समाचार

सिक्लेसमा कर्मचारी युनियन र (नेल्टा) कास्कीको पशु स्वास्थ्य शिविर तथा निशुल्क औषधी वितरण

जेठ १५ पोखरा । नेपाल निजामती कर्मचारी युनियन कास्की र नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) कास्कीको संयुक्त आयोजनामा पशु स्वास्थ्य शिविर तथा निशुल्क औषधी वितरण मादी गाउँपालिका वडा नं १ सिक्लेस कास्कीमा सम्पन्न गरेको छ । मंगलबार गणतन्त्र दिवसको अवसर पारेर संचालन गरिएको सो कार्यक्रममा सिक्लेसमा रहेका करिब २ सय जना किसानका २ हजार पशुपन्छीलाई २ लाख बराबरको औषधी निशुल्क वितरण गरिएको नेपाल निजामती कर्मचारी युनियन कास्कीका अध्यक्ष सुरेश कुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कास्कीका… पुरा पढौ

बजेट वक्तव्यः औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गरिने

जेठ १५ काठमाण्डौं । सरकारले गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त वैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै गाँजाको व्यावसायिक उत्पादनका लागि आवश्यक कानुन निर्माण गरिने बताए । “औषधिजन्य प्रयोजनका लागि गाँजाको व्यावसायिक खेती गर्नका लागि कानुनी व्यवस्था मिलाइने छ”, उनले भने । रासस पुरा पढौ

अमोर सेवा बालगृहमा बृहत फेदीखोला-पोखरा सम्पर्क समाजको स्वास्थ्य शिविरसँगै खाद्यान्न सहयोग

पोखरा, जेठ १५ बृहद फेदीखोला पोखरा सम्पर्क समाजले स्याङ्जाको अमोर सेवा बालगृहमा मंगलबार स्वास्थ्य शिविर सञ्चालनसँगै खाद्यान्न सहयोग गरेको छ । समाजले मंगलबार स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका वडा नम्बर–१ मा अवस्थित अमोर सेवा बालगृहमा स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै नगद तथा खाद्यान्न सहयोग गरेको हो । गणतन्त्र दिवसको अवसर पारेर समाजको आयोजनामा भएको स्वास्थ्य शिविरमा गण्डकी मेडिकल कलेज पोखराका बालरोग चिकित्सक डा.रेशम रानाले बालगृहमा आश्रित ३४ जना बालबालिकाहरुको निःशुल्क स्वास्थ्य जाँच गरेका थिए । सो अवसरमा उनीहरुलाई आवश्यक औषधीसमेत वितरण… पुरा पढौ

भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना सञ्चालन गरिने

जेठ १५ काठमाण्डौं । सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०८१÷८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) मा एकीकृत विकासको अवधारणाअनुसार नमुना विकास अभियान सञ्चालन गर्न भरतपुर–बुटवल–पोखरा–भरतपुरलाई तीनवटा कोणमा राखी गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गरिने उल्लेख छ । यस परियोजनाअन्तर्गत निजी क्षेत्रसँगको साझेदारीमा औद्योगिक ‘इकोसिस्टम’ निर्माण गरी औद्योगिक पुनरुत्थान र गुणस्तरीय रोजगारी सिर्जना गरिने छ ।… पुरा पढौ

बजेट वक्तव्यः प्रदेश र स्थानीय तहका लागि रु पाँच खर्ब ६७ अर्ब विनियोजन

जेठ १५ काठमाण्डौँ । सङ्घीय सरकारबाट हुने वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँटबाट आगामी आर्थिक वर्ष २०८१÷८२ मा प्रदेश र स्थानीय तहका लागि रु पाँच खर्ब ६७ अर्ब बराबर हस्तान्तरण हुने अनुमान गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसद्मा प्रस्तुत गर्नुभएको बजेट वक्तव्यअनुसार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा वित्तीय समानीकरण अनुदानतर्फ सङ्घीय सरकारले प्रदेशका लागि रु ६० अर्ब तथा स्थानीय तहका लागि रु ८८ अर्ब विनियोजन गरिएको छ । सशर्त अनुदान प्रदेशका लागि रु २५ अर्ब ८४ करोड… पुरा पढौ

बजेट वक्तव्यः अर्थमन्त्री पुनद्वारा आगामी आर्थिक वर्षको बजेट प्रस्तुति सुरु

जेठ १५ काठमाण्डौं । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुति सुरु गरेका छन् । यसअघि आज दिउँसो १ बजेका लागि निर्धारित संसदको संयुक्त वैठक दुई घण्टा पर अर्थात् अपराह्न ३ बजेका लागि सारिएको थियो । सहकारीको रकम हिनामिनाका सम्बन्धमा नेपाली कांग्रेसलगायतका प्रतिपक्षी दलले संसदीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध गर्दै आएका थिए । सोही समिति गठनको कार्यादेश टुंगो लगाउनका लागि आजको बैठक दुई घण्टा पर… पुरा पढौ

जनताले अनुभूत गर्ने गरी गणतन्त्रको कार्यान्वयन अपरिहार्यः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले जनताले अनुभूत गर्ने गरी गणतन्त्रको कार्यान्वयन अपरिहार्य रहेको बताएका छन् । गण्डकी प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको विशेष समारोहका प्रमुख अतिथि उनले संविधान अनुरुप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन भए मात्र यसको औचित्य स्थापित हुने उल्लेख गरे । लोकतान्तिक गणतन्त्र स्थापना भएको १७ औं वर्ष प्रवेशको अवसरमा प्रदेशबासीमा हार्दिक शुभकामना व्यक्त गर्दै प्रदेश प्रमुख भट्टले गणतन्त्र जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल रहेको बताए ।… पुरा पढौ

घरको ढोकामा अपरिचित व्यक्तिले नवजात शिशु छोडेर फरार भएपछि…

पोखरा । पोखरामा एकजना अपरिचित व्यक्तिले नवजात शिशु छोडेर फरार भएका छन् । पोखरा ८ जाल्पारोड स्थित नारायण सुवेदीको घरको ढोकामा एक अपरिचित व्यक्तिले नवजात शिशु छोडी फरार भएका हुन् । प्रहरीले शिशुको उद्धार गरी उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएको छ । शिशुको अवस्था अहिले मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ । थप अनुसन्धानको लागि वडा प्रहरी कार्यलय बैदामबाट अनुसन्धान टोली खटिएको समेत जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पुरा पढौ

पोखरा लेडी जेसीजको ‘जेसीज सप्ताह’ जेठ १७ देखि

जेठ १५ पोखरा । पोखरा लेडी जेसिजले सप्ताहव्यापी कार्यक्रम गर्दै ‘जेसीज सप्ताह’ मनाउने भएको छ । यही जेठ १७ गतेदेखी शुरु हुने सप्ताहका लागि लेडी जेसीजले पोखरामा पत्रकार सम्मेलन गर्दै विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको हो । ‘लैङ्गिक समानता, समावेशी, स्वास्थ र समुन्नत समाज आजको आवश्यकता’ भन्ने नाराका साथ सञ्चालन हुने सप्ताहमा अभिमुखिकरण तथा सचेतना, निःशूल्क दन्त शिविर, साइबर अपराध तथा कानूनी प्रक्रिया, व्यक्तित्व विकास, सौन्दर्य सम्बन्धि उद्यशिलता तालिम, डाइट प्लान, तथा वृक्षरोपण लगायतका कार्यक्रम तय गरिएको जेसीज सप्ताह मूल संयोजक… पुरा पढौ

दलहरुबीच सहमति भयो,सदनको गतिरोध अन्त्य होला ?

काठमाडौँ, १५ जेठः प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेससहित विपक्षी दलहरुले उठाउँदै आएको सहकारीको रकम अपचलनका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागमा निष्कर्षउन्मुख सहमति भएपछि संसद्को गतिरोध अन्त्य हुने भएको छ । नेपाली कांग्रेस संसदीय दलको आज बसेको बैठकले हिजो सोमबार दलबीच संसदीय समिति गठन गर्ने विषयमा भएको निष्कर्षउन्मुख सहमतिलाई अनुमोदन गरेको छ । सदनमा भएका प्रमुख दलबीच समिति गठन गर्ने, समितिमा रहने सदस्यको सङ्ख्या, कार्यादेश के हुने र छानबिन गर्ने अवधिबारे समेत सहमति भएको कांग्रेस प्रमुख रमेश लेखकले जानकारी… पुरा पढौ