राजनीति

कांग्रेसबाट इलाममा खड्का र बझाङको प्रदेश ‘क’ मा सिंह उम्मेदवार

चैत २२ काठमाण्डौं । सङ्घीय संसद्को सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कांग्रेसले उपनिर्वाचनको लागि पार्टीको उम्मेदवार टुङ्गो लगाएको छ । पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बसेको पार्टी संसदीय बोर्ड र कार्यसम्पादन समितिको बैठकले ईलाम–२ र बझाङ क्षेत्र नं १ प्रदेश ‘क’ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारको टुङ्गो लगाएको हो । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले ईलाम क्षेत्र नं २ मा डम्बरबहादुर खड्का र बझाङ क्षेत्र नं १ प्रदेश ‘क’ मा अभिषेकबहादुर सिंहको… पुरा पढौ

लुम्बिनीका मुख्यमन्त्री चौधरीद्वारा राजीनामाको घोषणा

चैत २२ दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । लुम्बिनी प्रदेशसभालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । मुख्यमन्त्री चौधरीले प्रदेशसभालाई सम्बोधन गर्दै प्रशासनलाई चुस्त दुरुस्त बनाउन नसकेको बताए । उनले भने, “सत्ताको चाकडी गर्ने प्रवृत्तिले प्रशासन अघि बढ्न सक्दैन ।” कर्मचारी प्रशासनकै कारण विकासे बजेट खर्च न्यून हुने गरेको उनको भनाइ छ । मुख्यमन्त्री चौधरीले सत्ता अस्थायी हुने उल्लेख गर्दै सङ्घीयता जोगाउन सबै एकमतका साथ अघि बढ्नुपर्ने बताए । लुम्बिनी… पुरा पढौ

गण्डकीमा सरकार बनाउन दलहरुको कसरत

गण्डकी । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार पदबाट राजीनामा दिएपछि गण्डकी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ उपधारा (२) बमोजिम यही चैत २७ गते अपराह्न ३ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् । संविधानको उक्त व्यवस्थाअनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेस गर्न सक्नेछन् । प्रदेश प्रमुख भट्टले दिएको समय सीमाभित्र बहुमत पुर्याएर मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरुले… पुरा पढौ

नेकपा माओवादी केन्द्र कास्कीको ईञ्चार्जमा रामजी बराल

पोखरा । नेकपा माओवादी कास्कीको ईञ्चार्ज रामजी बराल बनेका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बराललाई कास्की ईञ्चार्जको जिम्मेवारी दिइएको हो । नेकपा माओवादी केन्द्र कास्कीका ईञ्चार्ज राजकाजी गुरुङ करण अर्थमन्त्री वर्षमान पुनको सहयोगी टिममा परेर काठमाडौं बस्न थालेपछि कास्की ईञ्चार्ज पद रिक्त थियो । उक्त रिक्त पदमा केन्द्रीय सदस्य बराललाई जिम्मेवारी दिइएको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश ईञ्चार्ज दीनानाथ शर्माले जानकारी दिए । बराललेपनि आफूलाई पार्टीले कास्की ईञ्चार्ज दिएको स्वीकारे । ‘हो मलाई कास्की ईञ्चार्ज दिइएको हो,‘यसलाई मैले… पुरा पढौ

नेकपा माओवादी केन्द्र कास्कीको ईञ्चार्जमा रामजी बराल

पोखरा, चैत २१ नेकपा माओवादी कास्कीको ईञ्चार्ज रामजी बराल बनेका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बराललाई कास्की ईञ्चार्जको जिम्मेवारी दिइएको हो । नेकपा माओवादी केन्द्र कास्कीका ईञ्चार्ज राजकाजी गुरुङ करण) अर्थमन्त्री वर्षमान पुनको सल्लाहकार टिममा परेर काठमाडौं बस्न थालेपछि कास्की ईञ्चार्ज पद रिक्त थियो । उक्त रिक्त पदमा केन्द्रीय सदस्य बराललाई जिम्मेवारी दिइएको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश ईञ्चार्ज दीनानाथ शर्माले जानकारी दिए । बराललेपनि आफूलाई पार्टीले कास्की ईञ्चार्ज दिएको स्वीकारे । ‘हो मलाई कास्की ईञ्चार्ज दिइएको हो,‘यसलाई… पुरा पढौ

गण्डकीमा चैत २७ गतेसम्ममा बहुमतको सरकार गठनका लागि आह्वान

पोखरा, चैत २१ गण्डकी प्रदेशमा बहुमतको सरकार गठनका लागि आह्वान भएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ दिनको समयसीमा दिएर बहुमतको सरकार गठनका लागि आह्वान गरेका हुन् । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आजै पदबाट राजिनामा दिएका थिए । उनले राजिनामा दिएलगत्तै प्रदेश प्रमुख भट्टले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा यहि चैत २७ गते अपराह्न ३ बजेसम्म सरकार गठनका लागि आह्वान गरेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजिनामा दिएका छन् । माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले आज गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजिनामा दिएका हुन् । विश्वासको मत लिने भए मंगलबार अपराह्न ३ बजेसम्ममा प्रदेश प्रमुखलाई जानकारी गराईसक्नुपर्ने थियो । तर विश्वासको मतका लागि सूचना दिने समय गुजारेका उनले बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष राजिनामा दिएका हुन् । मुख्यमन्त्री पाण्डेले यथास्थितिमा विश्वासको मत पाउने अवस्था नदेखेपछि पदबाट राजीनामा दिएको बताए । राजिनामा दिएपछि पत्रकारसँग संक्षिप्त… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

पोखरा, चैत २१ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजिनामा दिएका छन् । माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले आज गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजिनामा दिएका हुन् । विश्वासको मत लिने भए मंगलबार अपराह्न ३ बजेसम्ममा प्रदेश प्रमुखलाई जानकारी गराईसक्नुपर्ने थियो । तर विश्वासको मतका लागि सूचना दिने समय गुजारेका उनले बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष राजिनामा दिएका हुन् । मुख्यमन्त्री पाण्डेले यथास्थितिमा विश्वासको मत पाउने अवस्था नदेखेपछि पदबाट राजीनामा दिएको बताए । राजिनामा दिएपछि पत्रकारसँग… पुरा पढौ

सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राखेको छ : प्रधानमन्त्री ‘प्रचण्ड’

चैत २० काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको आकांक्षालाई सम्बोधन गर्ने लक्ष्यलाई सम्बोधन गर्ने उद्देश्यसहित सुशासन, सामाजिक न्याय र समृद्धिलाई वर्तमान सरकारले विशेष ध्यान दिएको बताएका छन् । समाजवादी मोर्चाले आज आयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद विषयक अन्तक्र्रिया’लाई सम्बोधन गर्दै उनले समाजवादको आधार तयार पार्ने उद्देश्यका साथ आफूले नयाँ कदम चालेको उल्लेख गरे । “जोखिम मोलेर नै आफूले देशभक्त र वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने जमर्को गरेको हो”, उनल भने, “जनताले नै सडकबाट समाजवाद जन्माउने हो । अन्ततः… पुरा पढौ

मस्यौदा संविधानको मूल गति र भावना अनुरुप नै छ : अर्थमन्त्री पुन

चैत २० काठमाण्डौं । अर्थमन्त्री वर्षमान पुनले विश्व व्यापीकरण, आर्थिक उदारीकरण र सूचना प्रविधिमा आएको परिवर्तनले आर्थिक क्रियाकलापको प्रकृति, प्रवृत्ति र पद्धतिमा समेत परिवर्तन आइरहेको बताएका छन् । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले कुनै निकायबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गर्ने कारोबारलाई सुरक्षित र व्यवस्थित ऐन संशोधन गर्न लागिएको जानकारी दिए । अर्थमन्त्री पुनले भने, “प्रस्तावित विधेयक संविधानसँग बाझिएको छैन, संविधानको मूल गति र भावनाअनुरुप… पुरा पढौ