राजनीति

मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन

माघ १९ पोखरा । मगर र गुरुङ भाषालाई गण्डकी प्रदेशमा सरकारी कामकाजको भाषाका रूपमा सञ्चालनमा गर्नुपर्ने माग भएसँगै मस्यौदा निर्माणका लागि सुझाव सङ्कलन सुरु गरिएको छ । गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयद्वारा आज पोखरामा आयोजित प्रदेशमा मगर र गुरुङ भाषालाई प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ को मस्यौदा निर्माणका लागि गुरुङ र मगर समुदायका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र राजनीतिक दलका नेताहरूसँग सुझाव सङ्कलन गरिएको हो । सुझाव सङ्कलन कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश… पुरा पढौ

घर बहाल कर घरधनीबाटै लिन सर्वेश्वर मार्ग–पराजुली मार्गका व्यवसायीको माग

पोखरा, माघ १९ पोखराको चिप्लेढुंगास्थित सर्वेश्वर मार्ग–पराजुली मार्गका व्यवसायीहरुले घर बहाल कर घरधनीबाटै लिन आग्रह गरेका छन् । सर्वेश्वर मार्ग–पराजुली मार्गका व्यवसायीहरुको साझा संस्था सर्वेश्वर व्यवसायी समितिको शनिबार आयोजित १३ औं साधारण सभाको उद्घाटन शत्रमा बोल्ने व्यवसायीहरुले घर बहाल कर घरधनीले घर बहालमा लगाएबापत तिर्नुपर्ने कर भएकाले त्यो कर व्यवसायीलाई नतिराउन आग्रह गरेका हुन् । उनीहरुको एउटै आवाज थियो,‘घर बहाल कर हामीलाई तिराईंदै आएको छ । तर घर बहाल कर तिर्ने जिम्मेवारी घर धनीको हो । त्यसैले त्यो कर घरधनीलाई… पुरा पढौ

अर्थतन्त्र सुदृढ बनाउन अध्यादेश ल्याइएको होः उपसभापति खड्का

माघ १८ मोरङ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकारले मुलुकको अर्थतन्त्र सदृढ बनाउँदै जनतालाई समृद्धि बनाउन अध्यादेश ल्याएको बताएका छन् । आपूर्ति तथा उपभोक्ता विभागद्वारा आज विराटनगरमा आयोजित ‘वर्तमान अवस्थामा आपूर्ति व्यवस्था र उपभोक्ताको अधिकार’सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले जनतालाई सहज आपूर्ति व्यवस्था गर्नु, जनताको हित गर्नु, मुलुकमा लगानी भित्र्याउनु, विदेशमा सूचना प्रविधिको कम्पनी स्थापना गरी स्वदेशमा रोजगारी सिर्जना गर्नुलगायत उद्देश्यसहित अध्यादेश ल्याइएको जानकारी दिए । पूर्वउपप्रधानमन्त्री समेत रहेका खड्काले दुई/दुई महिनामा सरकार परिवर्तनले जनता छाएको निराशालाई आत्मविश्वासमा परिणात गर्न,… पुरा पढौ

संसद् अधिवेशन आजदेखि, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

सङ्घीय संसद्को अधिवेशन आज अपराह्न १ः०० बजे हुँदैछ । हिउँदे अधिवेशन भनिने यो अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा पनि लिइन्छ । सदनमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक दलका शीर्ष नेताले मन्तव्य व्यक्त गर्ने कार्यसूची छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको दुवै सदनका सम्भावित कार्यसूचीअनुसार प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरु मनोनयन गर्ने छन । बैठकमा प्रधानमन्त्री ओलीले ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवाप्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’… पुरा पढौ

प्रधानमन्त्री ओलीद्वारा सोनाम ल्होसारको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गरेका छन । प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो परम्परागत पहिरनमा सजिएर डम्फु हातमा लिएका तामाङ समुदायका नारीहरूको तस्विरसहित सोनाम ल्होसार मनाउने सवैमा यो पर्वको हार्दिक शुभकामना व्यक्त गरेका हुन। “आज तामाङ समुदायको नयाँ वर्ष , अर्थात् सोनाम ल्होछार हाम्रो सोनाम ल्होछार आउँदा घरका छाना र डाँडामा बनाइएका मानेमाथि राता, सेता, पहेँला, नीला र हरिया ध्वजा फरफराएको सम्झना आउँछ । यस अवसरमा डम्फु बजाएर गाइने सेलो नेपाली लोक… पुरा पढौ

जनतालाई सुखी र खुसी बनाउन तीन तहकै सरकारले काम गरिरहेका छन् : राष्ट्रपति पौडेल

माघ १६ पोखरा । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली जनतालाई खुसी र सुखी बनाउन तीन तहकै सरकारले काम गरिरहेको बताएका छन् । तनहुँको व्यास नगरपालिका–८ पुलिमराङस्थित सहिद पार्कमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले सङ्घीय, प्रदेश र स्थानीय सरकार जनताको खुसीका लागि विकासको काममा जुटेको उल्लेख गरे । नेपाल चाँडै उन्नतिको बाटोमा अगाडि बढ्ने बताउँदै राष्ट्रपति पौडेलले भने, “अरू मुलुक जस्तै नेपालको पनि अब प्रगति हुन्छ । नेपालमा केही भएन भनेर निराशा व्यक्त गर्ने होइन । अब सबै मिलेर नेपाल बनाउने बेला… पुरा पढौ

शहरी गुरिल्ला टिम (STF) का पूर्व कमान्डरहरूको भेला चितवनमा सम्पन्न, बेपत्ता योद्धाहरूको अवस्थाबारे सरकारलाई स्पष्ट पार्न आग्रह

पोखरा । चितवनको सौराहामा शहरी गुरिल्ला टिम (STF) का तत्कालीन कमान्डरहरूको तीन दिने दोस्रो विशेष भेला भव्य रूपमा सम्पन्न भएको छ। तत्कालीन नेकपा (माओवादी) द्वारा सञ्चालन गरिएको जनयुद्धका क्रममा शहरमा सञ्चालन गरिएका फौजी कारबाहीको विशेष नेतृत्व गर्ने यो टिमका पूर्व सदस्यहरूको भेलाले महत्वपूर्ण निर्णयहरू गर्दै सार्वजनिक अपिल जारी गरेको छ। भेलाले तत्कालीन समयमा पोखराको STF को कमान्ड सम्हालेका कमान्डर शसक्त शरण गोले (अभिषेक) को नेतृत्वमा सम्मेलन आयोजक समिति गठन गरेको छ। यो समितिको संयोजन कास्कीका धीरज राना र किरण थापा… पुरा पढौ

देश र जनताप्रति समर्पित भएर लाग्ने प्रेरणा मिलोस्ः गण्डकी प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सहिद दिवसले देश र जनताप्रति समर्पित भएर लाग्नका लागि सम्पूर्ण पक्षहरुलाई प्रेरणा मिल्ने अपेक्षा गरेका छन्। सहिद दिवस, २०८१ को अवसरमा सन्देश जारी गर्दै भट्टले राष्ट्र, राष्ट्रियता, समानता, स्वतन्त्रता, नागरिक हक अधिकारको रक्षा, लोकतन्त्रको स्थापना लगायतका न्यायपूर्ण आन्दोलनहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रदेश प्रमुख भट्टले निरङ्कुश तानाशाही व्यवस्थाविरुद्धको संघर्षमा आफ्नो जीवन बलिदान गर्ने सहिदहरूको सपना पूरा गर्न दिगो शान्ति, सुशासन, विकास र… पुरा पढौ

प्रेस सेन्टर नेपाल कास्कीले मनायो स्थापना दिवस

माघ १५ पोखरा । प्रेस सेन्टर नेपाल कास्की शाखाले पोखरामा प्रभातफेरी तथा स्वास्थ्य परिक्षण गरी स्थापना दिवस मनाएको छ । पोखराको मानव अधिकार चोक बाट सुरु भएको प्रभातफेरी (र्‍याली) पोखरा सभागृहमा पुगेर समापन भएको थियो । कार्यक्रममा बोल्दै नेकपा माओेबादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले विगतको ईतिहासलाई स्मरण गर्दै २१ बर्ष अघि गठन भएको प्रेस सेन्टरले अब समाजबादी यात्रामा शसक्त्त रुपमा कलम चलाउन आग्रह गरिन् । स्वास्थ्य परिक्षणको समेत उद्घाटन गर्दै उहाँले जनताको पक्ष र आवाज विहिनहरुको आवाज बुलन्द… पुरा पढौ

हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन भूमिका खेल्न आफ्ना सांसदलाई एमालेको निर्देशन

माघ १५ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन भूमिका खेल्न आफ्ना सांसदलाई निर्देशन दिएको छ । आज नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको संसदीय दलको बैठकले यही माघ १८ गतेदेखि सुरु हुने अधिवेशनलाई प्रभावकारी बनाउन पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने दुवै सदनका सांंसदलाई निर्देशन दिएको हो । प्रतिनिधिसभामा सो पार्टीका मुख्य सचेतक महेश बर्तौलाले अधिवेशनलाई प्रभावकारी बनाउन पार्टीले सबै सांसदलाई सक्रियपूर्वक भाग लिन निर्देशन दिइएको बताए । उनले नेपाली कांग्रेस र एमालेको साझा प्रयत्नपछि अध्यादेश ल्याइएकाले सोहीअनुसार… पुरा पढौ