गरेको हो । चालीस लाखको लागतमा एक सय मिटर लम्बाइ र ५० मिटर चौडाइ भएको खेलमैदान निर्माण भएको क्लबका अध्यक्ष मनोज तिलिजाले बताए। “व्यवस्थित खेलमैदान बनेपछि विद्यालय परिसर र खेतबारीमा खेलअभ्यास तथा प्रतियोगिता सञ्चालन गर्नुपर्ने समस्या हटेको छ”, उनले भने । खेलाडीलाई फुर्सदको समयमा ब्यायाम, खेलअभ्यास र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ… पुरा पढौ

टेन टु इलाभेनलाई भेट्रान्स फुटसलको उपाधि

जेठ १९ पोखरा । स्वर्णिम एफसीद्वारा आयोजित पहिलो संस्करणको भेट्रान्स (३५ बर्ष भन्दा माथी) फुटसल प्रतियोगिताको उपाधि टेन टु इलाभेनले जितेको छ । अमरसिंह स्पोर्टस् सेन्टरमा आज (शनिबार) भएको फाइनल खेलमा आयोजक (स्वर्णिम एफसी) रातोलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै टेन टु इलाभेनले उपाधि जितेको हो । उपाधिसँगै टेन टु इलाभेनले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको आयोजकले स्वर्णिम एफसीले नगद रु ३० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे… पुरा पढौ

नेकपा माओवादी केन्द्र पोखरा २८ मा दुधराज तिवारी

जेठ १९ पोखरा । नेकपा माओवादी केन्द्र पोखरा–२८ मा दुधराज तिवारीको अध्यक्षतामा २१ सदस्यीय समिपत सर्वसम्मत चयन भएको छ । शनिबार सम्पन्न वडा अधिवेशनले तिवारीको अध्यक्षतामा समिति सर्वसम्मत चयन गरेको हो । यसअघि अधिवेशनको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्ष तथा पूर्व गण्डकी प्रदेशसभा सदस्य गायत्री गुरुङ (कुसुम), केन्द्रिय सल्लाहकार लालमोहन तिवारी, प्रदेश सभा सदस्य कल्पना पाण्डे, बुद्धिजिबी परिषद गण्डकी सदस्य श्याम केसी, जिल्ला सदस्य भोजराज भुर्तेल,पोखरा महानगर सदस्य सूर्यप्रकाश तिवारी, चेतकृष्ण भुर्तेल, मंगलबहादुर नेपाली, महानगर सल्लाहकार रामकृष्ण अधिकारी, यूवा… पुरा पढौ

सङ्घीयताको मर्मअनुसार प्रदेशले अधिकार पाएनः मुख्यमन्त्री पाण्डे

जेठ १९ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीयताको मर्मअनुसार प्रदेशले अधिकारप्राप्त नगर्दा सीमित स्रोतसाधनमा काम गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरूको गण्डकी प्रदेशस्तरीय दुईदिने सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै उनले अझै पनि राजनीतिक र वित्तीय सङ्घीयता लागू हुननसकेको बताए । उनले आर्थिक स्रोतको अभावका कारण पुस्तकालयलाई मन फुकाएर सहयोग गर्न नसकेको बताए । “सार्वजनिक पुस्तकालयलाई बचाउनुपर्छ भनेर बौद्धिक जगत् लागेको छ तर प्रदेश सरकारले अधिकारप्राप्त गर्न नसक्दा जुन रूपमा आर्थिक सहयोग गर्न सकिन्थ्यो त्यो… पुरा पढौ