राजनीति

मनसुनभन्दा अघि नै भूकम्प पीडितलाई राहत वितरण गरिन्छ : उपप्रधानमन्त्री लामिछाने

चैत १४ काठमाण्डौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मनसुन सुरु हुनु अगावै भूकम्प पीडितलाई राहत वितरण गरिने जानकारी दिएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आज भएको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले मनसुन सुरु हुनु अगावै राहत वितरण गरिने बताएका हुन् । उक्त समितिको बैठकमा उपस्थित प्रतिनिधिसभा सदस्यहरुले भूकम्प पीडितले राहत पाउन नसकेको भन्दै राहत उपलब्ध गराउन गृहमन्त्री समक्ष अनुरोध गरेका थिए । उनीहरुको अनुरोधलाई स्वीकार गर्दै मन्त्री लामिछानेले मनसुन सुरु हुन अगावै राहत वितरणको कार्य अगाडि बढाइसक्ने… पुरा पढौ

समृद्धिको यात्रामा चिनियाँ सहयोग महत्वपूर्ण छ : उपप्रधानमन्त्री श्रेष्ठ

चैत १४ चीन । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल राजनीतिक परिवर्तन पछाडि आर्थिक समृद्धिको यात्रामा क्रियाशील रहेको जनाउँदै समृद्धिको यात्रामा चिनियाँ सहयोग महत्वपूर्ण हुने बताएका छन् । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उनले चिनियाँ कम्युनिस्ट पार्टी छोनछिन पार्टी सचिव युयान जाइजुनसँग आज भएको भेटवार्तामा नेपाल र चीन समृद्धिको यात्रामा सँगसँगै अघि बढ्नुपर्ने बताए । उनले भने, “चीन नेपालमा वैदेशिक लगानी गर्ने पहिलो र वैदेशिक व्यापारमा दोश्रो ठुलो मुलुक हो, आर्थिक सहयोग, लगानी अभिवृद्धि, पर्यटन प्रवद्र्धन तथा व्यापारलाई साथसाथै… पुरा पढौ

एमाले कास्कीमा अधिकारी प्यानल नै बिजयी, मतसहित

पोखरा, चैत १४ नेकपा एमाले कास्कीको नया नेतृत्वमा खगराज अधिकारी समूहको प्यानल नै बिजयी भएको छ । एमाले कास्कीको नया नेतृत्वका लागि पार्टीका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र पूर्व संगठन विभाग प्रमुख खगराज अधिकारी समूहबीच प्यानल बनाएरै प्रतिष्पर्धा भएको थियो । प्रतिष्पर्धामा खरो उत्रिदै अध्यक्षमा अधिकारी समूहका बैनबहादुर अधिकारी क्षेत्रीको प्यानल नै बिजयी बन्दा पृथ्वी सुब्बा समूह कमजोर रहेको पुष्टि गरेको छ । अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्रीले प्रतिष्पर्धी माधव बास्तोलालाई २०४ मतान्तरले हराउँदै बिजयी भए । बिजयी अधिकारीले ५५१ मत… पुरा पढौ

एमाले कास्कीको सचिवमा दर्शन लामा बिजयी

पोखरा, चैत १४ नेकपा एमाले कास्कीको सचिवमा दर्शन लामा बिजयी भएका छन् । लामाले प्रतिष्पर्धी सुरेन्द्र गुरुङलाई २७५ मतान्तरले पछि पार्दै बिजयी भएका हुन् । बिजयी लामाले ५ सय ९५ मत मत प्राप्त गर्दा पराजित गुरुङले ३२० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । पुरा पढौ

एमाले कास्की अध्यक्षमा बैनबहादुर अधिकारी बिजयी

पोखरा, चैत १४ नेकपा एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री बिजयी भएका छन् । अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्रीले प्रतिष्पर्धी माधव बास्तोलालाई २०४ मतान्तरले हराउँदै बिजयी भएका हुन् । बिजयी अधिकारीले ५५१ मत ल्याएर बिजयी हुँदा उनका निकटतम प्रतिष्पर्धी माधव बास्तोलाले ३४७ मत प्राप्त गरे । पुरा पढौ

एमाले कास्कीमा ५७४ मत गन्दा बैनबहादुर १३७ मतले अगाडि

पोखरा, चैत १४ नेकपा एमाले कास्कीको मतगणना जारी छ । अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्रीले अग्रता जारी राखेका छन् । हालसम्मको गणनामा अधिकारीले प्रतिष्पर्धी माधव बास्तोलालाई १३७ मतान्तरले पछि पारेका छन् । कुल ५१२ मत गणना सकिदा अधिकारीले ३४९ मत ल्याएर अग्रता बनाउँदा उनका प्रतिष्पर्धी माधव बास्तोलाले २१२ मत ल्याएका छन् । अर्का उम्मेदवार विवेक त्रिपाठीले १३ मत ल्याएका छन् । पुरा पढौ

एमाले कास्कीको अध्यक्षमा बैनबहादुरको ७० मतको अग्रता

पोखरा, चैत १४ नेकपा एमाले कास्कीको मतगणना शुरु भएको छ । अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्रीले अग्रता लिएका छन् । हालसम्मको गणनामा अधिकारीले प्रतिष्पर्धी माधव बास्तोलालाई ७० मतान्तरले पछि पारेका छन् । अधिकारीले १७९ मत ल्याएर अग्रता बनाउँदा उनका प्रतिष्पर्धी माधव बास्तोलाले १०९ मत ल्याएका छन् । अर्का उम्मेदवार विवेक त्रिपाठीले ९ मत ल्याएका छन् । पुरा पढौ

नेकपा एमाले कास्कीको नया नेतृत्व चयनका लागि मतदान जारी

पोखरा । नेकपा एमाले कास्कीको नया नेतृत्व चयनका लागि मतदान जारी छ । आईतबारदेखि शुरु भएको अधिवेशन अन्तर्गत मंगलबार साँझ ७ बजेदेखि मतदान शुरु भएको थियो । हिजो बेलुकादेखि शुरु भएको मतदान अहिलेपनि जारी रहेको निर्वाचन समितिले जनाएको छ । ९३५ सदस्य प्रतिनिधि रहेकोमा अहिलेसम्म ८२५ जनाले मतदान गरिसकेको निर्वाचन समितिका सदस्य शंकर सैंजुले जानकारी दिए । नेकपा एमाले कास्कीको नया नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग गरिएको छ । जसमा मतदान गर्नका लागि एक जनालाई ९ मिनेदेखि… पुरा पढौ

समाजवाद निर्माणका लागि कम्युनिष्ट शक्ति आवश्यकः मन्त्री शर्मा

चैत १३ दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समाजबाद निर्माणको लागि बलियो कम्युनिष्ट शक्ति आवश्यक रहेको बताएकी छन् । समाजवादी मोर्चा नेपाल घोराही उपमहागरपालिका–१७ र १८ को संयुक्त वडा भेलालाई आज सम्बोधन गर्दै उनले मुलुकमा राजनीतिक स्थिरता कायम गरी संविधान तथा राजनीतिक व्यवस्था सुदृढ बनाउन आग्रह गरेकी छन् । उनले भनिन्, “देशमा राजनीतिक स्थायित्व र स्थिरता प्रदान गर्न अहिले निर्माण भएको समाजवादी मोर्चालाई स्थापित गराइने छ ।” सरकारका प्रवक्तासमेत रहेकी शर्माले वर्तमान सरकारले समाजवाद लक्षित बजेटको निर्माण गर्ने… पुरा पढौ

नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ, ढुक्क भएर लगानी गर्नुहोस् : परराष्ट्रमन्त्री श्रेष्ठ

चैत १३ चीन । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण सिर्जना भएको र कानुनी एवं प्रक्रियागत सरलता कायम गरेको उल्लेख गर्दै ढुक्क भएर लगानी गर्न आह्वान गरेका छन् । चीनको बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको ‘उदाउँदो नेपाल : लगानीको सम्भावना’ विषयक ‘पूर्वलगानी सम्मेनल’लाई सम्बोधन गर्दै उनले विश्वका लगानीकर्ताका लागि नेपालमा उपयुक्त अवसर भएको जानकारी गराए । “विश्वका ठूला बजारहरूसँग निकटता भएकाले विदेशी लगानीकर्ताका लागि नेपाल सबैभन्दा उपयुक्त देश हो”, परराष्ट्रमन्त्री श्रेष्ठले भने, “चीन नेपालको महत्वपूर्ण… पुरा पढौ