समाचार

मध्य पहाडी लोकमार्गका कारण लेखनाथको खानेपानी प्रभावित

लेखनाथ । राष्ट्रिय गौरवको योजनका रुपमा रहेको मध्य पाहाडी लोकमार्ग निर्माणको क्रममा लेखनाथ खानेपानी उपभोक्ता सस्थाको पानी वितरण प्रणाली प्रभावित भएको छ । उपभोक्ता सस्थालो मादी गाउपालिकाको गिउजे खोलबाट ल्याएको पानीको मुहान भन्दा माथीको मादी ७ को पानीघाँट र पोखरा २० को आटीघर मौजाको भागमा मध्य पाहाडी लोकमार्गको बाटो खन्ने क्रममा आएको ढुगा तथा माटोका कारण मुहानको मुख्य भाग प्रभावित भएपछि खानेपानी सप्लाई अवरुद्ध भएको हो । खानेपानीको मुख्य मुहान भन्दा माथीको करिव साडे दुई किलोमिटरको भागमा लोकमार्ग निर्माणको काम… पुरा पढौ

टोल विकासको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा १ सय २० जना लाभान्वित

पोखरा । पोखरा–९ स्थित वास्तोलाथर टोल विकास संस्थाको पहिलो साधारणसभाका अवसरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट एक सय २० टोलवासी लाभान्वित भएका छन् । उक्त अवसरमा थाइराइड, कोलस्ट्रोल, डायविटिज र युरिक एसिड सम्वन्धि परीक्षण गरिएको संस्थाले जनाएको छ । निःशुल्क स्वास्थ्य जाँचको क्रममा युआरएल पोखरा र सिटी डायविटिज न्यूरोड एण्ड हर्मन क्लिनिक प्रालि पोखरा–९ ले सहयोग गरेका थिए । कार्यक्रमका मुख्य अतिथि पोखरा ९ का वडाअध्यक्ष दिपेन्द्र मार्सानीले टोलवासी एक भएर अगाडि बढ्दै विकास निर्माणका काममा सहकार्य गर्न आव्हान गरेका थिए… पुरा पढौ

स्थानीय गुरुङले आविष्कार गरेको बन्दुक पटकाएपछि गाउँमा बाँदर देखिन छाडे

गण्डकी । कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १२ लिपेयानीमा यतिखेर बाँदर देखिएका छैनन । स्थानीय गिरेन्द्र गुरुङले आविष्कार गरेको बन्दुक पटकाएपछि त्यस क्षेत्रमा बाँदर देखिन छाडेका हुन । “रुखमा आएको बाँदर नियन्त्रणका लागि बन्दुक फडकाउदा लागेको गुच्चाको गोलील एउटा बाँदर घाइते भएको थियो”आविष्कारक गुरुङले भने, “घाइते बाँदर सहित सम्पूर्ण वथान कराउँदै भागे त्यसपछि यस क्षेत्रमै देखा परेका छ्रैनन् ।”लामो समयदेखि बाँदरले खेतवारी मात्र हैन घर भित्र पसेर भण्डारण गरेको अन्न समेत खाने, महिला एवम् वालवालिकालाई आक्रमण गर्न लागेपछि विकल्पका… पुरा पढौ

नदीपुरमा हुने किङ्स कप भेट्रान्स भलिबलको तयारी अन्तिम चरणमा

पोखरा । पोखरामा क्रियाशिल युुनाइटेड किङ्स क्लबको आयोजनामा हुने प्रथम खुल्ला भेट्रान्स (३५ प्लस) भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिका–३ नदीपुरस्थित छन्त्याल समाजको भलिबल कोर्टमा यही १८ र १९ गते सञ्चमलन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लबका सचिव अशोक थापाले जानकारी दिए । उनका अनुसार अहिले १५ टिम दर्ता भइसकेको छ । सो प्रतियोगितामा दर्शकका लागि भने प्रवेश निशुल्क गरिएको छ ।अनुमानित २५ बढी टिमको सहभागिता रहने सो प्रतियोगिताको विजेताले ४० हजार, उपविजेताले २५ हजार… पुरा पढौ

निसीखोला गाउँपालिकाद्धारा एकमहिने आधारभुत झोला उत्पादन सिपविकास तालिम

पोखरा । बागलुङको निसीखोला गाउँपालिकाको आयोजनामा एक महिने आधारभुत झोला उत्पादन सिपविकास तालिम आज सम्पन्न भएको छ । गाउँपालिकाले लघुउद्यमशीलता प्रवद्र्धन गर्ने तथा स्थानियलाई स्वरोजगार बनाउने उद्धेश्यले वडा नं. ४ मा एकमहिना अगाडी आयोजना गरेको तालिमको आज औपचारिक रुपमा समापन गरिएको हो । स्थानिय स्तरका महिलाको सिपलाई व्यवसायमा रुपान्तरण गर्न गाउँपालिकाले समग्र निसीखोलामै विभिन्न सिपविकाको योजना गरिरहेको प्रशासकिय अधिकृत जीवन पुनमगरले जानकारी दिए । उनका अनुसार नयाँ आर्थिक वर्ष पछि पालिकाको ७ वटै वडाका स्थानिय महिलामा भएको सिपको पहिचान गरि… पुरा पढौ

गण्डकीमा तीन सदस्यीय मन्त्री परिषद गठन

पोखरा, जेठ १६ गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको हैसियतमा नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनलाई सर्वोच्च अदालतको परमादेश अनुसार मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । मुख्यमन्त्री नियुक्त भएलगत्तै उनले दुई जना मन्त्री थप्दै ३ सदस्यीय मन्त्री परिषद गठन गरेका छन् । पाण्डेले कास्कीका विन्दुकुमार थापा र लमजुङका टकराज गुरुङलाई मन्त्रीमा नियुक्त गरेका… पुरा पढौ

पश्चिमाञ्चल माविमा ‘सेल्फ मेकअप’ सम्बन्धि तालिम

पोखरा । गैहपाटनस्थित पश्चिमाञ्चल माविले एकहप्ते सेल्फ मेकअप (स्किन केयर) सम्बन्धी निशुल्क तालिम सुरु गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले तालिम दिन थालेको हो । तालिममा ५० जना विद्यार्थी सहभागि छन । बुधबारदेखि सुरु भएको तालिम एकसाता चल्ने विद्यालयका प्राचार्य सरोज कोइरालाले बताए । कोइरालाका अनुसार पोखराकै आइरिस हेयर एण्ड ब्युटी केयर प्रालि. सँगको सहकार्यमा तालिम दिइएको छ । पश्चिमाञ्चल माविमा सैद्धान्तिक र आइरिस हेयर एण्ड ब्युटी केयरमा प्रयोगात्मक अभ्यास हुनेछ । एकसाता अवधिको… पुरा पढौ

धार्मिक पर्यटन प्रवर्द्धनका लागि सम्भावना खोज्दै जैमिनी

बागलुङ जिल्लाको जैमिनी नगरपालिकाले धार्मिक पर्यटन प्रवर्द्धनका लागि कालीगण्डकी कोरिडोरमा सम्भावनाको खोजी सुरु गरेको छ । जैमिनी ऋषिको नामबाट नगरपालिकाको नामाकरण गरिएकाले धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गौरवको आयोजनाका रुपमा रहेको कोरिडोरमा सम्भावनाको खोजी थालिएको हो । छिमेकी भारत र चीनलाई जोड्ने कोरिडोरको मध्य भागमा पर्ने जैमिनीले कृषि, उद्योग, पर्यटन र व्यापारको सम्भावना खोज्न थालेको नगरप्रमुख नरबहादुर पुनले बताए । सोही सन्दर्भमा सरोकार भएकाहरुसँग ‘कालीगण्डकी कोरिडोर र जैमिनीको सम्भावना’ विषयमा मङ्गलबार अन्तरक्रिया गरेको थियो । विकाससँगै पर्यटनसँग जैमिनीलाई जोड्न छलफल… पुरा पढौ

बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको छ : अर्थमन्त्री पुन

जेठ १६ काठमाण्डौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको बताएका छन् । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका सन्दर्भमा अर्थ मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा उनले नेपालको वास्तविक अवस्था विश्लेषण गरेर सुधारको बाटो समात्ने गरी बजेट आएको दाबी गरे । “आगामी आवको बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास गरेको छ । हाम्रो भौगोलिक अवस्थिति सुहाउँदो अर्थतन्त्र निर्माणका लागि कोसिस गर्ने र नयाँ चरणको आर्थिक सुधारका लागि सुझाव दिन उच्चस्तरीय कार्यदल गठन… पुरा पढौ

सुनको मुल्य बढ्यो , आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा सुनको भाउ तोलामा ६०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ३८ हजार २०० रुपैयाँ मूल्य तोकिएको छ । अघिल्लो दिन १ लाख ३७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसैगरि, चाँदीको भाउ भने तोलामा १० रुपैयाँ बढेको छ । महासंघका अनुसार बुधबार प्रतितोला १ हजार ९ सय ३० रुपैयाँमा चाँदीको कारोबार भएको छ । अघिल्लो दिन १ हजार ९२० रुपैयाँ थियो । पुरा पढौ