राजनीति

संघीयता विरोधीलाई शब्दले होईन कामले जवाफ दिऔं: कार्की

पोखरा । गण्डकी प्रदेश सभा सदस्य भीम कार्कीले संघीयता विरोधीलाई कामले जवाफ दिनुपर्ने बताएका छन् । गण्डकी प्रदेश सभाको आजको बैठकमा आज विशेष समयमा बोल्दै एमाले नेतासमेत रहेका प्रदेश सभा सदस्य कार्कीले प्रदेश सरकारको कार्यशैलीका कारण संघीयतामाथि प्रश्न चिह्न उठेको बताएका हुन् । धेरै भ्रम, अफवाह, र असफलताको दोषारोपण संघीयतामाथि आएको छ,उनले भने,‘त्यसैले संघीयता विरोधीहरुलाई शब्दले होईन, कामले जवाफ दिऔं ।’ प्रदेश सांसद कार्कीले संघीयतालाई बलियो बनाउन दल र नेताहरुको सोंच, चिन्तन र शैली बदल्नुपर्ने बताए । लामो समयदेखि एकात्मक… पुरा पढौ

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि फागुन २२ गते दिउँसो ३ बजे बस्ने भएको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ ।रासस पुरा पढौ

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको सपथ

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले आज पद तथा गोपनीयताको सपथ लिएका छन । नयाँ वानेश्वरस्थित संसद भवनमा सङ्घीय संसद सचिवालयद्वारा आज आयोजित समारोहमा सभाका उपाध्यक्ष उर्मीला अर्यालले उनीहरुलाई सपथ दिलाएका हुन। सो अवसरमा उपाध्यक्ष अर्यालले नयाँ सदस्यहरुलाई सभाको प्रतीक चिन्ह लगाइदिए भने सचिवालयका कर्मचारीले अध्ययन सामग्री वितरण गरे । राष्ट्रियसभा सदस्यका १९ पदका लागि गत माघ ११ गते निर्वाचन भएको थियो । समारोहमा उपप्रधानमन्धी एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि उपस्थिति थियो । रासस पुरा पढौ

देशमा परिवर्तन आवश्यक छः अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुुकको विकास र समृद्धिका लागि देशमा परिवर्तन आवश्यक भएको बताएका छन । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) को ७७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले देशको परिस्थिति छिटोछिटो हिँडेको उल्लेख गर्दै यथास्थितिको अन्त्य र अग्रगमनका लागि देशमा परिवर्तन आवश्यक भएको उल्लेख गरे। अध्यक्ष ओलीले भने, “अहिलेको भताभुङ्ग अवस्थाबाट मुलुकले आंशिकरुपमा भए पनि केही सकारात्मक परिवर्तन हुन्छ तर जे सुकै परिवर्तन भए पनि हामी ‘मिसन-२०८४’ छाड्दैनौँ । अब हुने २०८४ सालको… पुरा पढौ

राष्ट्रियसभाको बैठक आगामी फागुन २४ गते सम्म स्थगित

आजका लागि निर्धारित राष्ट्रियसभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ः१७ बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणबस स्थगित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभाको आगामी बैठक यही फागुन २४ गते बिहीबार अपराह्न १ः१७ बजे बस्ने छ । रासस पुरा पढौ

अर्थतन्त्रका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न सरकार क्रियाशील : प्रधानमन्त्री प्रचण्ड

फागुन १८ चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताएका छन् । ‘घुमौँ भरतपुर’ भन्ने नाराका साथ सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आफू नेतृत्वको वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्न क्रियाशील रहेको बताएका हुन् । “चौध महिनामा देश र विश्व समुदायले समेत देख्ने गरी मानकहरू स्थापित भएका छन्”, प्रधानमन्त्री प्रचण्डले भने, “भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रमा… पुरा पढौ

भरतपुर ‘हेल्थ हब’का रूपमा विकास हुँदै गएको छ: प्रधानमन्त्री ‘प्रचण्ड’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ ‘हब’का रूपमा विकास हुँदै गएको बताएका छन । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उनले वर्तमान सरकार संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी हकलाई व्यवहारमा कार्यान्वयन गर्न निरन्तर क्रियाशील रहँदै आएको बताए छन । स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, देशभरिका सबै अस्पतालमा १० प्रतिशत शय्या गरिब, महिलाहरूमा देखापर्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप निःशुल्क उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा आएको उनले बताए । प्रधानमन्त्री दाहालले भने, “स्वास्थ्य… पुरा पढौ

अनलाइनबाट हुने हिंसा न्यूनीकरण गर्न डिजिटल साक्षरतालाई व्यापक बनाउनुपर्छः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अनलाइनका माध्यमबाट हुने हिंसालाई न्यूनीकरण गर्न डिजिटल साक्षरतालाई व्यापक बनाउनुपर्नेमा जोड दिएकि छिन । राष्ट्रिय महिला आयोगले आज यहाँ आयोजना गरेको ‘अनलाइनमा महिला सुरक्षा’ अन्तरक्रियामा मन्त्री शर्माले अनलाइनको खतराको विकसित प्रकृतिलाई न्यूनीकरण गर्न स्थानीयस्तरसम्म डिजिटल शिक्षालाई विस्तार गर्न जरुरी रहेको बताइन । “प्रविधि आफैँमा पूर्वाग्रही हुँदैन । हिंसाको अन्त्य गर्न प्रविधिको भूमिका महत्त्वपूर्ण छ । अनलाइनको सदुपयोग गर्न सकेमा हामीले धेरै लाभ लिन सक्छौँ”, उनले भनिन, “सरकारी, गैरसरकारी संस्था, सञ्चारमाध्यम तथा विद्यालयस्तरका पाठ्यक्रममा अनलाइनको… पुरा पढौ

माओवादीले तोक्यो प्रदेश इन्चार्ज: गण्डकीमा दीनानाथ शर्मा

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेताहरुको कार्यविभाजन टुङ्ग्याएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज सम्पन्न स्थायी समिति बैठकले नेताहरुलाई प्रदेशको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकेको हो । माओवादीले कोशी प्रदेशको इन्चार्जमा हरिबोल गजुरेल र सहइन्चार्जमा साबित्रीकुमारी काफ्ले, मधेसको इन्चार्जमा सचिव लीलामणि पोखरेल र सहइन्चार्जमा स्थायी समिति सदस्य विश्वनाथ साह, बागमतीको इन्चार्जमा उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटालाई तोकेको छ । गण्डकी प्रदेशको इन्चार्जमा सचिव दीनानाथ शर्मा, सहइन्चार्जमा केन्द्रीय सदस्य हरिराज अधिकारी, लुम्बिनीको इन्चार्जमा चक्रपाणि खनाल र सहइन्चार्जमा स्थायी समिति सदस्य कुलप्रसाद… पुरा पढौ

राष्ट्रियसभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले उक्त निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । “यद्यपि, यस सम्बन्धमा गठबन्धनभित्र पनि छलफल हुनेछ, छलफलबाटै निष्कर्षमा पुगिने छ, अहिले हाम्रो पार्टीले पनि उम्मेदवारी दिने निर्णय गरेको छ”, उनले भने । बैठकमा राष्ट्रियसभा अध्यक्षमा माओवादीले दाबी गर्नुपर्छ भनेर अधिकांश सदस्यले धारणा राख्नुभएको उनले जानकारी दिए । राष्ट्रियसभा अध्यक्षको पद यही फागुन २० गतेदेखि रिक्त हुँदैछ… पुरा पढौ