राजनीति

सरकारको सय दिन : उच्चस्तरीय भ्रमणदेखि द्विपक्षीय सम्बन्धमा सुधारसम्म

कात्तिक ५ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठन भएको यही कात्तिक ६ गते सय दिन पुग्दैछ । यस अवधिमा सरकारका विभिन्न उपलब्धिसँगै परराष्ट्र मन्त्रालयअन्तर्गत विभिन्न मुलुकसँगको सम्बन्ध थप सुदृढ हुनुका साथै उच्चस्तरीय भ्रमणहरू आदानप्रदान भएका छन् । परराष्ट्र मन्त्रालयले सरकार गठन भएको पहिलो सय दिनसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ । यस अवधिमा संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा तथा एसियन कोअपरेशन डाइलगको शिखर सम्मेलनमा उच्चस्तरीय प्रतिनिधित्व गर्ने काम भएको र ती मञ्चहरूमा… पुरा पढौ

कार्यसम्पादन कमजोर भएका संस्थानको निजीकरण वर्गीकरणका लागि सिफारिस गर्ने निर्णय

कार्तिक ५ काठमाण्डौं । निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका केही संस्थानहरुको निजीकरण वर्गीकरणका निम्ति मन्त्रिपरिषद्मा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा समितिको आज बसेको बैठकले जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, हेटौँडा कपडा उद्योगको वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको हो । यस्तै विराटनगर जुट मिल, बुटवल धागो कारखाना, गोरखाकाली रबर उद्योग, उदयपुर र हेटौँडा सिमेन्ट कारखानाको पनि वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय भएको छ । मन्त्रिपरिषद्बाट वर्गीकरण… पुरा पढौ

नेसपाको विधान अधिवेशन पोखरामा शुरु, भ्रष्टाचार अन्त्यका लागि बलियो संस्था आवश्यक : डा.भट्टराई

कात्तिक ४ पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा)को विधान अधिवेशन पोखरामा शुरु भएको छ । पोखरामा शुरु भएको नेसपाको प्रथम महाधिवेशनको पूर्व प्रधानमन्त्री तथा नेसपा महाधिवेशन मूल आयोजक समितिको संयोजक डा.बाबुराम भट्टराईले उद्घाटन गरे । विधान अधिवेशनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री डा.भट्टराईले भ्रष्टाचार अन्त्यका लागि संस्था बलियो हुनुपर्ने बताएका छन् । संस्था बलियो नहुँदा देशमा भ्रष्टाचार घट्नुको सट्टा झन् बढ्दै गएको उनले बताए । भ्रष्टाचारबारे छानविन गर्ने एउटा बलियो संस्था आवश्यक रहेको उनको भनाई थियो । त्यसले मात्र भ्रष्टाचार नियन्त्रण… पुरा पढौ

पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने तीन नेतालाई स्पष्टीकरण सोध्ने एमाले सचिवालय बैठकको निर्णय

कार्तिक ४ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय सचिवालय बैठकले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका विषयमा पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको बैठकले भवन निर्माणका सन्र्दभमा पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने नेतालाई स्पष्टीकरण सोध्ने निर्णय भएको एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिए । उनले भने, “लामोसमय पार्टीको नीतिसँग असहमति राखेर आफ्नो विचार प्रकट गरिरहेका पार्टीका पूर्वउपाध्यक्ष भीम रावल र स्थायी कमिटी सदस्य विन्दा पाण्डे, केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाले पार्टी… पुरा पढौ

उपचार खर्च बेहोर्न नसक्ने जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय

असोज ४ काठमाण्डौं । सरकारले उपचार खर्च गर्न बेहोर्न नसक्नेलाई जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । आज मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले कस्मेटिक बाहेकको जलन उपचारको व्यवस्था निःशुल्क गर्ने निर्णय भएको जानकारी दिए । सरकारले कोशी प्रदेशमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेस प्रदेशमा नारायणी अस्पताल, बागमती प्रदेशमा कीर्तिपुर अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी अस्पताल, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको… पुरा पढौ

वर्तमान सरकार प्रविधियुक्त प्रशासन बनाउन केन्द्रित छ : गृहमन्त्री लेखक

कार्तिक ४ काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले राज्यका तर्फबाट प्रदान गरिने सम्पूर्ण सेवालाई प्रविधिमैत्री बनाउँदै लगिने बताएका छन् । काठमाण्डौं उपत्यका ट्राफिक कार्यालयमा आज आयोजित ‘इ–चलान’ (डिजिटल चिट) शुभारम्भ गर्दै उनले सबै नागरिकलाई सरल, सुलभ र पारदर्शी तथा झण्झटिलो र जटिलतारहित ढङ्गबाट सेवा प्रवाह गरिने बताए । “कोही पनि नागरिकले सरकारी सेवा सरल ढङ्गबाट प्राप्त गर्न सकून्, कुनै जटिलता, अपारदर्शीता र भ्रष्टाचार नहोस्, सेवाग्राहीले सहजै सेवा प्राप्त गर्न गरुन् भन्ने उद्देश्यका साथ सरकार अघि बढिरहेको छ”, गृहमन्त्री लेखकले भने ।… पुरा पढौ

राहत र पुनःस्थापनामा सरकार ढृढ र सक्रिय छ : प्रधानमन्त्री ओली

कार्तिक ४ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहत तथा पुनःस्थापना दिने कर्तव्य पूरा गर्न सरकार ढृढ र सक्रिय रहेको बताएका छन् । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज सहयोग हस्तान्तरण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आएका विभिन्न संस्थाका प्रमुख र प्रतिनिधिलाई धन्यवाद दिँदै प्रधानमन्त्री ओलीले जाजरकोट केन्द्रविन्दु भई गत वर्ष गएको भूकम्पका प्रभावितलाई ढिलै भए पनि दोस्रो किस्ता दिइएको र मनसुनजन्य विपद्बाट प्रभावितलाई छिटोछरितोरुपमा राहत वितरण गरिने बताए । प्रधानमन्त्री ओलीले विपद्लगत्तै सुरक्षा… पुरा पढौ

समुन्नतिका लागि राजनीतिमा शुद्धीकरण र जनताको चेतनास्तरमा वृद्धि जरुरी : डा. भट्टराई

कार्तिक ४ पोखरा । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी( नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले बढ्दो भ्रष्टाचार र राज्य सत्ताको दोहनले नेपाली अर्थतन्त्रको प्रमुख चुनौती भएको बताएका छन् । उनले भ्रष्टाचार नियन्त्रण गर्न भारतकोजस्तै ‘जनलोकपाल विधेयक’ को निर्माणसहित राज्यसत्ताको दोहन गर्ने आसेपासे पूँजीवादको अन्त्य हुनुपर्ने पनि बताएका छन् । देशलाई आर्थिक रुपले समुन्नत बनाउनको निम्ति राजनीतिमा शुद्धीकरण र जनतामा चेतनास्तर बढ्नुपर्ने तर्क गर्दै उनले भनेका छन्,‘देशमा केही भएन भनेर हामी गनगन गरिरहेका छौँ । जनताको चेतनास्तर बढेन भने भगवान आउनुभयो भन्यो… पुरा पढौ

‘रास्वपा भीडबाट न्याय प्रभावित पार्न उद्यत’

पोखरा, कात्तिक ४ न्याय भीडले होईन अदालतले दिन्छ । तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापती रवि लामिछानेको मुद्धामा न्याय अदालतले होईन, भीडबाट प्रभावित पार्न उनका समर्थकहरु उद्यत देखिएका छन् । त्यसको ज्वलन्त उदाहरण पोखरामा भइरहेको छ । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापती रवि लामिछाने पक्राउ परेका छन् । काठमाडौंमा पक्राउ परेका उनलाई अनुसन्धानका लागि शुक्रबार झिसमिसे विहान पोखरा ल्याइएको थियो । सहकारी पीडितहरुको पुरक जाहेरीका आधारमा पक्राउ परेका उनलाई पक्राउ गरेर अनुसन्धान गर्नु प्रहरीको कर्तव्य हो ।… पुरा पढौ

रविलाई हिरासतमै राखेर अनुसन्धान गर्न ६ दिन म्याद थप

पोखरा, कात्तिक ४ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापती रवि लामिछानेलाई थप ६ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । सहकारीको रकम गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका उनलाई थप६५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको हो । सहकारीको रकम अपचलन गरेको आरोपमा रविलाई विहीबार काठमाडौंबाट पक्राउ गरिएको थियो । सोहि साँझ काठमाडौंबाट स्थल मार्गहुँदै शुक्रबार विहान पोखरा ल्याइएका उनलाई शनिबार विदा भएकाले अदालतमा उपस्थित गराइएको थिएन । आईतबार कास्की जिल्ला अदालतमा… पुरा पढौ