राजनीति

रास्वपाले उपनिर्वाचन लक्षित कार्यक्रम गर्ने

कार्तिक २४ काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको आज बसेको बैठकले आसन्न स्थानीय तहको उपनिर्वाचन लक्षित कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टीले आसन्न स्थानीय तहको उपनिर्वाचन लक्षित कार्यक्रम आयोजना गरी आम जनसमुदायमा जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकले सहकारी, लघुवित्त एवं मिटरब्याज पीडितहरूको रकम फिर्ता गराउन दबाबमूलक कार्यक्रमहरूको अगुवाइ गर्ने निर्णय गरेको प्रवक्ता झाले जानकारी दिए । उनका अनुसार ‘सहकारी र लघुवित्त संस्थाहरूको समस्या समाधानका नीतिगत उपाय… पुरा पढौ

प्रधानमन्त्री ओलीको चीन भ्रमण राष्ट्रियहितका लागि : एमाले

कार्तिक २४ काठमाण्डौँ । नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई अधिकतम राष्ट्रिय हितमा रुपान्तरण गर्ने निर्णय गरेको छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले प्रधानमन्त्रीको चीन भ्रमणलाई नेपालको राष्ट्रिय हितमा हुनेगरी सफल बनाउने निर्णय गरेको बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । “द्विपक्षीय भेटघाट र वार्ता सकाएर उहाँ फर्कनुहुन्छ । चिनियाँ राष्ट्रपति नेपाल आउँदा उच्चस्तरीय समझदारी र नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले चीन भ्रमण भएका समझदारीमा नै हाम्रो जोड हुनेछ,” उपमहासचिव ज्ञवालीले भने, “त्यसको… पुरा पढौ

रास्वपाले तोक्यो उपनिर्वाचनको जिम्मेवारी

कार्तिक २२ काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहको उपनिर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन परिचालनको जिम्मेवारी तोकेको छ । केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक गणेश पराजुलीको सभापतित्वमा बुधबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य एवं केन्द्रीय सदस्यहरुलाई निर्वाचन परिचालनको जिम्मेवारी तोकेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उक्त बैठकले कोशी प्रदेशमा निशा डाँगीलाई जिम्मेवारी तोकेको छ । डा चन्दा कार्कीलाई मधेश, शिशिर खनाललाई बागमती, विन्दाबासिनी कंसाकारलाई गण्डकी, केन्द्रीय सदस्य कुसुम महर्जनलाई लुम्बिनी, लिमा अधिकारीलाई कर्णाली र विष्णुकुमार श्रेष्ठलाई सुदुरपश्चिमको जिम्मेवारी… पुरा पढौ

“अग्निदहनको” प्रचारप्रसार पोखराबाट शुरु, मंसिर ७ गते रिलिज हुँदै

पोखरा । नेपाली चलचित्र “अग्निदहनको” प्रचारप्रसार पोखराबाट शुरु भएको छ । मंसिर ७ गतेबाट हलमा प्रदर्शन हुने भएपछि सिनेमाको प्रचारप्रसारको तयारीमा निर्माण टीम जुटेको हो । चलचित्र पत्रकार संघ नेपाल कास्कीले विहिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा सिनेमाका विषयमा जानकारी गराइएको छ । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानको प्रस्तुतिमा निर्माण भएको सिनेमा ६ वर्ष अगाडि छायाँकन गरिएको हो । सिनेमाका प्रस्तुतकर्ता मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानका अध्यक्ष कोभिदशरण उपाध्यायले कार्यक्रमको शिलशिलामा आफु धादिङ पुग्दा बोक्सीका नाम… पुरा पढौ

राष्ट्रपति पौडेलले दिए अमेरिकाको राष्ट्रपतिमा निर्वाचित ट्रम्पलाई बधाई

कार्तिक २१ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएकोमा बधाई दिएका छन् । राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल ट्विटमार्फत ऐतिहासिक जित हासिल गर्नुभएकामा नेता ट्रम्पलाई बधाई दिँदै संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रुपमा उनको दोस्रो कार्यकालको पूर्ण सफलताको कामना गरेका छन् । उनले राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । रासस पुरा पढौ

तीनै तहका सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्र गठन

कार्तिक २१ काठमाण्डौं । सत्तारुढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसले तीनै तहका सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्र गठन गरेका छन् । एमाले नेता तथा पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार दुई दिनअघि गठित संयन्त्रमा केन्द्रको हकमा एमालेका चार र कांग्रेसका चार जना नेता रहने गरी आठ सदस्यीय संयन्त्र गठन गरिएको जानकारी दिए । संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार समेत रहेका उपमहासचिव विष्णु रिमाल… पुरा पढौ

गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर

कार्तिक २० काठमाण्डौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले आज गण्डकी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका मनाङेलाई ज्यान मार्ने उद्योगमा तत्कालीन पुनरावेदन अदालत पाटनको फैसलालाई सदर गर्दै दोषी ठहर गरेको हो । तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद हुने फैसला सुनाएको थियो । सर्वोच्च अदालतले सोही फैसलालाई सदर गरेको हो । विसं २०६१ सालमा दीपक मनाङे उर्फ ‘राजीव गुरुङ’ को… पुरा पढौ

ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीबीच भेट

कार्तिक २० काठमाण्डौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) का अध्यक्ष एवम् भारतका नवीन एवम् नवीकरणीय ऊर्जामन्त्री प्रल्हाद वेंकटेश जोशीबीच भेटवार्ता भएको छ । भारतको नयाँदिल्लीस्थित भारतमण्डप केन्द्रमा आज भएको भेटमा दुवै देशबीच भविष्यमा दिगो विकास, जलवायु परिवर्तनका असर न्यूनीकरण, स्वच्छ ऊर्जा सङ्क्रमणलगायत विषयमा सहकार्य गरेर जाने विषयमा छलफल भएको भेटमा सहभागी विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिए । भेटमा ऊर्जामन्त्री खड्काले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनले नेपालका लागि पहिचान गरेका सोलार रोडम्याप निर्माण,… पुरा पढौ

प्रधानमन्त्री ओली बिरामी, अत्यावशेषक बाहेकका भेटघाट स्थगित

कार्तिक २० काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन् । प्रधानमन्त्री ओलीलाई ज्वरो आएका कारण प्रधानमन्त्रीले आज अत्यावश्यकबाहेक कुनै भेटघाट र कार्यक्रम नराखी आराम गरिरहेको उनका प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिए । संयोजक सिलवालले भने, ‘उहाँलाई ज्वरो आएको छ,’ उनले भने,‘उहाँको रगत परीक्षणका लागि पठाइएको छ ।’ प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमा छन् । पुरा पढौ

सोविता गौतमको उत्तेजित भाषण : सरकारबिरुद्ध जसले, जहाँ, जे सक्छ त्यहि गर्नूस्, त्यसको जिम्मा रास्वपाले लिन्छ

पोखरा, कात्तिक २० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापती तथा पूर्व गृहमन्त्रीसमेत रहेका रवि लामिछानेमाथि अनुसन्धान गर्न १० दिन म्याद थपिएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविलाई थप १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले मंगलबार अनुमति दिएको हो । रविलाई हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको यो तेश्रो पटक हो । यसअघि कात्तिक २ गते पक्राउ परेका उनलाई कात्तिक ४ गते पहिलो पटक ६ दिन र कात्तिक ८ गते ७ दिन म्याद थप गरेको थियो । दोश्रो… पुरा पढौ