राजनीति

मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना हुँदैछ : प्रधानमन्त्री ओली

फागुन ४ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना गर्न कानुनी तथा संस्थागत सुधारको लागि सरकारले निरन्तर काम गरिरहेको बताएका छन् । प्रतिनिभिसभाको आजको बैठकमा सांसद्हरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले बेरोजगार युवालाई रोजगारीको अवसर प्रदान गर्न उत्पादन, उत्पादकत्व र रोजगारी अभिवृद्धि हुने खालका कार्यक्रमलाई प्राथमिकता दिई सोही बमोजिम सबै काम अगाडि बढाइएको बताए । “देशभित्र रोजगारीका अवसर सिर्जना गर्नका लागि स्टार्टअप उद्यमलाई रु २५ लाखसम्मको सहुलियतपूर्ण कर्जा प्रदान गरिरहेको छ ।… पुरा पढौ

प्रधानमन्त्रीद्वारा उपप्रधानमन्त्री र नगरप्रमुखको स्वास्थ्य अवस्थाबारे जानकारी

फागुन ४ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न कीर्तिपुर वर्न अस्पतालमा पुगी त्यहाँ उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । शनिबार पोखरामा भएको आगलागीमा परेका उपप्रधानमन्त्री पौडेल र नगरप्रमुख आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसहित अस्पताल पुगेका हुन् । यसैबीच आजै पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र माधवकुमार नेपालले पनि उपप्रधानमन्त्री पौडेल र नगरप्रमुख आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनीहरुलाई अस्पतालका निर्देशक डा… पुरा पढौ

सडक र स्थानीय तहमा अस्पताल निर्माण सरकारको प्राथमिकतामाः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू यसअघि प्रधानमन्त्री हुँदा थालनी भएका स्थानीय तहका अस्पताल निर्माणलगायत पूर्वाधार विकासका काममा सरकारले प्राथमिकता दिएको बताएका छन् । प्रतिनिभिसभाको आजको बैठकमा सांसद्हरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यकालमा निर्वाचन क्षेत्र रणनीतिक सडक र हरेक पालिकामा आधारभूत अस्पतालको आवश्यकता महसुस गरी सोको निर्माण सुरुवात गरेको स्मरण गराउँदै आफूपछिका सरकारहरूले ती कार्यक्रमहरू रद्द गरेपछि निर्माण रोकिएको बताए । “सबै सडक र अस्पतालहरूको निर्माण सम्पन्न गर्न ठूलो बजेटको आवश्यकता पर्छ । ती… पुरा पढौ

उपप्रधानमन्त्री र मेयरको शरिर ५–६ प्रतिशत जलेको अस्पतालको रिपोर्ट, स्वास नली र फोक्सोमापनि असर पर्नसक्ने सम्भावना

पोखरा, फागुन ३ पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनका क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्य घाईते भएका छन् । भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन् पड्किएर लाग्दा उपप्रधानमन्त्री पौडेल र मेयर आचार्य घाईते भएका हुन् । उद्घाटनलाई भव्य बनाउन हाईड्रोजन भरिएको बेलुन उडाउने कार्यक्रम तय थियो । उद्घोषकले बेलुन उडाएर भ्रमण वर्षको उद्घाटन गरिदिन उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यलाई आग्रह गरे । पूर्व निर्धारित योजना अनुसार उपप्रधानमन्त्री पौडेल र मेयर आचार्य बेलुन नजिक के… पुरा पढौ

पोखराका मेयर धनराज आचार्यलाईपनि थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगियो

पोखरा, फागुन ३ पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन पड्किएर घाईते भएका पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यलाईपनि थप उपचारका लागि काठमाडौं लगिएको छ । पोखराको गैह्रापाटनस्थित फिस्टेल हस्पिटलमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको मेयर आचार्यको सचिवालयले जनाएको छ । मेयर आचार्यको थप उपचार अब काठमाडौं किर्तीपुरस्थित बर्निङ हस्पिटलमा हुने मेयर आचार्यका प्रमुख स्वकीय सचिव पूर्ण लामाले जानकारी दिए । उनले भने,‘नियमित उडान नभएकाले हेलिकोप्टरबाट मेयरसाबलाई थप उपचारका लागि काठमाडौं लगियो ।’ पोखरा भ्रमण वर्ष घोषणा… पुरा पढौ

बेलुन पड्किएर घाईते भएका उपप्रधानमन्त्री पौडेललाई थप उपचारका लागि काठमाडौं बर्निङ हस्पिटल लगियो

पोखरा, फागुन ३ पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन पड्किएर घाईते भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई थप उपचारका लागि काठमाडौं किर्तीपुरस्थित बर्निङ हस्पिटल लगिएको छ । पोखराको गण्डकी मेडिकल कलेजमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि किर्तीपुरस्थित बर्निङ हस्पिटल लगिएको नेकपा एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । नियमित उडान नभएकाले उनलाई हेलिकोप्टर चार्टर गरेर काठमाडौं लगिएको उनले बताए । एमाले उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन पड्किदा घाईते भएका थिए… पुरा पढौ

प्रथम शहीद लखन थापामगरको १४८ औं स्मृति दिवस मनाइयो

फागुन २ पोखरा । नेपालका प्रथम शहीद क्या. लखन थापामगरको १४८ औं स्मृति दिवस नेपालको पर्यटकीय राजधानी पोखरामा पनि मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ, गण्डकी प्रदेश समन्वय परिषद्को आयोजना र नेपाल मगर संघ, जिल्ला समन्वय समिति, कास्कीको व्यवस्थापनमा प्रथम शहीद क्या. लखन थापा मगरको १४८ औं स्मृति दिवस तथा सच्चा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो । पोखरा–९, लखनचोकस्थित प्रथम शहीद लखन थापा मगरको शालिकमा माल्यार्पणपछि सो कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापाले प्रथम शहीद… पुरा पढौ

वित्त आयोगको मूल्याङ्कनमा भरतपुर नै सर्बोत्कृस्ट

पोखरा, फागुन २ प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका नै सर्बोत्कृस्ट बनेको छ। पोखरा महानगर पाचौ बनेको छ । वित्त आयोगको मूल्याङ्कनमा पोखराले ५१.५ प्रतिशत अंक प्राप्त गरेको छ । ६ वटा महानगरपालिकामध्ये भरतपुरले ७६.२ प्रतिशत अंक प्राप्त गर्दै लगातार तेश्रो वर्षपनि सर्वोत्कृष्ट भएको हो । त्यस्तै, विराटनगर महानगरले ७३ दशमलव ५ प्रतिशत अंक ल्याएर दोश्रोहुँदा ललितपुर महानगरले ६६ दशमलव ७ प्रतिशत अंक ल्याएर तेश्रो, काठमाण्डौ महानगरले ५४ दशमलव ३ प्रतिशत ल्याएर चौथो भएको छ । गत… पुरा पढौ

विद्यार्थी सङ्ख्याभन्दा पठनपाठनको गुणस्तरमा ध्यान दिनु: सचिव पौडेल

गलकोट । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले विद्यार्थी सङ्ख्याभन्दा पठनपाठनको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका छन् । उनले शिक्षकलाई पनि निजामती कर्मचारीसरह सेवासुविधाको प्रबन्ध गर्नसके शिक्षामा गुणस्तर वृद्धि हुने बताए । बागलुङ नगरपालिका–४ स्थित देउराली प्राथमिक विद्यालयको नवनिर्मित भवनको उद्घाट गर्दै सचिव पौडेलले सङ्घीय शिक्षा ऐन ल्याउनुपर्ने बताए । उनले आफू शिक्षामन्त्री हुँदा सार्वजनिक शिक्षा सुधारका लागि ५५ बुँदे योजना बनाएर काम थालेको स्मरण गरे । सेवासुविधा र अवसरमा शिक्षकलाई विभेद नगर्ने हो भने शिक्षण पेसाप्रति थप आकर्षण बढ्ने… पुरा पढौ

जनयुद्ध दिवसमा कास्की माओवादीले ‘जनयुद्ध र टिआरसी’ विषयक बिचार गोष्ठी गर्दै

पोखरा, माघ ३० नेकपा माओवादी केन्द्र कास्कीले जनयुद्ध दिवसको दिन ‘जनयुद्ध र टिआरसी’ विषयक बिचार गोष्ठी कार्यक्रम आयोजना गर्ने भएको छ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति कास्कीको आयोजनामा जनयुद्ध दिवसको दिन फागुन १ गते विहीबार पोखरामा बिचार गोष्ठी हुन लागेको हो । पोखराको ह्वाईट हाउस पार्टी प्यालेसमा हुने कार्यक्रममा नेकपा माओवादीका नेता तथा कानून्विद् खिमलाल देवकोटाले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति कास्कीका संयोजक विश्वप्रकाश लामिछानेले जानकारी दिए । उनका अनुसार कार्यक्रम पूर्वाह्न… पुरा पढौ