समाचार

नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालन

दुई दिनदेखि अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–९ थुम्सीमा पुलको पहुँच मार्ग भासिएर अवरुद्ध भएको सडक मङ्गलबार दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको थियो भने अवरुद्ध दाउन्नेखण्ड आज बिहानदेखि सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक हस्तबहादुर सुनारले सडक दुईतर्फी सञ्चालनमा आएसँगै यातायातका साधन सहज रुपमा सञ्चालन भइरहेका बताए । दाउन्ने डाँडाँमा लेदो माटोका कारण सडक अवरुद्ध भएको थियो । गए रातीदेखि अवरुद्ध उक्त खण्ड आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा… पुरा पढौ

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । यस अवसरमा काठमाडौँमा प्रभातफेरी गरिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको ७१ वर्ष पुगेको अवसरमा उक्त दिवस मनाउने गरिएको छ । यस वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको नारा ‘विश्वको सर्वोच्च शिखर सगरमाथा, नेपालको पहिचान र गौरव’ रहेको छ । नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिख अर्थात् आजकै दिन पहिलोपटक सगरमाथामा पाइला राखेका थिए । शेर्पा र हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो… पुरा पढौ

माओवादी केन्द्रको एकै दिन पोखरा महानगरका १० वडामा अधिवेशन सम्पन्न

जेठ १५ पोखरा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले एकै दिन पोखराका १० वडामा वडा अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको माओवादी केन्द्र पोखरा महानगर समितिका सचिव जनकराज पराजुलीले जानकारी दिए । अधिवेशनबाट पोखरा महागनरपालिका वडा नं ५ मा नारायण प्रसाद वरालको अध्यक्षतामा १५ सदस्यिय समिती सर्वसम्मत चयन गरिएको छ । यसैगरी वडा नं १० मा किरण प्रसाद भट्टचनको अध्यक्षतामा १३ सदस्सीय समिती,वडा नं १४ मा दुर्गा पोखरेलको अध्यक्षतामा १९ सदस्सीय समिती,वडा नं १७ मा… पुरा पढौ

कामबाटै जवाफ दिएर प्रदेशको औचित्य पुष्टि गरौं : मुख्यमन्त्री अधिकारी

जेठ १५ पोखरा । सर्वोच्च अदालतको परमादेशबाट पदमुक्त भएका गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशको बारेमा आलोचना गर्नेहरूलाई कामबाटै जवाफ दिन आग्रह गरेका छन् । सत्रौं गणतन्त्र दिवसका अवसरमा गण्डकी प्रदेश सरकारले मंगलबार पोखरामा आयोजना गरेको मुल समारोहमा बोल्दै प्रदेश स्थापना पश्चात गण्डकी प्रदेशमा उर्जा, खानेपानी, सञ्चार, कृषि पर्यटन लगायतका क्षेत्रमा जनताले महशुस गर्नेगरी सकारात्मक परिवर्तन आएको दावी गरे । प्राप्त उपलब्धिबाट पूर्ण सन्तुष्ट हुने अवस्था नभएपनि जनताबाट आएको टिप्पणीलाई ध्यान दिँदै अगाडि बढ्नुपर्ने बताए । ‘हामी गर्न सक्छौं, आँटौ,… पुरा पढौ

खर्च कटौतीमा सरकारका योजना : अनावश्यक कार्यालय गाभ्ने, विदेश भ्रमण निरुत्साहन गर्ने

जेठ १५ काठमाण्डौं । आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेटमार्फत सरकारले खर्च कटौतीका विभिन्न योजना अघि सारेको छ । सार्वजनिक खर्च बढ्दा बजेटको स्रोतमा चाप परेको भन्दै हरेक वर्ष आलोचना हुने गरेको छ । चालु शीर्षकका खर्च कटौतीका लागि सरकारले विभिन्न योजना ल्याएको हो । “सार्वजनिक खर्चलाई प्रतिफलमुखी बनाउन मितव्ययिता अपनाइनेछ । कार्यालयको प्रकृति र जनशक्तिको आधारमा कार्यालय सञ्चालन खर्च, घरभाडा, बिजुली, इन्धन, पानी, सञ्चार महसुल खर्चमा मितव्ययिता कायम गरिनेछ”, बजेट वक्तव्यमा भनिएको छ, “मन्त्रालय र निकायको चालु प्रकृतिका… पुरा पढौ

सरकारद्वारा भूकम्पपछिको पुनःनिर्माणका लागि रु २१ अर्ब ६० करोड बजेट विनियोजन

जेठ १५ काठमाण्डौं । सरकारले जाजरकोट र रुकुम पश्चिमलगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त निजी घरको सर्वेक्षण सम्पन्न गरी पुनःनिर्माणलाई तीव्रता दिन रु २१ अर्ब ६० करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८१/२०८२ बजेट वक्तव्यमा सामुदायिक विद्यालय भवन, स्वास्थ्य संस्था, सरकारी तथा सार्वजनिक भवनलगायतका पूर्वाधारको शीघ्र पुनःनिर्माण गरिने उल्लेख छ । बजेट विनियोजन गरेसँगै सरकारले भूकम्पपछिको पुनःनिर्माणलाई तीव्रता दिने घोषणा गरेको छ । विसं २०८० कात्तिक १७ गतेको भूकम्पले जाजरकोट र… पुरा पढौ

खानेपानी पोखराका कर्मचारीलाई तालिम

जेठ १५ पोखरा । नेपाल खानेपानी संस्थान पोखराले पानी लिकेज पत्ता लगाउने र मर्मत गर्ने तालिमलाई निरन्तरता दिएको छ । जापान सरकार जापानिज सहयोग संस्था जाईकाको प्राविधिक सहयोगमा भएको तालिम पश्चात संस्थानले शाखामा कार्यरत सवै तहका प्राविधिक कर्मचारीलाई निरन्तर तालिम प्रदान गरेको हो । मंगलबारको तालिमका मुख्य प्रशिक्षक नेपाल खानेपानी संस्थान पोखरा शाखाका कार्यालय प्रमुख ई. आशिष कार्कीले तालिमबाट सिकेको सीपलाई फिल्डमा सदुपयोग गर्न सहभागी कर्मचारीलाई निर्देशन दिए । पोखराको भूवनोट र पानीको पाईपलाईन विस्तार जमीन भित्र हुने भएकाले पानी… पुरा पढौ

छात्रातर्फ सिद्ध र अमरसिंह मावि फाइनलमा

जेठ १५ पोखरा । पोखरा क्रिकेट एकेडेमीको आयोजनामा जारी कास्की जिल्ला स्तरीय तेस्रो ब्रेकिङ बाउन्ड्रीज अन्तर मावि छात्र छात्रा टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत छात्रातर्फ सिद्ध मावि र अमरसिंह मावि फाइनलमा प्रवेश गरेका छन् । पोखरा रंगशालामा मंगलबार भएको खेलमा सिद्धले त्रिभुवन शान्तिलाई तथा अमरसिंहले बाराही माविलाई पराजित गर्दै अन्तिम दुईमा स्थान सुरक्षित बनाएका हुन् । प्रतियोगिताको पहिलो सेमिफाइलनमा अम्मरसिंहले बाराहीलाई ९ विकेटले पराजित गरेको थियो । पहिला व्याटिङ गरेको बाराहीले १२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५९ रन बनाएको थियो ।… पुरा पढौ

समावेशी समाज निर्माण नभएको गण्डकी प्रदेश स्तरिय नागरिक सम्मेलनको निश्कर्ष

पोखरा, जेठ १५ गण्डकी प्रदेश स्तरिय नागरिक सम्मेलनले देशमा समावेशी समाज निर्माण हुननसकेको निश्कर्ष निकालेको छ । पोखरामा दुई दिनसम्म चलेको प्रदेश स्तरिय नागरिक सम्मेलनले सामाजिक न्यायसहितको समावेशी समाज निर्माण गर्ने चाहना रहेपनि त्यो हुन नसकेको निश्कर्ष निकालेको मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर आयोजक गैरसरकारी संस्था महासंघ (गैसस)ले जानकारी दिएको हो । सम्मेलनपछि जारी २१ बुँदे घोषणा पत्रको ११ औं बुँदामा भनिएको छ,‘देशमा नागरिकहरुको चाहना ः सामाजिक न्यायसहितको समावेशी समाज निर्माण गर्ने रहेको तर विभिन्न घटना क्रमले देशमा भ्रष्टाचार तथा… पुरा पढौ

बजेट वक्तव्यः बढेन कर्मचारीको तलब

जेठ १५ काठमाण्डौं । सरकारले आर्थिक वर्ष २०८१/८२ को मा कर्मचारीको तलब, भक्ता र अन्य सुविधा बढाएको छैन । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्र्रस्तुत आगामी आव २०८१/८२ को बजेट वक्तव्यमा कर्मचारीको तलब, भत्ता र अन्य सुविधाको विषयमा केही पनि उल्लेख गरिएको छैन । गत आवमा पनि कर्मचारीको तलब, भत्ता र अन्य सुविधा वृद्धि भएको थिएन । रासस पुरा पढौ