राजनीति

बागमतीमा नवनियुक्त मन्त्रीले शपथ लिए

चैत २० मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरु क्रमशः केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलले मौजुदा मन्त्रिपरिषद्मा हेरफेर गरी चार जना मन्त्री समावेश गरेका थिए । मुख्यमन्त्रीको सिफारिसअनुसार प्रदेश प्रमुख शर्माले बागमती प्रदेशसभा सदस्य केशवप्रसाद पोखरेललाई वन तथा वातावरण मन्त्रालय, रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय, एकालाल श्रेष्ठलाई खानेपानी, सिँचाइ तथा उर्जा र प्रकाश श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी तोकिएको… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पाण्डे विश्वासको मत नमागी नया सरकारका लागि दाबी गर्ने रणनीतिमा

पोखरा, चैत २० गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत नमाग्ने भएका छन् । माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले मंगलबार अपराह्न ३ बजेसम्ममा विश्वासको मत माग्नका लागि प्रदेश सभा सचिवालयमा सूचना पठाई सक्नुपर्ने थियो । तर उनले सो समयसम्म प्रदेश सभा सचिवालयलाई सूचना दिएनन् । त्यसैले उनले विश्वासको मत माग्नका लागि सूचना पठाउने समय घर्कीसकेको छ । यद्वपी उनले मंगलबार साँझसम्म राजिनामासमेत दिएका छैनन् । मुख्यमन्त्री निकट श्रोतका अनुसार मुख्यमन्त्री पाण्डेले बुधबार वा विहीबार राजिनामा दिदैछन् ।… पुरा पढौ

उपप्रधानमन्त्री लामिछाने र विश्व बैङ्कका देशीय निर्देशक बीच शिष्टाचार भेट

चैत १९ काठमाण्डौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र विश्व बैङ्कका देशीय निर्देशक फारिस हदाद जेर्भोसबीच शिष्टाचार भेटघाट भएको छ । आज गृह मन्त्रालयमा भएको भेटमा जेर्भोसले नेपालमा सञ्चालनमा रहेका, निर्माणाधीन अवस्थामा रहेका र परियोजना सम्भाव्यता अध्ययन भइरहेका ठूला जलविद्युत् परियोजनाबाट हुन सक्ने विपद् जोखिमलाई दृष्टिगत गर्दै विस्तृत विपद् जोखिम न्यूनीकरण परियोजना र तिनै तहका सरकारका संस्थागत क्षमता विकासमा सहयोग गर्न इच्छुक रहेको बताए । उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उनले विश्व बैङ्कले सामाजिक संरक्षण,… पुरा पढौ

बाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेललाई तेश्रो पटक विश्वासको मत

चैत १९ हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । बागमती प्रदेशसभाका ५६ जना सांसदको मत प्राप्त गर्दै विश्वासको प्राप्त गरेका हुन् । मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभामा रहेका एक सय १० सदस्यमध्ये बहुमत सदस्य ५६ जनाको मत प्राप्त गरेका हुन् । एक सय आठजना प्रदेशसभा सदस्य उपस्थित भएकामा उनलाई सत्ता गठबन्धन दल नेकपा (एमाले) का २७, नेकपा (माओवादी केन्द्र) को २१, नेकपा (एकीकृत समाजवादी) को सात र हाम्रो नेपाली पार्टीका एक गरी ५६ जनाले विश्वासको मत… पुरा पढौ

गण्डकीको दोश्रो पञ्चवर्षीय योजना : आर्थिक वृद्धिदर ८ प्रतिशत, गरिवी ८ प्रतिशतमा झार्ने

पोखरा, चैत १९ गण्डकी प्रदेशले दोश्रो पञ्चवर्षीय योजना तर्जुमा गरेको छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगले आगामी ५ वर्षका लागि तयार पारेको दोश्रो पञ्चवर्षीय योजनाको अवधारणा पत्र सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । देशको सोह्रौं राष्ट्रिय योजनाको लक्ष्य तथा उद्देश्य प्राप्त गर्न सहयोग पु¥याउने र कार्वन तटस्थ, समावेशी, दीगो तथा उत्थानशील अर्थतन्त्र निर्माण गरी प्रदेश समुन्नतीको आधारशीला तयार पार्ने उद्देश्यले बनाइएको दोश्रो पञ्चवर्षीय योजनाको अवधारणाले ‘आत्मनिर्भर र समुन्नत प्रदेश, सम्मानित प्रदेशवासी’को सोंचसहितको योजना तर्जुमा गर्ने आयोगका… पुरा पढौ

एमाले लमजुङको अध्यक्षमा विष्ट निर्वाचित

लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जिल्ला कमिटी लमजुङको अध्यक्षमा राजकुमार विष्ट निर्वाचित भएका छन् । कमिटिको नवाँैं जिल्ला अधिवेशनको आज सम्पन्न मतगणना अनुसार कृष्णप्रसाद अधिकारीलाई ८९ मतअन्तरले हराउँदै विष्ट अध्यक्षमा निर्वाचित हुन् । अध्यक्ष पदमा नवनिर्वाचित विष्टले दुई सय ८८ मत प्राप्त गरे। बेँसीशहर नगरपालिका–११ मा घर भएका विष्ट यसअघि एमाले बेँसीशहर नगर कमिटिको अध्यक्ष थिए । यसअघिका जिल्ला अध्यक्षसमेत रहेका अधिकारीले एक सय ९९ मत प्राप्त गरे । विष्ट र अधिकारीले आ–आफ्नै प्यानल बनाएर चुनावी मैदानमा होमिएका… पुरा पढौ

आफ्नै सवारी साधनले ट्रायल दिने व्यवस्था मिलाउन मन्त्री मनाङेको निर्देशन

पोखरा, चैत १८ गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङेले आफ्नै सवारी साधनले ट्रायल दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । मन्त्रालयको आयोजनामा आईतबार पोखरामा भएको मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालय प्रमुखहरुको प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उनले अबदेखि आफ्नै सवारी साधन वा ट्रायल दिने व्यक्तिको सहमतिमा उपलब्ध साधनबाट ट्रायल दिने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । गण्डकीमा हालसम्म आफ्नो सवारी साधन वा आफूले रोजेको सवारी साधनबाट ट्रायल दिने व्यवस्था छैन । हाल टेण्डर गरी… पुरा पढौ

उत्तरपुस्तिका हराएको विषयमा लापरबाही गर्नेलाई तुरुन्त कारबाही गर्न  सांसद भट्टराईको माग

पोखरा । कास्की निर्बाचन क्षेत्र न २  बाट प्रतिनिधि सभामा प्रतिनिधित्त्व गर्ने सांसद विद्या भट्टराईले उत्तर पुस्तिका हराउनुमा चरम लापरबाही गर्ने जिम्मेवार व्यक्तिलाई तुरुन्त कारबाही माग गरेकी छन् । आइतबारको प्रतिनिसभा बैठकको शून्य समयमा बोल्दै  नजिता पर्खिरहेका विद्यार्थीलाई पुनः परीक्षा दिनुपर्ने अवस्था आउनु गम्भीर भएको बताइन् ।  ‘२०८० वैशाखमा स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य र फाउन्डेसन अफ एजुकेसनको परीक्षा दिएका विद्यार्थीहरू नतिजा पर्खिरहेका थिए,’ उनले भनिन्, ‘तर उनीहरुले नतिजा होइन उत्तर पुस्तिका हराएको र पुनः परीक्षा दिनुपर्ने निर्देशन सहितको सूचना त्रिविले प्रकाशित गरेको छ ।  १८३ विद्यार्थीको उत्तर पुस्तिका हराएको भन्ने समाचारले विद्यार्थीको भविष्यमाथि खेलबाड भएको छ । यसप्रकारणको चरम लापरबाही गर्ने जिम्मेवार व्यक्तिलाई तुरुन्त कारबाही समेत माग गर्दछु ।’ वार्षिक प्रणाली अन्तर्गतका चार वर्षे पढाइ हुने विषयको चार वर्षभित्रै नजिता प्रकाशित गर्ने नियम त्रिविले बनाए पनि कार्यान्वयन गर्न नसकेको सांसद भट्टराईको भनाइ थियो । ‘क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय व्यवस्थित बनाइ क्लस्टरिङ बेसिसमा कपी जाँच गर्ने प्रणाली विकास गरी समयमा… पुरा पढौ

शान्ति प्रक्रिया टुङ्ग्याउन राष्ट्रिय सहमति जुटाउँछौँः प्रधानमन्त्री प्रचण्ड

चैत १७ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया टुङ्गोमा पु¥याउन र विकास तथा समृद्धिका लागि राष्ट्रिय सहमति जुटाउन आफू प्रयासरत रहेको बताएका छन् । रिपोटर्स क्लबको २६औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले शान्ति प्रक्रिया र संवैधानिक परिषद्का विषयमा आज नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्न लागेको समेत बताए । “शान्ति प्रक्रिया र संवैधानिक परिषद्सँग सम्बन्धित विषयमा आज गम्भीर छलफल गर्दैछौँ । सकेसम्म मेरो कोसिस सबै राजनीतिक दललाई… पुरा पढौ

बागमती प्रदेश मन्त्रिपरिषद् विस्तार, एमालेका थपलिया आर्थिक मामिलामन्त्रीमा नियुक्त

चैत १७ मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्री थपलियालाई प्रदेशप्रमुख शर्माले आज साँझ पद तथा गोपनीयताको शपथ गराएका छन् । थपलिया दोस्रोपटक प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बनेका हुन् । उनले यसअघि २०७९ पुस २६ गते सो मन्त्रालय सम्हालेका थिए । रासस पुरा पढौ