समाचार

कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै

सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै कोरोनाविरुद्धको थप खोप ल्याउने भएको । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकको कोरोना भाइरसविरुद्धको खोप ल्याउने छ महिनाअघिको तयारी रहेको र अहिले नयाँ भेरियन्ट ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ देखिएसँगै थप ल्याउन लागिएको हो । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याउन लागिएको जानकारी दिए । “कोरोनाविरुद्ध खोप नियमित दिइरहेका छौँ । अहिले रहेको खोपको मौज्दात पनि सकिन थालेको छ”,… पुरा पढौ

कास्कीको अन्नपुर्ण गाउँपालिकामा सवारी दुर्घटनाबाट ८ जना घाईते

पोखरा । कास्कीको अन्नपुर्ण गाउँपालिकाको वडा नं. १ लेवाडेमा सवारी दुर्घटना हुदा ८ जना घाईते भएका छन् । आज विहान करिव ४ बजेतिर काठमाडौबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको बा ५ ख २८५ नं.को बस उक्त स्थानमा दुर्घटनामा परेको हो । बस सडको दायाँ साईडतर्फ नालामा पल्टिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार घाईते हुनेहरुमा बस चालक पर्वत जलजला गाउँपालिका वडा नं. ८का ३६ वर्षका बल बहादुर फगामी मगर,म्याग्दीको मालिकाका ३९ टक बहादुर कामी,मंगला गाउँपालिका १ का ४५… पुरा पढौ

पर्वतका विद्यार्थीले बनाएको ड्रोनको सफल परीक्षण

पर्वतको एक विद्यालयका छ जना विद्यार्थीले ड्रोन बनाएका छन् । सदरमुकाम कुश्माबजार स्थित नमूना आवासीय माविका छ जना विद्यार्थीले ड्रोन बनाएर आकाशमा उडाउन सफल भएका हुन् । नमूना आवासीय मावि कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले साढे दुई महिनाको अवधि लगाएर अत्याधुनिक प्रविधिको ड्रोन बनाएर बुधवार सफल परीक्षण गरेका हुन् । कक्षा १० मा अध्ययरत उत्सभ गिरी, विज्ञान पौडेल, सुजन सुवेदी, चिन्तन सुवेदी, निश्चल साही र सविन आरडीले ड्रोन बनाएका हुन् । क्यामेरा जडान गर्न सकिने उक्त ड्रोन पाँच सय मिटर… पुरा पढौ

मुठीभर मान्छेलाई धनी बनाउन प्रदेश मतियार बने प्रतिपक्षलाई स्वीकार्य नहुने खगराजको चेतावनी

पोखरा, जेठ १७ नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले नवउदारवादी अर्थतन्त्रको नाममा मुठीभर मान्छेलाई धनी बनाउन प्रदेश मतियार बने प्रतिपक्षलाई स्वीकार्य नहुने चेतावनी दिएका छन् । गण्डकी प्रदेश सभामा विहीबार विशेष सम्बोधन गर्दै निवर्तमान मुख्यमन्त्रीसमेत रहेका अधिकारीले यस्तो चेतावनी दिएका हुन् । संविधानले समाजवादको आधार बनाउन भनेको छ,उनले भने,‘तर कांग्रेस नेतृत्वको सरकार ‘समृद्ध प्रदेश, सुखी प्रदेशवासी’ नारा काटेर अर्कै राख्छ । यसप्रति कटाक्ष गरेर सरकार अगाडि बढ्छ भने त्यो गम्भीर कुरा हो । हाम्रो देश नवउदारवादी अर्थतन्त्रको… पुरा पढौ

‘सेवा लिन घण्टौँ लाममा उभिनुपर्ने दिन गए’: यातायात व्यवस्था कार्यालय कास्की

एक समय यस्तो पनि थियो, कास्कीको यातायात व्यवस्था कार्यालय (सवारी)मा सवारीसाधन दर्ता प्रमाणपत्र (ब्लूबुक) नवीकरणका लागि घण्टौँ लाममा उभिनुपथ्र्यो । चारवटा लाइन पार गरेपछि बल्ल सेवाग्राहीले पालो पाउँथे । लाममा उभिँदाउभिँदै समय घर्के अर्को दिन कुर्नुपथ्र्यो । बोझिलो र झण्झटिलो सेवा प्रवाहबाट सेवाग्राही आजित थिए । पछिल्लो समय सो कार्यालयमा सेवा लिन जाने सेवाग्राहीले पहिलेको झैँ सास्ती व्यहोर्नुपर्दैन । सेवा प्रवाहको अवस्थामा सुधार आएको छ । राज्यले दिने सार्वजनिक सेवालाई व्यवस्थित र प्रविधिमैत्री बनाउँदा कति फरक पर्छ भन्ने एउटा उदाहरण… पुरा पढौ

कोकोम्हेन्दो साहित्य समाजको मातृभाषामा रचना वाचन कार्यक्रम सम्पन्न

गणतन्त्र दिवसको अवसरमा कोकोम्हेन्दो साहित्य समाज कास्कीको आयोजना र पोखरा महानरपालिकाको व्यवस्थापनमा ,तामाङ मातृभाषाको रचना वाचन तथा साहित्यिक विमर्श , कार्यक्रम नेपाल तामाङ घेदुङ रिठ्ठेपानी इकाई समितिको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रम आदिवासी जनजाति समुदायका सामाजिक अभियन्ता एवम् युवा नेता पूर्ण ह्योल्मो लामाको प्रमुख आतिथ्यता साथै संस्थाका अध्यक्ष दीपक वाईबा तामाङको अघ्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि लामाले कुङामा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै (कोकोम्हेन्दो )साहित्य समाजले शुरुवातदेखि आजसम्म गरेका हरेक कार्यक्रम गतिविधि सराहनीय रहेको छ,कुनै पनि समुदायले साहित्यका… पुरा पढौ

सुनको मूल्य निरन्तर उकालोतिर, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

स्थानीय बजारमा पहेँलो धातुको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा आज सुनको तोलामा नै रु दुई हजार तीन सयले वृद्धि भएको छ । बुधबार प्रतितोला रु एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४० हजार पाँच सय निर्धारण भएको छ भने तेजाबी सुन भाउ पनि बढेको छ । तेजाबी सुन बुधबार तोलामा रु एक लाख ३७ हजार पाँच सय ५० मा कारोबार भएकामा आज यो रु एक लाख ३९ हजार आठ सयमा… पुरा पढौ

ऐनापहरामा ‘एक कर्मचारी ,एक फूलको बिरुवा’ रोप्ने अभियान

तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यस्थल ऐनापहरामा गाउँपालिकाअन्तर्गतका कर्मचारीको व्यक्तिगत खर्चमा फूलको बिरुवा रोपिने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माको अध्यक्षतामा बुधबार बसेको कर्मचारीको बैठकले ऐनापहरालाई सुन्दर बनाउन एक कर्मचारी एक फूलको बिरुवा रोप्ने निर्णय भएको हो । ऐनापहरा आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थलका रुपमा विकास भइरहेकाले यसको सौन्दर्यता कायम गर्न कर्मचारीको व्यक्तिगत खर्चमा गमलासहितको फूलको बिरुवा रोप्ने निर्णय भएको शर्माले जानकारी दिनुभयो । त्यसका लागि गाउँपालिकाका कर्मचारीको सहभागितामा ऐनापहरामा सरसफाइ कार्यक्रम आयोजना गरिएको छ ।… पुरा पढौ

एमाले महिला भेला: आज १२ समूहमा छलफल हुँदै

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आयोजना गरेको ‘राष्ट्रिय महिला भेला’ आज पनि जारी छ । आज १२ वटा समूहले सात वटा विषयमा सामूहिक छलफल गर्नेछन् । एमाले केन्द्रीय सदस्य रचना खड्काका अनुसार संविधानले गरेको महिला हकको व्यवस्था तथा कार्यन्वयनको अवस्था, पार्टी, संसद्, सरकार र कर्मचारीतन्त्रमा महिलाको सहभागितालगायत विषयमा सामूहिक छलफल हुनेछ । भेलामा पार्टीका केन्द्रीय सदस्य, पार्टीका २३ वटै सङ्गठनका नेत्री, सङ्घ, प्रदेश, स्थानीयमा निर्वाचित महिला, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनबाट निर्वाचित पदाधिकारीसहित पाँच हजार… पुरा पढौ

सुर्खेतको रातानाङ्लामा जीप दुर्घटना, चार जनाको मृत्यु

सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगरको रातानाङ्ला नजिक दुर्घटन हुँदा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । बिहीबार बिहान भे१च २५६० नम्बरको जीप दुर्घटना भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनाग्रस्त जीपमा छ जना सवार थिए । दुर्घटनामा दुईजना घाइते भएका छन् । उनीहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । रासस पुरा पढौ