राजनीति

प्रधानमन्त्रीम नियुक्त भएपछि ओलीले भने, ‘सबैमा समान, सबैलाई धन्यवाद’

असार ३० काठमाण्डौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्रीमा नियुक्त लगत्तै उनले सामाजिक सञ्जालमार्फत् सबैलाई धन्यवाद दिएका हुन् ।। उनले सामाजिक सञ्जालमा ‘सबैमा समान, सबैलाई धन्यवाद’ उल्लेख गर्दै धन्यवाद दिएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानको धारा ७६(२) अनुसार नियुक्त गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले गत शुक्रबार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत… पुरा पढौ

एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त

असार ३० काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्ष ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम आज प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री पदमा नियुक्त भएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा… पुरा पढौ

मेरो बारेमा अनुसन्धान गर्नूस्, कानुन मलाई पनि लाग्छ : गृहमन्त्री लामिछाने

असार ३० काठमाण्डौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो बारेमा कुनै विषयमा अनुसन्धान अगाडि बढाउनुपर्ने लागेमा निःकङ्कोच अनुसन्धान अघि बढाउन आग्रह गरेका छन् । गृह मन्त्रालयमा आज भएको बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “आजसम्म स्वतः प्रभावित हुनुभएको भए पनि अब मेराबारे पनि अनुसन्धान गर्नूस् । गलत गरेको भए कानुन मलाई पनि लाग्नुपर्छ ।” नक्कली भूटानी शरणार्थी, टीकापुर, पतञ्जली र बालमन्दिर जग्गा प्रकरणबारे जारी अनुसन्धान निष्पक्ष र प्रभावकारी रुपमा अगाडि बढोस् भन्ने आफ्नो चाहना रहेको उनले बताए । सरकार… पुरा पढौ

लोसपामा मन्त्री छान्ने जिम्मा अध्यक्ष ठाकुरलाई

असार २९ काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा गठन हुने सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सहभागी हुने निर्णय गरेको छ । पार्टी कार्यालय बबरमहलमा बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको पार्टीका सचेतक रामप्रकाश चौधरीले जानकारी दिए । सोही बैठकले बाढीपहिरो र डुबानबाट प्रभावित जनतालाई तत्काल प्रभावकारी राहत उपलब्ध गराउन सरकार र राजनीतिक दललाई आग्रह गरेको छ । बैठकले पहिराका कारण त्रिशूली नदीमा खसेर बेपत्ता… पुरा पढौ

अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्ने

असार २८ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि वर्तमान मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी तोकेका छन् । राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलले नेपालको संविधानका धारा ७७ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि वर्तमान मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्नेगरी तोकिएको उल्लेख छ । “प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाको आजको बैठकमा राख्नुभएको विश्वासको मतसम्बन्धीको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन… पुरा पढौ

राष्ट्रपतिबाट आह्वान लगत्तै ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस–एमालेको तयारी

असार २८ काठमाण्डौं । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार गठनका लागि आह्वान भएलगत्तै नयाँ प्रधानमन्त्रीका लागि दाबी पेस गर्न नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले)सहितका दलले तयारी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सदनमा दुई वा दुईभन्दा बढी दलको सरकार गठन हुनसक्ने अवस्था रहेसम्म सर्वाेच्च अदालतको नजिरबमोजिम संविधानको धारा, ७६ (२) बमोजिम नै सरकार गठनका लागि आह्वान हुनेमा विश्वास व्यक्त गरे । सोही… पुरा पढौ

राजनीतिक अस्थिरताले समस्या समाधान हुँदैन : सांसद केसी

असार २८ काठमाण्डौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले १८ महिनामा पाँचौँपटक सरकार प्रमुखलाई विश्वासको मत दिने कि नदिने विषयमा छलफल भइरहनुले जनताको समस्या समाधान नहुँने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उनले राजनीतिक अस्थिरताले जनताको समस्या समाधान नहुँने बताएका हुन् । सांसद केसीले बाढीपीडित नागरिकको घरघर जानुपर्ने बेला सरकारमा जान हानथाप हुनु उचित नभएको बताए । “कुनै पार्टीप्रतिको पूर्वाग्रह होइन तर लोकतन्त्र जोगाउन सकिन्छ कि सकिँदैन भन्ने चिन्ता हो”, उनले… पुरा पढौ

संसदमा विश्वासको मत प्राप्त नगर्दा प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त

असार २८ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत गर्नुभएको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । प्रधानमन्त्री दाहालद्वारा नेपालको संविधान २०७२ को धारा १०० को उपधारा (२) बमोजिम प्रस्तुत प्रस्तावमाथि बैठकमा भएको मतदानको परिणाम घोषणा गर्दै सभामुख देवराज घिमिरेले सभामा तत्काल कायम रहेको सङ्ख्याको बहुमतले सो प्रस्ताव अस्वीकृत भएको जानकारी गराए । मतदानमा कुल दुई सय ५८ सदस्यले भाग लिएकामा प्रधानमन्त्रीले राख्नुभएको विश्वासको मतको प्रस्तावका पक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र… पुरा पढौ

वृद्धभत्ता लिन राष्ट्रिय परिचयपत्र तत्काल नचाहिने

पोखरा । सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय स्थगित गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय स्थगित गरेको हो । प्राकृतिक विपतका कारण परिचयपत्र बनाउन असहज भएको भन्दै तत्कालका लागि सरकारले राष्ट्रिय परिचयपत्र लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । यसअघि सरकारले सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र लागू गरेको थियो । पुरा पढौ

मन्त्री उपस्थित नभएपछि संसद् बैठक भोलिसम्मका लागि स्थगन

असार २७ काठमाण्डौं । प्रतिनिधिसभाको आजको बैठक मन्त्री उपस्थित नभएपछि भोलिसम्मका लागि स्थगन भएको छ । आज अपराह्न बसेको सभाको बैठकको प्रारम्भमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्री र मन्त्रीहरु उपस्थित नभएकाले संसद् बैठक चल्न नसक्ने बताएपछि सभामुख देवराज घिमिरेले बैठक भोलिसम्मका लागि स्थगन भएको घोषणा गरे । सभामुखले घिमिरेले प्रतिनिधिसभाको बैठकमा कुनै पनि मन्त्रीको उपस्थिति नरहेकाले आजको बैठकको कार्यसूचीमा रहेको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम हटाइएको व्यहोरा जानकारी गराए । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम ५… पुरा पढौ