राजनीति

राष्ट्रभाषाको संरक्षणमा गोरखापत्रले खेलेको भूमिका महत्वपूर्ण छः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्र भाषाको विकास र संरक्षणमा गोरखापत्रले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । गोरखापत्र संस्थानमा आज आयोजित कार्यक्रममा ‘रानाथारु’ भाषा पृष्ठको लोकार्पण गर्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भाषाको विकास र संरक्षणले सम्बन्धित भाषा बोल्नेहरुको साहित्य क्षेत्रको विकासमा पनि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । मन्त्री गुरुङले संस्थानका प्रकाशनहरुलाई अझ गुणस्तरीय र प्रतिस्पर्धी बनाउन जोड दिँदै गोरखापत्रको डिजिटल प्रकाशनलाई प्रभावकारी बनाउन संस्थान पदाधिकारीहरुलाई निर्देशन दिए। गोरखापत्र दैनिकको अन्तर्राष्ट्रिय, विचार, राजनीतिकसहित अन्य… पुरा पढौ

रास्वपा कार्यकर्ता तितरबितर पार्न प्रहरीले हान्यो अश्रु ग्याँस र पानीको फोहरा

पोखरा, कात्तिक ४ निशेधित क्षेत्र सहिदचोकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले प्रदर्शन जारी राखेपछि प्रहरीले अश्रु ग्याँस र पानीको फोहरा हानेको छ । पूर्व गृहमन्त्रीसमेत रहेका रास्वपा सभापती रवि लामिछानेको समर्थनमा रास्वपा कार्यकर्ताले निशेधित क्षेत्र सहिदचोकमा प्रदर्शन जारी राखेपछि नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याँस र पानीको फोहरा हानेको हो । रविलाई जिल्ला अदालत कास्कीमा म्याद थपका लागि उपस्थित गराउने समय पारेर रास्वपा कार्यकर्ताले सहिदचोकमा प्रदर्शन गरेका थिए । दिउँसो १२ः३० बजेबाट प्रदर्शन गर्ने भनिएपनि विहान ११ बजेबाटै रास्वपाका कार्यकर्ता भेला… पुरा पढौ

नेसपाको विधान महाअधिवेशन पोखरामा, तयारी पूरा

कार्तिक ३ पोखरा । नेपाल समाजबादी पार्टी नेसपा को विधान महाअधिवेशनको तयारी पुरा भएको छ । नेपाल समाजबादी पार्टीले आज (शनिबार) पोखरामा पत्रकार भेटघाटको आयोजना गरेर विधान महाधिवेशनको तयारीको बारेमा जानकारी दिएको हो । पोखरामा यही कार्तिक ५ र ६ गते हुने बिधान अधिवेनमा ४ सय भन्दा बढी देशभरबाट प्रतिनिधिहरु सहभागि हुने पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले जानकारी दिए । वैकल्पिक राजनीतिक शक्ति निमार्णको औचित्य र वैचारिक आधार, वैकल्पिक शक्तिको मूल वैचारिक–राजनीतिक प्रतिवद्धता, वैकल्पिक शक्तिको संगठनात्मक सिद्धान्त र… पुरा पढौ

नेपाल र चीनबीच भएका समझदारी कार्यान्वयन गर्नुपर्नेमा अध्यक्ष प्रचण्डको जोड

कार्तिक ३ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको बताएका छन् । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलसँग आज आफ्नो निवास खुमलटारमा भएको भेटवार्तामा उनले चीनले गरेको विकास नेपालका लागि ठूलो सिकाइ भएको बताए । अध्यक्ष प्रचण्डले नेपालको विकास प्राथमिकतामा चीनले गर्दै आएको सहयोगका लागि चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिङपिङलाई धन्यवाद ज्ञापन गरे । उनले सन् २०१९ मा चीनबाट भएको उच्चस्तरीय भ्रमणका क्रममा… पुरा पढौ

सभामुख घिमिरेलाई सांसद लामिछाने पक्राउको जानकारी

कार्तिक ३ काठमाण्डौं । सभामुख देवराज घिमिरेलाई प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुखलाई त्यससम्बन्धी जानकारी लेखीपठाएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा उल्लेख छ । चितवन निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित लामिछानेलाई कास्की जिल्ला अदालतको पक्राउ अनुमतिबमोजिम फौजदारी कसूरको अनुसन्धानका क्रममा पक्राउ गरिएको सूचनामा जनाइएको छ । नेपालको संविधानको धारा १०३ को उपधारा ६ मा ‘सङ्घीय संसद्को कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित… पुरा पढौ

‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक पर्दैन : प्रधानमन्त्री ओली

कार्तिक ३ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी चालक अनुमतिका लागि ‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक नपर्ने व्यवस्था गरिएको बताएका छन् । सामाजिक सञ्जालमा आज उनले ‘पोष्ट’ गरेको सामग्रीमा नागरिक ‘एप’ मार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने उल्लेख गरेका छन् । सवारी नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै ‘डिजिटल पेमेन्ट’ गर्ने व्यवस्था पनि सरकारले गरेको छ । “यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ भने सवारी नियम उल्लङ्घनमा जरिवाना तिर्दा हुने झन्झट… पुरा पढौ

माओवादी पार्टीहरूबीच छिट्टै एकता हुन्छ : अध्यक्ष प्रचण्ड

कार्तिक ३ भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छरिएर रहेका माओवादी पार्टीहरूबीचको एकता प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने बताएका छन् । चितवनको भरतपुर महानगरपालिका–१३ मा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरिएको जनसांस्कृतिक कार्यक्रममा उनले हिजो एउटै ‘स्कुलिङ’बाट आएका तर हाल विभक्त रहेका माओवादीहरू एकताबद्ध भएर जानुपर्नेमा जोड दिए । अध्यक्ष प्रचण्डले सबै एकीकृत भएर मात्रै समाजवादी क्रान्तिको तयारीमा लाग्न सकिने उल्लेख गरे । “शान्ति सम्झौतामा आउँदा गणतन्त्रमा जाने सहमति भए पनि त्यसलाई… पुरा पढौ

रविको आग्रह : मलाई सामान्य व्यवहार गरियोस्

कार्तिक ३ पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापती रवि लामिछानेले आफूलाई सामान्य व्यवहार गर्न प्रहरीलाई आग्रह गरेका छन् । अनुसन्धानका लागि काठमाडौंबाट पोखरा ल्याइएपछि उनले कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलीयालाई उनले आफूलाई भिआईपीको सुविधा र त्यस अनुसारको व्यवहार नगर्न आग्रह गरेको कास्की प्रहरीका सूचना अधिकारी वसन्तकुमार शर्माले जानकारी दिए । रविलाई उद्धृत गर्दै उनले भने,‘मलाई सामान्य व्यवहार गरियोस्, अरुले जे खान्छन् त्यहि दिईयोस्, अरुलाई जस्तो व्यवहार हुन्छ त्यस्तै व्यवहार गरियोस्, मलाई भिआईपीको सुविधा चाहिंदैन ।’ पक्राउ… पुरा पढौ

रबि पक्राउ परेसँगै समर्थन र विरोधमा उत्रियो पोखरा

कात्तिक ३ पोखरा । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापती रवि लामिछाने पक्राउ परेसँगै पोखराको माहोल एकाएक तातिएको छ । पूर्व गृहमन्त्रीसमेत रहेका रास्वपा सभापतीलाई पोखराको सूर्यदर्शनसहित विभिन्न ६ वटा सहकारीको रकम गोरखा मिडियामा लगेर अपचलन गरेको आरोपमा शुक्रबार काठकाडौंबाट पक्राउ गरेर पोखरा ल्याइएसँगै पोखरामा उनको समर्थन र विरोधमा पोखरा उत्रिएको छ । रविको पक्राउको समर्थन गर्दै सहकारी पीडितहरुले थप दवाब सिर्जना गरिरहेका छन् भने रास्वपा कार्यकर्ताले रविको समर्थनमा दिनभरी नै नाराबाजी तथा कोणसभालगायतका कार्यक्रम गरे । काठमाडौंमा… पुरा पढौ

बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

कार्तिक २ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछि गएको बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४औँ बैठकको समापन गर्दै प्रधानमन्त्री ओलीले कात्तिक मसान्तभित्र अस्थायी आवास निर्माणको रकम निकासा गरिसक्न तथा बिजुली, स्वास्थ्य, खानेपानीलगायत अवरुद्ध सेवा १५ दिनभित्र खुलाउन भने । उनले विपद्पछिको क्षतिको विस्तृत मूल्याङ्कन छिट्टैगरी पुनःनिर्माणमा अपुग हुने रकम जुटाउन… पुरा पढौ