राजनीति

‘राष्ट्रियताका निम्ति स्वभीमानी नेपाली एक हुनुपर्छ’: डा भीम रावल

भूमि जागरण अभियान नेपालका संयोजक तथा पूर्वउपप्रधानमन्त्री डा भीम रावलले राष्ट्र र राष्ट्रियताका निम्ति स्वभीमानी नेपाली एकजुट हुनुपर्ने बताएका छन । लमजुङ बेँसीसहर नगरपालिका-७ मा आज आयोजित पत्रकार सम्मेलनमा उनले देश राजनीतिक र आर्थिक रुपमा सङ्कटोन्मुख अवस्था रहेकाले यसको समाधानका लागि सबै एकजुट हुनुपर्ने बताए । “कुनै दल वा व्यक्तिगत स्वार्थमा नलागी देश, जनताको पक्षमा सबै एकजुट हुनुपर्ने बेला आएको छ”, उनले भने, “राजनीति दलहरुले देश र जनताको लागि काम गर्न नसक्दा सङ्कट पैदा भएको छ, यस्ता सङ्कटबाट पार पाउनका… पुरा पढौ

उल्टो बाटोमा गण्डकी सरकार, जिपास्ट, ताल प्राधिकरण र दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय

पोखरा । संघीयताको मूल मर्म प्रदेश सरकार हो । प्रदेश सरकारको मूल आधार प्रदेश संरचनाहरु हुन् । जसले प्रदेश सरकारलाई बलियो बनाउँछ । तर गण्डकी प्रदेश सरकार भने उल्टो बाटोमा हिंड्न थालेको छ । प्रदेशलाई बलियो बनाउन स्वयम् प्रदेश सरकार लाग्नुपर्ने हो । त्यसका लागि आवश्यक ऐन, कानून् निर्माण गर्नेदेखि संरचना खडा गर्नेसम्मको दायित्व उसैको हो । तर नया संरचना बनाउनु त कता हो कता उल्टै भएका संरचनापनि खारेज गर्ने निर्णय गरेर प्रदेश सरकारले उल्टो बाटो हिंड्ने प्रयास गरेको हो… पुरा पढौ

‘सी व्यापार केन्द्र’सञ्चालनमाः कृषिबाट आम्दानी लिँदै नेकपाका कार्यकर्ता

गण्डकी । उत्पादनसँग जोडिने ठूला राजनीतिक दलका योजना निरर्थक बनिरहेका बेला नेपाल कम्युनिष्ट पार्टीका नेता–कार्यकर्ताले भने त्यसलाई चरितार्थ तुल्याएका छन् । देशका विभिन्न ठाउँमा व्यावसायिक कृषि उत्पादनसँग जोडिएको नेकपाले हालै काठमाडौँमा ‘सी व्यापार केन्द्र’समेत सञ्चालनमा ल्याएको छ । उक्त व्यापार केन्द्रबाट कृषिजन्य वस्तुको उत्पादन तथा वितरण हुँदै आएको छ । । गत असारदेखि पोखरा महानगरपालिका–१४ छिनेडाँडामा १४ रोपनी जग्गा भाडामा लिएर कृषि उत्पादन सुरु गरिएको नेकपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका कार्यालय सचिव विकिरण क्षेत्रीले जानकारी दिए । छिनेडाँडामा रहेको… पुरा पढौ

गण्डकी सरकारद्वारा २५ प्रतिशत खर्च कटौति, मातहतका निकायमा खैलाबैला

पोखरा, फागुन १४ गण्डकी प्रदेश सरकारले आफू मातहतका निकायको विभिन्न शिर्षकमा छुट्याईएको बजेट खर्चमा २५ प्रतिशत कटौति गरेको छ । गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयको यहि फागुन ९ गतेको मन्त्री स्तरिय बैठकबाट मातहतका मन्त्रालय, आयोग, सचिवालय अन्तर्गत हुने खर्चको २५ प्रतिशत कटौति गर्ने निर्णय भएको हो । निर्णय अनुसार आर्थिक मामिला मन्त्रालयले मातहतका मन्त्रालय, आयोग तथा सचिवालयलाई आफू मातहतका कार्यालयमा खर्च कटौतिबारे जानकारी गराउन भन्दै फागुन ११ गते सर्कुलर पठाईसकेको छ । सर्कुलर अनुसार कर्मचारी तालिम खर्चमा हुने बजेटमा २५… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिकाको क्रसर काण्डःराजस्व मिलाउन जनप्रतिनिधिको मिलोमतो !

पोखरा, फागुन १२ माछापुच्छ्रे गाउँपालिकाका क्रसर उद्योगहरु बिना दर्ता सञ्चालित छन् । त्यहाँका कुनैपनि क्रसरहरु अनुमती लिएर सञ्चालित छैनन् । अर्थात माछापुच्छ्रे गाउँपालिकामा रहेका गण्डकी एग्रोगेट, फेउसरका बराह क्रसर उद्योग, जेके क्रसर उद्योग र सेती गण्डकी क्रसर उद्योग अवैध रुमा सञ्चालित छन् । स्थानिय सरकारका रुपमा रहेको गाउँपालिकाले यी अवैध रुपमा सञ्चालित क्रसरहरुलाई बन्द गर्न पटक÷पटक पत्राचारपनि ग¥यो । तर कुनैपनि क्रसरहरु वैध बन्नेतर्फ अग्रसर भएनन् । बरु राजनीतिक आडमा ती क्रसरहरु निरन्तर चलिरहे । पटक÷पटकको आग्रह र निर्देशनलाई लत्याएर… पुरा पढौ

‘समाजवादी व्यवस्था ल्याउने बाटोमा अघि बढ्नु पर्छ’ : नेता कार्की

पोखरा । नेकपा (माओवादी केन्द्र)का सचिव तथा लेखक/विश्लेषक राम कार्की ‘पार्थ’ले नेपाली परिवेशमा कम्युनिष्ट विचारलाई परिष्कृत गर्दै समाजवादी व्यवस्था ल्याउने बाटोमा अघि बढ्नु पर्ने आवश्यकता औंल्याएका छन् । नेकपा (माओवादी केन्द्र) पश्चिम अन्तरमहादेशीय प्रवास प्रदेश संगठन समितिले आइतवार ३० औं जनयुद्ध दिवसको सन्दर्भमा गरेको ‘जनयुद्धको महत्व र अबको बाटो…’ विषयक विचार विमर्शमा उनले उक्त भनाई राखेका हुन् । ‘माओवादीले गरेको १० वर्षे जनयुद्धले सामान्ति राजतन्त्रको अन्त्य गरी नेपालमा गणतन्त्र ल्यायो’ कार्कीले भने, ‘गणतन्त्र आएपछि हामी केही अल्झिएका थियौं, अब भने… पुरा पढौ

परराष्ट्रमन्त्री डा देउवा र स्वीट्जरल्याण्डका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

फागुन १२ काठमाण्डौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र स्वीट्जरल्याण्डका विदेशमन्त्री इग्नाजियो डेनिले जियोभानी क्यासिसबीच आज जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेकी मन्त्री डा देउवा र स्वीस विदेशमन्त्रीबीच साइडलाइन भेटवार्ता भएको हो । भेटका अवसरमा उनीहरूबीच द्विपक्षीय हित, आपसी चासोका विषयमा कुराकानी भएको थियो । भेटमा मन्त्री डा देउवाले आर्थिक, सामाजिक क्षेत्रका साथै नेपालको शान्ति प्रक्रियामा स्वीस् सरकारको सहयोग र सद्भावका लागि धन्यवाद ज्ञापन गरिन् । उनले नेपालले… पुरा पढौ

सरकार फेर्ने पक्षमा लाग्दैनौँ : अध्यक्ष प्रचण्ड

फागुन १२ झापा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार फेर्ने पक्षमा आफुहरु नलाग्ने बताएका छन् । पार्टीले आज कचनकबलबाट सुरु गरेको ‘जनतासँग माओवादी : तराई–मधेश जागरण अभियान’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेकपा माओवादी केन्द्र अब जनतासँग जाने धारणा व्यक्त गरे । “सरकार फेर्ने पक्षमा लाग्दैनौँ, कसरत पनि गर्दैनौँ,” उनले भने, “हामीले संकल्प गरेर जनतासँगै सहकार्य गरेर अघि बढ्ने अठोट लिएका छौँ ।” विगतमा नेकपा एमाले र नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्दा पार्टीले… पुरा पढौ

शिक्षक–विद्यार्थी सम्मान सहित शिक्षक संगठनको छैटौँ गाउँपरिषद् सम्पन्न

पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन अन्नपूर्ण गाउँपालिकाको छैटौँ गाउँ परिषद् बैठक शनिबार वातावरणीय आमा समुह, अन्नपूर्ण ३, लक्ष्मी देउरालीको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले अन्नपूर्ण गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउँदै यस अभियानमा साथ दिन सम्पूर्ण शिक्षकहरुलाई अनुरोध गरे । २०८०÷०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजामा अन्नपूर्ण गाउँपालिका कास्की जिल्लामा प्रथम, गण्डकी प्रदेशमा तेस्रो र नेपालभरमा पन्ध्रौँ स्थानमा परेको बताउँदै उनले आगामी वर्ष… पुरा पढौ

संविधानलाई समयानुकूल संशोधन गर्नुपर्छः मुख्यमन्त्री पाण्डे

फागुन ११ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानलाई समयानुकूल संशोधन गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल प्रेस युनियन गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित अग्रज पत्रकार किशोर नेपालद्वारा लिखित ‘नेपालका निधि’ नामक पुस्तकको लोकार्पण गर्दै उहाँले संविधान सहमतिको दस्तावेज भएकाले सबै राजनीतिक पार्टी एकै ठाउँमा बसेर सहमतिका आधारमा संविधान संशोधन गर्न आवश्यक रहेको बताए । मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार लोकप्रिय हुन नसक्नुमा पनि कानुनहरू नै बाधक रहेको जिकिर गरे । नेपाली कांग्रेसका नेता महेन्द्रनारायण निधिबारे लेखिएको यो पुस्तकले राजनीतिक… पुरा पढौ