राजनीति

गण्डकी प्रदेशसभा : वन विधेयक विषयगत समितिमा

गण्डकी । गण्डकी प्रदेशसभाको आजको बैठकले ‘प्रदेशभित्रको वनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले संशोधन प्रस्तावसहित सो विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रदेशसभा बैठकसमक्ष पेस गरेका थिए । समितिमा दफावार छलफलपछि प्रदेशसभाबाट विधेयक पारितका लागि प्रक्रिया अगाडि बढ्ने प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए । उक्त विधेयकमा १३ प्रदेशसभा सदस्यले संयुक्त रुपमा संशोधन प्रस्ताव… पुरा पढौ

प्रतिनिसभा बैठक भदौ ५ गतेसम्मका लागि स्थगित

काठमाडौँ । आज १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको छ । सङ्घीय संसद् सचिवालयले अपराह्न ३ बजे बैठक स्थगित गरेको सूचना टाँसेको थियो । बैठक भदौ ५ गते दिउँसो ३ बजे बस्ने सूचनामा उल्लेख छ । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभाको अर्को बैठक यही भदौ ५ गते मङ्गलबारसम्म सारिएको संसदका महासचिवद्वारा जारी सूचनामा उल्लेख छ । संसद्को बैठक सञ्चालन गर्ने सम्बन्धमा संसद्मा प्रतिनिधित्व गर्ने दलको बैठक सिंहदरबारमा आज… पुरा पढौ

संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत छैन : संविधानसभा अध्यक्ष नेम्वाङ

भदौ २ धुलिखेल । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत नभएको बताएका छन् । सङ्घीय संसद्द्वारा आज यहाँ आयोजित ‘संसद् र सञ्चार सम्बन्ध’ विषय अन्तक्र्रियामा उनले मुलुकको संसदीय अभ्यासमा देखिने गरेको संसद् अवरोध नियमसँग नभएको उल्लेख गरे । नेकपा (एमाले) संसदीय दलका उपनेता नेम्वाङले भने, “संसद् अवरोध नियमसङ्गत छैन, नियमले अवरोध गर्न मिल्दैन, संविधानले पनि अनुमति दिएको छैन, राजनीतिकरुपमा गरिने हुनाले यसको पुनःपुष्टि गर्ने सम्बन्धित दलको जिम्मेवारी हो ।” मुलुकमा पछिल्ला समय विमानस्थल बाहिर बरामद गरिएको सुन… पुरा पढौ

भ्रष्टाचारमा मुछिएकाहरूको भारी बोकिन्न : महामन्त्री थापा

भदौ २ इलाम । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारमा मुछिएका व्यक्तिहरूको भारी आफ्नो पार्टीले बोकेर नहिँड्ने बताएका छन् । ललिता निवास प्रकरणमा संलग्न भनिएकाहरूको फाइल नखोल्ने भनेर बाहिर आएको समाचारप्रति महामन्त्री थापाले गठबन्धनमा रहेर यस्तो निर्णय गर्न नहुने बताए । उनले भने, “अपराध गर्ने मान्छे पर्छ, यसमा कसैले टाउको दुखाउनु हुँदैन ।” नेपाललाई भ्रष्टाचारमुक्त देश बनाउन पहल सबै मिलेर गर्नुपर्नेमा जोड दिँदै उनले कांग्रेसको बैठक सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण भएजस्तो अब गठबन्धनको बैठक पनि प्रत्यक्ष जनतामाझ पुर्याउन आँट गर्नुपर्ने… पुरा पढौ

सञ्चार माध्यममा तामाङको सवाल एवं पत्रकारिता तालिम सम्पन्न

भदौ २ पोखरा । २९ औं तामाङ प्रसारण दिवसको उपलक्ष्यमा तामाङ पत्रकार संघ कास्कीले शनिबार तामाङ बौद्ध सेवा समिति, संगमटोलमा सञ्चार माध्यममा तामाङको सवाल एवं पत्रकारिता तालिम सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेबि गुरुङले आफ्नो जातियता संरक्षणमा स्वयमंको अग्रसरता महत्वपूर्ण रहेको बताइन् । स्वच्छ र निष्पक्ष पत्रकारिता गर्दै तामाङ समुदायको मौलिक सँस्कृति, कला र गतिविधिका विषयमा कलम चलाई प्रविधिको माध्यमबाट राज्यका निकायसँग पनि समन्वय र सहकार्य गर्दै समाजको विकासमा योगदान दिनुपर्नेमा उनको जोड… पुरा पढौ

प्रहरी, प्रशासनमा आर्थिक चलखेल र राजनीतिक हस्तक्षेपबाट हुने सरुवा, बढुवा बन्द : गृहमन्त्री श्रेष्ठ

पोखरा, भदौ २ उप–प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरव्याज सामन्तवादको निकृष्ट अवशेष भएको भएकाले यसको समूल अन्त्य गरेरै छाड्ने उद्घोष गरेका छन् । जनतासँग माओवादी अभियान अन्तर्गतको कार्यक्रममा सहभागि हुन शनिबार पोखरा आएका श्रेष्ठसँग प्रेस सेन्टर कास्कीले पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले मिटरव्याजी शोषण अन्त्य गरेर पीडितलाई न्याय दिईने बताएका हुन् । ‘मिटर व्याजको अन्त्य गर्नुपर्छ । मिटरव्याजी शोषणलाई अन्त्य गर्नुपर्छ । पीडितहरुलाई न्याय दिनुपर्छ’–उनले भने । मिटरव्याजबाट पीडितलाई न्याय दिलाउन जिल्लामा सिडिओको नेतृत्वमा सम्बन्धित… पुरा पढौ

प्रहरी, प्रशासनमा आर्थिक चलखेल र राजनीतिक हस्तक्षेपबाट हुने सरुवा, बढुवा बन्द : गृहमन्त्री श्रेष्ठ

पोखरा, भदौ २ उप–प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी र प्रशासनमा आर्थिक चलखेल र राजनीतिक हस्तक्षेपका आधारमा हुने सरुवा, बढुवालगायतका काम बन्द गरेको दाबी गरेका छन् । जनतासँग माओवादी अभियान अन्तर्गतको कार्यक्रममा सहभागि हुन शनिबार पोखरा आएका श्रेष्ठसँग प्रेस सेन्टर कास्कीले पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने,‘म आएदेखि प्रहरी, प्रशासनमा आर्थिक चलखेलले पदोन्नती गर्ने, बढुवा र सरुवा गर्ने । पदस्थापन गर्ने कार्य सबै सकियो । प्रशासनमापनि राजनीतिक वा बाह्य अरु प्रकारको हस्तक्षेपका आधारमा जिम्मेवारी दिने… पुरा पढौ

एमालेलाई गृहमन्त्रीको प्रश्न : सुशासनको अभियान चलिरहेका बेला संसद किन अबरुद्ध गरेको ?

पोखरा, भदौ २ उप–प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उच्चस्तरीय छानविन समिति बनाउँदा अनुसन्धान र दोषी पत्ता लगाउने कुरामा अलमल्याउने (डिरेल) गर्ने खतरा रहने बताएका छन् । जनतासँग माओवादी अभियान अन्तर्गतको कार्यक्रममा सहभागि हुन शनिबार पोखरा आएका श्रेष्ठसँग प्रेस सेन्टर कास्कीले पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले उच्चस्तरीय छानविन समिति बनाउँदा अनुसन्धान र दोषी पत्ता लगाउने कुरालाई अलमल्याउने खतरा रहने बताएका हुन् । एक क्वीन्टल सुनकाण्डको सत्यतथ्य पत्ता लगाउन नेकपा एमालेले उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दै… पुरा पढौ

स्वर्गीय प्रदीप गिरिको अस्तु विसर्जनका लागि काशी लगियो

नेपाली कांग्रेसका बौद्धिक नेता, राजनीतिज्ञ एवं समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरिको अस्तु भारतको बनारसस्थित काशीमा विसर्जन गरिने भएको छ । ‘प्रदीप गिरि पावन स्मृति आयोजक समिति’ले स्व गिरिको अस्तु काठमाडौँको पशुपतिनाथबाट काशीसम्मको यात्रा गरी गङ्गा नदीमा विसर्जन गर्न लागेको हो । नेपाली कांग्रेसका केन्द्रीय समिति सदस्य गुरु बरालको नेतृत्वमा ३५ जनाको टोली अस्तु विसर्जन यात्रामा सहभागी भएको छ । काठमाडौँदेखि काशीसम्मको यात्रा टोलीलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले आज पशुपति क्षेत्रमा आयोजित एक कार्यक्रमकाबीच स्व गिरिको अस्तु हस्तान्तरण गरेरे… पुरा पढौ

प्रदेशसभा सदस्यको मूल्याङ्कन गर्दै जनमत पार्टी

जनमत पार्टीले स्थानीय प्रदेशसभा सदस्यहरुको मूल्याङ्कनका लागि आज मतदान गराउँदैछ । जनमत पार्टीबाट निर्वाचित १६ प्रदेशसभा सदस्यकै निर्वाचन क्षेत्रमा मतदानमार्फत अनुमोदन मूल्याङ्कन भइरहेको सो पार्टीका सचिव बीपि साहले जानकारी दिए । उनका अनुसार प्रत्यक्ष तथा समानुपातिकसहित सबै प्रदेशसभा सदस्यको क्षेत्रमा आज बिहान १० बजेदेखि मतदान सुरु भएको हो । जनमत पार्टीका प्रदेशसभा सदस्यले राम्रो काम गरेको वा नगरेको मूल्याङ्कन पार्टीका नेता तथा कार्यकर्ताले मतदानमार्फत गर्दैछन् । ‘राइट टु रिकल’को प्रावधान राखेको जनमत पार्टीले आफ्ना जनप्रतिनिधिले जनताको चाहना अनुसार काम गरेको… पुरा पढौ