राजनीति

सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितमा कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली

कार्तिक ११ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्र र राष्ट्रियताका पक्षमा प्रश्न उठ्ने गरी कुनै सम्झौता नगरिने स्पष्ट पारेका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनद्वारा आज यहाँ आयोजित ‘राष्ट्रिय सुरक्षा र विकासमा पूर्व सुरक्षाकर्मीहरुको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले राष्ट्रियताका सवाललाई ध्यान दिएर भारतको नाकाबन्दी भएका बेला चीनसँग व्यापार र पारवहन सम्झौता गरिएको स्मरण गराए । “अहिले अनेक नाममा राष्ट्रिय सुरक्षाको किल्लामा हमला गर्न खोजिएको… पुरा पढौ

आपसी कटुता त्यागेर वाम एकता गर्न गण्डकीका वामपन्थी ज्येष्ठ नागरिकहरुको आह्वान

पोखरा, कार्तिक १२ । गण्डकी प्रदेशको विभिन्न जिल्लाबाट आएका वामपन्थी ज्येष्ठ नागरिकहरूको दुई दिने मिलन कार्यक्रम पोखरामा सम्पन्न भएको छ। कम्युनिष्ट आन्दोलनका अग्रज व्यक्तित्वहरू, जो नेपालको सामन्तवाद र राजतन्त्रविरुद्ध संघर्षमा लामो समयदेखि सक्रिय रहँदै आएका थिए, उनीहरूले आफ्नो योगदानलाई स्मरण गर्दै सामूहिक रूपमा विभिन्न प्रस्ताव पारित गरेका छन्। कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरूले नेपालको कम्युनिष्ट आन्दोलनले पुँजीवादी जनवादी क्रान्ति, गणतन्त्र स्थापनाको यात्रा, र समाजवादको जग बसाल्न खेलेको भूमिकाको स्मरण गर्दै गर्व महशुस गरेका छन्। ११ बुँदे प्रस्तावमा शहीद, वेपत्ता योद्धाहरूप्रति सम्मान,… पुरा पढौ

एमाले वडा कमिटी पोखरा १६ को शुभकामना आदान प्रदान सम्पन्न

पोखरा । नेकपा एमाले वडा कमिटी पोखरा १६ ले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । नेपालीनजका पर्वको अवसरमा आयोजित कार्यक्रमको उट्घाटन गर्दै एमालेका पुर्व स्थायी कमिटीका सदस्य सोमनाथ अधिकारी प्यासीले पार्टीलाई विभिन्न शक्तिले घेरावन्दीमा पार्न खोजेको वताउँदै, यसलाई तोडेर जनपक्षीय काम गर्नुपर्नेमा जोड दिए । उनले सुखी नेपाली र समृद्घ नेपाल एमाले नेतृत्वले मात्र पुरा गर्न सक्ने उल्लेख गर्दै, त्यसका लागि नेता कार्यकर्ता एक ढिक्का भएर लाग्नुपर्ने बताए । एमालेका केन्द्रिय सदस्य प्रभा कोईरालाले पार्टीले अगींकार गरेको… पुरा पढौ

शिक्षामन्त्री भट्टराईको एकसय दिनः ४२ उपलब्धि सार्वजनिक

कार्तिक ८ काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले स्थानीय उत्पादनमा आधारित विद्यालय दिवाखाजा राष्ट्रिय प्रारूप स्वीकृत भई कार्यान्वयनमा रहेको बताएकी छन् । मन्त्रालय सम्हालेको एकसय दिनको उपलब्धि आज सार्वजनिक गर्दै उनले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन कार्ययोजना तयार गरिएको, विद्यालय तहको परीक्षा तथा मूल्याङ्कन प्रणाली सुधारको कार्ययोजना बनाएको बताइन् । उनले भनिन्, “स्थानीय उत्पादनमा आधारित विद्यालय दिवाखाजा राष्ट्रिय प्रारूप स्वीकृत भई कार्यान्वयनमा छ, अनिवार्य तथा निःशुल्क शिक्षाको तीनै तहका सरकारको जिम्मेवारीसहितको कार्यान्वयन कार्ययोजना तयार भएको छ र माध्यामिक… पुरा पढौ

रविलाई थप ७ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतको अनुमती

पोखरा, कात्तिक ८ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापती रवि लामिछानेलाई थप ७ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । सहकारीको रकम गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको हो । कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएका उनलाई कात्तिक ४ गते अदालतमा उपस्थित गराइएको थियो । सो दिन कात्तिक ३ गतेबाटै लागु हुनेगरी पहिलो पटक ६ दिन म्याद थपिएको थियो । तर विहीबारसम्मपनि अनुसन्धान… पुरा पढौ

आन्दोलनको स्वरुप फेर्दै रास्वपा, भोलिदेखि काठमाडौं केन्द्रीत आन्दोलन गर्ने

पोखरा, कात्तिक ८ पोखरेलीको अपेक्षित साथ नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्दोलनको स्वरुप फेर्ने भएको छ । सहकारी ठगीको आरोपमा पक्राउ परेका पार्टी सभापती तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेर पोखरा ल्याएपछि रास्वपाले पोखरा केन्द्रित विरोध प्रदर्शन गर्दै आएको थियो । अदालतबाट न्याय निरुपण हुने क्रममा रहेको सो विषयलाई सडकमा भीड जम्मा गरेर प्रभावित गर्ने उद्देश्यले आयोजित विरोध प्रदर्शनमा पोखरेलीको अपेक्षित साथ मिलेन । जसका कारण रास्वपा आन्दोलनको स्वरुप फेर्न बाध्य भएको हो । त्यतिमात्र होईन, भीडबाट न्याय प्रभावित… पुरा पढौ

सरकारको प्राथमिकता : थालेका काम अघि बढाउने, निर्धारित समयमा सक्ने

कार्तिक ७ काठमाण्डौं । थालेका काम समयमा पूरा नहुने र नयाँनयाँ आयोजना थपिने क्रमलाई अन्त्य गर्न सरकारले विशेष ध्यान दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सय दिने कार्यअवधिमा भएका प्रगति सार्वजनिक गर्ने क्रममा आज आफूले जनताको विश्वास र भरोसाका आधारमा जनताका नाममा खाएको शपथलाई जनताकै लागि समर्पित गर्ने अठोट पनि अभिव्यक्त गरेका छन् ।प्रधानमन्त्री ओलीले गत साउन ६ प्रतिनिधिसभामा विश्वासको मत लिँदै गर्दा सरकारका पाँचवटा प्राथमिकता प्रस्तुत गर्दा ‘थालेका कामहरू अघि बढाउने र निर्धारित समयमा सक्ने’ कुरालाई पहिलो प्राथमिकतामा… पुरा पढौ

जुनसुकै कालखण्डमा भएका पनि भ्रष्टाचारीमाथि कारबाही हुन्छः प्रधानमन्त्री ओली

कार्तिक ७ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारीमाथि कारबाही हुने स्पष्ट पारेका छन् । सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै उनले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुमाथि सरकारले कानुनी कारबाही सुरु गरेको बताए । “हालसम्म ६ सयभन्दा माथिलाई कानुनी कारबाही गरिएको छ, ५७५ भन्दा बढी त जेलमै छन्”, प्रधानमन्त्री ओलीले भने, “सहकारी ठगहरुलाई कारबाही गर्ने मात्र होइन, बचतकर्ताको बचत फिर्ता गर्नका लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी… पुरा पढौ

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सरकार सफल : प्रधानमन्त्री ओली

कार्तिक ७ पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पु¥याउन वर्तमान सरकार सफल भएको बताएका छन् । सरकार गठन भएका सय दिनका उपलब्धिबारे आज सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘सत्य निरूपण तथा मेलमिलाप आयोग, २०७१’ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिबाट स्वीकृत भई प्रमाणीकरणसमेत भएको बताउनुभयो । “शान्ति प्रक्रियालाई पूर्णता दिन आयोग गठनका लागि सिफारिस समिति बनेको छ, त्यसले आयोग गठनको प्रक्रिया अघि बढाएको छ”, प्रधानमन्त्री ओलीले भने, “लामो समयदेखि द्वन्द्व खेपेको हाम्रो समाजका लागि यो… पुरा पढौ

सरकारको सय दिन : दुई सय उद्योगमा ३४ अर्ब लगानीको प्रतिबद्धता

कार्तिक ७ काठमाण्डौं । वर्तमान सरकारले कार्यभार सम्हालेको एक सय दिनको अवधिमा दुई सय उद्योगका लागि करिब रु ३४ अर्ब बराबरको लगानीको प्रतिबद्धता गरिएको छ । सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रमा सुधारका सङ्केत देखापरेका बताए । प्रधानमन्त्री ओलीले निजी क्षेत्रकै मागबमोजिम अर्थतन्त्र सुदृढीकरणका लागि आर्थिक सुझाव आयोगजस्ता महत्वपूर्ण आयोगको गठनले व्यवसायीमा आत्मविश्वास पलाउँदै गएको बताए । उनले भने, “अन्तर्राष्ट्रिय स्वतन्त्र विज्ञ संस्थाबाट नेपालको सार्वभौम साख मूल्याङ्कन (क्रेडिट रेटिङ) को कार्य अन्तिम चरणमा पुगेको… पुरा पढौ