राजनीति

‘गेम चेन्जर’ आयोजना तर्जुमा गर्ने दिशामा सरकारले छलफल सुरु गरेको छ: प्रधानमन्त्री ‘प्रचण्ड’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको बजेटमा कर्णाली प्रदेशले न्याय पाउने केही थप ‘गेम चेन्जर’ आयोजना तर्जुमा गर्ने दिशामा सरकारले छलफल सुरु गरेको जानकारी गराएका छन । प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले जुम्ला विमानस्थलको रनवे विस्तारका लागि जग्गा अधिग्रहणलगायत विमानस्थलको स्तरोन्नतिको काम समेत अगाडि बढेको जानकारी गराए । मुलुकको राजनीतिक परिवर्तनमा कर्णालीको योगदान तथा यसले लामो समयसम्म केन्द्रीय एकात्मक राज्यसत्ताबाट ब्यहोरेको उपेक्षा र विभेदबारे सरकार जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अब कर्णालीले क्षतिपूर्ति… पुरा पढौ

बालकुमारी घटनाका दोषीलाई कारबाही गर्न सांसदको माग

प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलहरुले बालकुमारी घटनाका सबै दोषीलाई कारबाही गर्न संसदमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् । इपिएस कोरियाका विद्यार्थीले गत पुस १३ गते ललितपुरको बालकुमारी क्षेत्रमा गरेको आन्दोलनका क्रममा दुईजनाको मृत्यु भएको थियो । साथै सो आन्दोलनका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको थियो । नेकपा (एमाल)का सचेतक महेश बर्तौलाले गत पुसमा ललितपुरमा भएको घटनाका दोषीलाई कारबाहीको माग गरे । सो घटनाबारे छानबिन गर्न गठिन समितिले दोषी ठह¥याएका सबै व्यक्तिलाई सरकारले कारबाही गर्न नसकेको… पुरा पढौ

राष्ट्रपति पौडेलद्वारा शालीनदीमा पूजा, अर्चना

राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँ शङ्खरापुर नगरपालिकास्थित शालीनदीमा जानु भई पूजा, अर्चना गरेका छन । पौष शुक्ल पूर्णिमादेखि जारी श्री स्वस्थानी व्रत कथाअन्तर्गतको माधवनारायण मेलामा आज बिहान सहभागी भएका हुन । सो अवसरमा राष्ट्रपति पौडेलले श्री स्वस्थानी र माधवनारायणको दर्शन एवं पूजा अर्चना गरे । साथै उनले शालीनदीमा जल अभिषेक गरे। उनले बज्रयोगिनी मन्दिरमासमेत दर्शन एवं पूजा अर्चना गरे । नगरपालिका एवं काठमाडौँ क्षेत्र नं २ बाट निर्वाचित सांसद सोविता गौतमको निमन्त्रणामा साँखु पुगेका राष्ट्रपति पौडेलले प्राचीन, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय… पुरा पढौ

सरकार जनतामा आशा जगाउन सफल : उपमहासचिव पुन

फागुन ५ पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले जनतामा आशा जगाउने काम गरेको बताएका छन् । पोखरामा आज प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले सरकार गठनपछि सुशासनको प्रयत्न भएको र राज्यका सबै अङ्ग सुशासन स्थापनामा केन्द्रित भएकाले यसबाट जनतामा आशा र उत्साह बढाएको उल्लेख गरे ।“नेतृत्वले पहल गर्दा जनतामा आशा जगाउन सकिन्छ, जनतालाई प्रोत्साहित गर्न सकिन्छ भन्ने सन्देश पैदा भएको छ”, नेता पुनले भने । सरकारले हुण्डी, क्रिप्टोकरेन्सीलगायतको… पुरा पढौ

‘क्षमता भएकालाई नेतृत्वमा ल्याउने ऐंठन छ, सुध्रनुपर्छ’

पोखरा । माओवादी युद्धमा होमिएका, लोकतन्त्र ल्याउन लडेकादेखि भर्खर उदाएको नयाँ पार्टीका नेता–नेतृ शनिबार दिउँसो फेवाताल किनारको एउटै स्टेजमा थिए । नेपाल लिटरेचर फेस्टिभलको ‘कोही किन राजनीतिमा आउँछन् ?’ सत्रमा पर्यटनमन्त्री एवं माओवादी नेता सुदन किराँती, प्रतिनिधिसभा सदस्य एवं कांग्रेस नेता प्रदिप पौडेल, रास्वपा नेतृ प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठ र एमालेबाट निर्वाचित बुढानिलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा वक्ता थिए । सहजकर्ता बसन्त बस्नेतले भर्खर खुलेको नयाँ पार्टीकी नेतृ सुमनालाई सोधे – तपाईं किन राजनीतिमा आउनुभयो ? उनले गठबन्धन गर्ने अनि… पुरा पढौ

नेपालका राजनीतिक दलभित्र लोकतन्त्रको अवस्था के छ ?

पोखरा । ०६२/६३ जनआन्दोलनपछि नेपालमा लोकतन्त्र स्थापना भएको घोषणा भयो । त्यतिबेला आन्दोलनको अग्रभागमा रहेका दल नै अहिले सत्ताको भागदौड सम्हालिरहेका छन्, प्रतिपक्षमा छन् । कुनै बेला लोकतन्त्रका लागि संघर्ष गरेका मुख्य दल नै अहिले विभिन्न बहानामा पटकपटक विवादको घेराउमा छन् । यसको मुख्य कारण राजनीति र लोकतन्त्र सहअस्तित्वमा रहनु चुनौतीपूर्ण रहेको राजनीतिक विश्लेषक तथा आइआइडिएस सेन्टर फर गोभरनेन्सकी निर्देशक डा. सुचेता प्याकुरेल बताउँछिन् । ‘लोकतन्त्रले सबै समान हुन् भन्छ भने राजनीति यसको उदयको कालदेखि नै पदक्रममा आधारित रहेको छ’,… पुरा पढौ

कांग्रेस महासमिति बैठकमा पेस हुने दस्तावेज पारित

फागुन ४ काठमाण्डौं । नेपाली कांग्रेसले यही फागुन ७ देखि १० गतेसम्म हुने महासमिति बैठकमा पेश हुने विभिन्न दस्तावेज केन्द्रीय कार्यसमिति बैठकबाट पारित गरेको छ । केन्द्रीय समितिले उपसभापति पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव, प्रवक्ता डा. प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदन र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेद्वारा प्रस्तुत लेखा परीक्षण प्रतिवेदन पारित गरेको हो । यही फागुन ३ र ४ गते… पुरा पढौ

आर्थिक समृद्धिका लागि दलीय सहकार्यमा एमाले अध्यक्ष ओलीको जोड

फागुन ४ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न राजनीतिक दलहरुबीच सहकार्य जरुरी भएको बताएका छन् । विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलनका सन्दर्भमा नेपाल बुद्धिजीवी परिषद्ले आज आयोजना गरेको ‘समाजवादको भावी दिशा’ विषयमा आज आयोजना गरेको छलफलमा अध्यक्ष ओलीले आफूहरु कुनै दर्शन र विचारधारा आधारित भन्दा पनि मुलुकको राष्ट्रिय हित र नेपाली जनताका पक्षमा काम गर्न दलीय सहकार्य आवश्यक भएको बताए । उनले परस्परिक हित, लाभ र सामाजिक… पुरा पढौ

बालकुमारी घटना छानबिन समितिको प्रतिवेदन पेस

फागुन ४ काठमाण्डौं । बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष आफ्नो प्रतिवेदन प्रस्तुत गरेको छ । प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले आयोगले सत्यतथ्य जाँचबुझ गरी मेहनतपूर्वक निकालेको निष्कर्षलाई कार्यान्यवन गरिने बताए । गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारमा भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी अछामका वीरेन्द्र शाह र महाबु दैलेखका सुजन रावतको मृत्यु भएको थियो । उक्त घटनाको जाँचबुझ गरी एक महिनाभित्र राय, सुझाव र सिफारिससहितको प्रतिवेदन… पुरा पढौ

प्रदेशको अधिकारका लागि संघीय सरकार र संसदसँग लडाई लड्ने मुख्यमन्त्री पाण्डेको उद्घोष

पोखरा, फागुन ४ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशको अधिकारका लागि संघीय संसदसँगपनि लडाईं लड्नुपर्ने अवस्था आएको उद्घोष गरेका छन् । गण्डकी प्रदेश सरकार स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले प्रदेशको अधिकारका लागि संघ सरकार सँगसँगै संघीय संसदसँगपनि लडाईं लड्नुपर्ने अवस्था आएको बताएका हुन् । प्रदेशको अधिकारका लागि कानून् बनाउने जिम्मेवारी संघ सरकारसँगै संघीय संसदको पनि भएकाले यी दुबैसँग समान लडाईं लड्नुपर्ने उनको भनाई छ । कानून बनाउने जिम्मेवारी केवल सरकारको मात्रै होईन, संसदकोपनि हो,उनले भने,‘त्यसैले… पुरा पढौ