राजनीति

‘संविधान संसोधनअघि संविधानको समीक्षा’

पोखरा, पुस १३ सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले संविधान संसोधनबारे दुई सत्तारुढ दलबीच सहमति जुटाएपछि मात्रै संविधान संसोधन प्रक्रिया अघि बढाईने बताएका छन् । माछापच्छ«े गाउँपालिका वडा नम्बर–१ टुसेमा निर्माण भएको नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहिले सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा एमालेको उच्च स्तरीय संयन्त्रले संविधान संसोधनका बुँदाहरुको टुंगो लगाउने बताए । त्यसपछि मात्रै राष्ट्रिय सहमतीका लागि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रलगायतका दलहरुसँग छलफल गर्ने उनको… पुरा पढौ

स्वास्थ्य क्षेत्रलाई पहिलो प्रथामिकतामा राखी काम गरिरहेका छौँः मुख्यमन्त्री पाण्डे

पुस १२ बागलुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले नागरिकलाई घरआँगनबाट स्तरीय स्वास्थ्य सेवा दिनेगरी काम गरिरहेको बताएका छन् । बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा आज आयोजित प्रदेशस्तरीय अस्पतालको उद्घाटन कार्यक्रममा उनले अब कोही पनि नागरिकले उपचार नपाएर अकालमा ज्यान गुमाउनु नपर्ने बताए । नागरिकको आवश्यकता बढी हुनुका साथै सीमित स्रोत र साधानको परिचालन गरेर काम गर्दा सबैतिर एकैपटक विकास हुन नसकेको मुख्यमन्त्री पाण्डेको भनाई छ । जनताका स्वास्थ्यसम्बन्धी आवश्यकतालाई पहिलो प्रथामिकतामा राखेर प्रदेश सरकारले काम गरिरहेको उनले बताए ।… पुरा पढौ

भारतीय पूर्व प्रधानमन्त्री सिंह सँधैका लागि अस्ताए

भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंह अस्ताएका छन् । सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्रीको पद सम्हालेका सिंहको गएराती ९२ वर्षको उमेरमा निधन भएको हो । भारतीय अर्थतन्त्रको बलियो जग बसाएका सिंहको बिहीबार राति दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा गएराती ९ बजेर ५१ मिनेटमा निधन भएको भारतीय समाचार संस्थाहरुले जनाएका छन् । पूर्व प्रधानमन्त्री सिंहलाई सुदृढ आर्थिक परिवर्तनको श्रेय दिईन्छ । उनलाई कांग्रेसका दिग्गज नेताको उपमा दिईन्छ । एम्स अस्पतालले निकालेको बुलेटिनमा भनिएको छ, ‘गहिरो शोकको साथ हामी भारतका पूर्वप्रधानमन्त्री डा.… पुरा पढौ

कास्कीमा ने.वि संघको सदस्यता वितरण अभियान शुरु

पोखरा । कास्कीमा नेपाल विद्यार्थी संघको सदस्यता वितरण अभियान शुरु भएको छ । नेपाल विद्यार्थी संघ कास्कीले विहीबारदेखि सदस्यता वितरण अभियान शुरु गरेको हो । पोखराको वन विज्ञान अध्ययन संस्थानमा आयोजित कार्यक्रम बीच नेपाली काँग्रेस कास्कीका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले सदस्यता वितरण अभियान शुभारम्भ गरे । नेपाल विद्यार्थी संघ कास्कीका पूर्व सभापति समेत रहनु भएका सहसचिव एवं प्रवक्ता सिग्देलले नेपाल विद्यार्थी संघको सदस्यताले विद्यार्थीको सान र मान बढ्ने बताए । निरंकुशता विरुद्व खरो उत्रेको नेपाल विद्यार्थी संघल अब राजनैतिक… पुरा पढौ

सहकारी ठगीमा आफ्नो संलग्नताबारे रविको ईन्कारी बयान

पोखरा, पुस ११ सहकारी ठगीका विषयमा पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापती रवि लामिछानेसँग बयान लिन शुरु भएको छ । सूर्य दर्शन बचत तथा ऋण सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा उनीमाथि जिल्ला अदालत कास्कीमा विहीबार ३ घण्टा बयान लिइएको हो । कास्की प्रहरीले तयार पारेको प्रतिवेदन र सरकारी वकीलको कार्यालयले हालेको अभियोग पत्रका आधारमा न्यायाधीस नितिज राईले लिएको बयानमा उनले ईन्कारी बयान दिएका छन् । थुनछेक बयानका क्रममा उनले प्रहरीको प्रतिवेदन र अभियोग पत्रमाजस्तो… पुरा पढौ

जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था तथा व्यक्ति एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको सामना गर्न जुट्नुपर्ने बताएका छन । वन तथा वातावरण मन्त्रालयद्वारा आज यहाँ आयोजित २९औँ विश्व जलवायु सम्मेलनको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रकृतिलाई स्वच्छ राख्न र दिगो संरक्षणका लागि एक भएर लाग्नुपर्नेमा जोड दिए । सरकारले जलवायु परिवर्तनको चुनौतीको सामना गर्ने कामको नेतृत्वसहित जलवायु वित्तको व्यवस्था गर्ने उल्लेख गर्दै उनले जमिन सुख्खा हुँदै जाँदा कृषि क्षेत्रलाई प्रतिकूल असर पार्ने भएकाले वन जङ्गलमा डढेलो… पुरा पढौ

स्ववियु निर्वाचनको तयारी गर्दै त्रिवि

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी थालेकोे छ । आगामी फागुन १५ गते हुने स्ववियु निर्वाचनका लागि त्रिविले तयारीलाई तीव्र पारेको छ । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले स्ववियु निर्वाचन गराउने प्रक्रिया अगाडि बढाएको जानकारी दिए । उनले विद्यार्थी कल्याण परिषद्को बैठक राखेर स्ववियु निर्वाचनलाई तोकिएकै मितिमा सम्पन्न गर्ने छलफल गरिएको बताए। त्रिविले शैक्षिक क्यालेण्डरमा नै स्ववियु निर्वाचनको मिति तोकेको छ । निर्देशक अधिकारीले चाँडै नै विद्यार्थी सङ्गठनसँग छलफल गरी निर्वाचनको कामलाई अगाडि बढाउने बताए।… पुरा पढौ

नेता रावल एमाले पार्टीबाट निस्काशित, विन्द्रा पाण्डे र उषाकिरण तिमिल्सेना ६ महिना निलम्बित

पुस १० काठमाण्डौं । नेकपा (एमाले)ले पार्टीका नेता भीम रावललाई पार्टीबाट निस्काशन गरेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज सम्पन्न सचिवालय बैठकले पार्टीका केन्द्रीय सल्लाहकार रहनुभएका रावललाई हटाउने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनले नेता रावलले सल्लाहकारको भूमिका पनि ननिभाएको पार्टीको सङ्गठित सदस्यबाट मुक्त गर्ने निर्णय गरिएको बताए । “पार्टीको १०औँ महाधिवेशनमा उहाँलाई उपाध्यक्ष बस्न आग्रह गरियो । उहाँले मान्नु भएन । उपाध्यक्षमा नबसेपछि अध्यक्षको उम्मेदवार बन्नुभयो । त्यसपछि उहाँ केन्द्रीय सदस्यमा पनि नआएपछि… पुरा पढौ

कास्कीमा काँग्रेसको सय दिने विशेष अभियान तिव्र

पोखरा । नेपाली काँग्रेस कास्कीले कास्कीमा पार्टीको एक सय दिने विशेष अभियान तिव्र पारेको छ । अभियान अन्तर्गत क्षेत्र, पालिका र वडास्तरमा कार्यक्रम तिव्र गतिमा संचालन भैरहेको कास्की काँग्रेसका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । हरेक दिन जसो कुनै न कुनै कार्यक्रम भैरहेको छ प्रवक्ता सिग्देलले भने, अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन निकै मेहनत गरेका छौं । कास्की क्षेत्र नं १ मा पुस ७, कास्की क्षेत्र नं ३ मा पुृस ९ गते क्षेत्रीयस्तरका कार्यक्रम भएका छन् । क्षेत्र… पुरा पढौ

संविधान संशोधन कार्यदल चाँडै बनाउँछौँ : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले संविधान संशोधन गर्न कार्यदल चाँडै बनाइने बताएका छन । संविधान संशोधन गर्न सरकारले आवश्यक गृहकार्य अघि बढाइसकेको उनले बताए । नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घको नवौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सबै दलसँग सहमति जुटाएर समयसापेक्ष रुपमा संविधान संशोधन गरिने बताए । संविधान संशोधन गर्नका लागि आवश्यक गृहकार्य गर्न कांग्रेस र एमालेले केही दिनमा बेग्लाबेग्लै कार्यदल बनाउन लागेको उनले जानकारी दिए । “पहिला हामी छलफल गरेर विषयको पहिचान गर्छौँ । त्यसपछि सबै राजनीतिक दलसँग चरणबद्धरुपमा… पुरा पढौ