सरकारद्वारा भूकम्पपछिको पुनःनिर्माणका लागि रु २१ अर्ब ६० करोड बजेट विनियोजन


     एभरेस्ट आवाज    
     जेठ १५ गते २०८१ मा प्रकाशित




जेठ १५ काठमाण्डौं । सरकारले जाजरकोट र रुकुम पश्चिमलगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त निजी घरको सर्वेक्षण सम्पन्न गरी पुनःनिर्माणलाई तीव्रता दिन रु २१ अर्ब ६० करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८१/२०८२ बजेट वक्तव्यमा सामुदायिक विद्यालय भवन, स्वास्थ्य संस्था, सरकारी तथा सार्वजनिक भवनलगायतका पूर्वाधारको शीघ्र पुनःनिर्माण गरिने उल्लेख छ । बजेट विनियोजन गरेसँगै सरकारले भूकम्पपछिको पुनःनिर्माणलाई तीव्रता दिने घोषणा गरेको छ ।

विसं २०८० कात्तिक १७ गतेको भूकम्पले जाजरकोट र रुकुम पश्चिमलगायत जिल्लामा क्षति गरेको थियो । ती जिल्लामा अस्थायी आवास निर्माण जारी रहे पनि स्थायी आवास पुनःनिर्माणमा तीव्रता दिने बजेट वक्तव्यमा उल्लेख छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।