राजनीति

‘कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ’ : अध्यक्ष नेपाल

कार्तिक १६ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको बाधक तत्वका रूपमा कम्युनिष्ट पार्टीभित्र बढ्दै गएको भ्रष्टीकरण भएको बताएका छन् । पार्टी निकट जनसांस्कृतिक महासङ्घद्वारा आज आयोजित सांस्कृतिक कार्यक्रममा उनले भ्रष्टीकरण अन्त्य नभएसम्म मुलुकमा विकास तथा जनताको समस्या समाधान हुन नसक्ने बताए । अहिले कम्युनिष्ट पार्टीभित्र व्यक्तिवाद हाबी हुँदै गएको उल्लेख गर्दै अध्यक्ष नेपालले भने, “सामूहिक हित र वर्गीय हितका लागि स्थापित कम्युनिष्ट पार्टीमा स्वार्थी प्रवृत्ति बढ्दै गएको छ । भ्रष्टीकरण बढ्दै गएको छ… पुरा पढौ

साफ च्याम्पियनसिप : सरकारले महिला फुटवल खेलाडीलाई जनही तीन लाख दिने

कार्तिक १५ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीलाई सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज राष्ट्रिय टोलीका महिला फुटबल खेलाडीसँगको भेटघाटका क्रममा उनले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याई नगर्ने स्पष्ट गर्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने जानकारी गराएका हुन् । उक्त खेलमा दोस्रो भएको नेपाली टोलीका खेलाडीले जनही रु तीन लाखका दरले पुरस्कार पाउनेछन् । विगतका कतिपय खेलका पुरस्कार अझै प्राप्त… पुरा पढौ

प्रकृति र संस्कृति पर्यटन विकासको आधार–नेता अधिकारी

गण्डकी । नेकपा (एमाले) स्थायी कमिटी सदस्य खगराज अधिकारीले प्रकृति र संस्कृति पर्यटन विकासको मुख्य आधार भएको बताउनु भएको छ । नेकपा (एमाले) पोखरा १७ द्धारा आज आयोजित शुभकामना आदान प्रदान तथा चियापालन कार्यक्रममा बोल्दै उहाँले यस्ता आधारको उपयोग गर्दै समृद्धिसंग जोड्नु पर्ने बताए । गण्डकी प्रदेशका निवर्तनमा मुख्यमन्त्री समेत रहेका अधिकारले प्राकृति सम्पदान र मौलिक संस्कृतिको संरक्षण तथा प्रचार प्रसारमा जोड दिंदै पर्यटकको आकर्षण बढाउनु पर्ने आवश्यकता औल्याए । भ्रष्टाचारी र सहकारीको वचत अवचलन गर्ने कुनै पनि व्यक्ति एमाले… पुरा पढौ

काउन्सिलका नवनियुक्त सदस्यद्वारा पद तथा गोपनीयताको शपथ

कार्तिक १३ काठमाण्डौं । प्रेस काउन्सिल नेपालका नवनियुक्त बोर्ड सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण तथा पदबहाली गरेका छन् । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले नवनियुक्त सदस्यद्वय केशवशरण लामिछाने र विजयराज अधिकारी तथा नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष बाला अधिकारीलाई आज आयोजित एक कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । काउन्सिलमा पत्रकार महासङ्घको अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ । यसैबीच अध्यक्ष बस्नेतले अराजकतालाई मलजल गर्ने कुनै पनि मिडियालाई कारबाहीको दायरामा ल्याउने दृढता व्यक्त गरेका छन् । नयाँ खुलेका अनलाइन… पुरा पढौ

अनुसन्धान गर्न पाइँदैन भनेर जुलुस निकाल्ने पार्टीले सुशासनको कुरा गर्न मिल्दैनः महासचिव पोखरेल

कार्तिक १३ भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले सहकारी प्रकरणमा परेका नेतालाई छानबिन गर्न पाइँदैन भनेर जुलुस निकाल्ने पार्टीले सुशासनको कुरा गर्न नसुहाउने बताएका छन् । विभिन्न चाडपर्वका अवसरमा एमाले चितवनले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले एमालेले पार्टीका कुनै पनि नेतालाई अनुसन्धान नगर भनेर आन्दोलन र जुलुस ननिकालेको तर नयाँ भनिएकाले यस्तो गरिररहेकामा विरोध जनाए । महासचिव पोखरेलले भने, “सहकारी प्रकरणमा एमाले नेतृत्वको सरकारले कसैलाई अन्याय ग¥यो कि भन्ने लाग्नसक्छ तर व्यक्ति केन्द्रीत… पुरा पढौ

एमाले पार्टी कार्यालय निर्माण कार्य तत्काल नगर्न आदेश

कार्तिक १२ काठमाण्डौं । सर्वोच्च अदालतलले नेकपा (एमाले) ले पार्टी कार्यालय निर्माण गर्न जग्गा दान लिई हक हस्तान्तरणलगायत काम कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले आज एमाले पार्टी कार्यालयल निर्माण गर्न व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा लिएर काम कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “सुविधा सन्तुलनको दृष्टिले अन्तरिम आदेशको छलफलबाट टुङ्गो नलागुन्जेलसम्म निवेदन दाबी बमोजिम विपक्षीहरूबीच निवेदनमा उल्लेखित मिति २०८१ आसोज २५ मा दान लिएको भनिएको… पुरा पढौ

एमालेको फासिष्ट शासन ल्याउन सबै प्रयास भइरहेको छ : नेपाल

पोखरा, कात्तिक १२ पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दल विभाजन सम्बन्धि अध्यादेश एमालेको फासिष्ट शासन ल्याउने परिवेश बनाउनका लागि ल्याउन लागेको आरोप लगाएका छन् । समाजवादी प्रेस संगठन कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले एमालेको फासिष्ट शासन ल्याउनका लागि सबै कसरत भइरहेको बताएका हुन् । दल विभाजन सम्बन्धि अध्यादेश किन ल्याउन लागिएको हो भन्ने कुरा र सिधा र प्रष्ट छ,उनले भने,‘त्यो अध्यादेश दुई पार्टी व्यवस्थालाई बलियो बनाउन ल्याउन लागिएको हो । तर… पुरा पढौ

सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने

कार्तिक ११ काठमाण्डौं । सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको उपचार निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज मन्त्रीस्तरीय निर्णय गरेअनुसार कान्ति बाल अस्पताल काठमाडौँ, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा निःशुल्क उपचार हुने भएको हो । आगामी मंसिर १ गतेबाट निर्णय लागु हुने गरी व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्री पौडेलले पदबहाली गरेलगत्तै बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क बनाउन पहल थालेका थिए । सरकारले हरेक व्यक्तिलाई उपचारका… पुरा पढौ

काटिएको लाइन जडान गर्न ऊर्जामन्त्री र उद्योगमन्त्रीसँग आग्रह

कार्तिक ११ काठमाण्डौं । उद्योगी, व्यवसायीले नेपाल विद्युत् प्राधिकरणले उद्योगको लाइन काटेकोप्रति दुःख जनाउँदै काटिएको लाइन तत्काल जडान गरी सहज रुपमा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन ऊर्जामन्त्री र उद्योगमन्त्रीसँग आग्रह गरेका छन् । उद्योगी व्यवसायीले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई संयुक्त रुपमा भेटेर प्राधिकरणले काटेको लाइन तत्काल जडान गर्न पहल गर्नुपर्ने माग गरेका हुन् । भेटका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष एवं उद्योगी पशुपति मुरारकाले विद्युत् प्राधिकरणले पटकपटक विद्युत् लाइन… पुरा पढौ

गैरआवासीय नेपाली अवैतनिक राजदूत हुन् : गृहमन्त्री लेखक

कार्तिक ११ काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपालीले नेपालको राष्ट्रियता बलियो बनाएको बताएका छन् । गैरआवासीय नेपाली दिवस तथा वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले गैरआवासीय नेपाली नेपालका अवैतनिक राजदूत भएको बताए । “नेपालका लागि केही गर्ने उद्देश्य राख्नुभएको छ । जुन देशको नागरिक भए पनि नेपाली हुँ भनिराख्नुभएको छ”, उनले भने, “अवैतनिक राजदूतका रुपमा विश्वमाझ नेपाललाई चिनाउँदै नेपालको राष्ट्रियता थप बलियो बनाउनुका साथै आर्थिक उन्नतिमा महत्वपूर्ण योगदान पु¥याउनुभएको छ, तपाईंहरु सबै धन्यवादको पात्र हुनुहुन्छ ।”… पुरा पढौ