राजनीति

नैतिक मूल्य–मान्यता, सदाचार र योग सभ्य समाजका मेरुदण्ड हुन् : राष्ट्रपति पौडेल

फागुन १९ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले नैतिक मूल्य–मान्यता, सदाचार र योग सभ्य समाजको मेरुदण्ड भएको बताएका छन् । ‘सर्वोदय सेवाश्रम’द्वारा स्थापित ‘नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार’ वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले स्थायित्व, समृद्धि र समतामूलक समाज निर्माणका लागि यी गुणहरू अनिवार्य भएको बताए । उनले भने, “जब कुनै समाजले नैतिकता, अनुशासन र इमानदारीलाई सम्मान गर्छ, त्यहाँ शान्ति, सहअस्तित्व र सकारात्मक परिवर्तनको जग मजबुत हुन्छ ।” राष्ट्रपति पौडेलले प्रकृति र मानवबीचको गहिरो सम्बन्धलाई आत्मसात् गर्दै,… पुरा पढौ

प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएका तीन विधयेकमा राष्ट्रियसभाको सहमति

फागुन १८ काठमाण्डौं । प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ । सभाको आजको बैठकमा यसअघि उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गरेका थिए । यसैगरी, प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको ‘विद्युतीय व्यापार विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि सहमति गरियोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ । यसअघि उद्योग,… पुरा पढौ

‘पोखरामा एक वर्षभित्र जलन उपचार अस्पताल बनाउँछौं’ : मेयर आचार्य

फागुन १८ पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा एक वर्षभित्रै सुविधासम्पन्न जलन युनिट वा अस्पताल बनाउने प्रतिबद्धता जनाएका छन् । एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘अग्नि जलनमा मलम’ सत्रमा पत्रकार टीकाराम यात्रीसँगको संवादमा मेयर आचार्यले अन्तर्राष्ट्रिय विमानस्थल भएको सहर भएकाले त्यो बनाउनैपर्ने बताए । ‘पोखरामा अब एक वर्षभित्र सुविधासम्पन्न जलनको यूनिट बन्छ भनेर पीडककै अवस्थामा मैले डाक्टर सा’बलाई भनेको छु,’ उनले भने, ‘क्यान, नेपाल सरकारले पनि साथ दिनुपर्छ । कम्तीमा तीन वटा विमानस्थल भएको ठाउँमा यो अन्तर्राष्ट्रिय प्रोटोकलमा… पुरा पढौ

सदनमा प्रस्तुत अध्यादेश पास हुन्छ : सञ्चारमन्त्री गुरूङ

फागुन १७ पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले सरकारले सदनमा प्रस्तुत गरेका अध्यादेश पारित हुने बताएका छन् । पोखरामा रहेको हिमालय आँखा अस्पतालको ३२औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै उनले सुशासन प्रवद्र्धन र सार्वजनिक सेवालाई प्रभावकारी बनाउने गरी सरकारले अध्यादेश ल्याएकाले पारित गर्नुपर्ने बताए । सञ्चारमन्त्री गुरूङले केभन्दा जनता खुसी हुन्छन् भनेर होइन जनता के काम गर्दा खुसी हुन्छन् भनेर सोच्नुपर्ने बताए । “स्वास्थ्य क्षेत्र अस्तव्यस्त छ, शिक्षा क्षेत्र त्यस्तै छ । अस्तव्यस्तताभित्र सुधार कसरी गर्न… पुरा पढौ

संशोधनका नाममा संविधान उल्टाउने खेल भइरहेको अध्यक्ष प्रचण्डको आरोप

फागुन १७ सिरहा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानबाट प्राप्त संविधान संशोधनका नाममा उल्टाउने खेल भइरहेको आरोप लगाए । जनतासँग माओवादी तराई–मधेस जनजागरण अभियानअन्तर्गत आज सिरहा सदरमुकाममा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले दशवर्षे जनयुद्धको जग र जनआन्दोलनबाट प्राप्त संविधान उल्टाउने प्रयास सफल हुन नदिइने बताए । “अहिले सरकारमा रहेका दलहरु नै संविधान संशोधनको कुरा गरेर नेपाली जनताको अधिकार सङ्कुचित गर्ने, दुई दलीय व्यवस्था कायम गर्नेतर्फ लागेका छन् । जनताको बलिदानबाट प्राप्त यो संविधान… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल : पुरुषतर्फ गलकोट र महिला तर्फ शान्ता ट्रेनिङलाई उपाधि

फागुन १७ पोखरा । माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी गलकोट नगरपालिका बागलुङले हात पारेको छ । अघिल्लो वर्ष उपविजेता वनेको गलकोटले यस वर्ष माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेता बनेको हो । विजेत वनेको गलकोटले नगद २ लाख ट्रफी मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । प्रतियोगितामा शुक्ला गण्डकी नगरपालिका तनहुँ उपविजेतामा नै चित्त बुझायो । शुक्ला गण्डकीले नगद १ लाख ट्रफी र मेडल र प्रमाण पत्र प्राप्त… पुरा पढौ

‘अहिले म अर्धभूमिगत अवस्थामा छु’

पोखरा । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले आफूू अझै पनि अर्धभूमिगत अवस्थामै रहेको बताएका छन् । सरकारले आफूविरुद्ध वारेन्ट जारी नगरे पनि पार्टीलाई अर्धभूमिगत राखेकै कारण आफू पनि अर्धभूमिगत रहेको उनको भनाइ छ । नेकपा माओवादी केन्द्रले गरेको सशस्त्र संघर्ष माक्र्सवादी लेनिनवाद सिद्धान्त अनुरुप नभएको उनले बताए । व्यवस्था र मुलुक परिर्वतनका निम्ति सशस्त्र संघर्ष अनिवार्य भएपनि त्यसको विधि पद्धति हुने उनको तर्क छ । ‘दुुध खानुस्, घ्यूूँ खानुस् अझ औषधिको प्रयोग गर्नुस् । समय परिस्थितिको ख्याल गर्नुपर्छ । तसर्थ… पुरा पढौ

संविधान संशोधन राजनीतिक एजेण्डा हो : रेखा शर्मा

पोखरा । पछिल्लो समय माथापच्चीको एक विषय बनेको छ संविधान संशोधन । असोज ३ २०७२ मा घोषणा भएको संविधान संशोधनको विषयमा दुई ठुला दल एकै ठाउँमा उभिएपछि थप चुलिएको छ । संविधान संशोधनको पक्ष र विपक्षमा बहस भइरहन्छ । संविधान संशोधन किन गर्ने ?के संविधान संशोधन आवश्यक छ ? राजनीतिक राजनीतिक अस्थिरताको कारक संविधानमा भएका केही प्रावधानलाई मान्दै केही खेमा यसको संशोधनको पक्षमा उभिएका छन् । सरकार गठबन्धन प्रक्रिया, अनावश्यक आयोग, नियुक्तिका विषय देखाएर संशोधनको विषय उठाइरहेका छन् । अर्का… पुरा पढौ

आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्यः प्रदेश प्रमुख भट्ट

फागुन १७ पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका छन् । उनले सरकार र निजी क्षेत्रबीचको सौहार्दपूर्ण सम्बन्धको जगमामात्रै समृद्धि र विकास सम्भव रहेको बताए । नेपाल वितरक महासंघको १३ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनको शुभारम्भ गर्दै उनले निजी क्षेत्र आर्थिक अवसर र रोजगारीको स्रोत भएकाले अर्थतन्त्रको ऊर्जा भएको उल्लेख गरे । लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले व्यापार, ढुवानी तथा वितरणमा… पुरा पढौ

राष्ट्रपतिबाट सराङकोट धामको उद्घाटन

फागुन १७ पोखरा । राष्ट्रपति रामचन्द्र पौडेलले आज पर्यटकीय नगरी पोखरा स्थित सराङकोट धामको उद्घाटन गरेका छन् ।हेलीकप्टर मार्फत काठमाण्डौंबाट सिधै सराङकोट धाम पुगी उनले सराङकोट टपमा निर्माण भएका विशाल पञ्चमुखि गणेश मुर्ति, कैलाशेश्वर शिव मन्दिर, १०८ शिवलिङग तथा जलधारा, ऐतिहासिक भूमेकालिका तथा भैरव मन्दिर सहितका धार्मिक संरचना एवम् त्यहाँ जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवको विधिपूर्वक पुजाअर्चना गरी उद्घाटन गरे ।त्यस अवसरमा राष्ट्रपति पौडेलले जीवनमा एक पटक पुग्नैपर्ने धामका रुपमा सराङकोटलाई चिनाउँदै त्यहाँ निर्माण भएका संरचनाको उद्घाटन गर्न… पुरा पढौ