समाचार

कास्कीको मर्दीखोलामा पौडी खेल्ने क्रममा एक जनाको मृत्यू

पोखरा । मर्दीखोलामा पौडी खेल्ने क्रममा कास्कीको माछापुच्छ्रे गाउँपालिकाका एक जनाको डुवेर मृत्यू भएको छ । आइतबार अपरान्ह गाउँपालिकाको रिभानस्थित आनन्द ठाँटीका ४९ वर्षे शिवबहादुर थापा मगरको शान्तिघाट नजिकै मर्दीखोलामा पौडी खेल्ने क्रममा डुवेर मृत्यू भएको हो । मगरको पौडी खेल्ने क्रममा डुबेर मृत्यू भएको वडाध्यक्ष नारायण पाण्डे मार्फत सूचना प्राप्त हुनासाथ तत्काल पुगेको अस्थायी प्रहरी पोष्‍ट भेडाबारी र स्थानियको सहयोगमा अपरान्ह ४ः ५० शवलाई पानीबाट बाहिर निकाली पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगतको पश्चिमाञ्चल क्षेत्रिय हस्पिटल ल्याइएको जनाइएको… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत सर्वोच्चद्वरा खारेज

जेठ १४ पोखरा । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति तथा विश्वासको मत लिएको प्रक्रियालाई असंवैधानिक घोषणा गर्दै खारेज गरिदिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले सोमबार मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत संविधानसम्मत नभएको भन्दै बदर हुने फैसला सुनाएको हो । सर्वोच्चको यो फैसलासँगै मुख्यमन्त्री अधिकारीले पद गुमाएका छन् । नेकपा एमालेबाट मुख्यमन्त्री भएका अधिकारीले ६० सदस्य प्रदेश सभामा ३० जनाको मत पाएका थिए । उनको विश्वासको मतलाई सभामुखले बहुमत भनी सदर गरेपछि नेपाली… पुरा पढौ

बंगुरको पकेट क्षेत्र पोखरा २७ जलजलेमा पोखरा महानगरद्वारा बंगुरका पाठा वितरण

पोखरा । बंगुरपालनको पकेट क्षेत्र पोखरा २७ जलजलेमा अफ्रिकन स्वाइन फ्लुका कारण बंगुर नष्ट भएपनि पकेट क्षेत्रलाई पुरानै लयमा फर्काउनका लागि पोखरा महानगर कृषि तथा पशु विकास महाशाखाले पहलकदमी थालेको छ । महाशाखाले बंगुरपालक कृषकहरुलाई लक्षित गरी जलजले बंगुर ब्रिडर कृषक समुहलाई ८० वटा बंगुरका पाठा वितरण गरेको छ । गत वर्ष अफ्रिकन स्वाइन फ्लुबाट ४ हजार बढी वंगुर मरेर क्षती पुगेको जलजले बंगुर ब्रिडर कृषक समुहलाई बंगुरको पाठा वितरण गरेको हो । बंगुर पाठा वितरण कार्यक्रममा बोल्दै पोखरा २७… पुरा पढौ

नेपालको गणतन्त्र किशोरावस्थामा प्रवेश गर्‍यो : मुख्यमन्त्री अधिकारी

जेठ १४ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नेपालको गणतन्त्र किशोरावस्थामा प्रवेश गरेको बताएका छन् । गणतन्त्र दिवसको छेको पारेर पोखरामा सोमबार आयोजना भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यो अवधिसम्म आइपुग्दा गणतन्त्र परिपक्क दिशातर्फ जाने आधारहरु देखिएको दावी गरे । ‘मताधिकार पाउन १८ वर्ष लाग्छ, नागरिकता पाउन १६ वर्ष लाग्छ, त्यसकारण यो किशोर अवस्थामा छ, शैशव अवस्थामा होइन’ अधिकारीले भने । नेपालीले २००७ सालबाट देखेको गणतन्त्रको सपना २०६५ सालमा आएर पुरा भएको भन्दै यसमा सबै नेपालीको स्वामित्व रहेको खुलाए… पुरा पढौ

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । यो साता कारोबारको दोस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ९३ अङ्कले बढेर दुई हजार एक सय १३ दशमलव २७ को बिन्दुमा कायम भएको हो । आज विभिन्न तीन सय १७ कम्पनीको ९३ लाख ३० हजार दुई सय ९५ कित्ता शेयर ५८ हजार चार सय ८३ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ८९ करोड ३७ लाख ६४ हजार एक सय ६४ बराबरको कारोबार भएको छ ।… पुरा पढौ

पश्चिमाञ्चल माविमा एसईई कप फुटसल सुरु

पोखरा, जेठ १४पोखरा–४ गैह्रापाटनस्थित पश्चिमाञ्चल माविमा सोमबारदेखि एसइइ कप फुटसल प्रतियोगिता सुरु भएको छ । दुइदिनसम्म चल्ने प्रतियोगिता पोखरा फुटसल एरिनामा सञ्चालन गरिएको छ ।प्रतियोगितामा विभिन्न निजी र सामुदायिक गरि २६ वटा विद्यालयका टिम सहभागि छन । विद्यालयका प्राचार्य सरोज कोइरालाले प्रतियोगिताको उद्घाटन गरेका थिए ।‘स्वस्थका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने अभिप्रायले पश्चिमाञ्चल माध्यमिक विद्यालयले यो प्रतियोगिता राखेको छ । कास्की जिल्लाबाट यो वर्ष एसइइमा सहभागि विद्यार्थीबीच आपसी मित्रता तथा सद्भाव बढाउने उद्देश्यले यो प्रतियोगिताले राखेको विद्यालयका प्राचार्य कोइरालाले… पुरा पढौ

डुम्रे-बेँसीशहर दुई लेन सडकमा आठ किलोमिटर कालोपत्र सम्पन्न

लमजुङ । डुम्रे-बेँसीसहर दुई लेन सडकमा आठ किलोमिटर कालोपत्र सम्पन्न भएको छ । लमजुङ र तनहुँ जोड्ने मुख्य सडक अन्तर्गत तनहुँको डुम्रे बजारबाट २२० मिटर अघिदेखि आठ किलोमिटर चाम्बाससम्म दुई लेन सडकमा कालोपत्र गर्ने कार्य केही दिन अघि सम्पन्न भएको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी तथा इञ्जिनियर किरण पोखरेलले बताए । उनका अनुसार यस सडकमा आठ किलोमिटरसम्म दुई लेन सडक बनाएर ‘अस्फाल्ट’ किसिमको कालोपत्र गरिएको छ । पाइप कल्भर्ट, स्याल्भ कल्भटको काम, सडक चौडाइ पु¥याउन कटिङ गर्ने, टेवा… पुरा पढौ

पशु अस्पताललाई प्रभावकारी बनाउन सरकार प्रतिबद्धता छ : मुख्यमन्त्री अधिकारी

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पशु स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् । पोखरा महानगरपालिका–१२ मा पशुपन्छीको उपचारका लागि निर्मित ‘मोडेल भेटेरिनरी अस्पताल’को आज यहाँ आयोजित उद्घाटन समारोहमा मुख्यमन्त्री अधिकारीले आवश्यक स्रोतसाधन र जनशक्ति थप गर्न प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले पशुपन्छीको उपचार र कृषकको पशुधन सुरक्षाका लागि नवनिर्मित अस्पताल महत्वपूर्ण हुने बताए। हाल रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको परिसरमा भवन निर्माण गरिएको हो । कास्कीका साथै… पुरा पढौ

पोखरामा पाँच दिने प्राज्ञिक लेखन कार्यशाला तथा तालिम

गण्डकी । विश्वविद्यालय अनुदान आयोगको सहयोग एवम् विन्दुुवासिनी संस्कृत विद्यापीठ अनुसन्धान व्यवस्थापन एकाइको आयोजनामा पोखरामा पाँच दिने प्राज्ञिक लेखन कार्यशाला तथा तालिम सुरु भएको छ । प्राध्यापकहरूलाई प्राज्ञिक लेखनमा अभिप्रेरित गर्दै उनीहरूको क्षमता अभिबृद्धि गराउने उद्देश्यका साथ आयोजित कार्यशालामा पोखरास्थित विभिन्न क्याम्पसमा प्राध्यापनरत ४० जना प्राध्यापकको सहभागिता छ । कार्यशालाको उद्घाटन गर्दै पृथ्वीनारायण क्याम्पस पोखराका संस्थापक प्राचार्य जर्ज जोनले प्राध्यापकहरू प्राध्यापनसँगै निरन्तर अनुसन्धानमा संलग्न हुनुपर्नेमा जोड दिए। वर्तमानमा अनुसन्धानात्मक लेखन र त्यसको प्रकाशनविना प्राध्यापकहरूको प्राज्ञिक उन्नति हुन नसक्ने उल्लेख गर्दै… पुरा पढौ

३ वटा टिप्पर कास्की प्रहरीको नियन्त्रणमा

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले तीन वटा टिप्पर नियन्त्रणमा लिएको छ । प्रहरीले अन्नपुर्ण संरक्षण क्षेत्रबाट अवैध रुपमा नदिजन्य पदार्थहरु चोरी निकासी गरेको भन्दै ग १ क ५०४०, ग १ क ५५१२ र ग १ क ५५९८ नम्बरका टिप्परहरु आज विहान नियन्त्रणमा लिएको हो । पोखरा १९ तितेपानी स्थित भुर्जुङखोलाबाट पोखरातर्फ आउँदै गरेका उक्त मालबाहक टिप्परहरु प्रहरी चौकी सार्दिखोलाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गरेको थियो । टिप्परहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि अन्नपुर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय हरियोखर्क… पुरा पढौ