राजनीति

‘योजना हराए गोरखा जानू भन्ने भाष्य निर्माण भयो’

पोखरा, माघ २८ गाउँपालिका महासंघ गण्डकी प्रदेशका अध्यक्ष तथा रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाले योजना हराए खोज्नका लागि गोरखा जानू भन्ने स्थापित भएको टिप्पणी गरेका छन् । गण्डकी प्रदेशको नीति तथा योजना आयोगले दोश्रो पञ्चवर्षीय योजनाबारे आइतबार पोखरामा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । हाम्रो देशमा न्याय नपाए गोरखा जानू भन्ने स्थापित मान्यता थियो,उनले भने,‘तर अहिले त योजना हराए गोरखा जानू भन्ने भएको छ ।’ देशको प्रधानमन्त्री, गृहमन्त्री, गण्डकी प्रदेशको मुख्यमन्त्री देखि योजना आयोगका उपाध्यक्षपनि त्यहिंको… पुरा पढौ

खल्तीबाट होईन, प्राथमिकताका आधारमा योजना छनौट गर्र्न जिसस प्रमुखहरुको सुझाव

पोखरा, माघ २८ गण्डकी प्रदेशका जिल्ला समन्वय समितिका प्रमुखहरुले गण्डकी प्रदेश नीति तथा योजना आयोगलाई योजना छनौटको शैली सुधार्न सुझाव दिएका छन् । दोश्रो पञ्च वर्षिय योजनामा सुझाव माग्न आयोगले आइतबार पोखरामा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका ११ वटै जिल्लाका जिल्ला समन्वय प्रमुखहरुले पुरानो शैलीमा गरिने योजना छनौटले प्रदेशको विकास र समृद्धि सम्भव नहुने भएकाले योजना छनौटको शैली सुधार्न सुझाव दिएका हुन् । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले अहिलेपनि मुखिया र जिम्बावाल शैलीमा योजना… पुरा पढौ

वर्तमान गठबन्धनबाट समाजवाद आउँदैन : खनाल

माघ २७ पोखरा । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिलेको सत्ता गठबन्धन मौषमी गठबन्धन भएको बताएका छन् । समाजवादी प्रेस संगठनले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका सम्मानित नेता खनालले वर्तमान सत्ता गठबन्धन आवश्यक्ताले बनेको र यो मौषमसँगै परिवर्तन हुने बताएका हुन् । वर्तमान गठबन्धनबाट समाजवाद नआउने बताउँदै उनले भने,‘यो मौषमी गठबन्धन हो । कुनै परिस्थितिमा गठबन्धन बनेपनि यसबाट समाजवाद आउँदैन । त्यसैले यो गठबन्धन मौषम परिवर्तन भएसँगै बदलिन्छ ।’ उनले… पुरा पढौ

प्रदेश सांसद विन्दुकुमार थापाद्वारा तलब भत्ताबाट प्राप्त ११ लाख बढी रकम सामाजिक कार्यमा खर्च

पोखरा, २७ माघ । गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले प्रदेश सरकारबाट प्राप्त गरेको सबै तलब भत्ता सामाजिक कार्यमा खर्च गरेका छन् । गण्डकी प्रदेश सरकारको पूर्व कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री थापाले २०७९ पुस २५ गतेदेखि हालसम्म प्राप्त गरेको तलब भत्तामा थप गरी विकास निर्माण र सामाजिक कार्यमा खर्च गरेका हुन् । उनले विभिन्न शिर्षकमा ११ लाख १२ हजार ६ सय ५ रुपैयाँ सहयोग गरेको शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् । नेपालप्रेसयुनियन, कास्कीको समन्वयमा गरिएको… पुरा पढौ

वर्तमान गठबन्धनबाट समाजवाद आउँदैन : खनाल

पोखरा, माघ २७ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिलेको सत्ता गठबन्धन मौषमी गठबन्धन भएको बताएका छन् । समाजवादी प्रेस संगठनले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका सम्मानित नेता खनालले वर्तमान सत्ता गठबन्धन आवश्यक्ताले बनेको र यो मौषमसँगै परिवर्तन हुने बताएका हुन् । वर्तमान गठबन्धनबाट समाजवाद नआउने बताउँदै उनले भने,‘यो मौषमी गठबन्धन हो । कुनै परिस्थितिमा गठबन्धन बनेपनि यसबाट समाजवाद आउँदैन । त्यसैले यो गठबन्धन मौषम परिवर्तन भएसँगै बदलिन्छ ।’ उनले कम्युनिष्टहरुबीच… पुरा पढौ

सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित बनाइने छः प्रधानमन्त्री ‘प्रचण्ड’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी दिनमा कूटनीतिक माध्यमबाट सीमा क्षेत्रको विकास र व्यापार प्रवद्र्धन व्यवस्थित बनाइने बताएका छन । नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको २४औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्रीले व्यापार प्रवद्र्धनका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्नुपर्ने विषयमा आफू जानकार रहेको बताए । आफूले तेस्रोपटक सरकारको नेतृत्व गरेपछि नेपाल–चीनबीचको अन्तरदेशीय र व्यापारिक नाका सञ्चालनलाई विशेष ध्यान दिएको उल्लेख गर्दै उनले तातोपानीलगायत उत्तरी क्षेत्रका नाकामा आवातजावात र आर्थिक क्रियाकलापमा सहजता आएको बताए । प्रधानमन्त्रीले गत असोजमा सम्पन्न आफ्नो… पुरा पढौ

सोनाम ल्होसारको अवसरमा राष्ट्रपति पौडेलद्वारा शुभकामना व्यक्त

माघ २७ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले तामाङ समुदायको सोनाम ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपतिले आज दिएको शुभकामना सन्देशमा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका हुन् सोनाम ल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष… पुरा पढौ

अर्थतन्त्रका केही सूचकमा सुधार देखिएको छ : पूर्वअर्थमन्त्री पौडेल

माघ २६ पोखरा । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विप्रेषणको आप्रवाह, विदेशी मुद्राको सञ्चितिलगायत अर्थतन्त्रका कतिपय सूचकमा सामान्य सुधार देखिएको बताएका छन् । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको ११औँ केन्द्रीय परिषद्को आज पोखरामा उद्घाटन गर्दै उनले मुलुकको अर्थतन्त्रमा केही सुधारका सङ्केत देखिए पनि समस्याबाट भने मुक्त भइनसकेको विचार राखे । “राजस्वले साधारण खर्च पनि धान्न नसक्ने स्थिति छ, आन्तरिक ऋण उठाएर कर्मचारीलाई तलब र सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने अवस्था सिर्जना भएको छ”, पूर्वअर्थमन्त्री पौडेलले भने,… पुरा पढौ

युद्धमा फसेका नेपालीको उद्धारका लागि सरकार गम्भीर बन्नुपर्छ : अध्यक्ष नेपाल

माघ २६ काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको रुस–युक्रेन युद्धमा फसेका नेपालीको उद्धारका लागि सहयोग गर्न पीडित परिवारले आज ध्यानाकर्षण गराएका छन् । पीडित परिवारका सदस्यले पार्टीको केन्द्रीय कार्यालय पुगेर ‘पीडित परिवार तथा नागरिकको जीवनरक्षाका लागि सचेतना’ अभियानका तर्फबाट अध्यक्ष नेपाललाई ध्यानाकर्षणपत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष नेपालले रुस र युक्रेन युद्धमा फसेका नेपालीको उद्धारका लागि गम्भीर बन्न सरकारसँग कुराकानी गर्ने बताए । सैन्य भर्ती सम्झौता नभएका मुलुकमा पनि फौजमा भर्ना भई मर्नुपर्ने नियति आउनु… पुरा पढौ

राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिन भव्यताका साथ मनाइने

सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई तीनदिनसम्म भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । बैठकले आगामी फागुन ६ गते प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत जनचेतनामूलक कार्यक्रमको निर्माण, सञ्चालन तथा प्रसारण गर्ने व्यवस्था मिलाउने, राष्ट्रियस्तरका छापा सञ्चार गृहलाई दिवसका उपलक्ष्यमा विशेषाङ्क-स्मारिका प्रकाशन एवं प्रजातन्त्रको बहुपक्षीय आयामलाई उजागर… पुरा पढौ