राजनीति

मदन–जीवराज स्मृति दिवस आज

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३१ औँ स्मृति दिवस जनतालाई जागृत हुन उनीहरूले गरेको योगदानको स्मरण गर्दै आज मनाइँदैछ । एमाले र नेकपा (एकीकृत समाजवादी) ले विविध कार्यक्रम आयोजना गर्दैछन् । विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गमा जीप दुर्घटनामा परी उहाहरुको निधन भएको थियो । जननेता भण्डारीले एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेको जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शक सिद्धान्तलाई एमालेले पालना गर्दै आएको छ । रासस पुरा पढौ

‘सही स्थितिको सही विश्लेषण नै माक्सवाद हो’ : मुख्यमन्त्री अधिकारी

जेठ २ पोखरा । नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले सही स्थितिको सही विश्लेषण नै माक्सवाद भएको बताएका छन् । बुधबार नेकपा एमाले कास्कीको आयोजनामा पोखरा १६ खोलाखेत स्थित मदन–आश्रित स्मृति पार्कमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । पुँजीवादी जनवादी क्रान्ती शान्तिपूर्ण बाटोबाट हुन्छ भन्ने जननेता मदन भण्डारीको भनाईले त्यसलाई प्रष्ट पारेको उनले खुलाए । ‘भयो त्यस्तै भोट हालेर ४ जना राजावादी भए, अरु सबै गणतन्त्रवादी, मदन भण्डारी ज्योतिषी त होइन नी, तर सही स्थितिको सही विश्लेषण… पुरा पढौ

प्रधानमन्त्री, अध्यक्ष ओली र उपप्रधानमन्त्री लामिछानेबीच भेटवार्ता

जेठ २ काठमाण्डौं । सत्तारुढ दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबीच अवरुद्ध संसद् खुलाउने लगायतका विषयमा छलफल भएको हो । भेटका क्रममा आफूविरुद्ध सदनमा कुरा उठेपछि संसदमा बोल्न पाउनुपर्ने प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली समक्ष कुरा राखेको उपप्रधानमन्त्री लामिछानेले जानकारी दिए । “म माथि प्रश्न उठिसकेपछि मैले सदनमा बोल्न… पुरा पढौ

अपाङ्गता भएका व्यक्तिको माग पूरा गर्न कांग्रेसको आग्रह

जेठ २ काठमाण्डौं । नेपाली कांग्रेसले पूर्णअशक्त अपाङ्गता भएका व्यक्तिको अधिकारको माग गर्दै रत्नपार्कमा जारी आन्दोलनका माग पूरा गर्न सरकारसँग माग गरेको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी विज्ञप्तिमा अधिकारकर्मी दीपक भण्डारीको नेतृत्वमा विगत दुई हप्तादेखि भइरहेको अनसनका माग सम्बोधन र प्रहरीबाट भएको धरपकड रोक्न आग्रह गरिएको हो । विज्ञप्तिमा भनिएको छ, “शान्तिपूर्ण आन्दोलनमा प्रहरीले धरपकड गर्दा संयोजक विकास थापालगायत करिब दुई दर्जन अपाङ्गता भएका व्यक्ति पक्राउ परेका उल्लेख गर्दै त्यसमा पार्टीको प्रहरीलाई आन्दोलनको सम्मान गर्न नेपाली कांग्रेस… पुरा पढौ

मर्यादित संसदीय अभ्यासका लागि एमाले समर्पित छ : अध्यक्ष ओली

जेठ २ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मर्यादित संसदीय अभ्यासका लागि आफ्नो पार्टी निरन्तर समर्पित रहीआएको बताएका छन् । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले प्रमुख प्रतिपक्षी दलले संसदमा प्रदर्शन गरिरहेको विरोधबाट आफूहरु आत्तिनुपर्ने कारण छैन भने । उनले नेपाली कांग्रेसले बिना प्रमाण र कसूर कसैलाई आरोप लगाउँदैमा संसदीय समिति गठन हुन नसक्ने र अब संसद बैठक अवरुद्ध नहुने बताए । “आरोपित व्यक्ति पहिले… पुरा पढौ

तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्ने

दमौली । तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार दीपकराज जोशीले दायर गरेको रिटमा मङ्गलबार अन्तिम सुनुवाइ गर्दै अदालतले निवेदकको दाबी पुग्ने फैसला गरेको हो । उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले रिट निवेदक जोशीको पक्षमा फैसला सुनाएको उच्च अदालतका सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिए। मतगणनामा धाँधली भएको भन्दै जोशीले विसं २०७९ जेठ १२ गते निर्वाचन आयोग समेत पाँचजनालाई विपक्षी बनाई रिट दर्ता गरेका… पुरा पढौ

नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउनुपर्छ : गृहमन्त्री लामिछाने

जेठ १ काठमाण्डौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले वर्तमान सरकारको नीति तथा कार्यक्रममा नयाँ विषय समावेश भएको बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज प्रस्तुत नीति तथा कार्यक्रमको टिप्पणी गर्दै उपप्रधान एवं गृहमन्त्री लामिछानेले यसमा पुराना कार्यक्रमलाई निरन्तरता दिँदै धेरै नयाँ विषय समावेश भएको बताएका हुन् । “विभिन्न मन्त्रालयअन्तर्गत नयाँ कुरा राखिएको छ । यसको अर्थ पुराना कुरा छैनन् भनेको हैन, कतिपयको निरन्तरता छ । तर धेरै विषय नयाँ आएका छन । मूल कुरा यी सबै कार्यान्वयन गर्नेमा ध्यान… पुरा पढौ

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन

जेठ १ काठमाण्डौं । अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम राम्रो आएको र त्यसलाई कार्यान्वयन हुने गरी बजेट आउने बताएका छन् । नीति तथा कार्यक्रमबारे सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिनुहँदै अर्थमन्त्री पुनले यसपटक विगतमा झैँ नीति तथा कार्यक्रम र बजेटको तालमेल नमिल्ने समस्या नरहने स्पष्ट पारे । “विगतमा नीति तथा कार्यक्रम र बजेटको तालमेल मिलेन भन्ने गुनासो आउँथ्यो यसपटक त्यस्तो हुँदैन”, अर्थमन्त्री पुनले भने, “अहिले नीति तथा कार्यक्रम जे आएको छ, राम्रो आएको छ । यसैलाई समर्थन गर्ने गरी… पुरा पढौ

राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

जेठ १ काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुको विरोधपछि राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ । सहकारी प्रकरणको छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसका सांसदहरुको माग थियो । सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनको प्रति टेबल गर्ने कार्यक्रम थियो । सो बैठकमा सभाध्यक्षले राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव प्रस्तुत कार्यसूची थियो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ ३ गते बिहिबार अपराह्न १.१५ बजे बस्नेछ ।… पुरा पढौ

सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : प्रमुख प्रतिपक्षी कांग्रेस

जेठ १ काठमाण्डौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र विपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रमको आलोचना गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत उक्त कार्यक्रमबारे सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सो पार्टीका नेता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले सरकारको भनाइ र गराइमा आकाश जमिनको फरक रहेको टिप्पणी गरे । “ सरकारको भनाइ एकातिर छ, गराइ ठीक उल्टो छ । त्यसैले यो नीति तथा कार्यक्रम कार्यान्वयन हुन्छ भन्नेमा… पुरा पढौ